गएको डेढ हप्ताजति एमालेका केहि नेताहरु जापान भ्रमणमा थिए। यसबीचमा नागोयमा आयोजित दुई कार्यक्रमहरुमा सहभागी हुने मौका मिल्यो। पहिलो, १४ तारीखकै दिन थियो। एमालेका विदेश विभाग प्रमुख र पूर्व महासचिव माधव नेपाल र श्रीमती गायत्री नेपालको उपश्थितिमा एउटा अन्तर्कृया भएको थियो। त्यस बारेमा लेखौंला भन्दा-भन्दै समयनै मिलेन; अलिकति समय मिलेपछि अप्रासंगिक भईसकको जस्तो लागेर लेखिएन। फेरि ओलम्पिक र नेपाली खेलकूदको बारेमा पनि लेख्न बाँकीनै थियो, समयको सदुपयोग त्यतै गरियो।
दोश्रो कार्यक्रम अस्ति शुक्रबार साँझ भएको थियो। एमालेका तीन यूवा नेताहरु नागोया आईपुगेका रहेछन् र साथीहरुले एउटा सानो भेटघाट कार्यक्रम राखेका रहेछन्। यो कार्यक्रम अनौपचारिक र भाषणरहित हुने भनिएकोले बढी खुशी लाग्यो।
तीनजनामा प्रदीप ज्ञवाली, रबीन्द्र अधिकारी र रबीन्द्र श्रेष्ठ थिए। अरु सहभागीहरु शुरुमा दशजनाजति मात्रै थियौं, पछि अरु ६-७ जना थपिए होलान्। विशेष गरी, प्रदीप ज्ञवालीका कान्तिपुरमा प्रकाशित लेखहरुबाट प्रभावित भएकोले उनलाई भेट्न उत्सुक थिएँ म।
अनौपचारिक भनिएपनि तीनजना नेताहरुले केहि विषयमा छोटो (१०-१२ मिनेट जति) बोल्ने र पछि हामीले प्रश्न सोध्ने कार्यक्रम तय भयो। प्रदीप ज्ञवालीज्यूको वक्तव्य झण्डै ४० मिनेट जतिको गयो होला। नेपालको वर्तमान राजनीति, त्यसमा पनि शान्ति प्रकृयाको शुरुदेखिको आजसम्मको अवश्थाको बारेमा बोल्न भनेर भनिएपछि जति छोटो बोलेपनि त्यति त लाग्छ नै। सरल र रोचक भाषा र क्रमबद्ध प्रस्तुतिका कारण पट्यारलाग्दो भने बिल्कुलै थिएन। लेखनमा मात्रै हैन भाषण र कुराकानीमा पनि उनी अरुलाई प्रभावित पार्नसक्ने खालका रहेछन्। नत्र कतिपय नेताका सामुन्नेमै बसेर ४० मिनेट लामो मन्तब्य सुन्न चानचुने 'आँट' र 'त्याग'ले सकिँदैन!
उनले संविधानसभा-चुनावको अप्रत्याशित परिणामको बारेमा पनि कुरा गरेका थिए र माओवादी नेतृत्वको सरकारको अपरिहार्यताको वकालत गरेका थिए। माओवादीले पाएको मतको एक तिहाईमात्रै प्रतिबद्ध 'माओवादी' मत भएको, एक तिहाई डर-त्रासको भएको र बाँकी एक तिहाई भने 'एक पटक माओवादीलाई पनि हेरिहालौं न त' भन्ने खाल्को मत भएको विश्लेषण थियो उनको। अघिल्लो हप्ता माधव नेपालले पनि यस्तै विश्लेषण पस्केका थिए। यो विश्लेषण सही होला केहि हदसम्म तर एमालेका नेताहरु यसैमा भर परेका छन् जस्तो देखिन्छ। उनीहरू माओवादीले सरकारमा गएर गल्ती गर्ने र त्यसका कारण 'माओवादीलाई पनि हेरिहालौं न त' भन्ने समूह उनीहरुलाई छोडेर आफूतिरै फर्किने गणितमा आफूलाई अभ्यस्त पार्न थालेका देखिन्छन्। त्यतिखेरसम्म 'डर-त्रास समूह' पनि माओवादीको पासोबाट उम्किसक्ने अनुमान छ उनीहरुको। यसको अर्थ, अर्को चुनावमा माओवादी पत्तासाफ हुनेछ र कांग्रेस-एमालेका दिन फिर्नेछन् फेरि। यो विशलेषणमात्रै हावी भयोभने स्पष्ट छ उनीहरु फेरि खाल्डामा पर्नेछन्। माओवादीले समाजको निम्नतम तहमा गरेको ब्यापक संगठन विस्तार र चुनावमा गरेको प्रतिबद्ध कार्यकर्ता-समर्थक परिचालन आदिलाई पनि हेरेनन् भने आउने चुनावमा पनि दुर्घटनामा पर्ने भनेका एमाले-कांग्रेसनै हुन्, माओवादी हैन।
त्यसपछि छोटो मन्तब्य थियो रबीन्द्र श्रेष्ठको। उनी संविधान सभा चुनावको केहि समय पहिला माओवादी छोडेर एमाले प्रवेश गरेका थिए र उनको मन्तब्यको मूल विषय पनि यहि थियो। छोटो समय भएकोले त्यति विस्तृत कुरो आउनसकेन, तर जति सुनियो त्यतिका भरमा भने उनले माओवादी छोड्नुको कारण "माओवादीले जनयुद्धलाई सफल नबनाई, टुंगोमा नपु-याई बीचैमा वार्तातिर लागेको" भन्ने बुझियो। तर त्यो कारणले माओवादी छोडेपछि एमाले पसेको 'विरोधाभाष' लाई साम्य पार्ने चित्त बुझ्दो ब्याख्या भने आएन। यसमै बढी छलफल गर्ने समय पनि थिएन, फेरि अलिक ब्यक्तिगत ढंगले लिईदिने सम्भावना पनि हुन्छ।
रबीन्द्र अधिकारीले छुट्टै मन्तब्य दिएनन्, तर छलफलका बेलामा उनले निकै सकृयतापूर्वक हाम्रा जिज्ञासाहरुका जवाफ दिएका थिए।
पछिको छलफलमा नेपालको राजनीतिको बारेमा थप चर्चा भयो। जापानको आर्थिक-सामाजिक ब्यबश्थाको बारेमा र जापान बसाईको हाम्रो अनुभवका बारेमा नेतात्रयको तर्फबाटपनि जिज्ञासाहरु राखिएका थिए।
समग्रमा तीन युवा नेताहरुसंगको एक साँझ फलदायी र रमाईलै रह्यो।
नेताहरु को कुरो बुझेर के साध्य हुन्थ्यो र ? तर पनि केही कुरा चाँही ठिकै गरेछन्, ज्ञावाली ले !
ReplyDeleteमावोवादी को अप्रत्याशित जितका कारणहरु त तिनै हुन्, तर खै एमाले चाँहि सँधै खाल्डोमा नै पर्दोरहेछ । आज को अन्नपुर्ण पोष्ट मा गज्जबको कार्टुन पनि छापिएको थियो, दुई तिर गिरिजा अनि प्रचण्ड थिए अनि बिचमा भकुन्डो यता-उता गरिरहेको जस्तो लाग्थ्यो । भकुन्डो मतलब एमाले !
खै, यो एमाले कस्तो पार्टि हो कुन्नि, कुनै नेता दुरदर्शी छैनन्, मात्र गफ चाँहि ठोक्छन् । माओवादी ले १ पल्ट मात्र हैन ३-३ पल्ट ढाड मा लात हानिसकेको छ, एमाले को तर पनि चेत खुलेको चाँहि छैन । माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने थियो र बन्यो पनि तर यसमा पनि माओवादीले एमालेलाई नराम्रोसँगै चिप्ल्यायो भन्दा हुन्छ । सपथग्रहणको दिन आएको माओवादीको वक्तव्यले त झन्, अहिले कांग्रेस ले रक्षा मन्त्रालयको सम्बन्धमा राखेको अडान ठिक थियो भन्ने कुरा मा एमालेका सबै नेताहरु सहमत भए ।
म छक्क पर्छु, खै एमाले को बुद्धी कहिले पलाउने ??? सँधै चिप्लिन्छन् । कांग्रेससँग को सम्बन्ध बाट पनि टेढिन्छन्, अनि माओवादीको पुच्छर झैँ बन्छन् अनि फेरी चिप्लन्छन् । अनि अर्को कुरा, माधब नेपाल ले अब राष्ट्रपति, प्रधानमन्त्रि कुनै पनि पद को आशा भविष्यमा नराखे हुन्छ, किनकी कुर्सी(सत्ता) मा जानभनेपछि आँखा देख्दैनन्, अनि फेरी चिप्लिन्छन् ।
वसन्त दाइ, म छक्क परेको अर्को कुरो चाँहि, एमाले का युवानेताहरु शीर्षक का कारणले है । शीर्षक मा युवानेता भनिएकाले विद्यार्थीनेताहरु होलान् भनेको त, उही पुरानै अनुहारहरु पो परेछन् ।
यूवा नेताहरु को जापान भ्रमन को उदेश्य चाँही के थियो नि बसन्त जी ??
ReplyDeleteधन्यबाद आकारजी र बद्रीजी!
ReplyDeleteआकारजी, एमाले सधैं खाल्डामा पर्ने गरेको कुरो साँचो हो। मध्यमार्गी धारको राजनीति अलिक अप्ठेरो राजनीति हो र गतिलो सूझबूझ नहुँदा खाल्डोमा पर्न धेरै बेर लाग्दैन। खैर, यस बारेमा पछि कुरा गरौंला।
यो 'वरिष्ठता' को विवाद "हगिसक्यो, दैलो देख्यो" भएको हो एमालेललाई। सरकारमा जाने सहमति गर्नु अघिनै फच्चे पारेर जानुपर्थ्यो यस्ता कुरालाई।
एमालेका केन्द्रीय नेताहरुभन्दा निकैनै कम उमेरका हुनाले 'युवा नेता' भनेर ठिकै गरेंजस्तो लाग्छ मलाई। राजनीतिलाई नै पेशा बनाएर हिँडेपछि कुनै पनि नेता एक-दुई वर्षमै 'पूरानो अनुहार'को बनिहाल्छ। मूल कुरो त उसले वैचारिक रुपमा आफूलाई निरन्तर "युवा" को रुपमा राखिरहन सक्छ कि सक्दैन भन्ने हो।
बद्रीजी, नेताहरु यहाँ आएको एउटा कारण एमाले-जापानको अधिवेशन हो। अरु थाहा भएन।
Like Aakar, I too thought about student leaders by heading. Now we are not sure what UML leaders stand for and looks like Maoists and NC will continue to use them as they are being used right now. Its Sad to see such perilous situation of once a biggest political party of our country.
ReplyDeleteThank you mprofit for your comment.
ReplyDeleteSorry for making the heading little bit ambiguous.
Yes, UML has been totally unsuccessful to define itself. That is the reason NC and Maoist can so easily use it, portray it as opportunistic and tarnish it.