January 27, 2019

लेखीरहनु मेरो धर्म हो ---

न कहि लिएर जानेछन्, न अघाएर जानेछन्
जीवन के हो, मर्ने बेलामा थाहा पाएर जानेछन्

हामी त के हौं र? यो सूर्य र यी ताराहरु पनि
एकै छिन् बल्नेछन् आकाशमा र बिलाएर जानेछन्

धेरै भेटिनेछन् यात्रामा र केहि विशेष हुनेछन्
तिनै, जो जाने बेला मनमा छाल उठाएर जानेछन्

कतै पुगेर तिम्रा प्रश्नहरु रोकिनै पर्नेछ
मेरा केहि ब्यथा यी मसंगै हराएर जानेछन्

लेखीरहनु मेरो धर्म हो, म लेखेर जानेछु
कोहि आउनेछन् र मेरा गीत गाएर जानेछन्

- माघ १२, २०७५
'गजल सन्ध्या', पोखरा