Showing posts with label अन्तर्वार्ता. Show all posts
Showing posts with label अन्तर्वार्ता. Show all posts
July 08, 2013
June 20, 2011
साहित्यिक कुराकानीको रेकर्डिङ्ग
केहि समय पहिला रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रको साहित्यिक कार्यक्रम 'साहित्य-सृजना' को एक भागमा मसंगको साहित्यिक कुराकानी प्रसारण भएको थियो। आज त्यहि कार्यक्रमको रेकर्डिङ्ग यहाँ राख्दैछु।
May 23, 2011
'साहित्य-सृजना' कार्यक्रममा कुराकानी
रेडियो नेपालको पोखरा क्षेत्रीय केन्द्रबाट प्रसारण हुने साप्ताहिक साहित्यिक कार्यक्रम 'साहित्य-सृजना' को आउँदो भागमा मसंगको साहित्यिक कुराकानी प्रसारण हुनेछ। कार्यक्रमको रेकर्डिङ्ग गत शनिबार भयो।
रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमा कार्यरत ईञ्जिनियर साथी बुद्धिनाथ झाको माध्यमबाट मैले केहि कविताहरु कार्यक्रम सञ्चालकज्यूलाई पठाएको थिएँ र 'केहि समयपछि सम्पर्क गर्ने---' वचन पाएको थिएँ। शनिवार दिऊँसो चार बजे खबर आयो, रेकर्डिङ्का लागि छ बजेतिर आउन भनेर। त्यो दिन बिहानैबाट घर सरसफाईमा लागेकाले थाकेर लोद भईसकेको थिएँ म। यति चाँडै बोलाईएला भन्ने लागेको थिएन, यसैले कुराकानीका लागि त्यति धेरै मानसिक तयारी पनि भईसकेको थिएन। प्रिण्ट गरिएका रचनाहरु साथमा थिएनन्, यसैले सुनाउन मन लागेका केहि कविताहरु र मुक्तकहरु एउटा छुट्टै फोल्डरमा राखेर म काखे (ल्यापटप) बोकेर प्रसारण केन्द्रतिर लागें।

कार्यक्रम सञ्चालक पूर्णचन्द्र घिमिरेज्यूसंगको परिचय र केहि भलाकुसारीपछि रेकर्डिङ्ग शुरु भयो। मेरो सृजनयात्रा, साहित्य सम्बन्धी मेरा विचारहरु आदिमा केन्द्रित रहेर कुराकानी भयो। २५-२६ मिनेटको कुराकानीको क्रममा तीनवटा कविताहरु पनि वाचन गरें (मेरो कविता, कुरुप वर्तमान र परदेशी)।
रेकर्डिङ्गको पहिलो अनुभव थियो यो मेरो। यसैले मेरो प्रस्तुति सोचेजति राम्रो नभएको लागीरहेछ।
यो अवसरका लागि रेडियो नेपालको पोखरा प्रसारण केन्द्र र साहित्य-सृजना कार्यक्रमको टिमलाई हार्दिक धन्यबाद दिन चाहन्छु।
कार्यक्रम आउने शुक्रवार (जेठ १३) दिऊँसो साढे चार बजे प्रसारण हुनेछ। कार्यक्रम पश्चिमाञ्चल क्षेत्रमा मात्रै सुनिने छ, अन्य क्षेत्र र देश बाहिर बस्नुहुने साथीहरुले यो सुन्न सक्नुहुनेछैन, क्षमाप्रार्थी छु। कार्यक्रम प्रसारण भईसकेपछि रेकर्डिङ्गलाई ब्लगमा राख्ने वाचा गर्दछु।
Labels:
अन्तर्वार्ता,
आफ्नै कुरा,
कार्यक्रमहरु
Pokhara, Nepal
Pokhara, Nepal
Subscribe to:
Posts (Atom)