June 29, 2008

एनआरएनको क्षेत्रीय अधिवेशन

फेरि एनआरएनलाई विषय बनाएर यति चाँडै लेखिएला भन्ने लागेको थिएन। तर नआत्तिनुस् यस पटक प्रशंशाका शब्दहरु बढी छन्:)

एनआरएन-जापानको राष्ट्रिय अधिवेशनको 'गाइजात्रा'को बारेमा लेखेपछि यहि ब्लग र अर्को एक ब्लगको माध्यमबाट केहि मित्रहरुले असन्तुष्टि जनाएका थिए। साथमा 'तैंले ब्लगमा लेख्नाले फलानो रिसायो अथवा फलानोले यसो भन्यो।' भन्ने कुरा पनि नसुनिएका हैनन् तर अनौपचारिक स्रोतबाट आएका कानेखुशीलाई हल्लाको रुप दिन मन लागेन। मेरो गुनासो जित्ने अथवा हार्ने कुनै पनि पक्षसंग थिएन, म 'पक्षगत' भएर त्यहाँ पुगेको थिईँन। मेरो मूल विरोध प्रकृयासंग थियो र एनआरएन-जापानको राष्ट्रिय समिति र अधिवेशन आयोजक समितिले देखाएको नीतिवीहिनता र सम्मेलन ब्यबस्थापनको 'असक्षमता'संग थियो। साथमा आवश्यक उचित हस्तक्षेप नगरी यी सबै नीतिविहिनता र 'भाँडभैलो'को मौन साक्षी बस्दै 'गाइजात्रा'रोक्न नचाहेका एनआरएनका माथिल्ला कमिटिहरुसंग पनि थियो। यहि ब्लगमा आएको 'तेत्रो भाँडभैलो हुँदा तँचाहिँ के हेरेर बसिरहेको थिस्?!' भन्ने आशयको प्रतिकृयाको जवाफ दिएको थिएँ र भविष्यमा अलिक समय मिल्दा लामै जवाफ लेखौंला भन्ने लागेको थियो, समय मिलेन यो बेग्लै कुरो हो। अब यतिखेर लेख्नलाई प्रसंग अलि पूरानो पनि भईसक्यो। केहि मित्रहरुलाई यो ब्लग शुरु भएकै एनआरएनको विरोध गर्न हो भन्ने लागेको हुनसक्छ, तर यो ब्लगमा बढीमा पाँच प्रतिशत मात्रै एनआरएनको बारेमा लेखिएको होला।

आइतबार (जून २९)मा एनआरएन-तोकाइ होकुरिकुको क्षेत्रीय अधिवेशन थियो। औपचारिक रुपमा म नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान च्याप्टरको तर्फबाट निम्त्याईएको थिएँ। अर्कोतिर कार्यक्रम नागोयामै भएको थियो र घनिष्ठ साथीहरु संलग्न थिए। त्यसैले कार्यक्रममा त जान्थेंनै जसरी पनि।

कार्यक्रम एक घण्टा ढिलो गरी शुरु भयो। मेरो आफ्नो ब्यक्तिगत कमजोरी पनि राखिहालौं यहाँ। म शुरु हुने भनेर तोकिएको समयभन्दा आधा घण्टा ढिलो गरी पुगेको थिएँ। जानीजानी ढिलो हुने नियत नराखेको भएपनि समयमा नपुग्नुलाई आफ्नो कमजोरी मान्छु र भविष्यमा यस्तो नहुने प्रतिबद्धता जनाउन चाहन्छु।

कार्यक्रम ढिलो शुरु भएपनि सबै वक्ताहरुले ढुक्कसंग लामै समय बोलेका थिए। म आफूले छोटो बोलेजस्तो लाग्थ्यो तर एकजना भाइले 'दाइले पनि लामै बोल्नुभयो।' भनेपछि थाहा पाएँ सहभागीहरुलाई 'मानसिक यातना' मैले पनि दिएछु:) यसमा पनि क्षमाप्रार्थी छु।

राजनीतिक दलहरुका जापानस्थित भातृ संगठनका साथीहरुको मन्तब्यमा एनआरएनको विषयभन्दा नेपालको दलीय राजनीति बढी 'गन्हाएको' थियो। तिब्र उथलपुथलबाट गुज्रिरहेको नेपाली राजनीतिको 'गन्ध' कुनैपनि नेपाली कार्यक्रमहरुमा आउनु स्वाभाविक हो तर कार्यक्रमको माहौललाईनै 'प्रचण्ड-झलनाथ-गिरिजा'मय बनाएर राजनीतिक जुहारी खेलेको बिल्कूल चित्त बुझ्दो थिएन। साथीहरुले बालुवाटार-सिंहदरबारमा खेलिईरहेका दाउपेचहरुलाई 1st hand experience जस्तो गरी लम्बेतान 'ब्याख्या' र 'घोचपेच' गरीरहेका थिए, जो त्यति स्वाभाविक देखिइरहेको थिएन।

सबै वक्ताहरुले निकट विगतको राष्ट्रिय अधिवेशनको प्रकृयागत कमजोरी र 'भाँडभैलो'को प्रसंग सम्झँदै क्षेत्रीय अधिवेशन त्यो परिस्थितिबाट मुक्त हुने आशा र शुभेच्छा राखेका थिए।

एनआरएनका राष्ट्रिय अध्यक्ष र केन्द्रीय उपाध्यक्षको मन्तब्यको पालो थियो अन्तिममा। सधैंजस्तै, ठोस कुरा भन्दा पनि 'अमूर्त' र 'दार्शनिक' कुराहरु बढी थिए दुबै अतिथिहरुको मन्तब्यमा। 'नेपाल राम्रो नभए हाम्रो के काम', 'नेपालीले नेपालीलाई माया गर्नुपर्छ', आदि-आदि। एनआरएनका माथिल्ला कमिटिमा दर्शनशास्त्र लोकप्रिय छ कि क्या हो:) यस्ता कुरलाई नराम्रो भन्न खोजेको भनेको हैन मैले। तर सधैं यस्तै कुरा गरेर बसीरहने हो भने एनआरएनका बारेमा उठेका अनगिन्ती जिज्ञासाहरुको जवाफ चाहिँ कसले र कहिले दिने? आज एनआरएनको राष्ट्रिय अधिवेशनको बारेमा उठेका प्रश्नहरुको सीमितरुपमै भएपनि राष्ट्रिय अध्यक्ष र केन्द्रीय उपाध्यक्षज्यूहरुबाट केहि जवाफ आउनेछ भन्ने लागेको थियो मलाई। आत्मआलोचनासहित त्यस्तो अराजकता भविष्यमा नदोहोरिने प्रतिवद्धता आउनेछ भन्ने लागेको थियो तर दुबै अतिथिज्यूहरुको मन्तब्यमा कतै पनि त्यो प्रसंग आएन। साथै नयाँ नेपाली राजनीतिलाई प्रवासी नेपालीहरुको हितमा प्रयोग गर्नका लागि एनआरएनले लिएको सोच र बनाएको योजनाको बारेमा पनि खासै थाहा पाइएन।

सांगठनिक र आर्थिक प्रतिवेदनको प्रस्तुति पछि नयाँ क्षेत्रीय समिति बन्यो निर्विरोध रुपमा। अन्त्यमा रमाईलो साँस्कृतिक कार्यक्रम पनि भयो र कार्यक्रमले साँच्चिकै जीवन्तता र पूर्णता पायो।

केहि कमजोरी रहँदारहँदै पनि आजको क्षेत्रीय अधिवेशन भने भद्र र अनुशाशित वातावरणमा सम्पन्न भयो। आयोजक समिति र निवर्तमान कार्यकारी समितिका साथीहरु धन्यबाद र बधाईका पात्र छन्।

र यो पनि आशा गरौं कि 'पाठो'को सूझबूझबाट 'माउ'ले पनि धेरै कुरा सिक्ने छ:)

(यसपटक कार्यक्रमका फोटोहरु नराख्ने विचार गरेको छु। बरु साथीहरुबाट प्राप्त भएपछि google video वा youtubeमा अपलोड गरेर भिडियोहरुनै राख्नेछु।)

June 28, 2008

दुई आँखाको भाव हेरे हुन्छ---

ब्लगलाई दिने समय निकाल्न झन-झन गाह्रो हुँदैछ। केहि नयाँ कुरा लेखेर टाँस्ने चाहना धेरैजसो चाहनैमा सीमित होला जस्तो छ।

आजपनि एउटा पूरानो रचना राख्दैछु। गजल लेख्न सिक्ने धून चलेको थियो एकताका, साझा डट कम बढी पस्नेताका। त्यो 'धून'लाई पक्डिरहन सकिएन। त्यो बेला लेखिएको एक गजल आज राख्दैछु यहाँ।

-गजल-

यो मुटु तिम्रै, चाहे सेरे हुन्छ
या टापू यो, मायाले घेरे हुन्छ,

आज नसोध माया गर्छस् भनी
सोझै ती अँगालोमा बेरे हुन्छ,

मुखको भाखा कच्चा मेरो, के भो!
दुई आँखाको भाव हेरे हुन्छ,

छातीमा लुकेर, कहिलेकाँही
आँखा-आँखैले साटो फेरे हुन्छ,

सपनीमा बर्बराऊँछु रे म
चाहेमा रातभरि केरे हुन्छ।

June 25, 2008

Nerdology

This article is from the June issue of 'Spectrum'(the flagship magazine of the IEEE).

Copy-pasting is getting riskier for bloggers:) AP is trying to prevent bloggers from using its news in their blogs. Others may also do the same. But I couldn't stop myself from copy-pasting this article, thinking you may find it interesting. I am a fan of the 'Technically Speaking' column of 'Spectrum'. Authors like Paul McFedries and Robert W. Lucky write on this column about the new words coined in the technosphere or the new uses of the existing words.

The original link for the article is; http://spectrum.ieee.org/jun08/6247
--------------------------------------------------------------------

Homo Nerdus

By Paul McFedries
First Published June 2008

“Nerds are the ones who don’t go to the party so they can stay home and do homework; geeks bring their homework to the party.” —David Anderegg, Nerds: Who They Are and Why We Need More of Them (2007)

Is the word nerd an insult or not? Until recently, there was no doubt; in fact, most dictionaries call nerd an offensive term, used to insult a person’s appearance, hygiene, or social skills. That sense of the term has been around since at least the early 1950s. The 28 October 1951 issue of Newsweek tells us that “in Detroit, someone who once would be called a drip or a square is now, ­regrettably, a nerd.” The word nerd also appears in the 1950 Dr. Seuss story If I Ran the Zoo, but he was referring to a ­fictional animal, not a socially inept person.

Now, however, most reference guides also include a second definition for nerd that’s practically a compliment. For example, Encarta defines a nerd as a “single-minded enthusiast: somebody who is considered to be excessively interested in a subject or activity that is regarded as too technical or scientific.” The phrases “excessively interested” and “too technical or scientific” still give the definition an odor of insult, but that bit about being a “single-minded enthusiast” doesn’t sound bad at all. Wikipedia’s ­definition is similarly ambiguous: “a person who passionately pursues intellectual activities, esoteric knowledge, or other obscure interests that are age inappropriate rather than engaging in more social or popular activities.”

Some folks are taking the positive aspects of the word’s definitions and running with them. That is, people are enthusiastically embracing their inner (and outer) nerd. For example, the online merchandiser Cafe Press has a Geek and Nerd Gifts section where you can buy T-shirts and other items with slogans like “Talk Nerdy to Me,” “Nerd Girl,” and “I [Heart] My Nerd.” There’s even a Nerd Pride Day (also called Geek Pride Day), which is celebrated on 25 May, the day the first Star Wars movie was released, in 1977.

All this pro-nerdfeeling is spilling over into the language, too, with nerd-related coinages popping up like pocket protectors at a comic-book convention. For example, the population of nerds taken as a whole is called nerdom, and a person’s nerdy traits and characteristics represent their nerdity. The latter term is used often by the psychologist David Anderegg in his engaging book Nerds: Who They Are and Why We Need More of Them [Tarcher, 2007]. The whole nerd-is-cool meme is often summarized in the formerly oxymoronic phrase nerd chic.

Any long and nerd-oriented activity is known as a nerdathon, and if that activity happens to be a computer game or a LAN party (a gathering where people bring their own computers, connect them together into a local area network, and then play games against one another), it’s called a nerdstorm.

As yet another example of the digital DIY movement I talked about in my column last June, nerds are embracing crafts of various kinds. For example, some nerds are baking cakes in the shape of Sonic the Hedgehog or an Xbox 360 console. These are known as gamecakes, and the people who bake them are gamecakers. The desserts are examples of a larger genre called nerdcraft, and the people who engage in such activities are called nerdcrafters.

On the music front, there are artists who specialize in a form of rap music with lyrics relating to computers, technology, and engineering (I am not making this up), a genre known as nerdcore (from its original association with the hard‑core music genre), though many people prefer the term geeksta (a play on gangsta).

Nerds are even starting to congregate in the same areas (outside of Silicon Valley, that is), a trend first recognized by the urban analyst Joel Kotkin. He uses the term nerdistan to refer to any upscale and largely self-contained suburb or town with a sizable population of high-tech workers employed in nearby office parks that are dominated by high-tech industries. Those employees with vested stock options in successful tech start-ups are known as millionerds or, if they started the company, entreprenerds.

All these nerdologisms can’t hide the fact that, for nongeeks, the word nerd is still something of an insult (more so than the now almost neutral term geek but less so than the truly insulting terms dork and dweeb). The difference is that now the nerds simply shrug their shoulders, push up their glasses, and go back to whatever they were obsessing about. They’re proud of their nerdhood, and they know that living nerdily is the best revenge.

June 21, 2008

"BORDER NEPAL"- A blog for Nepal

[विक्षिप्त मन्त्रीको जंगली शैली, माओवादी सरकारबाट बाहिरिएपछि बढेको राजनीतिक अन्यौल, नरोकिएको अराजकता--------! कति धेरै काला बादलहरु! सधैं काला बादलहरुको बारेमा मात्रै कति लेख्ने? कहिलेकाहीं त ती काला बादलहरुमा यदाकदा देखिने चाँदीका घेराहरुका बारेमा पनि त लेख्नुप-यो। आजको 'टाँसो' यस्तै एउटा चाँदीका घेराको बारेमा समर्पित छ।]

नेपाल सानो छ र भूपरिवेष्ठित छ र नेपाल गरीब पनि छ, त्यसैले कमजोर पनि छ। यद्यपि सानो र भूपरिवेष्ठित हुँदैमा यो गरीब भएको भने हैन। देशभित्रैका अथाह सम्पदालाई सदुपयोग गर्न सक्ने राज्यसत्ता अहिलेसम्म नपाउनुनै नेपालको गरीबीको प्रमुख कारण हो।

गरीब र कमजोर भएका कारण अरु कुनै पनि देशसंगको सम्बन्धमा हाम्रो हात जहिले पनि तल परेको छ। एक हिसाबले हामी भारतपरिवेष्ठित छौं र भारतसंगको हाम्रो सम्बन्ध जहिले पनि असन्तुलित र हाम्रा लागि अपमानजनक छ। यसका लागि भारत र भारतीयहरुको उच्चताबोध (superiority complex) जति जिम्मेवार छ, त्यसको दश गुना बढी हाम्रो आफ्नै हीनताबोध(inferiority complex) जिम्मेवार छ। कुनै निर्णय गर्नु अगाडि दिल्लीको मुख नसुँघी नहुने नेताहरुमात्रै हैन, भारतीय विशेषज्ञलाई लाखौं तिर्न तयार हुने तर उत्तिकै अथवा अझ क्षमतायुक्त नेपालीलाई दास सरह ब्यबहार गर्ने नेपालका कथित औद्यौगिक घरानामात्रै हैन, भारतीय गायक-कलाकारलाई लाखौंको पारिश्रमिक पहिल्यै दिने तर नेपाली कलाकारलाई केहि हजार पारिश्रमिक पनि झुलाई-झुलाई खटाई-खटाई दिने र मौका परे पूरा पनि नदिने चलचित्र निर्माता देखि लिएर मौका पर्दा आफूलाई भारतीय भनेर चिनाउने विदेशवासी हामी नेपालीहरु सबै जिम्मेवार छौं। कुरा धेरै छन् गर्नुपर्ने तर आज नेपाल-भारत सीमाका विषयमै सीमित बन्दैछु।

बेईज्जतीपूर्ण सुगौली सन्धिपछि नेपाल खुम्चिएर झण्डै आजको आकारमा आईपुगेको त हामी सबैलाई थाहै होला। बेलायती साम्राज्यको 'चाकडी' गरेबापत बाँके, बर्दीया, कैलाली र कञ्चनपुर राणाकालमा फिर्ता आएपछि हाम्रो आजको सीमा निर्धारित भएको हो। नेपाल बलियो भए अंग्रेजहरुले भारत छोड्दा सुगौली सन्धिमा गुमेको आफ्नो भाग फिर्ता पाउन पनि सक्थ्यो होला किनभने सुगौली सन्धि ब्रटिश-इण्डियासंग भएको थियो। पाउने त परै जाओस्, यसको चर्चासम्म पनि गरेनन् तत्कालीन नेपाली शाशकहरुले। त्यसपछि चर्चा गर्नु र नगर्नुमा खासै फरक भएन।

तर मेची र महाकालीले बाँधिएको हाम्रो सीमानाले त्यसपछि पनि सुख पाएको छैन। हाम्रो सीमाना धेरै ठाउँमा लगातार भारतद्वारा अतिक्रमित छ। सन्धि-सम्झौताहरु पूर्णत: भारतीय स्वार्थले भरिएका छन् र हामी धेरै ठगिएका छौं। सीमाक्षेत्रका नेपालीहरु भारतीयहरु र भारतीय सीमासुरक्षा बलद्वारा निर्मम ढंगले सताइएका छन्। तर अहिलेसम्मका हाम्रा सबै राजनीतिक दल र नेताहरुले सीमा-समस्यालाई जूलूश उचाल्ने र भाषण गर्ने 'मसला'को रुपमा मात्रै प्रयोग गरिरहेका छन्। सत्ता प्राप्तिका लागि जनताको भन्दा दिल्लीको मुख ताक्ने नेताहरुबाट आशा गर्नु पनि बेकार लाग्छ अब त। अर्कोतिर माओवादी छ, जो एक जमानामा जनतालाई भारत विरुध्द सुरुङ युध्द गर्ने हावादारी गफ दिन्थ्यो। भारतीय चरित्र अझै उस्तै छ, तर माओवादी दिल्लीको शरणमा पूरै लम्पसार परिसकेको आभाष हुन्छ, सुरुङ युध्दको गफ दन्त्यकथा बनिसक्यो। हिजो १९५० को सन्धि 'खारेज' गर्नुपर्छ भन्नेहरु सत्ता पाउने बेलामा 'पुनरावलोकन' गर्नुपर्छ भन्न थालेका छन्। के थाहा, अब केहि दिनमै कांग्रेस-एमालेजस्तै बन्ने होलान् माओवादी पनि, १९५० भन्ने साललाईनै बिर्सिएर!

उग्र र दुस्साहसी कुरा गर्ने मन छैन मलाई। भारतसंग सामरिक रुपमा हाम्रो केहि जोर चल्दैन, त्यो मलाई राम्ररी थाहा छ। भविष्यको पुस्तालाई पनि सुगौली सन्धिको वास्तविकता बुझाउनु जरुरी छ तर अहिले सुगौलीमा गुमेको नेपाली भूभाग खोज्नु झन ठूलो मूर्खता हो भन्ने पनि थाहा छ। हाम्रो चुनौती अहिलेको सीमालाई जोगाउनु र १९५० पछि भारतले हडपेका-मिचेका-ओगटेका भूभागहरु फिर्ता पाउनु हो र त्यसका लागि हाम्रो हतियार भनेको 'विनम्र' तर 'चतुर' कूटनीतिमात्रै हो। यस्तो कूटनीति दलहरु र नेताहरुका 'हनुमान'हरुको वशको कुरो हैन। हामीलाई अध्ययनशील र पेशेवर कूटनीतिज्ञ र विशेषज्ञहरुको खाँचो छ ता कि वार्ताका टेबुलमा बस्दा भारतीयहरुसंग सहजै बौद्धिक, ब्यक्तित्वगत र तर्कयुक्त प्रतिस्पर्धा हुन सकोस्। मैले कतै पढेको थिएँ; नेपाल-भारत वार्ताहरुमा भारतीय पक्ष एकदम अध्ययन र गृहकार्य गरेर आएको हुन्छ, नेपाली पक्ष भने विना तयारी के को लागि वार्ता हुँदैछ भन्ने पनि राम्रोसंग नबुझी गएको हुन्छ। त्यो अवश्थामा भारतीयले जे भने त्यसमै सही थाप्नुको विकल्प हुन सक्दैन किनभने अध्ययन र तयारी गरे पो विकल्प दिन सकिन्छ। अनि हाम्रा पदाधिकारीहरु आफ्ना सन्तान अथवा आसेपासेलाई दुई-चार छात्रवृत्ति मागेर फर्कन्छन् रे! हाम्रो कूटनीतिको अहिलेसम्मको उपलब्धि यस्तै 'छात्रवृत्ति'मात्रै हुन्! राजदूत र अन्य पदहरुमा 'राजनीतिक' भागबण्डाको संस्कारको अन्त्य नहुञ्जेल हामीले अरु के नै आशा गर्न सक्छौं।



सीमा समस्यामा नेपाललाई बौद्धिक र कूटनीतिक नेतृत्व दिनसक्ने एक ब्यक्तित्व बुद्धिनारायण श्रेष्ठज्यू हुनहुन्छ।

बुद्धिनारायण श्रेष्ठज्यू नेपालका एक प्रतिष्ठित सीमा विशेषज्ञ हुनुहुन्छ। आफ्नो लामो सरकारी सेवा अवधिमा उहाँले नापी विभागको महानिर्देशकको रुपमा पनि नेपालको सेवा गर्नुभएको छ। सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि उहाँ अझ जोश र सकृयताका साथ नेपालको सीमा समस्याको सार्वजनिकरण र समाधानका लागि तल्लीन हुनुहुन्छ। उहाँसंग मेरो ब्यक्तिगत परिचय छैन। मैले उहाँको बारेमा पहिलोपल्ट सुनेको-पढेको 'नेपालको सीमाना' भन्ने उहाँको पुस्तकले मदन पुरस्कार प्राप्त गर्दा हो। त्यसपछि नेपालका बिभिन्न पत्र-‍पत्रिकाहरुमा उहाँका लेख-रचनाहरु पढ्दै आएको छु। गत साल आफुले ब्लग शुरु गरेपछि अरु नेपाली ब्लगरहरुका ब्लगहरु पढ्ने सिलसिलामा उहाँको ब्लगपनि देखें र लगातार त्यो ब्लगको पनि पाठक बनेको छु। उहाँको ब्लगको नाम 'BORDER NEPAL' हो र ठेगाना http://bordernepal.wordpress.com हो।

यसबीचमा म थुप्रै नेपाली ब्लगरहरुको नियमित पाठक बनेको छु, थुप्रै ब्लगरहरुसंग मित्रता गाँसेको छु। तर मैले Blogroll हरुमा विरलै BORDER NEPAL लाई देखेको छु। हामी ब्लगरहरुनै यो ब्लगको बारेमा सचेत छैनौं भने सामान्य पाठकहरु झन सचेत छैनन् होला। मलाई के लाग्छ भने यो ब्लग हामी नेपालीहरुको लागि अत्यन्त महत्वपूर्ण ब्लग हो। नेपालको सीमा समस्याको बारेमा हामीले पूरा जानकारी राख्नैपर्छ र समाधानका लागि आफ्नो ठाउँबाट गर्न सकिने प्रयासहरु गर्नैपर्छ। हामीले तुरुन्त गर्न सक्ने भनेको नेपालको सीमा समस्याको सार्वजनिकरण र वहसका लागि बुद्धिनारायण सरको प्रयासलाई साथ दिने हो। त्यसैले ब्लगर साथीहरुलाई म 'BORDER NEPAL' को नियमित पाठक बन्न, यसलाई आफ्नो Blogroll मा राख्न र आफ्ना स्वदेशी-विदेशी मित्रहरुलाई यो ब्लग 'रिफर' गर्न अनुरोध गर्छु।

यो 'टाँसो'(posting) मेरो आत्माको आवाज हो। बुद्धिनारायण सरसंग पनि अनुमति नलिई लेखेको हुँ।
**************************************************************************

Other similar posts:
Celebrating a 'rare' bright spot in the Nepalese sky

माओवादीहरु 'मूलधार'मा आउँदै? तर कस्तो मूलधारमा?

June 19, 2008

-------

आज फेरि इतिहासको ब्याज! इतिहासको ब्याज भएपनि कहिलेसम्म यो मेरो लागि 'सदावहार' यथार्थ' पनि बनिरहने हो थाहा छैन। यो मेरो 'सेल्फ पोर्ट्रेट'नै हो भन्दिउँ न (के जाला र?)!

शीर्षक खोज्ने काम तपाईँहरुकै:)

"-------"

उत्रने जमीन नपाएका
मेरा कथाहरु कठै!
धेरै भयो-
मेरा पात्रहरुको नियतिमा
म एक्लै रोएको
म एक्लै हाँसेको,

हो, 'भोलि सक्छु' भन्ने बाचा गर्न
भुलेको छैन कुनै दिन
तर, धेरै भयो-
आधा कविता र चौथाइ गजल
खल्तीमा बोकेर हिँडिरहेको ।

June 17, 2008

माओवादी नेता 'गौरव' संगको अन्तर्कृया

माओवादी दलका नेता सीपी गजुरेल "गौरव" अहिले जापानमा छन्। शनिबार (जून १४) दिउँसो नागोया नजिकैको 'हिगाशी ओकाजाकी' भन्ने ठाऊँमा एउटा कार्यक्रमको आयोजना भएको थियो उनको स्वागतमा। कार्यक्रम दुईटा थिए, 'लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, जापान' भन्ने एउटा संस्थाको आयोजनामा समसामयिक नेपाली राजनीतिको बारेमा अन्तर्कृया र त्यसपछि एनआरएन तोकाई-होकुरिकु शाखाको आयोजनामा स्वागत तथा जलपान।

मलाई नेपाल इञ्जिनियर्स एशोसिएसन-जापान च्याप्टरको तर्फबाट सहभागी हुन र मन्तब्य दिन निम्ता आएको थियो (साथीहरुले मलाई यो च्याप्टरको अध्यक्ष बनाएका छन् एक वर्षका लागि)। ब्यक्तिगत रुपमै पनि माओवादीका केन्द्रीय नेता र विदेश विभाग प्रमुखसंगै हुने अन्तर्कृयालाई नेपाली राजनीति बुझ्ने र माओवादीका धारणाहरुका बारेमा अझ स्पष्ट हुने राम्रो मौकाका रुपमा लिएको थिएँ र संस्थागत निम्तो नभए पनि जाने थिएँ म।

बाह्र बजे शुरु हुने भनिएको कार्यक्रम दुइ बजेपछिबाट मात्रै शुरु भयो। कार्यक्रम ढिला शुरु भएकोले खाना खाने मौका पाईयो:) एउटा ब्यक्तिगत कारणवश म खाना नखाई पुगेको थिएँ। दीपक घिमिरेको रेष्टुरेण्ट 'गणपति बाबा'मा नान-करी खाँदै गर्दा थाहा पाइयो, अघिल्लो दिन दिउँसो विमानस्थलका अध्यागमन अधिकारीहरुले दुई घण्टा रोकेछन् क. गौरवलाई र नेपालै फर्काईदिने भन्दै थिए रे। यस बारेमा पनि कार्यक्रममै र उनकै मुखबाटपनि अरु बढी थाहा पाईयो।

कार्यक्रम ढिला भएपछि स्वभावत: सबैकुरा हतार-हतार हुन्छ र भनिएजति कार्यक्रम हुन सक्दैनन्। सबै वक्ताहरुले हतार-हतार आफ्नो मन्तब्य राख्नुपरेको थियो। यो कुरो बेग्लै हो कि उद्घोषकज्यूले भने बीच-बीचमा सानातिना भाषणै ठोकिरहेका थिए!

कार्यक्रमलाई अलिक 'चाकडी' शैलीको रुप पनि दिईएको थियो। एउटै फूलको गुच्छा अतिथिलाई दिँदै, फिर्ता लिँदै र फेरि अर्कोले दिँदै गरेर-----! यो 'नाटक'लाई बीस-बाईस पात्रहरुको भूमिका सकिएपछि मात्रै टुंग्याइएको थियो। सबैको प्रतिनिधिको रुपमा एकजनाले दिए सकिने कामलाई दश मिनेटको एकांकी बनाउने आयोजकको दिमागलाई मान्नैपर्छ!

कुनै तडकभडक रहित भेषभुषाका क. गौरवको बोलीचाली पनि शिष्ट र नरमै लाग्यो। कार्यक्रम अगाडि र पछाडि पनि उनीसंग कुराकानी हुँदा हामी सबैले अरुको कुरालाई ध्यान दिएर सुन्ने र आफूले सकेसम्म कम बोल्ने मान्छेको रुपमा पायौं। जापान र जापानीहरुको बारेमा पनि निकै चासोपूर्वक सोधेका थिए उनले।

कार्यक्रम मन्तब्य, एनआरएनको जलपान र प्रश्नोत्तरात्मक अन्तर्कृया गरी तीन चरणको थियो। तर दुई घण्टा ढिलो गरी शुरु भएकोले तेश्रो चरण हुन पाएन। (आइतवार टोकियोमा हुने अरु कार्यक्रमहरुका लागि) नेताज्यूलाई लिएर आयोजक साथीहरु हतार-हतार ट्रेन स्टेशनतिर लागे।

कार्यक्रमका केहि फोटोहरु र सम्बन्धित केहि कुराहरु राख्दैछु।


उदघोषक (मोर्चाका संयोजक) कृष्ण के.सी.। मञ्चमा माओवादी नेता र सभापति। एकजना पुराना वामपन्थी कार्यकर्तालाई सभापति बनाइएको थियो। राम्रै कुरो हो यो।


एनआरएनको तर्फबाट बोल्दै सुदिप अधिकारी। सुदिपजीको मन्तब्य गैर-आवासीय नेपालीहरुका समस्याहरु लगायत गैर-आवासीय नेपालीहरुद्वारा नेपालमा लगानीका लागि सुरक्षित वातावरणको आवश्यकतामा केन्द्रित थियो।


आफ्नो मन्तब्य राख्दै नेसाजका पूर्व अध्यक्ष रिषभ पौडेल। रिशभजीको मन्तब्यले अघिल्लो दिन विमानस्थलमा घटेको घटनाको प्रसंगमा नेपाल समृध्द र बलियो नहुञ्जेल यस्ता घटना घटीरहने तथ्य, अरु कतिपय नेताहरु हेरी क गौरवको सादा जीवनशैली ('रोलेक्स घडी' र 'कपालमा जेल' विना)को प्रशंशा र 'नयाँ नेपाल' बनाउन पाएको वर्तमान मौकालाई माओवादीले सदुपयोग गरोस् भन्ने आशा र शुभकामना समेटेको थियो।


आफ्नो मन्तब्य राख्दैछु म।
मैले पनि अघिल्लो दिनको प्रसंगलाई कोट्याउँदै नेपालीले त्यस्तो क्षण भोग्नु नपरोस् भन्नका लागि दलहरु र नेताहरु गम्भिर हुनुपर्ने आवश्यकता औंल्याएको थिएँ। साथै, नेपालमा माओवादीको जीतपछि मेरा सहकर्मी जापानीहरुले 'नेपाल अब उत्तर कोरीयाजस्तै बन्छ होला!" भनेको प्रसंग सुनाउँदै नेपालको वस्तुस्थितिका आधारमा त्यो स्थिति आउनेछैन भन्ने आशा ब्यक्त गरेको थिएँ। उत्तर कोरीयाको प्रसंग ल्याउनुको मेरो उद्देश्य माओवादीका नेतालाई अलिक provoke गर्नु र राजनीतिक स्वतन्त्रताप्रतिको उनीहरुको धारणा प्रष्ट रुपमा पाउनु थियो।


मन्तब्य राख्दै प्रमुख अतिथि सीपी गजुरेल "गौरव"।

उक्त भाषण सुन्न यहाँ 'मूसो' ठोक्नुस्!

भाषणमा नयाँ कुरा खासै केहि थिएन, आम नेपाली नेताहरुले गर्ने भाषणजस्तै थियो। फरक यत्ति कि माओवादी संस्करणको भाषण थियो। तपाईँले पनि सुन्नुभयो होला (रेकर्डको गुणस्तर त्यति राम्रो नभएकोमा क्षमाप्रार्थी छु) नेपालको वर्तमान राजनीतिक गतिरोधका लागि अरु दलहरुलाईमात्रै जिम्मेवार देखाइएको छ र माओवादीको कुनै दोष नभएको जिकिर गरिएको छ। यसलाई स्वाभाविकै मान्न सकिन्छ, अरु दलकाले पनि यसै गर्छन्। अघिल्लो दिनको घटनाको पनि चर्चा गरेका छन् उनले। कहिँपनि एक वर्षभन्दा बढी जेल बसेको मान्छेलाई जापान छिर्न नदिने जापानी कानूनले अल्झाएको रहेछ उनलाई।

भाषणको सकारात्मक पक्ष भनेको उनले प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली र खुल्ला समाजको पक्षमा स्पष्ट ढंगले विचार राखेका छन्। पूर्वी यूरोप र सोभियत संघका अधिनायकवादी साम्यवादी राज्यहरुको पतनबाट माओवादीले ठूलो शिक्षा लिएको र नेपाललाई उत्तर कोरीया बनाउने सोच उसको नभएको बताएका छन्। अर्को सकारात्मक पक्ष भनेको उनको भाषणमा प्रचण्डको ब्यक्तिपूजा र कथित 'प्रचण्डपथ'को जयगान कतै पनि छैन।

प्रश्नोत्तरात्मक अन्तर्कृया भएन, सोध्न भनेर तयार गरिएका केहि प्रश्नहरु पनि त्यसै रहे। मैले सोध्न चाहेका केहि प्रश्नहरु यस्ता थिए;

- उनले ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबार 'केहि दिन'का लागिमात्रै दिएको भनेका छन्। यो 'केहि दिन' कहिले सकिन्छ?
- भाषणमा उनले दरबार हत्याकाण्डको पनि चर्चा गरेका छन् र स्पष्ट रुपले ज्ञानेन्द्र शाहलाई जिम्मेवार देखाएका छन्।। मलाई सोध्न मन लागेको थियो,बदलिएको यो राजनीतिक परिवेशमा र विशेष गरी माओवादीकै नेतृत्वको सरकार बनेपछि दरबार हत्याकाण्डको छानबीन हुन्छ कि हुँदैन र दोषी प्रमाणित भएमा ज्ञानेन्द्र शाहलाई कस्तो कारवाही हुन्छ?
- माओवादीसंग केहि अत्यन्त राम्रा आर्थिक र सामाजिक कार्यक्रमहरु छन्। वर्तमान राजनीतिको सम्झौताकारी 'बाध्यता' र ती कार्यक्रमहरुको सन्तुलन कसरी मिलाउँछ माओवादीले। मेरो तात्पर्य, कतै सम्झौताको नाममा ती कार्यक्रमहरु छोड्ने त हैन माओवादीले।
- हालै बाहिर आएको भाकपा(माओवादी)का एक नेताको भनाइको प्रसंगमा, अब अरु देशमा सशस्त्र संघर्षरत माओवादी दलहरु र 'रिम' आदिजस्ता संगठनहरुसंग कस्तो सम्बन्ध हुन्छ माओवादीको।

यो पटक सोध्न पाइएन, अब अरु कुनै नेता आउने मौका कुर्नुबाहेक के गर्न सकिन्छ र?:)

क. गौरव साहित्यकार पनि रहेछन्। हजार येन तिरेर उनको 'प्रतिरोध' नामक कथा-संग्रह किनियो र उनको सही पनि प्राप्त गरियो किताबमा। पढ्न भ्याएको छैन अझै, तर नाममा 'राजनीति' झल्किन्छ, 'जनयुद्ध'को बारेमा हुनुपर्छ पक्का पनि।

यो तलको फोटोचाहिँ एनआरएन तोकाइ-होकुरिकुको 'जलपान' अघिको छोटो औपचारिक कार्यक्रमको। मन्तब्य राख्दै दीपक घिमिरेजी।

June 13, 2008

Some points from my blogging experience

Just sharing some of my views/experience.

- Blogspot or wordpress
Though I publish on blogspot I think that wordpress is more systematic and more beautiful. It is true that you can change template and make your blog look whatever you want but basically, Wordpress is better. This is my observation only, so may not be 100% true. I hope bloggers who have published on both will share their views.

- Content
Blog readers like to read blogger's personal stories/experiences. Most of the people don't want much politics in blogs. The reason may be that mainstream media around us already carries 'poltical load' far more than anybody can digest.

I am saying this, not only from the comments I receive in this blog but also from the comments I receive while talking to some of my 'silent readers' (my friends or their family members). Sometimes people whom I don't know personally and who don't want to comment on the blog itself, e-mail to me.

Though I mostly write in Nepali, I think it might be true for blog in any language.

I know tech-blogs or any other 'specific-subject' blogs are different.

- Widgets
Too many widgets and animations 'slows' your blog. Some may cause irritating pop-ups. I used to use a 'site meter' widget from motigo webstats. (I had another one too. It was something like "Things remembered coupons--".) Some another page would open first everytime my blog was accessed. I saw this happening to other blogs and sites too which were using motigo webstats. After removing that widget, I got rid of the problem.

I think google analytics is enough for me. So I don't plan to have any other site-meter.

I also disliked the "Recent Comments" widget that I used until last week. It was making my blog 'slower' (taking long time to open). So I removed that too. It was easier to track new comments and respond with it though.

June 09, 2008

‘dare de mo yokatta’ ! (Anyone was OK!)

Please forgive me for sharing a bad news once again.

 

Seven people died and 10 were injured, some seriously, in a stabbing spree yesterday in Akihabara shopping district of Tokyo. Akihabara is a famous market of electronic appliances and it is generally very crowded. The crowd yesterday must have been larger as it was sunday.

 

The heinous guy who did all this wasn't a Tokyo native. He lived in a neighboring prefecture called Shizuoka and traveled to the busy marketplace of Akihabara to kill people. He said that he was tired with this world and wanted to kill people. 'Dare de mo yokatta!'

 

'Dare de mo yokatta!' means 'Anyone was OK'. In many of recent crimes, the convicts are saying the same, 'Hate this world. Just wanted to kill people and anyone was OK.'

 

Something has gone wrong with the Japanese society and crime is increasing. While talking with my professors, Japanese students, colleagues or anyone in the train station or super markets, they say that Japan was much safer 15 years ago and they are worried by increase in crimes. I can also feel that way after living for more than 5 years here. But most of them blame the increasing number of foreigners for increase in crimes. Yes, many foreigners are also involved in crimes but majority are by Japanese themselves. If you look at 10 most recent major criminal incidents, 9 may be by Japanese alone. I may write one day about this 'blaming foreigners mentality'. 

 

Please read the news that appeared in The Japan Times.

 

Monday, June 9, 2008

7 killed, 10 injured in Akihabara stabbing spree

Kyodo News

Seven people died and 10 others were injured after a man hit pedestrians with a truck and then stabbed passersby Sunday in broad daylight on a street in Tokyo's busy Akihabara district.

Police arrested the man, Tomohiro Kato from Susono, Shizuoka Prefecture, on the street and seized a survival knife he was carrying. The 25-year-old temp staffer at an auto component factory in the prefecture admitted to stabbing people with the knife, which had a 13-cm blade, from around 12:30 p.m., the police said.

"I came to Akihabara to kill people," investigative sources quoted Kato as telling the police. "I am tired of the world. Anyone was OK. I came alone."

According to the police and hospital officials, six of the seven who died were males and aged from 19 to 74. The other was a 21-year-old female. In addition to the seven, 11 people were taken to hospital after the stabbing rampage. Of these, eight were male, including a 53-year-old traffic police officer who was stabbed in the back while helping people hit by the truck, and two women. The remaining male had sustained no injuries but had blood on his clothing. Of the seven, at least six had been stabbed and two had been hit by the truck, which was rented in Shizuoka Prefecture.

According to eyewitnesses, a police officer at a nearby police box who noticed the incident hurried to the scene and found Kato wielding the knife. The officer initially failed to get hold of the suspect after hitting him with a baton a few times. But Kato put the knife down after the officer drew a handgun and issued a warning, leading to his arrest, the eyewitnesses said.

The Akihabara area was crowded with shoppers as Chuo-dori was vehicle-free for pedestrians. The scene was near the intersection of Chuo-dori and Kanda Myojin-dori streets, only a stone's throw from JR Akihabara Station.

A 19-year-old man from Tokyo's Ota Ward said, "The man (Kato) jumped on top of a man he had hit with his vehicle and stabbed him with a knife many times. Walking toward Akihabara Station, he slashed nearby people at random."

Shunichi Jingu, a 26-year-old self-employed man from Gunma Prefecture, who witnessed the incident, said, "It seemed that a traffic accident had happened. Then a man got out of a vehicle and began to brandish a knife."

Akihabara is a district of Tokyo known for its electronics shops and as a center of modern culture, including manga and animations, and attracts many visitors from both Japan and abroad.

There were similar street stabbing rampages earlier this year. In January, a 16-year-old boy attacked five people and injured two of them with kitchen knives on a shopping street in Tokyo's Shinagawa Ward. A man wanted by police on suspicion of murder stabbed passersby with a knife at an entrance to a shopping mall in Tsuchiura, Ibaraki Prefecture, in March, leaving eight people injured, one of whom died later in hospital.

The Akihabara rampage also occurred on the seventh anniversary of a stabbing spree by a man at Ikeda Elementary School in Osaka Prefecture on June 8, 2001. The attacker, Mamoru Takuma, was executed for killing eight children and injuring 15 others in that case.

Here is the link if you want to read in TJT home page.

http://search.japantimes.co.jp/cgi-bin/nn20080609a1.html

June 07, 2008

'इतिहास' र 'हरियो कांक्रो'को कुरा

१.खबरदार! 'इतिहास' नहराओस्----!


त्यसो भए श्रीपेच र राजदण्डको 'दर्शन' अझै पाएको छैन दरबारका सामान खोज्ने सरकारी टोलीले! श्रीपेच र राजदण्डजस्ता कसैले पनि नभुल्ने चिज त यसरी लुके भने अरु कति 'जिनिस' त्यसरी लुकेका होलान्। बरु श्रीपेच र राजदण्डजस्ता सबैका नजरमा परिरहेका कुरा भने जनदवावमा परेर निक्लिनेछन् अबश्य तर अरु कति ऐतिहासिक र महत्वपूर्ण सामानहरु र दस्तावेजहरु जो जनताका नजरमा कहिल्यै परेनन्, ती हराउनेछन्। जे पनि हुनसक्ने हाम्रो देशमा श्रीपेच र राजदण्ड भेटिए भने पनि ती सक्कली नहुन पनि सक्छन्।

समितिले मूल दरबारमा अझै प्रवेश पाएको छैन भन्नुको अर्थ देशमा गणतन्त्र अझै आएको छैन भन्ने त होला नि! एउटा जिज्ञासा, दरबारका कर्मचारीले सहयोग गरेनन्, सोधेका कुराको जवाफ दिएनन् वा दरबार पस्न दिएनन् भने सोझै ज्ञानेन्द्र शाहसंग सम्पर्क गर्न के ले रोकेको छ अझै?!

यस्ता कुराहरुमा छिटो तातिएन भने राम्रो हुँदैन। महान जनआन्दोलन-२ को सफलताको लगत्तै प्रहरी र सेनाका उच्च तहका मान्छेहरुले धेरै कागजपत्रहरु जलाएको खबर आएको थियो। तत्कालीन अनुसन्धान विभागका हाकिम सबैभन्दा बढी सकृय भएर शाही अधिनायककालका कागजपत्रहरु जलाएका थिए। त्यसलाई रोक्ने कुनै संयन्त्र थिएन बनाइएको थिएन। त्यहि प्रवृत्ति अझ विशाल ढंगले प्रकट भएको मात्रै हो। गणतन्त्रको कार्यान्वयन मात्रै होईन, त्यो भन्दा धेरै पहिलाबाटै शुरु गरिसक्नुपर्थ्यो सरकारले, दरबार भित्रका ऐतिहासिक सामाग्री र दस्तावेजहरुको लगत राख्ने र सुरक्षा गर्ने काम। कम्तिमा अस्ति जेठ १५ को घोषणाको लगत्तैबाट दरबारबाट निस्कने हरेक गाडीहरुमात्रै नभएर हाते झोला र शरीर पूरै जाँच गर्न शुरु गर्नुपर्थ्यो। अचेल राती-राती नारायणहिटीबाट 'लादिएर' निक्लने सैन्य-ट्रकहरुमा के के थिए भनेर हाम्रो सरकार वा दलहरुले जानकारी राखेका छन् जस्तो लाग्दैन। गणतन्त्र कार्यान्वयन भएपछिका दिनहरु झन संगिन र महत्वपूर्ण छन्। हो, राजतन्त्र फेरि फर्किने संभावना नहोला, तर हाम्रो इतिहासका थुप्रै प्रश्नहरुको जवाफ दिनसक्ने सामाग्रीहरु हराउनु भनेको पनि सानो क्षति होइन।

अब गर्न सकिने भनेको दरबार र शाही राजतन्त्रको नालीबेली जानेका विज्ञहरु र दरबारभित्र लामो समय काम गरेका कर्मचारीहरु सम्मिलित टोली बनाउने र उक्त टोलीले दरबारभित्र भएका सामानहरुको सूचि बनाउने। सरकारले त्यो सूचिका आधारमा ज्ञानेन्द्र शाह र संबन्धितहरुसंग हिसाब-किताब माग्ने। अटेर गरेर निहुँ खोजे भने कारबाही गर्ने। हदैको कारबाही गर्नुपरे जनता छँदैछन्!


---नमरुञ्जेल हरियो काँक्रो


नेपालीमा एउटा उखान छ, 'मर्ने बेलाँ हरियो काँक्रो'। नेपाली कांग्रेसका कारण यसलाई अलि परिमार्जन गर्नुपर्ने भएको छ, 'नमरुञ्जेल हरियो काँक्रो!" भनेर।

देशबाट राजतन्त्र विदा हुँदैछ तर देशको सबैभन्दा ठूलो 'सामन्ती' संरचना नेपाली कांग्रेसमा भने परीवर्तन आउने छाँट अझै देखिएको छैन। यो दल स्वयंभित्रको सामन्ती संस्कार र लोकतन्त्रवीहिनताको साध्य छैन, यसले देखाउने सत्ता-लिप्साको झन कुरा गरी साध्य छैन। कांग्रेस पहिलेदेखिनै कि राजा कि त आफूलाई मात्रै सत्ताको हकदार सम्झन्थ्यो। अब राजा हिँडेपछि आफैंलाई मात्र योग्य सम्झनु स्वाभाविक भयो। यो चिन्तन नेपालको वर्तमान 'राजनीतिक कब्जियत'को प्रमुख कारणमध्ये एक हो।

गएको चुनावमा कांग्रेस र एमालेले जनताबाट गतिलो 'रामधुलाई' पाए। साधारण वहुमत वा दुई तिहाईका कुरा, जनसेनाको राष्ट्रिय सेनामा समायोजन वा अरु कुनै ब्यबश्था र वाइसीएलका 'रामलीला'को अन्त्य आदि जस्ता पेचिला कुराका समाधान निक्लन बाँकीनै छन्, तर अब सरकारको 'कार्यकारी' नेतृत्व गर्ने पहिलो पालो माओवादीको हो, एमाले-कांग्रेसले त सकेसम्म 'राम्रा' मन्त्रालयका लागि बार्गेनिङ गर्नेमात्रै हो। राष्ट्रपतिको कुरामा खास ठूलो विवाद नहुनु पर्ने हो तर कांग्रेसले यसैमा गिद्धे दृष्टि लगाउन थालेको छ।

नामले 'आलंकारिक' भएपनि राष्ट्रपतिको पद देशको सर्वोच्च र सबैभन्दा सम्मानित पद हो। जो पायो उहि, झन विशेष गरी राजनीति गर्नेलाई यो पद दिईनुहुन्न। नेताहरु कोहि भ्रष्टाचार र नातावादका टाटाहरु जीऊभरि बोकेर हिँडिरहेका छन्, कसैको हातमा लागेको रगत अझै पखालिईसकेको छैन। यस्तालाई राष्ट्रपति बनाउनु भनेको पदकै बेईज्जत गर्नु हो। राष्ट्रपति राजनीतिक पक्ष-विपक्षको मानसिकताबाट मुक्त र निष्ठावान हुनुपर्छ। हाम्रो देशका कुनै पनि दलका कुनै पनि नेताबाट यो आशा गर्न सकिन्न। लोकतन्त्र र गणतन्त्रका लगि योगदान गरेको र सबैले स्विकार्न सक्ने ब्यक्ति हाम्रो देशको नागरिक समाजमा जति भने पनि छन्। त्यसैले नेपालको प्रथम राष्ट्रपति नागरिक समाजको ब्यक्ति हुनुपर्छ।

कांग्रेसका महामन्त्री पौडेललाई किन झोंक चलेको हो नागरिक समाजको कुरा चल्दा? नागरिक समाजले राष्ट्रपति लिने हो भने पूरै सरकारै चलाए भो रे, २५सै दल बाहिर बस्ने रे! क्या बच्काना कुरा! जुन नागरिक समाजले जनआन्दोलनको आगोलाई एकदम अप्ठेरो परिष्थितिमा पनि जोगायो र जसले विना कुनै लोभ-लालच लोकतन्त्रको पक्षमा सधैं खटिरह्यो, उसलाई सम्मान गर्ने कुराले किन हाम्रा नेताहरुको 'माथा गरम' हुन्छ कुन्नि?! नागरिक समाजबाट राष्ट्रपति बनाउनु भनेको जनतालाई सम्मान गर्नु हो। आशा गरौं, हाम्रा नेताहरुले जनताको सम्मान गर्न सिक्नेछन् अब भने।

'नमरुञ्जेल हरियो कांक्रो' गिरिजाको ब्यक्तिगत जीवनमा र कांग्रेसको दलीय जीवनमा सार्थक हुनु देश, जनता र स्वयं कांग्रेसकै अपमान हो। नयाँ नेपालले नयाँ विचार, नयाँ शैली र नयाँ ब्यक्ति खोजेको कुरो त चुनावको परिणामले देखाईसक्यो।

June 06, 2008

'लोकतान्त्रिक गणतन्त्र नेपाल'को स्वागतमा

नेपाल लोकतान्त्रिक गणतन्त्र बनेको खुशीयालीमा एउटा सानो कार्यक्रमको आयोजना भयो नागोयामा, जून १, आइतवार साँझ। 'तोकिएकै' आयोजकहरु कोहि पनि थिएनन् यो कार्यक्रमका, स्वत:स्फूर्त रुपमा आयोजना भएको थियो। कुनै 'नाम'को बोझ विना यसरी स्वत:स्फूर्त रुपमा आयोजित कार्यक्रमको सौन्दर्यनै बेग्लै हुन्छ।

कार्यक्रम ओजोनेमा रहेको सपना रेष्टुरेण्टमा भएको थियो।

केहि फोटोहरु राख्न चाहन्छु।
कार्यक्रमको उद्घोषण गर्दैछु म।

स्वागत गर्दै सरोज कंडेल भाइ।

आफ्नो मन्तब्य दिँदै सुदिप अधिकारीजी।

मन्तब्य राख्दै दिलिपचन्द्र घिमिरेजी।

मन्तब्य राख्दै डिलाराम खरेलजी।

सधन्यबाद कार्यक्रमको औपचारिक भागको समापन गर्दै कार्यक्रमका सभापति पारसमणी पोखरेलजी।





(विविध कारणवश यो समाचार अलि चाँडै पोष्ट गर्न नसकेकोमा क्षमाप्रार्थी छु। विगत केहि समय यता नियमित हुन सकिरहेको छैन। माफ पाउँ!)