देश होलीमय छ, रंगै-रंगले सजिएको छ। कतै हिजो खेलियो, कतै आज खेलिँदै छ। कतै भोलि खेलिनेछ; आज बिहिवार परेकाले तराईमा होलीको रौनक आजभन्दा भोलि हुनेछ भनेर भन्दै हुनुहुन्थ्यो एकजना मित्र।
रंगै-रंगको यो उज्यालो पर्वमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। तपाईँहरुको जीवन सबै सुन्दर रंगहरुमा फक्रियोस् र उज्यालोमा चम्कियोस्। ।
Showing posts with label शुभकामना. Show all posts

March 08, 2012
October 28, 2011
तिहार
आकाश पूरै खुलीरहेछु
पात-पातमा झुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।
पात-पातमा झुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।
पात-पातमा झुलीरहेछु
यहाँ, त्यहाँ भुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।
यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। यहाँहरुको जीवन सधैं शान्ति, आनन्द र समृद्धिको ज्योतिले उज्यालो बनोस्!
Labels:
शुभकामना
Pokhara, Nepal
Kalankisthan Rd, Kathmandu 44600, Nepal
September 25, 2009
बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!
विजया-दशमी २०६६ को उपलक्षमा यो ब्लगमा पाल्नुहुने समस्त माहानुभावहरु र परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!!
यहाँहरु सबैको जीवनमा सधैंभरी सुख, शान्ति, समृद्धि र सफलता छाईरहोस्!!!
Image source: Click Here
एउटा सानो कोसेलीको रुपमा, पोहरनै यो ब्लगमा टाँसिसकेको कविता "जब लुकी-लुकी चियाऊँछ रंगीन शरद" पाठ गर्दै बिदा हुन चाहन्छु यस पटक।
हस् त फेरि एक पटक तपाईँ र परिवारजनमा बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!
RANGEEN SHARAD - Basanta Gautam
October 28, 2008
तिहारको शुभकामना!!
यो ब्लगमा पाल्नुहुने समस्त महानुभावहरुमा शुभ दीपावलीको मंगलमय शुभकामना!!! यहाँको जीवनमा सधैं सुख, सफलता र समृद्धिको उज्यालो छाइरहोस्!

-----------
चाडबाड आयो, घर-गाऊँको याद झन्-झन् गाढा भएर आऊँछ र रुनै मन लाग्छ। अघि भर्खर किशोर भतिजाहरुको मेल पढ्दै थिएँ। उनीहरुको देउसी-भैलोको तयारीको बारेमा लेखेका छन्। उनीहरुको मेलले झन् भँड्क्यायो मलाई र केहि पनि गर्न मन लागिरहेको छैन। आफ्नो बाल्यकालका देउसी-भैलोको रमाईलो र घमाईलो दिनको भाइटिका आँखै अगाडि झल्झली आएको छ।
बच्चामा हामी दशैं रमाईलो कि तिहार रमाईलो भनेर एकापसमा कुरा गर्थ्यौं। दशैं सकिएर तिहारको प्रतीक्षा हुन थालेपछि यो कुरा हुन्थ्यो। बितिसकेको दशैंभन्दा तिहारको कल्पनाले जित्थ्यो र हामी सबै तिहारलाई बढी रमाईलो भन्थ्यौं। मलाई अहिले पनि तिहारै रमाईलो लाग्छ।
एउटा उमेरसम्म देउसी-भैलो पनि खेलियो। भैलो केटीहरुका लागि हो भन्ने गरिएको थियो हामीलाई, त्यसैले हाम्रो जोड देउसीतिरै हुन्थ्यो, अलि-अलि भैलो पनि नखेलिएको भने हैन। देउसी खेल्ने दिनको लागि लालटीन खोज्ने र मट्टीतेल किन्नको लागि एकापसमा पैसा उठाउने काम एक-डेढ हप्ता पहिलेबाटै शुरु हुन्थ्यो। हुनत पछि एक-दुई ठूला र 'आयोजित' देउसी-भैलो कार्यक्रममा पनि हिँडियो, तर बाल्यकालको हाम्रो 'रफ' देउसी-भैलोनै गडेको छ दिमागमा।
भाइटिकाको दिन सबैभन्दा प्यारो दिन, यो दिनको बयान गर्ने सामर्थ्य छैन ममा। मेरो स्मृतिमा रहेका हरेक वर्षका भाइटिकाका दिनहरु घमाईला र सुन्दर छन्। (हुनपनि, वर्षभरिमा सबैभन्दा राम्रो मौसम तिहारकै बेलामा हुन्छ। दशैंमा वर्षायामको अंश अझै बाँकी हुन्छ।) तर यो वर्षपनि बहिनीहरुलाई फोन गर्नु र टिका लगाउन लहरै बसिरहेका दाइ-भाइहरु र उनीहरुका निधारमा टिका लगाईदिईरहेका बहिनीहरुलाई मनको आँखाले सम्झिनुबाहेक केहि गर्न सकिने छैन। घमाईलो आँगनमा बसेर गफिन पाईने छैन।
बारीका डिल-डिलमा फुलेका सयपत्री र मखमली यो पाली पनि मेरो भागमा पर्नेछैनन्-----!

October 09, 2008
विजयादशमीको हार्दिक मंगलमय शुभकामना

यो ब्लगमा पाल्नुहुने समस्त महानुभावहरुमा विजयादशमी-२०६५को हार्दिक मंगलमय शुभकामना!!! यो पवित्र दिनले यहाँको जीवनमा अझ धेरै खुशी, अझ धेरै सफलता र अझ धेरै सम्पन्नता ल्याओस्।

**मेरो मनको दशैं**
Subscribe to:
Posts (Atom)