August 11, 2008
प्रसंग ओलम्पिक-१ "चीनको साकार सपना"
अस्ति राती ढिलोसम्म ओलम्पिकको उद्घघाटन हेरेर बसें। जीऊ अलिक ठीक थिएन, थकाई त सधैं हुनेनै भयो, तैपनि अन्तिमसम्म हेरेर बसेको एउटै कारणचाहिँ कार्यक्रमको अन्त्यमा ओलम्पिक स्तम्भको ज्योति कसरी बाल्दा रहेछन् भनेर हेर्न हो।
उद्घघाटन कार्यक्रम निश्चयनै भब्य र कलात्मक थियो। कार्यक्रमका निर्देशक चाङ यी मो एक सफल चलचित्र निर्देशक हुन्। १९९०को दशकमा उनका चलचित्रहरुले ब्यापक ख्याति कमाएका थिए। त्यो ताकाका उनका धेरै चलचित्रहरु हेरेको छु मैले, एउटा 'डाइ-हार्ड फ्यान'नै थिएँ भनौं न। त्यतिखेर चिनियाँ सत्ताको कट्टरपन्थी पक्ष उनलाई त्यति मन पराउँदैनथियो। अहिले उनले ओलम्पिकको उद्घघाटन कार्यक्रमकै निर्देशक बन्ने अवसर पाए भन्ने कुराले केहि फरक स्थितिको बोध गराउँछ। चाङसंगै त्यो जिम्मेवारी पाएका हलीउडका स्पाइलबर्गले भने केहि समय पहिला राजीनामा दिएका थिए।
चाङ यी मोका अचेलका चलचित्रहरु भने हेर्ने मौका मिलेको छैन।
तारको सहाराले झुण्डिएका एक पूर्व खेलाडीले ओलम्पिक स्तम्भको ज्योति सल्काए। ओलम्पिक स्तम्भ कहाँ छ भन्नेनै देखिएको थिएन अन्तिमसम्म। ती खेलाडी स्टेडियमको माथि वरिपरि फनफनी घुम्दा संगसंगै देखिएको ओलम्पिक रिलेको फूटेजपनि भब्य र नयाँ थियो।
मैले ओलम्पिकको उद्घाटन कार्यक्रमहरु हेर्न थालेको १९९२को बार्सेलोना ओलम्पिकबाट हो। र मलाई बार्सेलोना ओलम्पिकको ओलम्पिक स्तम्भमा ज्योति सल्काइएको तरिका सबैभन्दा रचनात्मक र सटीक लागेको छ अहिलेसम्म। एक खेलाडीले बलिरहेको वाण प्रहार गरेर सल्काएका थिए।
कूरोलाई अब चीनतिरै मोडौं।
एक जमानामा "पूर्वको रोगी मान्छे" भनेर चिनिने चीन अहिले सामरिक-आर्थिक संगै खेलकूदमा पनि विश्वशक्ति बनिसकेको छ। खेलकूद उनीहरुको संस्कृति र दैनिक जीवनको एक भाग बनिसकेको छ। यो ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक पनि उसकै पोल्टामा जाने सम्भावना छ, अमेरिकालाई उछिन्दै।
ओलम्पिक्स जस्तो महान खेल-उत्सब आयोजना गर्ने सपना हरेक देशसंग हुन्छन्। चीनको सपना आज पूरा भएको छ।
यो भन्दा पहिला पनि चीन एक पटक आफ्नो सपना साकार पार्ने क्षणको नजिकै पुगेको थियो। सन् २०००को ओलम्पिक आयोजना गर्ने उसको पहल अन्तिम क्षणमा आएर सिडनीसंग पराजित भएपछि रोकिएको थियो। १९९३को ग्रीष्मको त्यो दिन याद छ मलाई। चीनमा साँझको आठजति बजिसकेको थियो। हामी पनि छात्रावासको टिभी हेरिरहेका थियौं। तेश्रो चरणसम्मको भोटिङपछि ओलम्पिक आयोजक हुने दावी गरिरहेका अरु शहरहरु बाहिरिसकेका थिए र पेइचिङ र सिड्नीमात्रै बाँकी थिए। चौथो चरणको भोटिङपछि अन्तर्राष्ट्रीय ओलम्पिक कमिटिका तत्कालीन अध्यक्ष हुवाँ एण्टोनिओ समाराञ्च परिणाम सुनाउन भनेर मञ्चमा आएपछि पूरै चीन टक्क अडिएजस्तो लागेको थियो। समाराञ्चले "The winner is---" भनेर एक एकछिन रोकिँदा त शायद पूरै चीनको सासनै रोकिएको थियो होला!
"था' मा त----" समाराञ्चले आफ्नो घोषणालाई "Sydney" भनेर टुंग्याएपछि चीनका सडकहरुमा पोखिएको निराशा र आक्रोशको कथा बेग्लै छ।
क्रमश:
Labels:
खेलकूद
Subscribe to:
Post Comments (Atom)
It was really nice to see opening ceromonay of Olympics-2008.
ReplyDeleteThe opening ceremony was just 'wonderful'. I agree with you that China is now a 'superpower' even in 'sports'.
ReplyDeleteThank you Badrijee and Deependrajee for your comments!
ReplyDeleteI dont remember Barcelona olympics. But, wasn't it the Sydney Olympics when the flame was lit with an arrow-with-a-burnt-tip?
ReplyDeleteYo barsa heriyena... Aafnai project ma byasta bhaiyo.
I really enjoyed the ceremony.
ReplyDeleteI think Olympics has become a scale for measuring the prosperity of a nation.
Ceremony ta Yekdum Bhabya Lagyo.
ReplyDeletePura ta herna paiyen tar jati pani heriyo tyo sab yekdum ramro sang gariyeko rahecha.
Internet ma olympics light balda kheri ko video ta dherai ramro lagyo.
Thank you gaalabjee, prajwoljee and bharatjee for your comments!
ReplyDeletegaalabjee, I think it was Barcelona. I also checked in wikipedia before posting.
Opening ceremony was really nice, jati here pani haru haru lagane.
ReplyDelete