अरुका सपनाहरु धमाधम साकार भईरहँदा मनमा प्रश्न आउँछ घरी-घरी, हाम्रा सपनाहरुको पालो कहिले? हामीले ओलम्पिक आयोजना गर्न सक्ने कहिले? हामीले पदक जित्ने कहिले?
ओलम्पिक खेलकूद आयोजना गर्ने कुरालाई अलि परै राखौं, हाम्रो अर्थतन्त्र (र विश्व समुदायभित्रको हाम्रो कूटनीतिक/सामरिक उचाई) मा आजैबाट प्रगति हुन थालेपनि हाम्रो बुताले त्यो भ्याउन अलि लामै समय लाग्ला। तर ओलम्पिकमा केहि पदकहरु जित्न हामीलाई के ले छेकेको छ? एउटा आधुनिक राष्ट्रको रुपमा झण्डै छ दशक बिताईसक्दा पनि ओलम्पिकमा हाम्रो उपलब्धि शून्य रहनु लाजमर्दो कुरा हो। (सोल ओलम्पिकमा बिधान लामाले कास्य पदक जितेका थिए तेक्वान्दोमा, तर त्यो प्रदर्शन खेलको रुपमा राखिएको थियो। प्रदर्शन खेलको पदकलाई औपचारिक मानिँदो रहेनछ।)
किन यति दयनीय छ हाम्रो खेलकूद स्तर?
बच्चामा, फुटबल आदि खेल्न गयो भने ‘राम्रैसंग’ गाली खाइन्थ्यो। मुख्यत: दुइ आशय हुन्थ्यो गालीको, एउटा ‘अब हात-खुट्टा भाँच्ने भयो यल्ले, अपाङ्ग हुने भयो’ र अर्को ‘पढ्न छोडेर खेल्छ, बिग्रियो यो।‘ यो प्रसंग ल्याउनुको कारण के हो भने कुनैपनि समाज-देशले खेलकूदमा प्रगति गर्नको लागि सबैभन्दा पहिला समाज र देशमा बलियो खेलकूद संस्कृतिको आवश्यकता हुन्छ। परम्परागत रुपमा हाम्रो समाजमा खेलकूद संस्कृतिको अंश अत्यन्त न्यून छ। केहि अत्यन्त सीमित अवसरमा बाहेक खेलकूदलाइ त्यति महत्व दिईँदैन र हाम्रो समाजमा खेलाडीहरुको बिल्कूलै सम्मान हुँदैन। छोराछोरी खेलकूदतिर आकर्षित होलान् भन्ने डरले बाउ-आमा त्राही-त्राही हुन्छन् हरबखत। हो, खेललाईनै पेशा बनाएर बाँच्न सकिने अवश्था अझै राम्ररी बनिसकेको छैन हाम्रो देशमा, तर समाजमा खेलकूद संस्कृतिले जरा नगाडेसम्म, खेलाडीहरुले समाजमा सम्मानजनक स्थान नपाएसम्म त्यो अवश्था आउन पनि सक्ने छैन। दुबै कुरा एकापसमा राम्रैसंग निर्भर छन्।
भुँडी लाग्नुलाई ‘ब्यक्तित्व’ मानिने हाम्रो समाजमा खेलकूदको अवश्था कहाँ छ भनेर लामो ब्याख्या गरिरहनु आबश्यक पनि छैन।
सीमित रुपमा रहेका हाम्रा परम्परागत खेलकूदहरु पनि धेरैजसो मासिईसकेका छन्। हो, हाम्रा परम्परागत खेलकूदहरु धेरैजसो ‘खेलकूद’ भन्न पनि नसुहाउने खालका छन्, तर एक-दुईलाई विकास गरेर अन्तरराष्ट्रिय मञ्चहरुमा लैजान सकिन्थ्यो। नेपालको तराइमा पहिलेदेखिनै कुस्ती अत्यन्त लोकप्रिय छ। हामीले यसलाई विकास गरेर हाम्रो मौलिक शैलीको कुस्तीको रुपमा दुनियाँसामु पेश गर्नसक्ने सम्भावना थियो। छुट्टै शैलीको कुस्तीको रुपमा विकास गर्न सकिदैंन भनेपनि तराइका जनताको कुस्तीप्रतिको आकर्षणलाई सफल कुस्ती खेलाडीहरु जन्माउने आधारको रुपमा लिन सकिन्छ। मैले हालसालै कतै पढेको थिएँ, यो पनि लोप हुने क्रममा छ। पहिलो कारण, कुस्तीबाजहरुलाई प्रोत्साहन, तालीम रोजगारी आदिको अभाव छ। दोश्रो, यति हुँदाहुँदै पनि संघर्ष गरेर बाँचिरहेको तराइको कुस्ती-परम्पराको सबैभन्दा ठूला दुश्मनका रुपमा तराइका जमीन्दारहरु निक्लेका रहेछन्। उनीहरु कुस्तीबाजहरुलाई झूटा डाँका-मुद्दा लगाइदिँदा रहेछन्। अब यस्तो अबश्थामा कसरी निरन्तर हुनसक्छ त्यो परम्परा?!
यी जमीन्दारहरु हाम्रो राज्यका प्रभावशाली हिस्सा हुन् र यीनको सोचले हाम्रो समग्र राज्यको खेलकूदप्रतिको सोचलाई प्रष्ट पार्छ। यो ओलम्पिकलाई नै हेरौं न। अरु देशका राष्ट्रपतिहरु खेलाडीले अभ्यास गरिरहेको ठाउँ र खेलाडीले लुगा फेर्ने ठाउँमा पुगेर खेलाडीहरुलाइ धाप मारिरहेका हुन्छन्, प्रोत्साहन गरिरहेका हुन्छन्, हाम्रो देशबाट भने राजीनामा दिईसकेका मन्त्री ‘चोरबाटो’ हुँदै पेइचिङ जान्छन्। खेलाडीको संख्याको चार गुना पदाधिकारीहरुको जन्ती हुन्छ। खेलाडीले पदाधिकारीले भन्दा ज्यादै कम भत्ता पाउँछन्। केहि समय पहिलाको एउटा साफ खेलकूदमा त पदाधिकारीहरु आफू प्लेनमा गएर खेलाडिहरुलाई रेलमा पठाएका थिए! देशभित्र अभ्यास स्थल र अवसरहरु दुबै कम छन्, त्यसमाथि राज्यले गर्ने ब्यबहार यस्तो भएपछि हाम्रा खेलाडीहरुले कसरी गतिलो परिणाम ल्याउँछन्!
खेलकूद प्रबर्धन र विकासमा राज्यको अहं भूमिका हुन्छ। सरकारले खेल-जगतलाई निरन्तर प्रोत्साहन गरिरहन सक्नुपर्छ। हाम्रो जस्तो अवश्थामा त खेलकूद विकासलाई एउटा प्रमुख योजनाकै रुपमा अगाडि लगिनुपर्छ। देशको नाम-प्रतिष्ठा अभिवृद्धि गर्न खेलजगत पनि एउटा भरपर्दो माध्यम हो भन्ने कुराको वोध सरकार हाँक्नेहरुलाई हुनुपर्छ। खेलेर बाँच्न सकिने आत्मविश्वाश खेलाडीहरुमा पलाउन सक्यो भनेमात्रै देशको खेलजगतले गति लिनसक्छ। त्यसकारण उत्कृष्ट खेलाडीहरुलाई सकृय खेलजीबनपछिको रोजगारीको सुनिश्चितता दिनुपर्छ सरकारले। त्यो मात्रै हैन, अमेरिका, यूरोप, चीन आदि ठाउँहरुमा जस्तै विद्यालय, कलेजहरुमा खेलाडीहरुको लागि छात्रवृत्तिको ब्यबश्था गरिनुपर्छ।
नीजि क्षेत्रले पनि धेरै गर्नसक्छ यसमा, त्यो साँचो हो तर बलियो राजनितिक इच्छाशक्तिका साथ सरकार आफैं पनि अगाडि सरेन भने प्रभावकारी केहि पनि हुनसक्दैन। अहिलेको अवश्थामा नीजि क्षेत्र पूरकमात्र हुनसक्छ।,
साथमा खेलजगतका लागि आवश्यक हुने भौतिक पूर्वाधारहरुको विकास र संरक्षणको पनि उत्तिकै महत्व छँदैछ।
यसरी कस्सिएर नलागी हाम्रा खेलाडीहरुले ओलम्पिकमा पदक जित्ने हाम्रा स्वर्ण सपनाहरु पूरा हुनेछैनन्। ,
(समाप्त)
तपाइका तर्कहरू साँच्चै नै राम्रा छन् । नेपाली खेलाडिलाई बदनाम गर्ने समाचार मात्रै आइरहेको परिपेक्ष्यमा वास्तविक समस्याको जरो खोतल्ने कामको थालनी गर्नुभएको छ तपाईँले । यस्तै यस्तै कार्यलाई निरन्तरता दिँदै जानुहोला ।
ReplyDeletewww.guffgaaf.blogspot.com
ReplyDeleteखै दोष कसमाथि थोपरौँ ???
ReplyDeleteखेलाडिलाई के भन्नु, अब कोही पनि केही मा फेल हुन चाहँदैन, अत: खेलाडिहरुले आफूले सक्दो मेहनत गरेकै हुनुपर्छ ।
खै, हाम्रो राष्ट्र को कुनै निती पनि राम्रो नभएर यसो भएको हो कि ? सबैलाई खान कै पिर ! खेलकुदको लागि छुट्टयाइको बजेट मा कसले रजाँई गर्यो, होला ? खै के, खै के भनेको जस्तो ।
जबसम्म देश का जनता र जनताव्दारा छानिएका प्रतिनिधिहरु तथा राज्य हाँक्नेहरु आफैँ मा अनुशासित हुँदैनन्, तबसम्म हामी जहिँ को तहिँ नै हुन्छौँ, हामी ले अगाडि बढ्यौँ भनेर जति नै फुर्ति लाएपनि ।
हेरौँ, दिपक ले केही गर्छन् कि ???
हाम्रो खेलकूदको स्तरदयनीय हुनुमा मुख्य दुईवटा मात्रै कारण छन।
ReplyDelete१। भात खाने समस्या राम्ररी समाधान नभएसम्म कस्ले खेल्ने र कसरी 'स्तर'को अपेक्षा गर्ने?
२। जे जति लगानि भा' छ त्यो पनि यस्तै खुईलीएका मन्त्री ले खर्च गर्नु र साँच्चै खेलाडि भन्दा आसे-पासे र धुपौरेहरु चुनिनु ।
अन्य देशको अनुभवलाई हेर्दा खेलकुदको विकास आर्थिक विकाससंग मात्रै प्रतक्ष जोडिएको अनुभव हु्न्छ भने हामिकहा यो 'राजनीति' र 'नैतिकता' संग पनि गासीएको छ।
नेपाली खेलाडीहरु लाई राम्रो सुबिधाहरु दिएर निरन्तर प्रशिक्षन दिई राखेको खन्डमा केही उपलब्धी हुन्थ्यो कि ??
ReplyDeleteदिलीपजी ले देखाउनु भएका दुई कारणहरु ज्यादै घत लाग्यो । खेलकुदलाई कहिँ कतैबाट प्रोत्साहन छैन हाम्रो देशमा - अझै दुई चार पुस्ता कुर्नै पर्ला अलिकति मेलोमा लाग्न पनि ।
ReplyDeleteसत्ते कुरो हौ बसन्तजी। के गर्नु राम्रो नतिजा ल्याउँने अभ्यास र कसरतमा भन्दा अरुको दाँजोमा कम आउने नजितामा मात्रै बढी ध्यान केन्द्रित गर्छौ। जग र पूर्वाधार भलै कमजोर होस् तर नतिजा चाही सकभर अब्बल नै हुनुपर्छ भन्ने खोज्छौ। यही त मार खाइन्छ त।
ReplyDeleteहो नि है बशन्त जि हम्रो नेपालमा हरेक कुरामा राजनिति हुन्छ।तेहि भएर नै हाम्रो खेलाडि हरु जहिलै पछाडि।होइना होउ खेल्कुदमा त खेलाडि र पर्शिक्षक हरु जानु पर्ने होइना र भन्या
ReplyDeleteत्यो नेता हरु चाहि किना लुकि-लुकि जानु परेकोनि?
i am agree with you...
ReplyDeletei am agree with you...
ReplyDeleteविचारपूर्ण प्रतिकृयाका लागि सबैलाई धन्यबाद!
ReplyDeleteउजेलीजी, समस्याको कारण नबुझी समस्या समाधान गर्न सकिँदैन। नेपाली खेलकूदको समस्याका बारेमा चिन्तन गर्ने सानो प्रयास हो यो मेरो। तपाईँबाट प्राप्त हौसलाका लागि आभारी छु।
आकारजी, खेलकूद सुविधा, गतिलो खानेकुरा र भविष्यको सुनिश्चितताका सवालमा अत्यन्त दयनीय अवश्थामा हुँदा-हुँदै पनि हाम्रा खेलाडीहरुले देखाएको लगन र उत्साहलाई सलाम गर्नैपर्छ। राज्यले अलिकति मात्रै तीनको बारेमा सोचिदिएको भए स्थिति बेग्लै हुनेथियो।
दीपकले कास्यसम्म ल्याउलान् भन्ने आशा थियो, हारे, दु:ख लाग्यो। तर खेलमा एउटाले नहारी अर्कोले जित्दैन। उनी र अरु सबै नेपाली खेलाडीलाई धन्यबाद देशको नाम राख्ने कोशिश गरेकोमा।
दिलिप दाइ, वास्तवमै तिनै दुई कारण हुन् हाम्रो खेलकूदको स्तर यति दयनीय हुनुमा। खेलकूदलाई र खेलाडीलाई गन्दै-नगन्ने संसकार भएकाहरुको हाली-मुहाली हुञ्जेल यस्तै होला।
बद्रीजी, त्यसो हुनसके साह्रै रामरो हुन्थ्यो। तपाईँ-हामीले देखेकै छौं, यहाँ जापानमा कति महिना अगाडीबाटै ओलम्पिकमा जाने खेलाडीहरुको छनौट र प्रशिक्षण शुरु भईसक्छ र ती खेलाडीहरुको कति ठूलो सम्मान र चर्चा हुन्छ।
दीपकजी, अलिकति प्रतिबद्धतासहित योजना बनाएर लाग्ने हो भने त्यति लामो समय पनि नलाग्ला। १०-२० वर्षमै धेरै प्रगति हुनसक्छ।
कैलाशजी, ठीक कुरा गर्नुभयो। हामी नेपालीको बानी यस्तै हो, हामी जगको चिन्ता गर्दैनौं, धुरीको पीर गर्छौं। हाम्रा तमाम समस्याहरुको कारण यहि हो।
संगमजी, यो ब्लगमा स्वागत छ। हाम्रा जिम्मेवारहरुमा अलिकति पनि नैतिकता भएको भए हामीले यस्ता 'जन्ती' र चोरबाटोबाट जाने नेताहरु देख्नुपर्ने थिएन।
सुमनजी, स्वागत छ। प्रतिकृया पाउँदै गरौं।