August 05, 2015

कवि सम्मेलन

मोबाईल टोनहरुको नौमती बजीरहेछ
झुण्ड-झुण्ड चालू छन् जन्ती गफ
सभाध्यक्ष ऊँघिरहेछ
प्रमुख अतिथि घुँडामा मुन्टो जोतेर-
मोबाईलमन्त्रफुस्फुसाईरहेछ
कवि कविता पढीरहेछ
अजीर्ण हुने गरी अंग्रेजी शब्द खुवाईएको
उसको छोटो’ ‘नेपालीकविता-
भर्खर पाँचौ पृष्ठमा पुगेको छ
कवि सम्मेलन जारी छ
कवि सम्मेलन जारी छ
र एउटा प्रश्न तुर्लुङ्ग झुण्डिएको छ हावामा,
कविता त कवि पढीरहेछ
तर
तर
कविता यहाँ कसले सुनिरहेछ?
(साँझ ५ बजे, बैशाख ७, २०७०; पोखरा)