आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।
-------------------------------------------------------------------------
उनीहरु अब, सेता हात्तीलाई तर्साउने नाममा नाङ्ग्लाहरु प्वाल पार्नेछन्। राशका राश प्वाल परेका नाङ्ग्लाहरु थुप्रिनेछन् अब चोक-चोकमा। तर प्वाल परेका नाङ्ग्लाहरुको राश थुप्रिँदैमा सेता हात्तीहरुलाई केहि फरक पर्नेछैन, सेता हात्तीहरु उसै गरी ऊँघ्दै उग्राईरहनेछन्।

छिमेकीलाई तर्साउने नाममा उनीहरु अब खेलमा मग्न निर्दोष बच्चाहरुलाई सोत्तर बनाएर चुट्नेछन्। छिमेकीहरु कौशीमा बसेर राम-रमिता हेर्नेछन्। भाग्न सक्ने बच्चाहरु अब बस्ती छोडेर भाग्नेछन्, भाग्न नसक्नेहरु आतंकको सेपमा जिन्निएर हुर्किँदै-नहुर्की बूढा हुनेछन् र मर्नेछन्।
यसरी अब बस्तीमा स्वस्थ बच्चाहरुको खडेरी पर्नेछ।
यसरी अब बस्तीमा स्वस्थ मान्छेहरुको खडेरी पर्नेछ।
-----------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले बस्तीका सारा बाटाहरुमा, गोरेटो-डोरेटोमा ताल्चा लगाएको डकार छादेका छन्।
तर रातभरि बिरामी आमा कुरेर बसेकी सानीलाई त्यसको परवाह हुनेछैन। ऊ आफ्नी आमालाई खुवाउन बिहानको ताजा पानी भर्न गाग्री बोकेर पँधेरातिर जानेछे।
आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु सानीको टाउकोमा ढुंगा बजारेर सानीको टाउकोको अचार बनाउनेछन् र एकछिनपछि बस्तीतिर फर्केर भन्नेछन्; “सानीको टाउकोलाई हामीले अचार बनाएको होईन, घूसपैठ गरेको ढुंगाले हो। ढुंगा हाम्रो पार्टीको मान्छे होईन।"
बाटाघाटा, गोरेटो-डोरेटोमा ताल्चा लागेपनि सेता हात्तीहरुलाई फरक पर्नेछैन किनभने उनीहरुका आ-आफ्ना नीजि सुरुङ्ग छन्। तर हर्केसंग नीजि सुरुङ्ग छैन, ऊ आफ्नो र आफ्नाको भोक मार्ने जोहो गर्न, काम खोज्न निस्कनेछ।
आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु हर्केका हात-खुट्टामा खुँडा हान्नेछन् र उसलाई अधमरो बनाउने छन्। एकछिनपछि हर्केको रगतले रंगिएको खुँडा बस्तीलाई देखाऊँदै भन्नेछन्; “हर्केलाई हामीले काटेको होईन, खुँडाले काटेको हो। हामीले हाम्रो पार्टीबाट खुँडालाई निष्काशन गरिसकेका छौं।“
सन्तु खोलापरीको बस्तीमा मजदूरी गरेर घर फर्किरहेछ। आफ्नो बस्ती जाने बाटोमा ताल्चा लागेको देखेर छक्क पर्छ ऊ। तर त्यो उसकै बस्ती हो, यसैले ऊ आँट गरेर ताल्चा फोरेर अगाडि बढ्नेछ।
आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले सन्तुलाई “अगाडि नबढ्! जताबाट आएको होस्, उतै जा!” भनेर हकार्नेछन्। सन्तु बिलखबन्दमा पर्नेछ, ऊ जताबाट आएको हो, त्यतै फर्किन सक्दैन किनभने त्यो उसको बस्ती होईन। ऊ “जे त पर्ला!” भनेर आफ्नै बस्तीतिर पाईला बढाउनेछ। आँखामा कालो पट्टी लगाएका अगुल्टाहरु सन्तुसंग रिसाउनेछन्, “हामीलाई अटेर गर्ने यो मु--- को हो?” भन्दै सन्तुलाई गोलीले उडाउनेछन्। यसरी उनीहरु सन्तुले बोकेर ल्याएको उसको परिवारको सपनाको पोकोको हत्या गर्नेछन्।
आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले अनि बस्तीतिर फर्केर भन्नेछन्; “सन्तुलाई हामीले मारेको होईन। हाम्रो पार्टीको नीति त्यस्तो होईन। सन्तुलाई हाम्रो बन्दूकमा घूसपैठ गरेको गोलीले मारेको हो, गोली हाम्रो कार्यकर्ता होईन।“
------------------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले अब बस्तीलाई मर्ने आदेश दिनेछन्।
बस्तीले आफ्नो आदेश नमानेको झोंकमा उनीहरु अब पूरै बस्तीमा आगलागी गर्नेछन् र यन्त्रवत एकचोटि भन्दिनेछन्; “आगो हाम्रो नीति होईन, आगलागी हाम्रो नीति होईन, यो सब आगोले गरेको हो। आगो हाम्रो पार्टीको होईन।“
यसरी आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरुले “आगलागी हाम्रो नीति होईन—“ भन्नेछन्।
र एकछिनपछि; बस्तीको लाशमाथि उभिएर, बस्तीको खरानीको राशमाथि उभिएर “क्रान्ति सम्पन्न भएको” भोज खानेछन्।
भोजको पृष्ठभूमिमा बज्न मूर्दा शान्तिको सन्नाटा बाहेक केहि पनि बाँकी हुनेछैन।
----------------------------------------------------------------------------------
मान्छेहरु हो, सावधान! आँखामा कालो पट्टी लगाएका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।

Image Source: Click Here