August 07, 2007

नयाँ राष्ट्रिय गानको कुरा

नयाँ राष्ट्रिय गानको लय वा संगीत जे भनौं, सार्वजनिक हुनेबित्तिकै (शब्द त पहिलेनै सार्वजनिक भएका हुन्।) यो ब्लगमा केहि लेखौं भन्ने लागेको थियो, तर समय मिलेन। तिब्र गतिमा अनिश्चितितातिर हिँडिरहेको नेपालमा निस्किरहेका अनगिन्ती घटनाक्रमहरुले गर्दा यस्तो युगान्तकारी घटना पनि यति चाँडै पूरानो लाग्न थालिसकेछ।

पुरानो राष्ट्रिय गानलाई म घृणा गर्थें (र गर्छु) अलिकति जान्ने भएबाटै। त्यो सुन्दा सामन्यतया नउठ्ने बानी थियो मेरो। त्यो बानी झण्डै नयाँ राष्ट्रिय गान सुन्दा पनि सरेको। सार्वजनिक भएको भोलिपल्ट उमेशको संसारबाट सुन्दै थिएं, र म कुर्सीमा आधी सुतेजस्तो गरेर र टेबुलमा खुट्टा राखेर अलमस्ती पाराले बसेको थिएँ। उमेशलाई धन्यबाद, उनले 'राष्ट्रिय गान सुन्दा तपाईँ उठ्नुभयो?' भनेर सबैलाई सजग गराएका थिए। त्यो हेरेपछि म जुरुक्क उठें र उठेरै तीन पटकसम्म सुनें।

राष्ट्रिय गानमाथि देशभरि विवादहरु चलिरहेछन् र अझ कति समयसम्म चलिरहलान्। यो ब्लगलाई त्यो विवादमा होम्ने विचार छैन अहिलेलाई। पहिलोपल्ट कसैको प्रशस्तिको सट्टा देश र जनताको नाममा राष्ट्रिय गान बनेको छ, यो नै ठूलो कुरो हो अहिलेलाई। अनि राष्ट्रिय गानको गुणस्तरको कुरा नि? अहिले हामी असाध्यै भोकाएका छौं, भोकाएको बेला अलि-अलि काँचै भात पनि मिठो लाग्छ। हैन र?

7 comments:

  1. I agree, bhojan bhanda bhok mitho. But, I still would have loved the composition part offered to all (like the words) rather than involving few composers.

    ReplyDelete
  2. I have some different thinking Prajwoljee. I think it would be better if the "words" part too was offered to a renowned poet/writer. Or one good and captiavating song written in the past could be chosen too.

    And it would still be better if 'tune' was finalized first and 'words' after that.

    ReplyDelete
  3. घोक्ने पो कसरी हो बसन्तजी? नघोके सम्म कहाँ अघाइयो त?

    ReplyDelete
  4. अब बिस्तारै घोक्नुपर्ला नि कलमवीरजी!

    ReplyDelete
  5. mero hisab ma nepali gaan overall ramrai chha...tara ali dherai rhyms bhayeko ho ki jasto laggchha ra thit lok bhakhako gandha auchha. naulo pan ko kami bhayeko po ho ki jasto laagchha. tara pani malai ramrai lageko chha..long live our new national anthem...

    ReplyDelete
  6. Welcome to this blog Ashishjee!!

    ReplyDelete
  7. This song shows nepali face.

    ReplyDelete