यतिखेर जापानामा बिदाको बेला छ, मुख्यत: आजसम्म हो क्या रे। ‘बोन यासुमी’ (बोनको बिदा) भन्छन् यो बिदालाई जापानीहरु। चाडको नामचाहिँ ‘ओबोन’। मलाई अलिक अनौठो लाग्छ, औपचारिक रुपमा घोषित बिदा होइन जस्तो छ यो। पात्राहरुमा कतैपनि बिदाको रंग पोतिएको हुन्न। तर सबै ठाऊँमा घटीमा ३ देखि बढीमा ७-१० दिनसम्म बिदा हुन्छ। म बसेको ठाउँमा अगष्ट १३-१५ सम्म बसहरु पनि बिदाको तालिकाअनुसार चल्छन्। रेलहरुको बारेमा भने याद गरेको छैन।
हुनत प्रचण्ड गर्मी छ जापानभरि अहिले, तर यो बिदाको समय जापानीहरु पर्यटनका लागि निस्कने प्रमुख समयहरु मध्ये एक पनि हो।
'ओबोन’को बारेमा खासै केहि थाहा छैन मलाई। कसैले सोधिहाल्यो भने एक चरण गुगल नपसी केहि भन्न सक्दिन जस्तो लाग्छ। मलाई थाहा भएको भनेको यो चाड आफ्ना पूर्वज (पितृ) हरुको सम्झनामा मनाइने हो रे। अघिल्लो हप्तासम्म ठाऊँ-ठाउँमा किमोनो लगाएका (र नलगाएका पनि) मान्छेहरु नाचिरहेका देखिन्थे। यो नाचलाई ‘बोन ओदोरी’ (बोन नाच) भन्छन् उनीहरु। हरेक आवास क्षेत्रमा मञ्च बनाएर नाच चलिरहेको हुन्छ। जापानीहरु निकै लगावका साथ आयोजना गरिरहेका र सहभागी भईरहेका देखिन्छन्।
पहिलोपटक‘बोन ओदोरी’को बारेमा कुरा सुनेको २००३ को जुलाइमा हो। जापानी भाषा पढ्दाको सेमेष्टरको अन्ततिर कक्षामै ‘बोन ओदोरी’ सिकाइएको थियो। चालहरु टिप्न मलाई धेरै गाह्रो भएकोले सिकाउने इन्ष्ट्रक्टर बूढी मसंग निकै झर्केकी थिइन्। त्यसपछि, दुई वर्ष पहिला एकचोटि प्रोफेसरको निम्तोमा उनको निवासमा गएको बेला बेलुकीको खानापछि त्यो ‘दान्ची’ (आवास क्षेत्र?)को ‘बोन ओदोरी’ भईरहेको ठाऊँमा गएका थियौं हामी। केहि मान्छे मञ्चमा बसेर ड्रम बजाइरहेका थिए र केहि नाचिरहेका थिए, संगीत भने स्पीकरबाट बजिरहेको थियो। तल ग्राऊण्डमा भएकाहरु पनि लगभग सबै नाचिरहेका थिए, मञ्चलाई घेरेर र गोलाकार भएर। नाच्दै अगाडि बढ्दै गरेर मञ्चलाई घुम्नुपर्छ। हामीपनि हूलमा मिसिएर नाचेका थियौं एकछिन। तर ‘बोन ओदोरी’का चालहरु बारेको जानकारी शून्य भएकोले हल्लिनु बाहेक केहि गरेका थिएनौं हामीले। पक्कापनि अडबाङ्गे र हाँसो उठ्दो देखिएको थियो होला!
'ओबोन’मात्रै होइन, साढे चार वर्षजति जापान बसिसकेर पनि अरु कुनै जापानी चाडपर्व-रितिस्थितिहरुको बारेमा पनि खासै जानकारी बटुलेको छैन। कुनै जापानी परिवारसंग पनि नजिक भइएन, त्यसैले होला। नेपाल बस्दा जापानी संस्कृतिको बारेमा निकै सुनिन्थ्यो र निकै बुझ्न मनलागेजस्तो लागेको थियो, तर यहिँ आईपुगेपछि भने त्यो रुचि त्यति तिब्र रहिरहेन; जिन्दगीका नितान्त आधारभूत अरु कुराहरु मिलाउँदा-मिलाउँदै समय नमिलेर पनि होला।
भाषा पढ्दानै 'बोन ओदोरी' बाहेक 'इकेबाना'(फूल सजाउने जापानी कला), ‘ओरिगामी'(कागतका खेलौना बनाउने कला), क्यालिग्राफी र ‘जापानी चिया समारोह’ पनि सिकाइएको थियो एक-डेढ घण्टाका दरले। ‘चिया समारोह’ पछि क्योटो गएको बेला पनि सिकिएको थियो अर्कोपटक।
नेपालमा छँदा ओशोका माध्यमले जापानको जेन परम्पराका बारेमा केहि कुराहरु पढिएको थियो र जापान आएपछि अरु बढी पढौंला, कुनै जेन मन्दिरमै गएर केहि दिन बसेरै धेरै कुरा बुझौंला भन्ने सोचेको पनि थिएँ। तर त्यो चाहना पनि चाहनानै रहेको छ। साढे दुई वर्ष पहिला क्योटो गएको बेला एउटा जेन मन्दिरमा पुगिएको पनि हो, तर हतार-हतारमा घुमियो। जेन मन्दिर यता आइचीमा पनि पक्कै छन् होला। समय निस्केला नि जापान छाड्नुअघि कुनै दिन!
तर यस्ता सबै अतृप्त चाहनाहरुको मूलमा भने मेरो आलस्यको अंश सबैभन्दा बढी छ भनेर मैले नभने पनि हुन्थ्यो होला शायद!
यो ‘बोन यासुमी’को ९ दिन (शनिवार, आइतवारहरु पनि जोडेर) मध्येको ५ दिन पनि घरमै बसेर बितिसकेछ। हिजो र अस्तिका दुई दिन थाती रहेका कामहरु गरियो। घर सफा गरियो एउटा लामै अन्तरालपछि। अनि अप्रिलतिरबाटै ओढ्न छोडिएका सिरक र कम्बलहरु लगेर धोइयो घर अघिल्तिरको ‘क्वाइन लण्ड्री’ मा। बल्ल सकियो पोहरको जाडो, अर्को आउने बेलामा!
thats nice. i thing you really like japan.
ReplyDeleteThanks for the comment weyouth.
ReplyDeleteYou are welcome to this blog.
I like Japan because hard work is respected here, unlike in Nepal, where work is 'hated' and 'cheating' is glorified.
But living as a foreigner, life is somewhat complicated.
ल-ल- हजुर जापान मा पनि १६ श्रद्दा गर्दा रैछन्न, भन्नी तपाईंको ब्लग पढेर जानकारी पाएकोमा तपाईंलाई थ्याँक्स, आनी आघिदेखी एुटै कुरा मेरो माथिङ्गल्ल मा घुमेको घुमेई थियो भनेको तपाईंले किन यो विषये मा ब्लगँ लेख्नुभको भनेकोत तपाईं पनि ब्रामण पर्नु भछ, बाउन्ले श्रद्दाको विषये पाको .... केचाइयोस्स होइन भनेको ।
ReplyDeleteअँसाँची त्यो बुढीले दक्षिणना कतिदीईन्नी कि नचाएर मात्रा पठाइन्न ह हा हा हा
When I was in grad school I had a host family, and they use to invite us during their festivals, that's how I learnt a liitle about American Culture. But I bet Japanese are way rich when it comes to culture compared to Americans
ReplyDeleteहा हा हा! के को दक्षिणा पाउनु नि आशिषजी?! गाली मात्रै खाइयो अलि-अलि! अब गालीपनि दक्षिणै हो भन्नुहुन्छ भने त के भन्नु!
ReplyDeleteशायद म 'डाउन' भैसक्या 'बाउन'भा' हुनाले त्यस्तो दक्षिणा पाइया होला!
Prajwoljee, they have very unique culture for sure. Everything they do or celebrate, has a philosophical meaning.
ReplyDeleteNew generation is getting more and more influenced by the western, mainly American culture though.