July 19, 2007

गिरिजाले भोटो हेर्दैमा भुत्राको गणतन्त्र आऊँछ?

दरबारलाई दिईएको 'सिदा' 'गौरवशाली' ब्यबस्थापिका संसदमा सजिलै पास हुने भयो। अब 'फेल' गराउन काँग्रेस र एमाले लाग्लान भनेर त कसले सोचेको थियो र, माओवादीले भने विरोध गर्लान कि भन्ने झिनो आश भने थियो। तर महतले घुमाएर 'सिदा' दिएकै स्टाईलमा माओवादीले पनि घुमाएर ताली ठोकेपछि अब सर्वसम्मतिनै भईहाल्यो। असहमति छ भन्ने तर विरोध गर्दैनौं भन्ने काइते पाराको बाँगो गफ गर्दैमा तीनको नक्कली क्रान्तिकारिताको धोती फुस्किनबाट रोकिन्छ र? मौनं सम्मति लक्षणम!

यसको अर्थ के भयो भने, बाहिर जे फलाकेर जनताका आँखामा छारो हालेपनि आठ दल अझै गणतन्त्रतिर जाने सूरमा छैनन्। मच्छिन्द्रनाथको भोटो गिरिजाले हेरेको कुरालाई उचालेर गणतन्त्रै आएजस्तो गर्छन् मान्छेहरु!तर नेताहरुको उहि मति-उहि गति भएपछि, तीनले राजतन्त्रको दासत्वलाई गौरव सम्झिरहेपछि, गणतन्त्रको बाटोतिर एक पाईला पनि नउठाएपछि खाली गिरिजाले भोटो हेर्दैमा भुत्राको गणतन्त्र आउँछ?! गिरिजाले त्यो भोटो आफैंले लगाएपनि आउँदैन!

3 comments:

  1. दु:खको कुरा यही हो वसन्तजी। बोली र व्यवहारमा रहेको भिन्नताले नेता र जनताका बिचको भिन्नता देखाउने रहेछ। तर, के गर्नु जनताकै बिचबाट आएका भनाउँदाहरु पनि जनताका बोली बोल्न सक्दैनन र "सिदा" लाई सिधा नदिकन घुमाउछन भने मन्डलेहरुको बक फुटने स्पष्ट छ।

    ReplyDelete
  2. धन्यवाद करतल ध्वनिजी! स्वागत छ तपाईँलाई यो ब्लगमा।

    ReplyDelete
  3. Basanta jee, Ali Dhilo Here, tara ramro rahechha, tapianko Yo Jhataro www.damadol.com.np pani Savar gareko chhu. Bhulchuk Line dine.
    -Thedamadol

    ReplyDelete