विदेशीहरुले नजाने भनिसके। यूरोपेली राजदूतहरुले पहिल्यै भनिसकेकका थिए जादैनौं भनेर, मलाई शंका थियो मोरियार्टी भने जान पनि सक्लान्। तर उनले पनि नजाने भनिसकेछन्। चिनियाँ र भारतीयहरुले के गर्लान्, बजारमा उनीहरुकोचाहिँ कुरो आएको पढिएको छैन,तर नेपालको वर्तमान र भावी राजनीतिक मौसममा आफ्नो विश्वशनीयता जोगाईराख्न उनीहरु पनि जाने सम्भावना त्यति छैन। जे सुकै होस्,एउटा कुरा स्पष्ट भएको छ भने ज्ञानेन्द्र शाहको अन्तिम भोज 'डिप्लोम्याटिक फ्लप' हुनेछ।
पूर्वपञ्च छेपाराहरुले भने ब्यक्तिगत कुरा हो, जान पनि सक्छौं, नजान पनि सक्छौं भनेका छन्। छेपाराहरु न हुन्, वार कि पारको निर्णय लिन डराउँछन्। दुबैतिर ठिक्क हुने बाटो खोजेका हुन् जाँ--हरुले! अझ वनमारा-वहुदलमारा थापाले त 'सानो कुरालाई सञ्चार माध्यमले धेरै फुकेर ठूलो बनाए' रे! भूत्राको सानो कुरा हुनु नि?! ज्ञानेन्द्रले शाहले खोजेको भने मूठभेड हो, जनता र राजनीतिक दलहरुको नाडी छाम्न खोजेको हो र शायद सेनाको वफादारिताको पनि जाँच होला भोलि। वर्तमान संविधानले राजालाई कुनै स्थान दिएको छैन। यो जान्दा-जान्दै पनि आफैं अझै कार्यकारी प्रमुखझैं कथित 'श्री ५ महाराजाधिराज सरकार' को नाममा दुनियाँलाई निम्तो-चिठ्ठी लेख्नु र स्थानीय प्रशाशन-प्रहरी आदिलाई नौथरी आदेश दिनु भनेको यो संविधानलाई धोती लगाईदिन्छु भन्दै मूठभेड खोजेकोनै हो। त्यसैले यो कुरालाई उचालेर सञ्चार माध्यमले एकदम ठीक गरेका छन्। (नत्र अरु त त्यस्तै हो आठ दलका दुई-चार नेताहरु भने जान बेर लगाउँदैनथे!)
दुई-चार लालबुझक्कडहरु राजाको निजी स्वतन्त्रतामाथि हस्तक्षेप भयो भनेर पनि निक्लनेछन् पक्कै पनि। तर निर्मल निवासमै बसेर निजी पाराले मनाएको भए कस्ले टाउको दुखाउँथ्यो होला र? सैयौं नेपाली होलान् भोलि साठी वर्ष लाग्ने।अहिले ज्ञानेन्द्र शाहको अस्तित्व पनि जनतासरहनै छ। निजी तरिकाले मनाउँछन् अरु सबैले पनि, ज्ञानेन्द्र शाहले पनि त्यसै गरे भईहाल्थ्यो। हुनत, पुस्तौं-पुस्तादेखि देश चुसेको अकूत सम्पत्तिका कारण उनको 'निजी पारा' पनि जनताको भन्दा कता हो कता भब्य हुन्थ्यो होला, तर तत्काललाई कसैले वास्ता गर्ने थिएन।
आठ दलका युवा संगठनहरुले पनि त्यो भोज भाँड्ने भनेर घोषणै गरेपछि भिडन्तले भोलिबाटनै भौतिक रुप लिने सम्भावना पनि बढेको छ। भोलि राजावादीहरुले पक्कै पनि 'दौरा-सुरुवाल-कोट-ढाका टोपी' जूलूश निकाल्लान्, अरुले भाँड्न खोज्लान् र ढंगामूढाबाट शुरु होला नयाँ भिडन्त! दूरनै सही, एकदम नराम्रा सम्भावनाहरु पनि मनमा आएका छन्, तर त्यति पर पुगेर नसोचौं होला।
अब कुरो बाँकी रह्यो हाम्रा स्वनामधन्य नेताहरुको! यि मु--- जाँ---हरुले गर्दानै ज्ञानेको यो फूर्ति आएको हो। आफैंले गरेको घोषणालाई कडाईका साथ लागु गरेर ज्ञानेलाई पोहरै उसैको घरतिर लखेटेको भए यो आँट कसरी आउँथ्यो दरबारीयाहरुमा? बेला छउञ्जेल मु--हरु गाँड कोराकोर गरेर बसे, अहिले देख्दैछन्! बरु नाती जर्नेल र बहुदल मारा नजालान् तर यिनै नेतामध्येका दुई-चार जाने सम्भावाना अझै धेरै छ।
भोलि वर्तमान नेपाली राजनीतिका धेरै कुरा स्पष्ट हुनेछन्। प्रशाशन, प्रहरी र विशेष गरी सेनाको वफादारीताको पनि फेरि जाँच हुनेछ। महान अप्रिल आन्दोलनपछिको यति लामो समयसम्म हाम्रा नेताहरुले कति राजनैतिक पूंजी जोडेछन् र आन्दोलनका उपलब्धि र जनादेशलाई कति संस्थागत गरेका रहेछन् भन्ने पनि थाहा हुनेछ।
No comments:
Post a Comment