मलाई लाग्छ विदेश बस्ने हामी धेरैको दैनिक समयको एउटा ठूलै भाग अनलाइन नेपाली पत्रिकाहरु पढेर बित्छ। केहि समय पहिला नेपाल गएको बेलामा भने कमै पढियो। टाढा बस्दा बढी चासो हुँदो रहेछ कि!
नेपालबाट आउने खबरहरु लगभग सबैजसो राजनीतिक हुन्छन्। पढिसकेपछि प्रतिकृया दिन मन लाग्छ। यो ब्लग शुरु गर्नुको एउटा उद्देश्य त्यै पनि थियो, आफ्नै विचारलाई मञ्च दिनु। तर फेरि त्यहिँको वस्तुस्थितिको प्रत्यक्ष अनुभव नहुने भएकाले कुनै समाचार पढेकै भरमा धारणा बनाइहाल्नुहुन्न जस्तो लागेर ब्लगमा नेपाली राजनीतिका कुरा घटाउने विचार पनि आउँछ।
केहि दिन यता पनि अनगिन्ती घटनाहरु घटिरहेका छन् नेपालमा। सरकार राजाको सस्पत्ति राष्ट्रियकरण गर्ने भनेर कुदेको छ। कस्तो खालको राष्ट्रियकरण हो यो र सरकार साँच्चै गम्भिर भएर लागेको हो वा जनताको आँखामा छारो हाल्न लागेको हो फेरि पनि भन्ने कुरा अझै नछुट्टिइसकेकोले खासै प्रतिकृया छैन अहिलेलाई। ‘चुनाव सार्नुपर्छ’ भनेर ठाउँ-कुठाउँ रुँदै हिँडेका माओवादी नेताहरुलाई देख्दा पनि अचम्म लागेको छैन। उनीहरुको सर्वसत्तावादी र बेइमान चरित्र अरु बढी छर्लङ्गिएको मात्रै हो।
मलाई एउटा कुरोले भने घोचेको-घोच्यै छ। कुरो वादी समुदायको आन्दोलन हो, वैकल्पिक रोजगारी, बसोबास लगायतका मागहरु भएको। सरकारले त्यति चासो दिएजस्तो बुझिन्न र सञ्चार माध्यमहरुले पनि खबर दिएपनि दबाबमूलक ढंगले पेश गरेको देखिन्न। कान्तिपुर जस्तो पत्रिकाले सम्पादकीयमा यसलाई ठाउँ दिएको छैन जस्तो लाग्छ अझै।
यो समस्या सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने हो। हुनत यस्ता माग अरुले पनि राखेका छन् भन्ने कुरा आउन सक्छ, तर वादीहरुको समस्या बिल्कुलै बेग्लै हो। शदियौंदेखि एउटा सिंगो समुदायका सम्पूर्ण महिलाहरुलाई जबर्जस्ती यौन दासीको रुपमा अत्याचार गरिएको छ र पूरै समुदायलाई पहिचानविहिन बनाईएको छ। हाम्रो राज्ययन्त्र अहिलेसम्म कस्तो मध्ययुगीन थियो भन्ने कुराको एउटा जिउँदो उदाहरण हो वादी प्रथा। अब आफूलाई न्यायिक र समतामुलक राज्यसत्ताको प्रतिनिधि हुँ भन्नेहरुले तुरुन्त समाधान गर्नुपर्छ यो समस्या र वादीहरुमाथि इतिहासभरि भएको अन्यायको हिसाब तिर्नुपर्छ। उनीहरुसंग ससम्मान वार्ता हुनुपर्छ र उनीहरुका जायज मागहरु तुरुन्तै पूरा गरिदिनुपर्छ।
दरबारलाई १२ करोड बेरोजगार भत्ता टक्र्याउन सक्नेहरुले चाहे भने नसक्नै हैनन्। त्यो भन्दा धेरै कममा समाधान हुनसक्छ यो समस्या। तर के देखिन्छ भने वर्तमान सत्ता पनि हिँसाको आवाजमात्रै राम्ररी सुन्ने कान बोकेको छ र वादीहरुको आन्दोलनले हिँसात्मक मोड नलिँदासम्म कानमा तेल हालेरै बसिरहला।
हो मलाई के लाग्छ भने संक्रमणकालीन सरकार भएकोले यो सरकारले सबैका सबै मागहरु पूरा गर्न सक्दैन र गर्ने नाटकमा पनि लाग्नु हुँदैन। निश्चित मापदण्ड हुनुपर्छ, गर्न सकिने र नसकिने कुराहरुको। कर्मचारीहरुको स्वत: बढुवा गर्ने जस्तो रद्दीको टोकरीमा पनि ठाउँ दिन नहुने पत्रु मागलाई सजिलै पूरा गरिदिन्छ सरकार, तर वादीहरुको आधारभूत जीविकाको मागलाई ध्यान दिँदैन!
वादीहरुलाई यत्तिकै छोडेर आएको नेपाल ‘नयाँ नेपाल’ बिल्कुल हुने छैन; यहि ‘पुरानो नेपाल’कै निरन्तरतामात्र हुनेछ।
वादीहरुको आन्दोलनमा म यो ब्लगमार्फत हार्दिक ऐक्यबद्धता जनाऊँछु!
August 26, 2007
August 23, 2007
चुनाव आयो, भोट माग्नेहरु आउन थाले!
हिजो कि अस्ति एउटा मेल आएको थियो, ‘म फलानो समूहबाट सदस्यको उम्मेदवार बनेको छु, मलाई भोट दिनुहोला।‘ भनेर।
झुक्किनुभयो कि क्या हो, संविधान सभाकै चुनावको कुरा गर्न आँट्यो यसले भनेर! नझुक्किनुस्, प्रसंग अर्कै हो। प्रसंग इन्जिनियरहरुको चुनावको हो। नेपाली इन्जिनियरहरुको सबैभन्दा पुरानो (नहुन पनि सक्छ है, मलाई चाहिँ हो जस्तो लाग्छ।) र सबैभन्दा ठूलो (यो चाहिँ पक्का हो!) संस्था नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को नयाँ केन्द्रीय नेतृत्वको लागि चुनाव हुँदैछ सेप्टेम्बर १७ मा।
नेइएमा म बि. इ. सकेको केहि समयपछि मात्रै प्रवेश गरेको थिएँ। विद्यार्थी जीवनमा विद्यार्थी संगठनहरुमा हुने ब्यापक राजनीतिकरणलाई भोगेको (र नजिक भित्रैबाट देखेको पनि) भएर मलाई नेपालका कुनैपनि संघ-संस्थाप्रति वितृष्णा जागेर आएको थियो र अब फेरि कुनै पनि संगठनको सदस्य बन्दिन भन्ने लागेको थियो। फेरि त्यो ताका ‘ओशो’ बढी पढ्ने गरेकाले ‘जिन्दगीमा बन्धनहरु बढाएर के काम?!’ भन्ने धारणाले मनमा जरा गाडेको थियो, संघ-संस्थामा लाग्नु भनेको जिन्दगीमा बन्धनहरु थप्नुनै त हो जस्तो लाग्थ्यो। पछि फेरि यो धारणा फेरियो। आफूलाई पेशागत रुपमा अद्यावधिक (अपडेटेड) राख्न र सामजिक रुपमा अघि बढाउन पनि नेइएमा भने लाग्नैपर्ने ठानें। नेइए पेशागत ढंगले बिल्कुलै नचलेको हुँदा यसबाट केहि त्यस्तो नयाँ पेशागत जानकारी अथवा ज्ञान अभिवृध्दि केहि भएन। ब्यापक गुटबन्दी र राजनीतिकरणका भरमा चलेको संस्था रहेछ यो पनि र अरु नेपाली संस्थाजस्तै दलहरुको पूच्छर नसमाती स्वतन्त्र चिन्तन राख्नेहरुको कुनै भाउ र ठाउँ नहुने रहेछ यसभित्र।
पोखरा बस्दा पोखरा च्याप्टरको कार्यक्रममा गइन्थ्यो बेला-बेला। एउटा रमाइलो बनभोजमा पनि गइएको थियो, पर्वत जिल्लाको कुनै ठाउँ थियो शायद, अहिले याद भएन। पोखरा च्याप्टरको चुनाव ‘सहमतिमा निर्विरोध’ हुन्थ्यो सधैं। सडक, विद्युत प्राधिकरण, खानेपानी आदि मध्येको कुनै क्षेत्रिय कार्यालयको हाकिम अध्यक्ष बन्थे हरेक पटक र उपाध्यक्ष र धेरै सदस्यचाहिँ इञ्जिनियरिङ्ग अध्ययन संस्थानको पश्चिमाञ्चल क्याम्पसको भागमा पर्थ्यो, सदस्य संख्या बढी भएको हिसाबले। पोखरा बस्दानै दुइ पटक जति केन्द्रीय चुनावका लागि मत हाल्ने मौका मिलेको थियो। मत त हालियो, तर दुबै पक्षका ब्यक्तिगत रुपमा आफूले चिनेका र मन परेका मान्छेलाई मात्रै।
स्थापना भएदेखिकै चलन होला, नेइएको चुनावमा समूहगत उम्मेदवारी हुन्छ। ब्यक्तिगत रुपमा कोहि उम्मेदवार भएको मलाई याद छैन। एउटा समूह ‘प्रजातान्त्रिक’ नाम लिएर उठ्छ र यो नेपाली कांग्रेसनिकट हुनु स्वाभाविक भईसकेको छ। केहि समयअघिसम्म ‘प्रगतिशील’ नाम लिएर उठ्ने समूह वामपन्थी दलहरुसंग निकट हुन्थ्यो। विगत केहि चुनाव यता ‘प्रगतिशील’ नामको सट्टा ‘पेशागत’ नाम लिएर खडा हुन थालेको छ दोश्रो समूह। नामका हिसाबले ‘पेशागत’ नाम एकदम राम्रो हो, तर कामका हिसाबले भने यो खासै फरक लागेको छैन मलाई। नेइएका चुनावहरुमा ‘प्रगतिशील’ नामले खासै वर्चस्व राख्न नसकेकोले अलि फरक ‘इमेज’ दिनमात्रै खोजिएको जस्तो लाग्छ। कुनै पनि दलको हनुमान बन्न अस्विकार गर्ने र पेशागत र प्राज्ञिक मूल्यमान्यतामा विश्वाश राख्नेहरुलाई पनि कत्तिको समेटेको छ यसले, विचारको विषय छ।
विकसित समाजमा पेशागत संस्थाहरुले समाजकै वैचारिक नेतृत्व गरेका हुन्छन् र राजनीतिलाई आफुले चाहेको बाटोमा हिँडाउन सक्ने हैसियत राख्छन्। हुनुपर्ने पनि त्यहि हो, तर हामीकहाँ स्थिति ठीक उल्टो छ। दलहरुका प्रभावका हिसाबले विद्यार्थी संगठन र डाक्टर-इन्जिनियरका संगठन उस्तै देखिन्छन्। जतिसुकै वौध्दिक जमात भनेर कहलिएपनि दलहरुका भातृ-संगठनभन्दा कत्ति फरक छैनन् नेइएजस्ता संस्थाहरु। झन आजको प्रविधिमय परिवेशमा त नेइएले गर्नसक्ने कुराहरु कति हो कति धेरै छन्। नयाँ नेपालको निर्माणमा सबैभन्दा धेरै देन दिनसक्ने समूहहरु मध्ये एक भने हुन्छ यसलाई। तर त्यो आश गर्न सकेको छैन अझै मैले।
कांग्रेस टुक्रिनेबित्तिकैको चुनावमा दुईवटा ‘प्रजातान्त्रिक’ समूह थिए। अचेल देशका सबै संघ-संस्था र निकायमा जताततै माओवादी पसेकाले नेइएको यो चुनावमा पनि माओवादीको छुट्टै समूह हुन समेत बेर छैन। माओवादीको अधिनायकवादी नियत र शैली अनि खुल्लमखुल्ला ज्यादतीलाई विगत एक वर्षदेखि नाङ्गो आँखाले देखिसकेपछि पनि तिनको हनुमान बन्न स्विकार गर्ने इन्जिनियर के बाँकी होलान् र जस्तो पनि लाग्छ। तर क्षणिक व्यक्तिगत स्वार्थका लागि कोहि तयार पनि हुनसक्छन्।
विगत डेढ वर्ष यता नेइएको जापान च्याप्टरमा बसेर काम गरिरहेको आधारमा भन्दा पनि नेइएको केन्द्रीय नेतृत्वको खासै राम्रो ‘इमेज’ बनेको छैन मनमा। च्याप्टरहरुको सवालमा केन्द्र बिल्कुलै ‘प्रतिकृयाविहिन’ हुन्छ। इमेलबाट सोधेको कुराको जवाफ सामान्यतया पाईँदैन र पाईहालिए पनि ढिला पाईन्छ। ब्यक्तिगत सम्पर्क प्रयोग गर्नसकेमात्रै ‘रेस्पन्स’ राम्रो मिल्छ। चुनाव आउँदै गरेकाले अहिले भने अलिक ‘रेस्पोन्स’ बढेको छ, तर यो चुनावसम्मका लागि मात्रै हो भन्ने पक्का छ।
गएको मार्चमा काठमाडौं गएको बेला नयाँ-पुराना सदस्यताका केहि काम लिएर गएको थिएँ। संयोगवश म केन्द्रीय कार्यालय पुगेकै बेला केन्द्रको मासिक बैठक पनि चल्दै रहेछ। अन्तराष्ष्ट्रिय च्याप्टरका प्रतिनिधिका रुपमा म र कतार च्याप्टरका अध्यक्षले सहभागी हुने मौका पायौँ त्यस बैठकमा। केहि कुरा राखिएको थियो र आश्वाशन पनि पाईएको थियो, तर पछि मेलबाट ताकेता गर्दा एउटाको पनि जवाफ आएन।
सदस्यता सम्बन्धी काम भने छिटो भएको हो। सबैलाई र विशेष गरी केन्द्रीय कार्यालय चलाएर बसेका कर्मचारीहरुलाई फेरि एकपटक धन्यबाद दिन चाहन्छु।
नेइएमा भएको चरम राजनीतिकरण पनि देखियो फेरि राम्रैसंग। अहिलेको केन्द्रीय नेतृत्वमा दुबै पक्ष छन्। बैठककै दौरान देखियो, केन्द्रीय नेतृत्वमै एकापसमा पानी बाराबार गर्ने मानिसहरु पनि रहेछन्। फरक पक्षका भएपनि एउटा पेशागत संस्थाको केन्द्रीय नेतृत्वमा बसेकाहरुको सम्बन्ध त्यो हदसम्म चिसो र शत्रुतापूर्ण भएको बिल्कुलै अस्वाभाविक लाग्यो। वैचारिक प्रतिष्पर्धा अलिकति पनि थिएन, मिलेसम्म अर्कोलाई ‘माइनस’ गर्ने र ब्यक्तिगत रुपमा ‘पेल्ने’ नियत थियो।
काठमाडौं बसुञ्जेल चार चोटि गएँ होला म केन्द्रीय कार्यालयमा। हरेक पटक जाँदा कांग्रेसको कुनै भातृसंस्था अथवा कांग्रेसनिकट कुनै संस्थाको कार्यक्रम भईरहेको हुन्थ्यो। ‘प्रजातान्त्रिक’ बहुमत भएको ‘बाइप्रोडक्ट’ थियो होला शायद यो। एक पटक पुग्दा एकजना केन्द्रीय नेता अरु केहि बाहिरी मान्छेहरुले घेरिएर बसिरहेका थिए।
“उ उहाँ वसन्तजी, उहाँ हाम्रो जापान च्याप्टरको कोषाध्यक्ष।“ हामीबीच नमस्ते आदानप्रदान भईसकेपछि मलाई चिनाए केन्द्रीय सदस्यले। “अनि उहाँचाहिँ ------जी, काठमाडौं तरुण दलको अध्यक्ष।“ यसको अर्थ बाहिरको भिड तरुण दलको भर्खरै सकिएको कार्यक्रमको भिड रहेछ।
“ल वसन्तजी जापानमा पनि तरुण दल खोल्नुप-यो, तपाईँहरु सकृय हुनुप-यो!” परिचयमा हात मिलाउँदा मिलाउँदै तिनले भनिहाले। तिनले मलाई पनि हातै धोएर लागेको कांग्रेस भन्ठानेछन्!
“हामीले के खोल्नु र? अरु-अरु लाग्या छन्।“ भनेर म उम्किएको थिएँ।
खासमा म त्यो दिन कुनै काम नभएपनि केन्द्रीय कार्यालय पुगेको थिएँ, सम्पर्क टुटेका पुराना साथीहरुमध्ये कोहि न कोहि टुप्लुक्किइहाल्छ कि भन्ने आशामा। धेरै बेर नबसी निक्लिएँ।
घर फर्कँदा सोचिरहेको थिएँ, ‘अहिले केन्द्रीय कार्यालयभित्र पस्दा काँग्रेस ठानिइयो, भोलि अर्को समूहको बहुमत आएको बेला पस्दा एमाले ठानिइएला---!’
तर यस्तो कहिलेसम्म भइरहने हो?!

August 18, 2007
हारालाई बधाई!!
“आचुई ने!” (कस्तो गर्मी!) भन्दै प्रोफेसर ल्याबमा पसे एकबजेतिर। प्रोफेसर ल्याब कमै आउँछन्। खाना खाएर फर्किँदा पसेका रहेछन्। (गर्मीचाहिँ सहिनसक्नु गरेर बढेको छ, अधिकतम ३६ भन्दा माथि छ लगातार केहि दिन यता ।)
“अघि हारा आएको थियो।“ उनी ल्याबका उनकै समवयी जापानी रिसर्चरसंग कुरा गर्न थाले। माष्टर्स दोश्रो वर्षको विद्यार्थी हारा आज बिहानको साप्ताहिक ‘ग्र्याजुयट मिटिङ्ग’ मा अनुपश्थित थियो। “बच्चा जन्मियो रे उसको!”
“हो र?!” सोच्दै नसोचेको कुरा सुनेर रिसर्चरले आश्चर्य जनाए। छक्क परें म पनि! हारा अविवहित छ, जापानमा त्यति सुनिने घटना होईन यो।
“विहेनै नगरी बच्चा जन्मिएछ। हारा अझै पढ्दै छ। फेरि जागिरको पनि टुंगो लागिसकेको छैन अझै।“ प्रोफेसरले कुरा अगाडि बढाए। यो वर्ष पढाइ सक्ने ल्याबका अरु विद्यार्थीहरु सबैको आउँदो अप्रिलबाटको जागिर पक्का भैसकेको छ, हारा मात्रै बाँकी छ। “तर पनि जापानमा बच्चा कम जन्मिराख्या बेलामा बच्चा जन्माएकोमा मैले हारालाई धन्यबाद पनि दिएँ बधाइको साथमा।“ प्रोफेसरको अनुहारमा ठूलो खुशी झल्किन्थ्यो।
ल्याबका जापानी केटाहरुलाई बेलाबखत राष्ट्रभक्तिका ‘पाठ’ सिकाइरहन्छन् प्रोफेसर। “तिमीहरुले भोलि पेशेवर (प्रोफेसनल) जिन्दगी शुरु गरेपछि ‘यस्तो’ गर्नुपर्छ, समाजको लागि ‘यसो’ गर्नुपर्छ, देशको लागि ‘त्यसो’ गर्नुपर्छ—“ , “हामी जापानीको स्वभाव ‘यस्तो’ हुनुपर्छ, ‘त्यस्तो’ हुनुहुन्न।” आदि-आदि। दोश्रो विश्वयुद्धको दौरान हुर्किएको र त्यसपछि कठोर श्रम गरी जापानलाई अहिलेको अवश्थामा ल्याउने पुस्ताको एक सदस्य भएको नाताले आजभोलिका जापानी युवाको अलमस्तीपना र रंगिन जिन्दगीलेले दिक्क बनाउँदो हो उनलाई।
विगत चार वर्ष यता लगातार जसो सम्मानित प्रोफेसरका यस्ता कुरा सुन्दै आएको आधारमा मैले अनुमान गरेको थिएँ कि, यो घटनामा ‘सदाचार र नैतिकता’ भन्दा बाहिर गएको आरोपमा हाराले केहि गाली पाउँछ होला। प्रोफेसरले उल्टो बधाई दिए। प्रोफेसरको चिन्ताको लहरमा जापानमा जन्मदर कम हुँदै जानु थपिएको भुलेको रहेछु मैले। बेलाबखत यो कुरा पनि गर्न थालेका छन् उनी केहि समय यता। सदाचार र नैतिकताको प्रोफेसरको मापदण्डलाई बच्चा जन्मिनुको खुशीले ओझेल पारिदियो शायद।
तर के यो प्रसंग, जन्मदर एकदम कम हुँदै गएकोमा हताश जापानी समाजको परिवर्तित मानसिकताको संकेत हो त? एउटै घटनालाई समग्र परिश्थितिको प्रतिनिधिको रुपमा सजिलै लिन नमिल्ला। तर पनि प्रोफेसरले सजिलै स्विकार गरेको घटनाले अलि आश्चर्यमा पारेको हो मलाई।
(ब्यक्तिगत रुपमा मेरो आफ्नो धारणा फरक हुनसक्छ।)
जापानमा बच्चा कम जन्मिएर जनसंख्या घट्दै गएको कुरा अब पुरानो समाचार भैसक्यो। कारण भने युवा-युवतीले बिहे गर्ने र घरजम गर्ने कुरामा चासो नदेखाउनुनै हो। बिहाबारी र पारिवारिक जीवनले यो जमानाको अत्यन्त ब्यस्त पेशागत जिन्दगीमा पु-याउने वाधानै प्रमुख कारण हुनुपर्छ। मेरो पुरानो पोष्टमा पनि केहि कुरा गरेको थिएँ मैले (http://gautambasanta.blogspot.com/2007/05/blog-post_27.html)।
त्यसो त पश्चिमकै कतिपय देशमा पनि स्थानीय जन्मदर कम हुँदै नगएको होईन। उनीहरु यति धेरै आत्तिएका छैनन्। आप्रवासीहरुलाई स्विकार्ने कुरामा जापानीहरुभन्दा उदार भएका कारण श्रमशक्तिकै अभावमा उनीहरुको समाज वा देशको उत्पादकत्व घट्ने सम्भावना निकट भविष्यकै लागि नहुन सक्छ। जापानीहरुले विदेशी श्रमिकहरुलाई त्यति सजिलै स्विकार गर्लान् जस्तो लाग्दैन मलाई। त्यसैले प्रौढ जापानी पुस्ता हताश मानसिकतामा छ, तन्नेरीहरु विहे गर्न र बच्चा जन्माउनबाट भाग्दैछन्, विदेशीहरु थपिए भने जापानको ‘मौलिकता’ हराउला भन्ने डर।
सरकार त लाग्नेनै भयो यो समस्या समाधान गर्न। अलिक समय पहिला सफ्टब्यांक भन्ने कम्पनीले पनि बढी बच्चा जन्माउने आफ्ना जागिरेहरुलाई आकर्षक नगद पुरस्कारहरुको घोषणा गरेको पढेको थिएँ। अरु कम्पनीहरुले पनि गरेका छन् होला शायद।
(प्रसंगवश, यहाँ यस्तो छ, हामीकहाँ भने उत्पादन हुन्छ त बच्चाकै उत्पादन हुन्छ, अरु केहि कुराको हुँदैन! )
***************************************************
अब कुरो गरौं हाराको। एक वर्ष एउटै समूहमा बसेर काम गरियो। मैले अहिलेसम्म संगै काम गरेका १५-१६ जना केटाहरुमध्यै सबैभन्दा अल्छी र कामचोर (पढाइको मामिलामा, अरु कुराको बारेमा त मलाई थाहा हुने भएन।) दुई जना मध्येको एक हो उ। ल्याबमा सकेसम्म कम आउँथ्यो उ।
मान्छे अग्लो-अग्लो, ‘चिल्लो’ र ‘ह्याण्डसम’ छ, बोलीचाली र लवाईको पारा अचेलका जापानी ठिटीहरुले मनपराउने खालको छ।
र अन्त्यमा फेरि एकपटक हारालाई बधाइ दिन चाहन्छु, बाउ भएकोमा।
(यहाँ प्रयोग गरिएको ‘हारा’ छद्मनाम हो।)
August 15, 2007
बिदा-आयो, गयो!
यतिखेर जापानामा बिदाको बेला छ, मुख्यत: आजसम्म हो क्या रे। ‘बोन यासुमी’ (बोनको बिदा) भन्छन् यो बिदालाई जापानीहरु। चाडको नामचाहिँ ‘ओबोन’। मलाई अलिक अनौठो लाग्छ, औपचारिक रुपमा घोषित बिदा होइन जस्तो छ यो। पात्राहरुमा कतैपनि बिदाको रंग पोतिएको हुन्न। तर सबै ठाऊँमा घटीमा ३ देखि बढीमा ७-१० दिनसम्म बिदा हुन्छ। म बसेको ठाउँमा अगष्ट १३-१५ सम्म बसहरु पनि बिदाको तालिकाअनुसार चल्छन्। रेलहरुको बारेमा भने याद गरेको छैन।
हुनत प्रचण्ड गर्मी छ जापानभरि अहिले, तर यो बिदाको समय जापानीहरु पर्यटनका लागि निस्कने प्रमुख समयहरु मध्ये एक पनि हो।
'ओबोन’को बारेमा खासै केहि थाहा छैन मलाई। कसैले सोधिहाल्यो भने एक चरण गुगल नपसी केहि भन्न सक्दिन जस्तो लाग्छ। मलाई थाहा भएको भनेको यो चाड आफ्ना पूर्वज (पितृ) हरुको सम्झनामा मनाइने हो रे। अघिल्लो हप्तासम्म ठाऊँ-ठाउँमा किमोनो लगाएका (र नलगाएका पनि) मान्छेहरु नाचिरहेका देखिन्थे। यो नाचलाई ‘बोन ओदोरी’ (बोन नाच) भन्छन् उनीहरु। हरेक आवास क्षेत्रमा मञ्च बनाएर नाच चलिरहेको हुन्छ। जापानीहरु निकै लगावका साथ आयोजना गरिरहेका र सहभागी भईरहेका देखिन्छन्।
पहिलोपटक‘बोन ओदोरी’को बारेमा कुरा सुनेको २००३ को जुलाइमा हो। जापानी भाषा पढ्दाको सेमेष्टरको अन्ततिर कक्षामै ‘बोन ओदोरी’ सिकाइएको थियो। चालहरु टिप्न मलाई धेरै गाह्रो भएकोले सिकाउने इन्ष्ट्रक्टर बूढी मसंग निकै झर्केकी थिइन्। त्यसपछि, दुई वर्ष पहिला एकचोटि प्रोफेसरको निम्तोमा उनको निवासमा गएको बेला बेलुकीको खानापछि त्यो ‘दान्ची’ (आवास क्षेत्र?)को ‘बोन ओदोरी’ भईरहेको ठाऊँमा गएका थियौं हामी। केहि मान्छे मञ्चमा बसेर ड्रम बजाइरहेका थिए र केहि नाचिरहेका थिए, संगीत भने स्पीकरबाट बजिरहेको थियो। तल ग्राऊण्डमा भएकाहरु पनि लगभग सबै नाचिरहेका थिए, मञ्चलाई घेरेर र गोलाकार भएर। नाच्दै अगाडि बढ्दै गरेर मञ्चलाई घुम्नुपर्छ। हामीपनि हूलमा मिसिएर नाचेका थियौं एकछिन। तर ‘बोन ओदोरी’का चालहरु बारेको जानकारी शून्य भएकोले हल्लिनु बाहेक केहि गरेका थिएनौं हामीले। पक्कापनि अडबाङ्गे र हाँसो उठ्दो देखिएको थियो होला!
'ओबोन’मात्रै होइन, साढे चार वर्षजति जापान बसिसकेर पनि अरु कुनै जापानी चाडपर्व-रितिस्थितिहरुको बारेमा पनि खासै जानकारी बटुलेको छैन। कुनै जापानी परिवारसंग पनि नजिक भइएन, त्यसैले होला। नेपाल बस्दा जापानी संस्कृतिको बारेमा निकै सुनिन्थ्यो र निकै बुझ्न मनलागेजस्तो लागेको थियो, तर यहिँ आईपुगेपछि भने त्यो रुचि त्यति तिब्र रहिरहेन; जिन्दगीका नितान्त आधारभूत अरु कुराहरु मिलाउँदा-मिलाउँदै समय नमिलेर पनि होला।
भाषा पढ्दानै 'बोन ओदोरी' बाहेक 'इकेबाना'(फूल सजाउने जापानी कला), ‘ओरिगामी'(कागतका खेलौना बनाउने कला), क्यालिग्राफी र ‘जापानी चिया समारोह’ पनि सिकाइएको थियो एक-डेढ घण्टाका दरले। ‘चिया समारोह’ पछि क्योटो गएको बेला पनि सिकिएको थियो अर्कोपटक।
नेपालमा छँदा ओशोका माध्यमले जापानको जेन परम्पराका बारेमा केहि कुराहरु पढिएको थियो र जापान आएपछि अरु बढी पढौंला, कुनै जेन मन्दिरमै गएर केहि दिन बसेरै धेरै कुरा बुझौंला भन्ने सोचेको पनि थिएँ। तर त्यो चाहना पनि चाहनानै रहेको छ। साढे दुई वर्ष पहिला क्योटो गएको बेला एउटा जेन मन्दिरमा पुगिएको पनि हो, तर हतार-हतारमा घुमियो। जेन मन्दिर यता आइचीमा पनि पक्कै छन् होला। समय निस्केला नि जापान छाड्नुअघि कुनै दिन!
तर यस्ता सबै अतृप्त चाहनाहरुको मूलमा भने मेरो आलस्यको अंश सबैभन्दा बढी छ भनेर मैले नभने पनि हुन्थ्यो होला शायद!
यो ‘बोन यासुमी’को ९ दिन (शनिवार, आइतवारहरु पनि जोडेर) मध्येको ५ दिन पनि घरमै बसेर बितिसकेछ। हिजो र अस्तिका दुई दिन थाती रहेका कामहरु गरियो। घर सफा गरियो एउटा लामै अन्तरालपछि। अनि अप्रिलतिरबाटै ओढ्न छोडिएका सिरक र कम्बलहरु लगेर धोइयो घर अघिल्तिरको ‘क्वाइन लण्ड्री’ मा। बल्ल सकियो पोहरको जाडो, अर्को आउने बेलामा!

August 10, 2007
कथा- "मानबहादुर कतैपनि परेन!!"
सडक कार्यालयको जिल्ला प्रमुख भोजप्रसादको इज्जतदार,शान्त र सुरक्षित जीवनमा अचानक ठूलो आँधी आएजस्तो भयो। सर्सीहा जिल्लाको अलिक भित्रको देहातमा सडक पिच गर्ने बजेटसंग जोडिएर आएको आँधी थियो यो। बाक्लो बस्ती भएको र तिब्र गतिमा नयाँ बजारको रुपमा विकास भईरहेको हरिगञ्ज नाम गरेको यो क्षेत्र पहिलेदेखिनै जनश्रमदानले बनेको एउटा कच्चीनै सही, फराकिलो बाटोले सदरमुकामसंग जोडिएको थियो, । यो कच्ची बाटोमा पूरै ग्राभेल गर्ने र प्रमुख भागहरुमा पीच गर्ने भनेर सरकारले पैसा दिएको थियो, गत वर्षको बजेटमार्फत। यो भेगको लागि सरकारले पैसा छुट्याएको इतिहासमै यो शायद पहिलो पटक थियो।
बजेट ‘नेपाली’ पाराले खर्च भएको हुनाले पिचको त कुरै नगरौं, ग्राभेल पनि सबै ठाउँमा हुन सकेको थिएन। छरेको ग्राभेलको गुणस्तर पनि असारको पहिलो साता अचानक परेको एकदिने झरीले छर्लङ्गै पारिदियो! बाटो अब झन बिग्रियो र कुरुप पनि देखिन थाल्यो। ब्यापक भ्रष्टाचार भएका समाचारहरु आए र सबैमा जिल्ला प्रमुख भोजप्रसादको नाम जोडिएर आयो। सानोतिनो आँधीलाई त भोजप्रसाद आफ्नो पहुँच र प्रभावका भरमा थाम्न सक्थ्यो, तर यो कुराले भने साह्रै ठूलो रुप लियो। निकट भविष्यमै पदोन्नति हुने ‘लाइन’मा भएकोले उ यो कुरा सकेसम्म थामथुम भएर सेलाएको देख्न चाहन्थ्यो। उसले चाकडी बजाएका उ माथिका हाकिमहरुले पनि एकचोटि हरिगञ्जमै गएर आफैंले जनताको चित्त बुझाउन र साथसाथै काम नसकिनु र राम्रो हुन नसक्नुका कारणहरु खुलाएर पत्रिकामा लेख्न सल्लाह दिएपछि त्यता जानैपर्ने भयो उसलाई।
मधेशमा फैलिरहेको अशान्ति र हिँसाले गर्दा देहात त के सदरमुकाम बजारपुरमै पनि बस्ने आँट थिएन भोजप्रसादको। यस पटकपनि एक महिना लामो काठमाण्डौं बसाइ पछि अस्तिमात्रै उ आएको थियो जिल्लामा। हिजो दिनभरि जिल्ला कार्यालयका अरु कर्मचारीहरुलाई फकाउन ब्यस्त भयो उ, हरिगञ्ज पठाउन। छिटो बढुवा अथवा आवश्यक परे अलि धेरैनै पैसा कै लोभ देखाएर अर्को कुनै इञ्जिनीयरलाई पठाउने र आफू सदरमुकाममै बस्ने सूर थियो उसको। तर जान कोहि पनि तयार भएन। देहात पस्न सबै त्रसित थिए। आफू जानै परे पनि अर्को कोहि साथ लिइ जाने चाहना थियो उसको। कसै-कसैलाई त धम्कीकै भाषा पनि प्रयोग गरेको हो उसले ‘जागिर खादिन्छु!--- ‘ अथवा ‘स्थायी हुन दिन्न तँलाई!---‘ भनेर, तर ज्यानको माया जागिरको मायाभन्दा ठूलो निक्लियो। बल्ल-बल्ल एउटा भर्खरै आएको ठिटौले इञ्जिनीयर तयार भयो जान। उ पनि हाकिमसंगको डरले नभइ, ‘देहात अहिलेसम्म गा’ छैन, एकचोटि जाउँ र हेरौं।‘ भन्ने विचारले मात्रै जाँदै थियो।
कसैले भोजप्रसादलाई हरिगञ्जको गाविस सचिव रामध्यानको सदरमुकामस्थित डेराको ठेगाना दियो र त्यो गाउँको वस्तुस्थिति बुझ्न उ रामध्यानकहाँ पुग्यो। केहि महिनादेखि सदरमुकाममै बसिरहेको रहेछ रामध्यान। हरिगञ्जमा अहिले अन्तजस्तो अशान्ति नभएको खबर पाएकोले चाँडै उतै फर्किने सूरमा रहेछ रामध्यान पनि। भोलिपल्ट संगै जाने सल्लाह भयो उनीहरुको।
भोलिपल्ट बिहान सबेरै जिल्ला कार्यालयमा जम्मा भए उनीहरु। अलिक गन्यमान्यको घरअगाडि हाल्न हुन्छ भनेर १५-१६ वटा ठूल्ठूला बोरामा राम्रो गुणस्तरको रोडा भरेर राखिएको थियो। देखाउनकै लागि भएपनि सर्भे गर्ने इत्यादिका दुई-चार गह्रौं सामानहरु पनि लाने कुरा सुनायो भोजप्रसादले, रंगीचंगी, अनौठा र गह्रौं सामान देखेपछि साँच्चै काम गरेको मान्छन् जनताले भनेर। कार्यालयका श्रमिकहरुले गाडीको पछिल्तिर सामान त भरिदिए, तर देहात जान तयार भएनन्। बजारमा मान्छे खोज्न थाले उनीहरु। बजारका स्थानीय पनि कोहि पनि देहात पस्न तयार भएनन्।
“उ त्यो मान्छेलाई बोलाउनुस् त। ‘लोकल’ होइन जस्तो छ, जान्छ होला।“ अलिक पर बस कुरेर उभिईरहेको, पुरानो र मैलो कट्टू, टी शर्ट र हवाइ चप्पल लगाएको, हेर्दा तीस बर्षजतिको लाग्ने पहाडी अनुहारको एउटा मान्छे देखाएर भन्यो भोजप्रसादले। आफूचाहिँ किन हो कुन्नि, गाडीबाट बाहिर निक्लियो।
गाविस सचिवले गएर कुरा ग-यो त्यो मान्छेसंग। दुबैजना गाडीतिर आए।
"दिउँसो दुई बजेसम्म त पक्का आइपुगिन्छ है हजुर?!” त्यो नयाँ मान्छे गाडीमा बसुञ्जेलसम्म पनि रामध्यानसंग सोध्दै थियो।
एकछिनपछि भोजप्रसाद अर्को गाडी लिएर निक्लियो कार्यालयबाट, आफैंले हाँक्दै।
"तपाईँहरु त्यसमा जाँदै गर्नुस्, कृषिमा पस्नु छ मलाई एकछिन, साथी भेट्न।“
सचिवहरु बसेको गाडी अघि लाग्यो। भोजप्रसाद एकछिनपछि कृषि कार्यालयतिर मोडियो।
“नाम के हो तिम्रो दाइ?” काम गराउन ल्याईएको मान्छेसंग कुरा गर्न थाल्यो इञ्जिनियर।
“मानबादुर हजुर।“
“घर काँ’ नि?”
“घर त पहाड इलाम हो हजुर!”
“इलामको मान्छे कसरी याँ त?!”
“अस्ति झापा झ-या थें हजुर, ढुंगाको टरकमा। त्याँ बाट हिजो फेरि सिमेण्टको टरकमा यता आइयो। आज भरे त जसरी नि फर्किनुपर्छ।"
***************************************
फड्केसाँघुको मावलीबाट फर्केर टारीखर्कको आफ्नो डेरामा मखमली आईपुग्दा झमक्क साँझ परिसकेको थियो। ढोकामा अझै ताल्चा झुण्डिएको देखेर छक्क परी उ। अस्ति उसका बूढा झापा झर्न निक्लँदा उ पनि संगै निक्लेकी थिई र मामाघरतिर लागेकी थिई। अनौठो लाग्यो उसलाई। पहिला-पहिला त राम्रो काम पाउँदा दुई-चार दिन, एक-दुई हप्तै पनि हराउँथे उसका बूढा, तर पोहर छोरो जन्मेपछि भने सकेसम्म परिवार छोडेका थिएनन्। छोडिहालेपनि एक रातभन्दा बढी छोड्दैनथे। कता पुग्या होलान् कुन्नि?
भात पकाउन मन लागेन मखमलीलाई। छोरालाई लिटो खुवाएर सुताईदिई। आफू भने माइज्यूले हाल्दिएको चिउरा अलिकति र पानी खाएर सुती। ‘कतै राम्रै काम पाएर त बसे होलान् 'नि। भोलि बिहान काठमाण्डुबाट आ’को रात्रि बस समातेर आईपुग्लान्।' भन्ने तर्कना गर्दै निदाई।
*****************************************************
त्यो दिन दिउँसो चार बज्दा हरिगञ्ज पुग्नु अगाडिको एउटा सानो खोल्सामा सडक बिभागको जलेको गाडीमात्र बाँकी थियो। पहरा दिन बसेका दुईजना प्रहरीहरुपनि अलि टाढै थिए।
गाडीमा भएका चारैजनालाई भित्रै थुनेर कसैले आगो लगाईदिएको रहेछ। मुख डढेर कुनैपनि लाश चिनिने अबश्थासम्म पनि थिएन रे। कसैको घडी र कसैको हातको औँठीका भरमा गाडी चालक, सचिव र इञ्जिनियरका लाशको सनाखत भयो। एउटा लाशको भने कसैगरी सनाखत हुन सकेन। दुई दिनपछि त्यो लाशलाई बेवारिशेको दर्जा दिँदै अरुभन्दा पहिलेनै जलाईयो। लाशसंगै त्यो लाशको चर्चा पनि आगोमा बिलायो।
अँ, त्यो घटना हुँदासम्म भोजप्रसाद साथीको कार्यालयमा चिया खाँदै थियो रे।
उता तीन लाशले देशभरि आन्दोलनको नेतृत्व गरे। रामध्यान मारिएको विरोधमा गाविस सचिवहरुले आन्दोलन गरे, उता इञ्जिनियरहरु पनि कोहि सडकमा निस्किए, कोहि ‘माथि’नै पुगेर सरकारलाई थर्काउन थाले। गाडी चालकहरुले देशै ठप्प पार्दिए। सरकारले सबैको माग पूरा गर्दियो, मृतकका परिवारले दश-दश लाख पाउने भए। सचिवको परिवारलाई सचिवहरुको संगठनले, इञ्जिनियरको परिवारलाई इञ्जिनियरको संस्थाले अनि चालकको परिवारलाई चालकहरुको संस्थाले अरु थप सहयोग गरे।
अनि देशको शहीदको खातामा तीन नामहरु थपिदियो सरकारले।
मानबहादुर कतैको पनि थिएन, उसको परिवारले केहि पनि पाएन। सरकारको 'शहीद' कोटामा पनि उ परेन।
तर के उ यो देशको पनि थिएन?!
(माथिको कथामा वर्णित पात्रहरु र घटनाक्रमहरु सबै काल्पनिक हुन्, मेरो देशको वर्तमानसंग अलि-अलि मिल्न गएमा त्यो संयोग मात्र हुनेछ।)

August 07, 2007
अलिकति कुरा आफ्नै दैनिकीबाट
समसामयिक विषयवस्तुमा एउटा कथा शुरु गरेको थिएँ, दिउँसो कामको समय अलिकति चोरेर। सकेसम्म त्यहि कथालाई भ्याएर आज यहाँ टाँस्ने मन थियो, तर आधी पनि पूरा गर्न सकिएन। अनि अलिकति आफ्नै दैनिकीका कुरा गर्नुप-यो भनेर बसेको छु। उसो त 'ब्लग' भनेको पनि दैनिकीनै हो क्या र!
कहिलेकाहीँ खाना खाने बेलामा भेट हुन्छ हामी नेपालीहरुको र तीन जना भन्दा बढीको समूह बनेपछि हामी लाग्छौं कतै, जहाँ बसेर भैरब अर्यालले कतै भनेजस्तै 'कमिलाकुटी देखि सिंहदरबारसम्म'को कुरा काट्न पाइयोस्। हाम्रो कुराकानीको शुरुवात नेपाली राजनीतिको दुर्दशामाथिको आ-आफ्नो टिप्पणी र नेताहरुलाई स्वतस्फूर्त र निसंकोच गरिने एक राउण्ड चर्को गालीबाट बाट शुरु हुन्छ। र कुराकानीको ठूलो अंश पनि नेपाली राजनीति र नेताहरुको बारेमा केन्द्रित हुने हुनाले हामीले यस्ता जमघटलाई 'राजनीतिक सेसन' अथवा 'बन्दसत्र' भनेर नाम दिएका छौं। निश्चित रुपमा अरु-अरु विषयहरुमा पनि कुरा हुन्छन्। कुरै त हो, आज पनि कुराले बुश, ब्लेयर र क्लिण्टनसम्म पुग्न भ्याएका थिए।
नेताहरुलाई सत्तो-सराप नगरी खा'को पच्दैन हामी नेपालीहरुको (हुनत नेता भनाउँदा मु---हरु पनि त्यस्तै छन्!)। मेरो पनि बानी यस्तै छ। तर अलिकति चिन्तन भने गर्नुपर्ने भएको छ हामीले। देशमा बेथिति भयो, नीति-नियम मिलेन भनेर जति हामी कुर्लन्छौं, त्यत्तिको नैतिक अधिकार हामीसंग छ कि छैन भनेर सोचेका छौं र हामीले कहिल्यै? देशलाई ठग्ने मौका मिल्यो भने हामी के गरौंला?! हाम्रो नैतिकता र इमान्दारितको खोललाई साना-साना घटनाहरुले उदाँगो पारिरहेका हुन्छन्। हामी विदेश बसुञ्जेलमात्रै इमान्दार र नैतिक हुन्छौं, नेपालको आकाशमा पुग्नै नपाई हाम्रो मन 'नेपाली' बनिसक्छ। हामीमध्ये कति छौं, विमानस्थल अथवा भिड हुने अन्त कतैपनि चिनेजानेको मान्छे भएको भरमा अरुको पालो मिचेर अगाडि नगएका? अथवा चिनजानकै भरमा २० किलोमात्र पाईने ठाउँमा ४०-५० किलै सामान नेपाल वायुसेवाको 'ट्रयाक्टर'मा नकोचेका? कुरा साना होलान्, तर हाम्रो स्वभाब देखाउन यस्तै कुरा काफी छन्।
हिजोअस्ति राजनीतिक रुपमा सुतेर बसेका कतिपय मान्छेहरु अहिले 'ब्यस्त राजनीतिज्ञ' भएका छन्। भोलि नेपालमा अप्ठेरो परिश्थिति आउनसाथ यिनको ठूलो हिस्सा (बिदेशमै बसेर भौतिक रुपमा सुरक्षितै भएपनि) राजनीतिक रुपमा फेरि दूला पस्नेछ। यसरी 'ब्यस्त राजनीतिज्ञ'मा फेरिएका हामी मध्ये धेरैलाई भोलिको 'नयाँ' जमानामा गतिलै 'राजनीतिक नियुक्ति' पाउने 'दह्रो' लालसा छैन भनेर को भन्न सक्छ?!
एउटा स्थानीय र खुशीको कुरा पनि थियो। नागोयामा केहि उत्साही भाइहरुले Nepal Youth Council Japan भन्ने संस्थाको शुरुवात गरे अस्ति। पारिवारिक दायित्वमा ब्यस्त हुनाले जान पाईएन, नरमाईलो लागिरहेको छ। भाइहरुको उत्साह र आशावदितालाई प्रशंशा गर्न चाहन्छु म र संस्थाले स्पष्ट उद्देश्यका साथ काम गरेर सफलता पाओस् भन्ने शुभकामना छ मेरो। यो शुभकामनालाई हाम्रो आजको 'राजनीतिक सेसन'ले पनि पारित गरेको हो!
र अलि रमाईलो 'टोन'मा भने, जापानमा नेपालीहरुको संख्या र नेपालीहरुका संघ-संस्थाहरुको संख्या 'बराबरी' हुन गएको कुरा निक्लेको हो। जापानमा भेटिने कुनै पनि नेपाली कुनै न कुनै संस्थाको कि त 'संयोजक' कि त 'अध्यक्ष' हुनसक्ने सम्भावना प्रवल भएको निष्कर्ष पनि निक्लेको हो हाम्रो आजको 'राजनीतिक सेसन' अथवा 'बन्द सत्र'मा!

नयाँ राष्ट्रिय गानको कुरा
नयाँ राष्ट्रिय गानको लय वा संगीत जे भनौं, सार्वजनिक हुनेबित्तिकै (शब्द त पहिलेनै सार्वजनिक भएका हुन्।) यो ब्लगमा केहि लेखौं भन्ने लागेको थियो, तर समय मिलेन। तिब्र गतिमा अनिश्चितितातिर हिँडिरहेको नेपालमा निस्किरहेका अनगिन्ती घटनाक्रमहरुले गर्दा यस्तो युगान्तकारी घटना पनि यति चाँडै पूरानो लाग्न थालिसकेछ।
पुरानो राष्ट्रिय गानलाई म घृणा गर्थें (र गर्छु) अलिकति जान्ने भएबाटै। त्यो सुन्दा सामन्यतया नउठ्ने बानी थियो मेरो। त्यो बानी झण्डै नयाँ राष्ट्रिय गान सुन्दा पनि सरेको। सार्वजनिक भएको भोलिपल्ट उमेशको संसारबाट सुन्दै थिएं, र म कुर्सीमा आधी सुतेजस्तो गरेर र टेबुलमा खुट्टा राखेर अलमस्ती पाराले बसेको थिएँ। उमेशलाई धन्यबाद, उनले 'राष्ट्रिय गान सुन्दा तपाईँ उठ्नुभयो?' भनेर सबैलाई सजग गराएका थिए। त्यो हेरेपछि म जुरुक्क उठें र उठेरै तीन पटकसम्म सुनें।
राष्ट्रिय गानमाथि देशभरि विवादहरु चलिरहेछन् र अझ कति समयसम्म चलिरहलान्। यो ब्लगलाई त्यो विवादमा होम्ने विचार छैन अहिलेलाई। पहिलोपल्ट कसैको प्रशस्तिको सट्टा देश र जनताको नाममा राष्ट्रिय गान बनेको छ, यो नै ठूलो कुरो हो अहिलेलाई। अनि राष्ट्रिय गानको गुणस्तरको कुरा नि? अहिले हामी असाध्यै भोकाएका छौं, भोकाएको बेला अलि-अलि काँचै भात पनि मिठो लाग्छ। हैन र?

August 03, 2007
वनमन्त्रीको राजीनामा-माओवादीको नियमित नाटककै एक भाग
वनमन्त्री मातृका यादवको 'राजीनामा' र प्रचण्डसंगको 'ब्यापक छलफल'पछिको 'राजीनामा फिर्ता' शतप्रतिशत पूर्वनियोजित 'स्टण्ट' हो भन्ने कुरामा कुनै शंका छैन। विगत एक वर्षदेखि माओवादीहरुले देखाउँदै आएका र अहिले तिब्रता बढाउँदै लगेका नाटकहरुकै एक भाग हो यो।
कुन मन्त्रालयले कुन मन्त्रालयलाई कति सहयोग-असहयोग ग-यो भनेर थाहा पाउने त मन्त्रीहरुनै होलान्, तर रक्तचन्दन तस्करलाई ठीक पार्न गृह र प्रशाशनले यदि साथ नदिएकै हुन् भने पनि मातृका यादबसंग कम्तिमा सञ्चार माध्यमबाट ती तस्करहरुका बारेमा जनतालाई सूचित गर्ने बाटो त बाँकीनै थियो नि! उनले अथवा माओवादीले किन त्यसो गरेनन्? ल ठीक छ, मन्त्री पदमा बसी-बसी त्यसो गर्न पेशागत नैतिकताले दिँदैनथ्यो भने, राजीनामा दिँदा त सक्थे होलान्! वास्तवमा रक्तचन्दनसंग माओवादीको पनि विवादास्पद भूमिका जोडिइसकेको छ। एक-दुई पटक समातेपछि उनीहरुले त्यस बारेमा अरु बढी काम गरेका पनि छैनन्। उनीहरु अचेल सिडिओ र प्रहरी कुट्न ब्यस्त भएका छन्!
अर्को कारण रहेछ,
"यादवले राजीनामामा माओवादी सरकार र संसद्मा सहभागी भएर पनि बेपत्ता नागरिकहरूको स्थिति सार्वजनिक गर्न, जनयुद्धका घाइतेहरूलाई उपचार तथा राहतको व्यवस्था गर्न र सहिद परिवारहरूलाई क्षतिपूर्ति र राहत दिलाउन नसकेकामा गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।"
यहाँ असन्तुष्टि मात्र हैन, गम्भिर आत्मालोचनापनि हुनुपर्ने हो, किनभने उनी आफैं पनि सरकारमा छन् र गर्न नसकेका कामको अपजस उनको भागमा पनि आउँछ। असन्तुष्टिमात्रै ब्यक्त गर्नु भनेको प्रतिपक्षी मानसिकता हो। माओवादी यतिखेर 'प्रतिपक्ष' नभएर 'सत्तापक्ष' हो।
यतिखेरका सबै माओवादीलेझैं उनले पनि समानुपातिक चुनाव र चुनाव अगाडिनै गणतन्त्रको राग छोडेका रहेछन्। सम्झौतालाई तोड्ने असली माओवादी 'काइदा' हो यो! दुई-दुई पटकसम्म संविधान संशोधन हुँदा के हेरेर बसेका थिए उनीहरु?! अहिले चुनावको मुखैमा आएर यो बखेडा झिक्नु भनेको चुनाव भाँड्छु भन्नु हो। वर्तमान नेपाली राजनीति 'मेरो गोरुको बाह्रै टक्का'ले चल्न सक्दैन, आठ दलीय सम्झौताको बाटो बाहेक अरु बाटो छैन। हिजो मानेको कुरालाई हिजोको आजै मान्दिन भन्नु मूर्खता, स्वार्थीपन र अटेर देखाउनु हो।
माओवादी मधेशमा भिषण दमन गरेर भएपनि आफ्नो वर्चस्व राख्न चाहन्छ, तर समय फेरिईसकेको छ, बाग्मतीमा धेरै पानी बगिसकेको छ। मधेशका सम्पूर्ण जायज मागहरुको समाधान गर्न वार्ता बाहेकको विकल्प छैन। मधेशका सबै जायज मागहरुको समाधान पछि पनि बाँकी रहन सक्ने छिटपुट अराजकताका लागि भने विकल्प हुन सक्छन्। तर अहिले त राज्यले मधेशसंग राम्रोसंग वार्तानै अगाडि बढाएको छैन। वार्ता अगाडि नबढ्नुमा सरकारको एक प्रमुख घटक माओवादीको यस्तै सोचाइपनि ठूलो कारण हुनसक्छ।
भोलि यो नाटकको अर्को संवाद प्रचण्डको मुखबाट निस्कन बेर छैन, 'हाम्रा असन्तुष्ट मन्त्रीलाई हामीले बल्ल-बल्ल फकाएका छौं, हामीले भनेजस्तो होस्, नत्र फेरि राजीनामा आउला!' भन्दै।
के माओवादी साँच्चै जस्ताको तस्तै छ? जति सम्झौता र समझदारीको नाटक गरेपनि के यसले नेपालमा चाहेको भनेको एकदलीय अधिनायकवादी शाशननै हो? घटनाक्रमहरुले यस्तै देखाईरहेका छन्।
मैले अस्ति पनि लेखेको थिएँ, माओवादी जनताको माझको आफ्नो हैसियत देखेर नराम्रोसंग झस्किईसकेको छ। उ संविधानसभा चाहँदैन। वनमन्त्रीको यो 'राजीनामा' र 'फिर्ता' पनि त्यसै उद्देश्यका लागि रचिएको नाटकको अर्को एक भाग मात्रै हो।

Subscribe to:
Posts (Atom)