February 07, 2024

'जेठान' सँगको गुनासो

 "कस्तो झ्याउ लाउने गीत बजाको ए जेठान ! एक महिनापछि म पनि विदेश जाँदैछु, यस्तो गीत सुनार औडा बनाउनी---?" बस सानेपा पुगेपछि एकजना भाइ कराए ।  खलासीले उनीतिर पुलुक्क हेरे मात्र, चालकले पनि गीत रोकेनन् । 

बसमा विरक्त लाग्दो भाकाको दोहरी बजिरहेको थियो, कमाउन भनेर लोग्ने परदेशिएपछि लोग्ने-स्वास्नी दुबैले भोगेको एक्लोपनाको वेदनाका कुरा थिए दोहरीमा ।  

यातायात र निर्माण क्षेत्रका श्रमिक दाजुभाइहरुले एकापसलाई 'सम्धी' भनेर सम्बोधन गरेको धेरै सुनेको थिएँ, 'जेठान पनि चल्दो रहेछ भन्ने थाहा भयो । 

"कस्तो औडा बनाउनी गीत बजाको यार----" खसीबजारमा बसबाट झर्दा पनि ती भाइको गुनासो कायमै थियो । दोहरी बजिरहेकै थियो।

No comments:

Post a Comment