May 19, 2012

पाँचौ भञ्ज्याङ्बाट


यो ब्लगले आफ्नो जीवनको पाँच वर्ष पूरा गरेको छ आज। यस क्रममा यहाँहरु सबैको माया र मार्गदर्शन पाएर यो परिपक्व हुँदै आएको छ। यहाँसम्म आईपुग्दा म आफैं पनि यो ब्लगसंगै परिपक्वता सिक्दै आऐरहेको छु।

लेखनको गति वा गुणस्तरका हिसाबले भने म यो पाँचौ वर्षलाई अघिल्ला वर्षहरुजत्ति सफल मान्न सक्दिन। पेशागत लगायतका बिभिन्न कारणवश यसमा समय दिन सकिएन। लेख्ने विषय जत्ति पनि मनमा पोको परेर बसेका छन्, ती पोका यो ब्लगमा खुल्ने दिन पनि पक्कै आउलान्।

धेरै नलेखिएकाले गत वर्षको तथ्यांक पनि के हेर्नु र जस्तो लागेको थियो पहिला, तर हेरें। यो एक वर्षमा ४८ वटा पोष्ट लेखिएछ, जुन गत वर्षहरुभन्दा धेरै कम हो। फेरि यो पालिका पोष्टहरु कुनै कुनै त एकदम छोटा छन्। 

यो कुन पोष्ट कति पढियो भन्ने कुरा पनि त्यति 'शुद्ध' हुँदैन किनभने कहिलेकाहीँ एउटै पोष्टलाई धेरै चोटि फेसबुकमा राखिन्छ या ई-मेलबाट यताउता पठाईन्छ। यी सबै 'अशुद्धता'हरुलाई वास्ता नगरी हेर्दा गत वर्षमा लेखिएका पोष्टहरुमध्ये 'कति ल्याईस् त???' को एक वर्ष  सबैभन्दा बढी पढिएको रहेछ। दोश्रोदेखि पाँचौसम्म क्रमश: दुई 'नाङ्गा' मुक्तकहरु, साथी हरायो! , लुटिएपछि:)फ्यान 'बाल्ने' रे!  परेछन्। पूरै पाँच वर्षका पोष्टहरुमध्ये सबैभन्दा धेरै पढिएका पाँचवटा पोष्टहरु भने कथा-"एउटा प्रेमकथा"  , कथाजस्तै सत्यकथा  , गौतम सर, फर्मुला छोरी र भाउजू , क्या बात नेपाल प्रहरी!!!  र तँ किन घर फर्किस्?  रहेछन्। 

त्यस्तै यो ब्लगमा पाठकहरु आउने मुख्य स्रोतहरु क्रमश: google/organic, direct/none, feedburner/feed, blogger.com/referral र facebook.com/referral रहेछन्। गएको एक वर्षलाई मात्र हेर्दा भने यो क्रम feedburner/feed, google/organic, theaznepal.cm/referral, direct/none र facebook.com/referral हुँदो रहेछ। गुगलबाट आउनुहुनेहरुमध्ये कथा, प्रेम कथा, basanta gautam, सत्य कथाभाउजू शब्दहरु खोज्ने क्रममा आउनुहुने बढी हुनुहुँदोहरेछ। गत वर्षलाई हेर्दा भने engineeer jokes, engineering jokes, मुक्तकहरु, नेपाल प्रहरीभाउजू पर्दा रहेछन् यो क्रममा।

यी भए यो ब्लगसंग जोडिएको तथ्यांकको केहि भाग। वर्षमा एकपटक यस्ता कुरा हेर्न पनि रमाईलै हुन्छ:)

ब्लगको साजसज्जालाई परिमार्जन गर्ने र पृष्ठलाई अझ अन्तर्कृयात्मक बनाउने धोको मनमा पालेको पनि दुई वर्ष भयो, हेरौं कहिले भ्याईन्छ।

यसपालि धेरै नलेखौं, अघिल्ला 'जन्मदिन'हरुका कुरा यहाँ छन्; 


ब्लगलाई विषयबस्तुका दृष्टिले अझ स्तरीय र अझ विविधतापूर्ण बनाएर तपाईँको आगमनलाई सार्थक बनाउने मूल कामको हेक्का त छँदैछ मलाई। म त्यस दिशामा अझ बढी प्रयास गर्ने र अझ निरन्तर हुने बाचा गर्दछु। 

यसपछिका दिनमा पनि सधैंझैं यहाँहरुको माया, अमूल्य प्रतिकृया र सुझावहरु पाईरहने आशा पनि गर्दछु।

यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

सबैका सबै दिन सुखमय रहुन्! 












































































4 comments:

  1. ब्लगले पाँच वर्ष पुरा गरेकोमा धेरै धेरै बधाई !!! ।

    साँच्चै यो लेफ्ट साइड बारमा "समाचार प्रधान ब्लगहरू" र त्यो भन्दा मुनिको ग्याजेट सायद डटकम बाट ब्लगरको सब डोमेनमा फर्केकोले बिग्रेको छ । फुर्सदमा बनाउनु होला :)

    अझ प्रगतिको कामना सहित !

    ReplyDelete