May 29, 2012

देशलाई सजाय



१. धन्य देश!

पालुवा छैन जीवनमा, सधैं हिऊँदै छ
सबै मूल सुकेपनि कहाँबाट जीवन पिऊँदै छ
सहस्र गँगटाले घाँटी अँठ्याएकै छन् तैपनि-
धन्य छ मेरो देश! मेरो देश अझै जिऊँदै छ।


२. सजाय

सैयौं धोका खाएर पनि हाँसीरहेछु
थाहा छैन, के को आशमा अझै औंला भाँचिरहेछु?
जिन्दगीको सबैभन्दा ठूलो सजाय हो यो शायद
म 'यो' देशमा 'यतिखेर' बाँचीरहेछु।



2 comments:

  1. समसायिक र मार्मिक लाग्यो । जल्वदो बल्दो समस्या चित्रण गरिएको उराठ लाग्दो चिन्तन प्रस्तुति ।

    ReplyDelete
  2. येस्तैछ अस्काल धेरै जसो नेपालीहरूको मन.

    ReplyDelete