January 05, 2010

मेरो कविता

[आज फेरि तपाईँहरुलाई इतिहासको ब्याजबाट यो टुक्रो चखाउन चाहन्छु। मासिक साहित्यिक पत्रिका "रचना" को कुनै अंकमा प्रकाशित भईसकेको छ यो।
टुक्रोको स्वाद कस्तो छ, भन्न नभुल्नुहोला।]
------------------------------------------------


मेरो कविता


दिनभरि-
यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग
यन्त्रवत् चलेपछि,
साँझ पर्दासम्म-
मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;
म थुपार्छु चोइटाहरू
र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,
हुर्हुरी बल्छ मेरो कविताको आगो
र म एकपटक फेरि जन्मन्छु। 

-कार्तिक ४, २०५७
पोखरा

Image Source: Click Here

20 comments:

  1. गहिरो जीवन बोधले भरिएको यो सानो टुक्रोको स्वादकै कुरा गर्ने हो भने चटक्क अचार चाटेजस्तो । वाह!

    ReplyDelete
  2. कति छोटो, मीठो, सरल तर तीक्ष्ण लेख ! सार्है मार्मिक लाग्यो ।

    ReplyDelete
  3. यो कविता हो कि दर्शन ? अत्यन्तै गहन र सटीक लाग्यो |

    ReplyDelete
  4. जिवन पनि यान्त्रिक भइसकेको छ !

    ReplyDelete
  5. nice one.
    really like it.

    ReplyDelete
  6. यान्त्रिक दैनिकीहरुको व्यस्ततासंगै हतास भएका मनहरु यो कवितामा सम्भावना र प्रेरणाको कुनै संकेत पढिरहेछन , कविता स्वादिलो छ, मिठो छ ।

    ReplyDelete
  7. " म थुपार्छु चोइटाहरू
    र कलमको अगुल्टो झोसेर फुकिदिन्छु -
    हुर्हुरि बल्छ मेरो कविता को आगो ......."

    निकैं नै दमदार रहेको छ - बसन्त जी !

    ReplyDelete
  8. जीवन यान्त्रिकताको चपेटामा परेको बेला झन् मूल्यवान् हुन्छन् शायद कविताहरु। भित्रैसम्म छोयो तपाईंको कविताले।

    ReplyDelete
  9. Simple words, simple way to express a routine of many people..many who wish to write.. Liked it

    ReplyDelete
  10. बसन्त दाई, कविताले छोयो भित्रै सम्म । यो यान्त्रिक जीवनमा, यन्त्रवत् मान्छेहरुसँगको यान्त्रिक क्रियाकलापहरुलाई सरल ढंङ्गले रचनाकृत गर्नुभएको रहेछ असाध्यै राम्रो लाग्यो । साहित्य(कविता)ले औषधीको काम गरेको छ यन्त्रवत् मान्छेहरुसँग । दाई, पूर्ण सन्तुष्टी लिएँ मैले ।

    दाई, ‘पृथ्वीलाई बचाऔं’ भन्ने मेरो अपील तपाईको ब्लगमा स्थान दिनुभएकोमा विशेष आभार व्यक्त गर्दछु । तपाईको यस्तै सहयोग र समर्थनको आश राख्छु म त ।

    ReplyDelete
  11. वा वा वा साह्रै सटिक कविता रहेछ । राम्रा कविता यसरी नै जन्मन्छन् हुर्हुर दन्किएर ।

    ReplyDelete
  12. यस्तो पो कविता त !
    यो पो कविता त !

    ReplyDelete
  13. छोटो कविताले पूरै जिन्दगीको (दिन-दिनको) यथार्तलाइ नै उनेको जस्तो लाग्यो । बसन्त जी धेरै चोटिलो कविता छ यो । यस्ता भावनाहरु ईतिहासको ब्याजमा भएपनि पढीरहन पाउँ।

    ReplyDelete
  14. साह्रै गज्जवको कविता । छरितो र सटिक लेखाई । सिङ्गो जीवन दर्शनै समेटिए जस्तो ।

    ReplyDelete
  15. स्वामी चन्द्रेश भन्छन "कविता ह्रदयको अनुभुति हो ".....यो चोइटोले कामको frustation ले मरेको मनुष्य आफ्नो रचनाबाट फेरी जिवित भएको बताएको छ ।

    ब्लग छ र आश छ , नत्र त यो कामको लोडले .....ओहो !!!!

    ReplyDelete
  16. आधुनिक जीवनचक्रको याथार्थिक पाटोको निकै कलात्मक चित्रण छ, र यसले समग्र जीवनलाई सँगाल्न नसक्ला, कारण सबै जना अभिव्यक्तिमा उत्रिदैनन् चोइटिए पनि ।
    तर शिल्पीहरूको जीवनको उभारलाई भने मनग्गे पक्रिएको छ यो कविताले । 'गागरमा सागर अटाएको' यस्तैलाई भन्छन् क्यारे

    ReplyDelete
  17. हामीले भोगेको जीवन तपाईंले उतार्नु भयो। सटिक तर चखिलो...

    ReplyDelete
  18. कविता पढिदिनहुने, प्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यबाद!

    ReplyDelete