चाडबाडको याम छ यहाँ। यसैले स्वाभाविक हो, यी चिसा दिनहरुमा पनि मस्ती र अलमस्ती भरिएको देखिन्छ, हावाले मादकता बोकेको देखिन्छ।
यसरी चाडबाडको यामले यी बस्तीहरु छोपिँदा घर र नेपालको याद आउँछ। अर्कोतिर, चाडबाडको यामले नेपाल छोपिँदा पनि नेपालको यादले पुरिन्छु म। यसरी वर्षको धेरै समय उदास हुने मेलो बन्छन्, दुईतिरका चाडबाडका यामहरु।
मेरो यो उदासी, मैले मनमनै कहिले रुँदै-कहिले हाँस्दै सम्झने नेपाल, देश बाहिर बसिरहेका लाखौं नेपालीहरुको साझा भावना हो।
देशबाहिर केहि वर्ष बस्नुमा म बाध्यतामात्रैलाई दोष दिन सक्दिन, अझ बाध्यताको अंश एकदम कम छ भनेपनि हुन्छ। म मेरो महत्वाकांक्षाले घिसारिएर परदेशिएको हुँ, यसमा अरु कुरा थपथाप भएका मात्रै हुन्। महत्वाकांक्षालाई ‘बाध्यता’ नामको खोल ओढाएर किन आफैंलाई ढाटौँ म? यसैले मैले ‘रोईरहनु’मा कुनै तुक भने देख्दिन म। मेरो पूर्ण ‘मानसिक’ भलाई चाँडै नेपाल फर्कनुमानै हुनेछ, जिन्दगीमा अरुखाले समस्याहरु थपिएलान् त्यो बेग्लै कुरा हो।
यो याम डिसेम्बर लाग्दैबाट शुरु भएको माने हुन्छ; मैले अलिक पहिला कुरा गरेको थिएँ बो-नेन-काइको, हो त्यहि बो-नेन-काइको हल्ला-खल्लाबाट। त्यसपछि क्रिशमश। जापानीहरु क्रिशमस मनाऊँछन् र जापानीहरु क्रिशमश मनाऊँदैनन्। क्रिशमस मनाऊँछन् यसकारण कि उनीहरु क्रिशमसको मनोरञ्जन (भौतिक/ब्यापारिक) पक्षहरु सबै पछ्याऊँछन्; मनाऊँदैनन् यसकारण कि क्रिशमसको धार्मिक पक्ष भने त्यति देखिँदैन उनीहरुको क्रिशमस उत्सवमा। अर्को शब्दमा भन्दा जापानको क्रिशमसमा सान्ता क्लज आऊँछन, जिसस क्राईष्ट भने आऊँदैनन्। क्रिशमश धर्म अँगालेका थोरै प्रतिशत जापानीहरुको कुरो होईन यो, बाँकी ‘गैर-क्रिश्चियन' जापानीहरुको हो। हुनत, जापानमात्रै किन, सबै ठाऊँहरु, हाम्रो समाज, पनि यस्तै-यस्तै हुँदै गईरहेका छन्। क्रिश्चियन समाजहरुको सम्पन्नता, उनीहरुका सञ्चार-माध्यमहरुको शक्ति र एक हदसम्म विगत केहि शताब्दीदेखि निरन्तर विश्वभाषाको रुपमा उपस्थित अंग्रेजी भाषाको प्रभावका कारण हुनुपर्छ यो।
पोहरबाट क्रिशमशको औपचारिकता अलि-अलि पूरा गर्नुपर्ने ‘बाध्यता’मा प-यौं हामीपनि। किण्डरगार्टेनमा क्रिशमशको कुरा सुनेर आएपछि आर्याले घरमा पनि कुरा गर्न थाली। यसैले उसका लागि केहि उपहारहरु ल्याईदिन सान्ता हजूरबालाई अनूरोध गर्नैप-यो:) यसपालि त एउटा सानो हरियो क्रिशमश ट्री (प्लाष्टिकको) र केहि झिलिमिली बत्तीहरुको समेत ब्यबश्था गर्नुप-यो। सान्ता हजूरबाले पनि राती आएर एक पोका उपहार त्यहि रुखमुनि राखेर हिँडेछन्:)
जापानको यो यामको अर्को एउटा चलन ‘ओ-सोउजी’ (ठूलो सरसफाई?) हो। सामान्यतया नयाँ वर्षको बिदा शुरु हुने अघिल्लो दिन आफ्नो कार्यस्थलमा सबै मिलेर गरिने सर-सफाईलाई ‘ओ-सोउजी’ भनिन्छ, मेरो अड्डामा हिजो थियो। मेरो विचारमा वर्षान्तमा यस्तो सर-सफाई गर्ने चलन सबैतिर हुन्छ। जापानमा यस्ता औपचारिकता, गतिबिधि आदिलाई अलिक गम्भिरतापूर्वक, अलिक दार्शनिक दृष्टिकोण (philosophical approach) का साथ सम्पन्न गरिन्छ, फरक भए त्यसमै होला।
जापानी भाषाका यस्ता ‘ओ-सोउजी’ जस्ता शब्दको भावानुवाद गर्न सकिन्छ तर ठ्याक्कै मिल्ने नेपाली शब्द खोज्न गाह्रो लाग्छ मलाई। मेरो सीमित नेपाली शब्द-भण्डार, त्यसमा पनि केहि वर्ष बानी परेपछि यस्ता शब्दहरु यतैका बढी आऊँदारहेछन्, मनमा-मुखमा। बो-नेन-काइसम्बन्धी टाँसो बारेमा प्रतिकृया दिँदै (फेसबुकमा) साथी गोविन्द रिजालजीले बो-नेन-काइसंग ठ्याक्कै मिल्ने नेपाली शब्द ‘मैजारो’ हो भन्नुभएको थियो। ‘ओ-सोउजी’ संग ठ्याक्कै मिल्ने शब्द पनि होला, तपाईँलाई थाहा भए जान्न पाउने आशा छ।
हस् त यहि कुराकानीका साथ आजलाई बिदा पाऊँ।
तपाईँहरु सबैलाई नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

i liked this! ur expressions are really genuine and true. i really liked it.
ReplyDeleteबसन्त ब्रो, आज को बिस्व मा 'देशभक्त' हुन् पनि देश भित्र नै हुनुपर्छ भन्ने हुदैन न त आफ्नो देश मा हुदैमा 'देशभक्त' भइन्छ...बरु प्राय त्यसको उल्टो भने हुदोरहेछ.. तेसैले पिर नगर्नुस
ReplyDeleteसोच्नुस त सबै बिदेशिएका नेपाली ले तपैले जस्तै सोचेर नेपाल फर्के भने हाम्रो के हालत होला ? ;)
ReplyDeleteरमाईलो पोस्ट । समाजको विकासक्रम यसरी नै चल्दै गयो भने सबैले सबैको चाड मनाउने दिन पनि आउला जस्तो लाग्दैछ मलाई पनि ।
ReplyDeleteमाथी हावा ब्रोको दुईटै टिप्पणी पनि दमदार र सोचनीय छ है :)
नयाँ वर्षको शुभकामना !
"मनमनै कहिले रुँदै-कहिले हाँस्दै सम्झने नेपाल, देश बाहिर बसिरहेका लाखौं नेपालीहरुको साझा भावना हो।"
ReplyDeleteahaa!
well said.
जानकारी मूलक छ । सान्ता हजुरबा कसरी आएर के उपहार छाडे त ?
ReplyDeleteदुई नाउमा खुट्टा हाले झैं हुन्छ परदेशी जीवन :(
ReplyDeleteAnyway, ह्यप्पी न्यू एर २०१०
Prajwol
शुरुका हरफहरुले हाम्रा साँच्चिकै साझा भावना बोकेका छन्। तर यो विदेशिनुको कथाभित्र बाध्यताको अंश पनि ठूलै छ जस्तो लाग्छ मलाई त किनभने हाम्रा महत्त्वाकांक्षा पनि देशभित्रै फक्रिने सहज वातावरण भैदिए कुरा अलि अर्कै हुन्थ्यो होला।
ReplyDeleteजिन्दगीको हरेक पानामा नयाँपनको आभाष मिलोस् .......Happpy New Year ....
ReplyDeleteदाजुले चिताएको पुगोस्....मेरो पनि धेरै धेरै शुभकामना नववर्ष 2010 को ।
ReplyDeleteलेख रमाईलो लाग्यो ।
विदेशिएर बढेको दुरीसंगै घर र देशको माया दोब्बर भएका लाखौ नेपालीहरुको समान भावना उजागर भएको छ यो टासोमा ।
ReplyDeleteसधै जस्तै लेख रमाइलो छ ।
नया बर्षको हार्दिक शुभ कामना ...!
नयाँ बर्षको शुभकामना, बसन्त दाजु, परिवार र यो ब्लगका सम्पुर्ण पाठक महानुभाबहरुलाई ।
ReplyDelete"महत्वाकांक्षालाई 'बाध्यता' नामको खोल ओढाएर किन आफैंलाई ढाटौं म ?" क्या बात! यति हक्कि स्विकारोक्ति धेरै कम मुखहरुबाट सुनिन्छ । सलाम !
ReplyDeleteनयाँ वर्ष 2010 को शुभकामना तपाईं लगायत सबैलाई ।
A thought provoking write! I agree with most of your views here.
ReplyDeleteBest wishes for a happy and prosperous new year to you and all the visitors of this blog!
the new year certainly brings your increase speed of writing.happy new year.
ReplyDeleteनयाँ बर्ष सन् २०१० को तपाई लगायत ब्लग र सम्पूर्ण आगन्तुक हरुमा मिठो शुभकामना!!
ReplyDeleteInteresting post!
ReplyDeleteHappy New year to you & all the visitors of this blog!
धेरै घतको कुरा लेख्नु भो । चाडहरु घरै रमाईलो । साथ अनि हात सँगै भेट रमाईलो । नयाँ वर्ष त वहाना हो हाम्रो मितै रमाईलो ।
ReplyDeleteविदेशीनेहरुको आफ्नै पीडाहरु छन्, हामी यहाँ बस्नेहरु पनि आशक्त भैसकेका छौं । विदेशीन मन लागेको नजादिँदो पाराले सायद् देशबाट टाढा देशप्रतिको माया अझ बढ्छ होला ।
ReplyDeleteदाई, पोष्टमा क्रिशमशलाई धर्म भन्नुभएको रैछ । नववर्ष २०१० को अवसरमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । यो वर्ष तपाईको पूर्ण सफल्ताको वर्ष होस् ।
यस नव बर्ष (अंग्रेजी बर्ष ) को उपलक्ष्यमा बसन्त दाइ लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!
ReplyDeleteप्रतिकृयाको लागि सबैलाई हार्दिक धन्यबाद र फेरि एकपटक नयाँ वर्षको मंगलमय शुभकामना!
ReplyDeleteहावा ब्रो, देशभक्त जहाँ बसेपनि देशभक्तै हुन्छ र देशभित्रै बसेपनि देशद्रोही देशद्रोहीनै हुन्छ भन्ने कुरामा सहमत छु। पिर त्यसमा होईन। मेरो समस्या मेरो आफ्नै भावुक र'हल्का-फुल्का' कवि मन हो:)
बाँकी, ब्रोसंग ब्लगमै मात्र कति घम्साघम्सी गर्ने, नेपाल आएरै साँच्चै लडम् भनेर पनि हो:)
रमेशजी, सान्ता बाजेले के उपहार ल्याए कुन्नि, उपहार किन्ने पैसा भने हामीसंगै मागेका थिए:)
ध्रुबजी, कहाँबाट बाध्यता सकिन्छ र कहाँबाट महत्वाकांक्षा शुरु हुन्छ, छुट्याउन त्यति सजिलो छैन तर माओवादी वा शाही सेनाको खेदाईबाट आजित भएर अथवा नेपालमा टेक्ने जमीन र समाउने हाँगो नभएर विदेशिएका लाखौं नेपाली दाजुभाइहरुलाई हेर्दा मेरो बाध्यता 'बाध्यता' हो जस्तो लाग्दैन मलाई।
राजेश भाइ, मैले क्रिशमसलाई धर्म भनेको होईन। त्यसको धार्मिक पक्ष भनेर यससंग जोडिएका कृश्चियन मान्यताहरुलाई औंल्याउन खोजेको हुँ।