[आज फेरि तपाईँहरुलाई इतिहासको ब्याजबाट यो टुक्रो चखाउन चाहन्छु। मासिक साहित्यिक पत्रिका "रचना" को कुनै अंकमा प्रकाशित भईसकेको छ यो।
टुक्रोको स्वाद कस्तो छ, भन्न नभुल्नुहोला।]
------------------------------------------------
मेरो कविता
दिनभरि-
यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग
यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग
यन्त्रवत् चलेपछि,
साँझ पर्दासम्म-
मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;
म थुपार्छु चोइटाहरू
र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,
हुर्हुरी बल्छ मेरो कविताको आगो
र म एकपटक फेरि जन्मन्छु।
साँझ पर्दासम्म-
मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;
म थुपार्छु चोइटाहरू
र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,
हुर्हुरी बल्छ मेरो कविताको आगो
र म एकपटक फेरि जन्मन्छु।
-कार्तिक ४, २०५७
पोखरा
Image Source: Click Here
गहिरो जीवन बोधले भरिएको यो सानो टुक्रोको स्वादकै कुरा गर्ने हो भने चटक्क अचार चाटेजस्तो । वाह!
ReplyDeleteकति छोटो, मीठो, सरल तर तीक्ष्ण लेख ! सार्है मार्मिक लाग्यो ।
ReplyDeleteयो कविता हो कि दर्शन ? अत्यन्तै गहन र सटीक लाग्यो |
ReplyDeleteजिवन पनि यान्त्रिक भइसकेको छ !
ReplyDeletenice one.
ReplyDeletereally like it.
Very nice Basanta ji !
ReplyDeleteयान्त्रिक दैनिकीहरुको व्यस्ततासंगै हतास भएका मनहरु यो कवितामा सम्भावना र प्रेरणाको कुनै संकेत पढिरहेछन , कविता स्वादिलो छ, मिठो छ ।
ReplyDelete" म थुपार्छु चोइटाहरू
ReplyDeleteर कलमको अगुल्टो झोसेर फुकिदिन्छु -
हुर्हुरि बल्छ मेरो कविता को आगो ......."
निकैं नै दमदार रहेको छ - बसन्त जी !
Very nice poem Basanta Jee
ReplyDeleteजीवन यान्त्रिकताको चपेटामा परेको बेला झन् मूल्यवान् हुन्छन् शायद कविताहरु। भित्रैसम्म छोयो तपाईंको कविताले।
ReplyDeleteSimple words, simple way to express a routine of many people..many who wish to write.. Liked it
ReplyDeleteबसन्त दाई, कविताले छोयो भित्रै सम्म । यो यान्त्रिक जीवनमा, यन्त्रवत् मान्छेहरुसँगको यान्त्रिक क्रियाकलापहरुलाई सरल ढंङ्गले रचनाकृत गर्नुभएको रहेछ असाध्यै राम्रो लाग्यो । साहित्य(कविता)ले औषधीको काम गरेको छ यन्त्रवत् मान्छेहरुसँग । दाई, पूर्ण सन्तुष्टी लिएँ मैले ।
ReplyDeleteदाई, ‘पृथ्वीलाई बचाऔं’ भन्ने मेरो अपील तपाईको ब्लगमा स्थान दिनुभएकोमा विशेष आभार व्यक्त गर्दछु । तपाईको यस्तै सहयोग र समर्थनको आश राख्छु म त ।
वा वा वा साह्रै सटिक कविता रहेछ । राम्रा कविता यसरी नै जन्मन्छन् हुर्हुर दन्किएर ।
ReplyDeleteयस्तो पो कविता त !
ReplyDeleteयो पो कविता त !
छोटो कविताले पूरै जिन्दगीको (दिन-दिनको) यथार्तलाइ नै उनेको जस्तो लाग्यो । बसन्त जी धेरै चोटिलो कविता छ यो । यस्ता भावनाहरु ईतिहासको ब्याजमा भएपनि पढीरहन पाउँ।
ReplyDeleteसाह्रै गज्जवको कविता । छरितो र सटिक लेखाई । सिङ्गो जीवन दर्शनै समेटिए जस्तो ।
ReplyDeleteस्वामी चन्द्रेश भन्छन "कविता ह्रदयको अनुभुति हो ".....यो चोइटोले कामको frustation ले मरेको मनुष्य आफ्नो रचनाबाट फेरी जिवित भएको बताएको छ ।
ReplyDeleteब्लग छ र आश छ , नत्र त यो कामको लोडले .....ओहो !!!!
आधुनिक जीवनचक्रको याथार्थिक पाटोको निकै कलात्मक चित्रण छ, र यसले समग्र जीवनलाई सँगाल्न नसक्ला, कारण सबै जना अभिव्यक्तिमा उत्रिदैनन् चोइटिए पनि ।
ReplyDeleteतर शिल्पीहरूको जीवनको उभारलाई भने मनग्गे पक्रिएको छ यो कविताले । 'गागरमा सागर अटाएको' यस्तैलाई भन्छन् क्यारे
हामीले भोगेको जीवन तपाईंले उतार्नु भयो। सटिक तर चखिलो...
ReplyDeleteकविता पढिदिनहुने, प्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यबाद!
ReplyDelete