Image Source: Click Here
हाइटीमा बिध्वंशकारी भूकम्पले जनधनको अपार क्षति गराएको छ। खण्डहर बनेको राजधानी शहर, सडकमा छरिएका लाशहरु, चिच्याईरहेका घाईतेहरु र फेरि भूकम्प जाने संभावना देखेर भागिरहेका मान्छेहरुको लश्कर टेलिभिजनमा मात्रै देख्दा पनि हामीलाई यस्तो त्रासद लागिरहेछ भने पोर्ट अउ प्रिन्समा त्यो प्रकोप आफैंले भोगेका-देखेका लाई कस्तो भईरहेको होला?!
पहिले फ्रान्स र पछि अमेरिकाको औपनिवेशिक शाशनबाट मुक्ति पाएको हाइटीको निकट अतीतको इतिहास पनि तानाशाही र भ्रष्ट शाशनले भरिएको छ। १९५७-८६ सम्म दुभालिएर नाम गरेका सन्की तानाशाहले चरम आतंकको भरमा राज्य गरे हाइटीमा। उनको शाशन भ्रष्टाचारको लागि पनि उत्तिकै कुख्यात थियो। त्यसपछिका केहि दशकपनि राजनीतिक अस्थिरता, कमजोर सरकार, भ्रष्टाचार, सैनिक कू र विदेशी हस्तक्षेपको चक्रमै बितेका छन्। यसरी मानवीय कारणहरुले गर्दा कमजोर र जर्जर भईसकेको हाइटीको जगलाई यो भूकम्पले अर्को एउटा गम्भिर धक्का दिएको छ र एउटा बलियो देशको रुपमा उठ्न हाइटीलाई अझ लामो समय लाग्ने बनाईदिएको छ।
यो कुरा सत्य हो कि प्राकृतिक प्रकोपहरुले धनी देश र गरीब देश भनेर छुटयाउँदैनन्, हाइटीको जस्तो महाविपत्तिकारी भूकम्पको घटना जहिले र जहाँपनि घट्न सक्छ। तर बढी धनजनको क्षति भने तेश्रो विश्वका गरीब देशहरुमै हुन्छ। विकसित देशहरुका बलिया आवासीय र सार्वजनिक संरचनाका कारण यसैपनि कम क्षति हुन्छ। भूकम्प (वा कुनै पनि प्राकृतिक विपत्ति) घटिसकेपछिको उद्धार कार्य र पुनर्निर्माणका उनीहरुको तयारी पनि राम्रो हुन्छ। उद्धार कार्यमा प्रभावशालीता हुने हुँदा धेरै घाइतेहरुलाई बचाउन सकिन्छ।
प्राकृतिक प्रकोप जहाँ घटेपनि ती दु:खदायी हुन्छन्। हाइटीको यो महाभूकम्पमा ज्यान गुमाउनेहरुको आत्माले चीरशान्ति पाओस्। हाइटी र हाइटीका जनता यो संकटबाट उठ्न सफल हुन्।
हाइटीले हामीलाई अझ झक्झक्याउनुपर्छ, हामी पनि यस्तै महाभूकम्पको संघारमै आईपुगेका हुनसक्छौं। नेपालमा विनाशकारी महाभूकम्पको संभावनाको बारेमा धेरै वर्षदेखि कुरा पनि हुँदै आईरहेको छ, जनताको चेतना पनि केहि हदसम्म बढेको छ र केहि कामहरु, सरकारी-गैरसरकारी दुबै क्षेत्रबाट- भएका पनि छन्। तर एउटा राष्ट्रिय अभियानकै रुपमा संयोजित र योजनाबद्ध नगरी गरिएका हुँदा यस्ता काम-गतिबिधिहरुको प्रभावकारिता धेरै हुन सकेको छैन। हाइटीजस्तै हामी पनि दशकौंदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार भोगिरहेका छौं र हाम्रो राज्ययन्त्र हाँक्नेहरुको ध्याउन्न ब्यक्तिगत-पारिवारिक 'शुभलाभ' र दलीय स्वार्थभन्दा माथि बिल्कूलै उठेको छैन। आसन्न महाविपत्तिले आफूलाई पनि माटोमुनि पु-याउन सक्छ भन्ने चेत तिनमा पनि आईदिए हुन्थ्यो।
भूकम्पको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था GeoHazards International को अनुसन्धान परिणाममा आधारित एउटा लेख छापिएको छ प्रतिष्ठित अमेरिकी पत्रिका Forbes को अनलाईन संस्करणमा। पूरै लेख यहाँ पढ्न सक्नुहुन्छ; The World's Most Earthquake-Vulnerable Cities । संसारका २० अति भूकम्प-संवेदनशील शहरहरुको सूचिको १ नम्बरमा काठमाण्डौं रहेको छ र ६ रेक्टर स्केलको भूकम्प आएमा मर्ने मानिसहरुको संख्या ६९,००० अनुमान गरिएको छ (स्मरण रहोस, हाइटीको भूकम्प ७ रेक्टर स्केलको थियो)। काठमाण्डौंको योजनावीहिन र अनियन्त्रित शहरीकरण र जनसंख्या वृद्धि हेर्दा यो असम्भव बिल्कूलै लाग्दैन। नेपालमा भवन-निर्माण मापदण्ड एउटा देखाउने दाँतभन्दा बढी हुन सकेको छैन अझै भन्ने हामीलाई थाहै छ। अर्कोतिर शहरका धेरै भागमा दमकल त के एम्बुलेन्स जाने बाटो पनि छैन। केहि समय पहिला चक्रपथको छेऊछाऊमा भएको आगलागी नियन्त्रण गर्न जान दमकलहरुले बाटो भेटेनन्। शहरको बाहिरी भाग समेतको हालत यो भईसक्यो। अब त उद्धार कार्यका लागि आवश्यक पर्ने खुल्ला ठाऊँहरुको समेत अभाव हुन थालेको छ। देशका अरु शहरहरुमा पनि योजनावीहिनता र अनियन्त्रित बिस्तारको यो रोग सल्किसकेको छ र चाँडैनै केहि शहरहरु काठमाण्डौंका प्रतिस्पर्धी बन्दैछन्।
आवासीय र सार्वजनिक संरचनाको गुणस्तर र प्रभावशाली तयारीले कति फरक पार्छ भन्ने कुरा लेखमा सूत्र दिईएको अर्को एक स्लाईड शो The 20 Most Earthquake-Vulnerable Cities ले स्पष्ट पार्छ। ६ रेक्टर स्केलको भूकम्पमा जकार्ता र टोकियोमा मर्नसक्ने मानिसहरुको संभावित संख्या क्रमश: ११,००० र ९,००० मात्रै छ, जबकि ती शहरहरुको जनसंख्या काठमाण्डौंभन्दा धेरै गुना बढी छ।
Image Source: Click Here
अति नै समसामयिक लेखको लागि धन्यवाद, बसंतजी | काठमाडौँमा यस्तो चिन्ता गरेर बस्नेहरु कति होलान ? हामी कुनै पनि बखत घट्नसक्ने त्यस्तो दुर्घटना कुरेर बसेका जस्तो छौं | नेपाल इन्जिनियर्स एसोसिअशन र केही भूकम्पविदहरुले बर्षमा एकपल्ट यसो आवाज उठाए पनि कसैको ध्यान आकर्षण भएजस्तो लाग्दैन | पशुपतिनाथको कृपाले अनिष्ट नहोस भन्नु नै बेस होला |
ReplyDeleteमलाई काठ्माण्डौको गल्ली भित्र भित्र हिंड्दा त्यसैपनि दुईतिरका घरहरु ढल्छन् होला जस्तो लाग्थ्यो । त्यसै आतिन्थें म, अझ भूकम्प आयो भने के गति होला ? कल्पना गर्दै कहाली लाग्छ ।
ReplyDeleteसुरक्षाका उपाय प्वालहरु पनि बुच्याईएको काठ्माण्डौमा चैतन्यजीले जस्तै कामना गर्नु नै मात्र होला ।
तपाईंको यो लेख कान्तिपुरमा तत्कालै निस्कनु पर्ने ।
Thank you very much for this piece of information. Kathmandu certainly is under the threat of a big catastrophe- and for sure, the death toll will certainly be high!Let's hope the awareness in people flourishes that'd help the number of casualties mitigate to a certain extent.
ReplyDeleteबसन्त दाई, साह्रै सान्दर्भिक पोष्ट हो यो । हाइटीमा भएको मानव संहारले विश्वको कान ठाडो बनाइदिएको छ । भुकम्पसँग सामना गर्नका लागि विकसित देशहरु संवेदनशिल छन् तर दूर्भाग्य भन्नु पर्छ नेपाल यस्तो कार्यमा एक पाइला पनि चाल्न सकेको छैन् । कहिँ–कहिँ सचेतना कार्यक्रमहरु भए होलान् तर त्यो हात्तीको देखाउने दाँत मात्र हो र विदेशी डलर पचाउने राम्रो माध्यम ।
ReplyDeleteविचारा काठमाण्डौंबासीहरु संशकित बनिरहेका छन्, पत्येक पल । अव्यवस्थित र मापदण्ड नपुर्याइकन अपार्टमेन्टहरु बनाउने लहड चलेको छ । कुना–कन्दरा पनि खाली ठाउँ छैन्, भूकम्पबाट जोगिनाका लागि ! समय अझैपनि छ बेलैमा वैज्ञानिक ढंगले व्यवस्थापन गरिने हो भने सम्भावित घटनाहरुबाट बच्न सकिन्छ । सबैलाई चेतना भया !
एकदमै सान्दर्भिक कुरोको उठान भयो दाजु । साँच्चै मलाई त साह्रै डर लाग्छ पहिल्यै देखि यो काठमाण्डौँको वसाई । भुकम्पिय हिसावले यतिसाह्रो सम्वेदन्सिल ठाउँमा आवश्यक पुर्वतयारीको वारेमा कसैलाई केहि पनि चासो छैन । खै के गर्ने गर्ने??
ReplyDeleteसान्दर्भिक र आवश्यक विषय उठाउनुभयो सर। भूकम्पीय जोखिमका कुरा धेरै सुनेको र पढेको भए पनि काठमाण्डौं भूकम्प-सम्वेदनशील शहरहरुको सूचिको एक नम्बरमै पर्छ भन्ने थाहा पाउँदा आङै सिरिङ्ग भयो। तर खै हामीकहाँ यस्ता 'खुद्रा' विषयमा कति जनाले सोँच्लान् र गम्भीर भएर !
ReplyDeleteअति सान्दर्भिक टाँसो । हामी खतरा भन्दा टाढा छईन उँ
ReplyDeleteकिन हो वसन्त जी बाहिरबाट कपी गरेर कमेन्ट बक्समा पेष्ट हुन्न त
बसन्त दाइ, निकै नै सान्दर्भिक बिषयको उत्थान गर्नु भएकोछ । भनिन्छ नि, सफलता नै असफलताको कडी हो । हाइतीमा भुकम्पले जसरी दु:खद त्रासदी निम्त्यायो त्यस्तै हबिगत हाम्रो पनि हुनसक्छ । हाइतिमा भएका कमी कमजोरिबाट पाठ सिक्दै हाम्रो देशमा पनि आम नागरिकलाई चेतना जगाउने गरी आबश्यक कदम चाल्न तिर ध्यान दिए राम्रो हुनेथियो । तर के नै आश गर्न सकिन्छ र हाम्रो देश चलाऊनेहरुबाट ? मुख्यतय: जनतालाई कसरी बिपत्तिबाट जोगाउने भन्ने बदी चिन्ता उनिहरुले लिनु पर्ने हो । तर हाम्रो बिडम्बना नै मान्नुपर्छ उनिहरु आफ्नै कुर्सी बच्चाउन नै अहोरात्र खत्नु पर्छ । फुर्सद नै नभए पछी यस्ता दुरदुर्शी योजनाहरु कसरी सोच्न सकुन र !? हामीले सोचेर मात्र नहुने रहेछ । हाम्रै भाग्यले जे भोगाउछ त्यही भोग्न बिबस हुनु सिवाय अरु के नै गर्न सक्छौ र !?
ReplyDeleteआँफैबाट बुद्धी नपलाउनेले ईतिहासबाट सिक्नुपर्छ ।
ईतिहासबाट नसिक्नेहरुले बर्तमानबाट सिक्नुपर्छ ।
बर्तमान्बाट नसिक्नेले अरुबाट सिक्नुपर्छ ।
अरुबाट पनि नसिक्नेले आफ्नै टाउकोमा परेपछी सिक्नुपर्छ ।
आफ्नै टाउकोमा परिसक्दा पनि नसिक्ने हामी नेपाली कहिल्यै सिक्दैनौ जस्तो छ ।
कुनै प्रकोप झेल्नु नपरोस भन्ने मात्र कामना छ ।
हाइतीमा मृत्यु भएकाहरुको आत्माले शान्ती पावोस ।
घाइतेहरुको राम्रो उपचारको ब्यबस्था हवस ।
हाइतीको पुनर्निर्माणको द्रुतगतिमा अघी बदोस ।
बसन्त जी अति संवेदनसिल कुरा उठाउनु भयो। दीपक जी ले भने झैँ म पनि ति काठमान्डौका गल्लीहरुमा त्यसरी नै तर्सिने गर्थे । अब विश्वको १ नम्बरमा खतराको सुचिमा परेको सहरमा यस्ता भूकम्पले कतिबेला अवस्य भन्ने छैन ।
ReplyDeleteखाली छ कुर्सी उत्तम जीवन, छैन कुर्सी खत्तम जीवनको सिद्दान्त बोक्ने नेपाली राजनीतिको महायुद्धमा होमीएकाहरुलाई अरु कुराको के चिन्ता ?
दैबी शक्तिले दिएको यो पीडा भोगिरहेका हैटी बासीहरुमा चीर शान्ति र शिघ्र स्वास्थ्यलाभको कामना बाहेक अरु के नै गर्न सकिन्छ र?
अरु भन्दा नि नेपालको ईतिहास बोकेका धरोहरहरु धराशाहि हुनेछन् भुकम्पको चपेटामा परी ...ति दुर्लभ संरचनाको बारेमा कस्को ध्यान जान सकेको छ र खै ???
ReplyDeleteकुरा त एकदम मनासिव नै हो ।
ReplyDeleteखै, अब यस्तो कुरा बाजा बजाएर आउने त हैन तर पनि सावधानि अपनाउने हो भने, क्षति कम गर्न सकिन्थ्यो होला ।
हाइटि मा भएको विनास ले सबैलाई एकपटक झक्झक्याएको छ, पक्कै पनि सोच्ने बेला आएकोछ, अनि सम्भवत हाम्रो पालो पनि आउँदैछ ।
बसन्त जी, समस्या के हो हामि सबैलाई थाहा भएकै हो.. तर हामि झाकझकिदैनौ.. हाम्रो जस्तो देश मा मापदण्ड निर्धारण मा सरकार को भूमिका मुख्य हुन्छ.. बजार ले आफै सबै निर्धारण गर्छ भन्ने बिगत २० बर्सको सोच मा परिबर्तन हुनुपर्छ.. नत्र बजार ले कागज मा नियम पुर्याउदै ब्यबहार मा सस्तो को नाम मा कमसल बस्तु लाइ र प्रबिधि लाइ प्रोत्साहन गरेको छ अनुगमन गर्ने सबै निकाय बजार मा बिकिसकेका छन्
ReplyDeleteबसन्त जी,सबै भन्दा पहिल त धरै,धरै धन्यवाद तपाइलाई जो यती सम्वेदनसिल कुरा उठाउनु भयो!नेपालमा हुन सक्ने यो सम्वाब्य खतराको कल्पना गर्दा मात्रै पानी डर लागेर आउछ भने हाइटीमा यो पिडा भोगी रहेकोहरुलाई कस्तो भा होला यो सबै हामीले पढि रहेछौ,सुनिर्हेछौ!नेपालमा हुन सक्ने यो भुकम्पिय खतराको जिम्मेवर जानेर होस् वा आन्जानमा होस हामी सबै छौ!अज भनु पर्दा हाम्रा देश हाक्ने नेता भनाउदाहरु छन!तर यी सबै कुराहरु कुरा सिमित रहन्छन!नेपालको ईतिहास वोकेका धरोहरहरु धारासाही हुनेछन यो सोचेर ज्यादै दु:ख लाग्छ!पाथिभारा देवीको आसिरवाद ले कुनै आनिस्ट भोग्नु नपरोस!हाइटीमा मित्यु भएका आत्माले शान्ती पावोस र आरु सबैलाई सु-श्वासथको कामना गर्छु!
ReplyDeleteकाठमाडौंमा भुकम्प गए घर वा अरु भौतिक सम्रचनाहरुले पुरिएर मारिने को संख्या धेरै हुने कुरोमा केही संका नै छैन । Tibetan Plateu र South Asian tectonic प्लेट converge हुने ठांउमा रहेको नेपाल संधै भुकम्पको जोखिममा छ । तर मलाई सबै भन्दा लागेको डर भुकम्प भन्दा पनि त्यस पछी को effect को हो । स्मरण रहोस Haiti मा ठुला-ठुला पानी जहाज सहयोगका लागि जान सक्छन, तर काठमाडौं को मात्र एक एअरपोर्ट पनि क्षतीग्रस्त भए सडक मार्ग बाट बिदेशी सहयोग आउन असम्भव नै छ ।
ReplyDeleteसंयोगबस मेरो ब्याचलर लेवेल को पढाई को थेसिस भुकम्पमा नै थियो, मैले भुकम्पको बारे बनेपाबासी कती जानकार छन र कती तयार छन भनेर research गरेको थिएं । तयार त त्यस्तै हो, जानकार भने सबै जसो रहेछन । अनी भुकम्प आए के गर्ने भन्दा सबै जसो को उत्तर हाम्रै सरकारको चाला जस्तो "आयो भने देखा जाला" type को थियो । यती कुराले नै प्रष्ट हुन्छ कि, किन उती नै रेक्टर स्केल को भुकम्पले जापानमा थोरै मर्छन तर अरु विकासशिल देशमा धेरै मर्छन भनेर ।
-Prajwol-
बसन्त जी ! फिलिम मा झैँ देखिने ति तस्विर हरु हेर्दा मेरो त आङ्ग नै सिरिंग भो ! अनि अब पालो त नेपाल ( काठमाण्डौ ) को नै रहेछ !
ReplyDeleteआशा गरौ सायदै यस्तो दृश्य देख्नु नपरोस !
ma ta antim mai po parechu dai ko yo ekha padne maa. sarhai ramro samay sandarvik katha tara hami pani khasai tadha chainau ktm ko basai samjhane ho bhane pakkai pani ehi kaapna garna sakchhau.prakriti sanga kasaiko jor chadaina rahechha samay paapi ho yaa manis ko aparbahi tara pani hami manis e bhognai parchha bhagawan sanga prarthana garau bhabisyamaa hamro desh ko yo drisya dekhna naparos
ReplyDeleteविचारपूर्ण प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteराज्य र राजनीतिले यस्तो कुरामा चाँडै चिन्ता लिने छाँट छैन। आफैं सचेत हुने र आफ्नो तर्फबाट सचेतना फैलाउने काम भने हामीले सकेसम्म गरौं।