मेरो एक वर्ष पहिलाको टाँसो नेपाली भाषाबारे केहि कुरा लाई फेसबुकमा नोटको रुपमा पनि राखेको छु मैले ( http://www.facebook.com/note.php?note_id=60028820333 )। त्यहाँको छलफलमा भाषाको सरलीकरण, मानकीकरण आदिका बारेमा आफ्ना प्रष्ट धारणाहरु दिने क्रममा साथी बिश्व पौडेलले "----भाषाको दीर्घजीवनको लागी यसको सरलीकरण खतरा नभै सहायक हो बरु चिन्तन रहित , हल्काफुल्का रचनाहरु र तिनका रचनाकारहरु (अझ मुख्य गरेर नेपालका नारावादी लेखकहरु जसले समाजको निरपेक्ष चित्रण गर्नु भन्दा दुराग्रही र गलत चित्रण गर्छन् ) खतरा हुन भन्दै कुनै दिन 'वार एंड पिस' जस्ता रचना नेपालीमै लेखियोस भन्ने---" कामना गर्नुभएको छ। त्यहि छलफलको अर्को एक ठाऊँमा उहाँले "--मैले नेपाली भाषाको अधोगती कहाँ पाएको छु भन्दा नयाँ रचनाहरुमा। किताबहरु छोटा र निरस छन। बसेर मेहनत गरेर, वर्षौ समय लगाएर लेखिएको किताब , माधवी जस्तो, पाइन्न।--" भनेर सबैलाई झक्झक्याउने, मननीय र अति सान्दर्भिक विचार पनि राख्नुभएको छ। उहाँको कुरा सुनेपछि आफूले धेरै वर्ष पहिला एक पटक पढेको, मदनमणी दिक्षितज्यूको अमर कृति "माधवी" को बारेमा ब्लगमा केहि कुरा लेख्न मन लाग्यो। सम्झाइदिनुभएकोमा बिश्वजीलाई धन्यबाद!
आजभन्दा तीन हजार वर्ष पहिलाको उत्तर भारतीय समाजका घटनाक्रमहरुलाई आधार बनाएर लेखिएको उपन्यास "माधवी" ले वि. सं. २०३९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।
'माधवी' संगको मेरो सानो ब्यक्तिगत 'चिनजान' बारे कुरा गर्नुभन्दा पहिला टोल्स्टोयको 'वार एण्ड पिस' को कुरा। यो किताब मैले अझै पढेको छैन। पढ्छु (र आफैसंग राख्छु) भनेर किनेपछि त्यसको भिमकाय आकार देखेर (र किताबको महत्वका कारण अलिक गम्भिरताका साथ पढ्नुपर्ला भन्ने सोचेर) कुनै लामो बिदा कुर्न थालें। किताब (अंग्रेजी अनुवाद) किनेको १६ वर्ष भयो होला, त्यो 'लामो बिदा' भने अझै जुरेको छैन:) टोल्सटोयकै अर्को अमर कृति 'आन्ना कारेनिना' भने कलेज जीवनको कुनै बिदामा एकचोटि पढेको थिएँ।
'माधवी' मैले वि. सं. २०५५ मा पढेको रहेछु। मलाई त्यो किताब पढ्दाको मेरो तन्मयताको अझै सम्झना छ, मेरो त्यस्तो तन्मयता अरु कमै किताबमा मात्र दोहोरिएको छ।
वैदिक कालका घटनाक्रमहरु र दर्शनको विषयमा जानकारी हुनेका लागि 'माधवी' बुझ्न अरुलाई भन्दा सहज हुने कुरामा कुनै सन्देह छैन। साहित्यका सबै पाठकहरुमा यस्तो जानकारी हुन्छ भन्ने चाहिँ छैन, यथार्थमा ज्यादै कममा मात्रै हुन्छ। तर 'माधवी' मेरो विचारमा सबैले पढ्नसक्ने र पढ्नैपर्ने कृति हो। वैदिक घटनाक्रमहरु र त्यो युगको दर्शनलाई दिक्षितज्यूले कत्तिको न्याय गर्नुभएको छ, त्यो अरु विज्ञ विद्वानहरुको चर्चा र समालोचनाको विषय हुनसक्छ तर एउटा आम पाठकले पनि यसमा वर्णित घटनाक्रमहरुको कथात्मकता, पात्रहरु र घटनाहरुको अन्तर्सम्बन्धले जन्माउने कौतूहलता र सबैभन्दा बढी त दिक्षितज्यूको कुशल शब्दशिल्पको आनन्द लिएर यो उपन्यास पढ्न सक्छ। वैदिक विषयमा कुनै ज्ञान नभएको मजस्तो स्वाँठको अनुभव यहि हो। मैले यसलाई अरु काल्पनिक उपन्यासजस्तै गरी पढेको हुँ। मजस्तो साधारण पाठकका लागि यो भन्दा अरु बाटो पनि छैन।
आजभन्दा डेढ-दुई वर्ष पहिला कुनै साहित्यिक पत्रिका ('अभिब्यक्ति' वा 'रचना' मध्ये एउटा हो जस्तो लाग्छ) मा मदनमणि दिक्षितज्यू स्वयंले लेख्नुभएको 'माधवी' सम्बन्धी एउटा चर्चा पढेको थिएँ। त्यसमा उहाँले 'माधवी' माथि उहाँले आशा गरेभन्दा ज्यादै कम चर्चा, समालोचना आदि भए भनेर लेख्नुभएको छ। किन यस्तो भएको होला? नेपालमा गम्भिर साहित्यिक कृतिहरु पढ्ने, चर्चा गर्ने काम कम भएको हो कि? अथवा दिक्षितज्यूको विद्वतासंग दाँजिन सक्ने समालोचकहरु हुँदै नभएका हुन् कि? कारण जे र जति भएपनि हाम्रो भाषा र साहित्यको लागि त्यो राम्रो लक्षण भने होईन।
'माधवी' पढ्दाताकाका दिनहरुमा पढ्ने कुरामा थोर-बहुत जाँगर चलाएपनि लेख्ने कुरामा भने म महाअल्छी थिएँ। 'माधवी' पढेपछि त्यसबारेमा भने केहि हरफहरु लेखेको रहेछु। मेरो गञ्जागोल मनस्थिति झल्काउने हस्ताक्षरमै पढ्नुहोस् पहिला:)
केरमेट रहित गर्न सकेको भए यस्तो हुन्थ्यो होला:)
"माधवी"
मदनमणि दिक्षितद्वारा रचित "माधवी" दुइ दिन लगाएर पढें। उत्तरवैदिक कालीन कथामा आधारित यो उपन्यास रोचक छ।
समीक्षा, आलोचना केहि गर्ने मन छैन मेरो यतिखेर। त्यतिखेरको जीवनचर्याका घटनाहरु धेरैजसो मेरो मनले स्विकार गर्न सक्ने पनि भएन।
"माधवी" भन्ने नारीप्रति भने म मा ज्यादै करुणा छ। एउटी नारीले आफूलाई घोडाको निम्ति साट्नुपर्ने बाध्यताको त्यो युगलाई धिक्कार छ।
म गालबलाई स्वयंवरमा उसले माधवीलाई लज्जित पारेको घटनालाई लिएर घृणा गर्छु। आफूप्रति त्यति धेरै त्याग गरेकी र त्यति धेरै ममतामयी नारीप्रति उसले अत्यन्तै अनादर गरेको हो। अत्याचारप्रति माधवीको विद्रोह शायद त्यै वनगमन होला।
र दार्शनिक पक्ष, माधवीमा त्यो युगको दर्शनका ब्याख्याहरु छन् ठाऊँ-ठाऊँमा। तर दार्शनिकतालाई कलात्मकताले जितेको हुनाले उपन्यास निरस हुनबाट जोगिएको छ।
जे होस् , उपन्यास हाम्रो नेपाली साहित्यको एउटा अमूल्य निधिनै बनेको छ।
२०५५/६/२८
(रात्री १०:०० बजे
घर)
यो टाँसो लेख्ने क्रममा आफ्नो पूरानो टिप्पणी पढ्दा मलाई आफ्नो चिन्तनशैलीमा आएको परीवर्तन र आफ्नो फेरिएको मनोदशाको प्रष्ट अनुभूति पनि भयो। यतिखेर आएर मैले पहिलोपटक 'माधवी' पढेको भए माथि लेखिइने कुराहरु अवश्यपनि केहि फरक हुने थिए होलान्।
फेरि एकपटक माधवी पढ्छु र पहिलाभन्दा बढी समय लगाएर पढ्छु, यो निश्चय गरेको छु मनमा।

भाषा साहित्यमा - तापाइलाइ माहा अल्छी को व्यक्तित्व भित्र पार्न सकिएन, यदि यसरि कुनै पनि कृति अध्यन गरि सकेपछी आफ्नो डायरीमा कमेन्ट गर्न भ्याउने लाइ 'माहा अल्छी' को दर्जा दिने हो भने - हामि कमेन्ट त कता हो कता, पढ्न पनि पछी हट्ने लाइ कुन दर्जा दिने नि - दिलीप जी !
ReplyDeleteसरि है ! बसन्त जी - नाम अर्कै पर्न गएको मा !
ReplyDeleteसच्याई पाउ - 'दिलिप जी ' को ठाउमा 'बसन्त जी' हुनु पर्ने हो !
पुलामीजीको विचारसँग म पनि सहमत। 'माधवी' लाई मैले पनि पढ्नुपर्ने किताबको सूचिमा राखेको धेरै भैसक्यो तर पढ्ने मेसो अझै मिलेको छैन। अनि चिन्तनशैली र मनोदशाको जुन कुरा गर्नुभयो, त्यो साह्रै चित्त बुझ्यो। कुनै समयमा चित्त नबुझी-नबुझी निकै अल्छीलाग्दो तरिकाले पढेका 'शिरिषको फूल' जस्ता कृति फेरि मज्जाले स्वाद लिएर पढ्ने रहर छ मेरो पनि। तर पूरा हुने चैँ कहिले हो खै :(
ReplyDelete'माधवी' मैले स्कूलमा छँदै पढेको थिएँ । जहाँसम्म उपन्यासको आनन्द लिनेकुरा छ त्यो चैं भने मैले पनि पक्कै अरु उपन्यास जस्तै मानेर पढें होला । मलाई त अहिले 'माधवी' भित्रका घटनाक्रमहरु राम्ररी याद समेत छैन तर पढेर मनपराएको कृति मध्ये यौटा 'माधवी' हो भलै मैले तपाईंले जसरी पढिसकेर टिप्पणी लेखेको थिईनं ।
ReplyDeleteयो किताब भने धेरै चोटी पढन चाहेको बेलामा नपाएको र पाएको बेलामा पढन नभ्याएको किताब हो मेरो लागि ।
ReplyDeleteयो टाँसो पढेपछि भने अब जसरी भए पनि खोजेर पढ्ने बिचार आएको छ । धन्यवाद !
hmm "madhabi" is really a good book to read. I have read it two times.Once when i was in grade 8 and and next time may be 6 months ago.i really enjoyed a lot but my understanding was different.It was only a love story of galab and madhabi when i read it at the age of 13 now i found it very differnt.i found many "isms" there. Anyway basanta je ko 'madhabi ko kura ' le ekchhin bhaye pani madhabi lai feri samjhe .
ReplyDeleteमाधवी म पनि पढ्छु दाजु अव । तपाईँको कुरोले साह्रै लोभ्यायो । यसका चर्चाहरू त धेरै सुनेको हो पहिल्यै देखि । तर किन पढिन भन्ने प्रश्नको उत्तर दिन खोज्यो भने अल्छेका वाहना जस्तो मात्र होला । जीवनमा साह्रै काम लाग्ने पुस्तक हो भनेर अमर गिरी सरले नि एकपटक भन्नुभएको थियो मलाई । सवैजना पढौँ एकपल्ट अनि मज्जाले गहिरिएर छलफल गर्न पो मन लाग्यो मलाई त!!
ReplyDeleteo ho nikaiii ramro po post raicha any way thanks basanta dai
ReplyDelete१० कक्षा' बेलाँ' बिदामा बस्दा पढ्या' थिएँ। केही बुझियो, धेरै जसो नबुझेरै 'स्कीप' गरेर गरियो, सायद। तर घटनाक्रमको रोचकता, पुस्तकको स्तरीयताले गर्दा अन्त्यसम्मै पढियो।
ReplyDeleteमलाई पनि नेपाली साहित्यमा सर्बाधिक प्रभाव पारेका धेरै कम कृतिमध्ये एक हो यो।
पोहोर नेपाल गा' बेलाँ' फेरि पढम्ला भनेर बोकेर आइया'थ्यो जस्ता' तस्तै र्याकभित्र थन्किरा'छ। समय मिलाएर फेरि पढ्ने नै छु, अवश्यमेव!
वसन्तजीलाई धन्यबाद छ, यो लेखबाट फेरि त्यो स्मृतिलाई घच्घच्याइदिनुभो।
उही, बसन्तजीले घृणा गरेको (ref. picture attached in this article) तर मैले चाहिं ठुलो अभियान सफल पार्न सके पनि सानो कुनामा कमजोर मन बोकेको पात्रको नाम चोरेको :)
गालब
FYI
http://www.majheri.com/node/2115
माधवी पढेको छैन, पढ्न मन लाग्यो | "वार एण्ड पिस" को ठ्याक्कै उही हालत रहेछ तपाइंको र मेरो | पर्खिबसेको छ घरको दराजमा |
ReplyDeleteमलाई पनि मिठा लागे माधवी का कुरा । ज्ञान नभएको र नपढेको पुस्तकको बारेमा चर्चा गरेर पढने उत्सुकता जगाइदिनु भएकोमा धन्यवाद बसन्त जी ।
ReplyDeleteयसरी कुनै पनि रचना पढ़िसके पछि डायरीमा मनमा लागेका कुराहरु लेख्ने तपाइको पहिलेदेखि त्यो स्वभावले नै प्रभावित बनायो । माधवीका कुरा पनि उत्तिकै मन परे .. मेरो सन्दर्भमा कुरा गर्दा चाहि धेरै बर्ष अगाडी किनेर पनि तपाइकोमा थन्किनु परेको "वार एण्ड पिस"को हालत मेरा लागि माधवी बनेको थियो .. अर्थात बीच बिचमा कतै कतै पढेर ल सकें भनेर त्यतिकै छाडियो, अहिले फेरी मौका मिलाएर पढ्ने रहर लागेको छ .. बरु मौका पो कसरि मिलाउने ।
ReplyDeleteधेरै पहिलेदेखी पढ्न रहर लागेको पुस्तक "माधबी" । दाजुको यो पोस्टले अब खोजी खोजी पढ्ने जांगर चलायो ।
ReplyDeleteSankrati kee anek shubhkamnayen!
ReplyDeleteसबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteबेदनाथजी, यस्तो टिपोट गर्ने बानीनै भने छैन मेरो। त्यो बेलामा भने दुई-तीन टिपोट कोरेको रहेछु। पढेको किताबको विषयमा थोरैनै भएपनि लेखेर राख्ने सके पछिलाई पनि धेरै काम लाग्ने भने हो रहेछ।
पन्थीजी, शिरिषको फूलसंग मेरो पनि यस्तै अनुभव छ। ६-७ कक्षातिर पढ्दै हात परेकोले पढ्ने कोशिश गरेको थिएं, केहि पनि बुझेको थिईन। केहि वर्षपछि पढ्दा साह्रै मन परेको थियो। गहन साहित्यिक कृतिहरुले पाठकमा अलिकति गम्भिरता र परिपक्वताको माग गर्दा रहेछन्।
'माधवी' पनि पढ्नुहोला र अनुभव लेख्नुहोला।
जडितजी र मेरो अनुभव उस्तै रहेछ।
'माधवी' पढेपछि दिलिप दाइबाट एउटा दह्रो टाँसो जानेछ भन्ने कुरामा पनि ढुक्क छु।
अर्चनाजी, तपाईँको अनुभवले मलाई 'माधवी' फेरि पढ्न अझै झक्झक्यायो। कथावस्तु र मदनमणिज्यूको शब्दशिल्पले सजिएको भाषिक बहाव यति मोहकारी छ कि पहिलो पटकको पढाईमा दार्शनिक/बौद्धिक कुराहरुमा मन जानै सक्दैन, कथालेनै मन बाँधेर राख्छ।
अशेष भाइको विचार पनि पढ्न पाईने आशा छ।
गालबजी, मैले माथि पनि भनिहालें, एक पटकको पढाइबाटै बुझ्न असम्भव छ भनेर, त्यसकारण मेरो बुझाई एकदम सीमित छ। दोश्रो पटक पढेपछि केहि बुझिएला।
तर कुरो जेसुकै भएपनि कुनै कथित ठूलै अभियानका लागि गालबले माधवीको 'बली' दिएको भएपनि त्यसलाई म कहिल्यै न्यायसंगत ठहराउने छैन। बाँकी कुरा फेरि पढेपछि गरौंला।
चैतन्यजीको अनुभव पनि चाँडै पढ्न पाईयोस्!
प्रल्हाद भाइ, सिकारुजी, कृष्णजी र गोकुल भाइको अनुभव पनि चाँडै पढ्न पाउने आशा छ।
क्षमाजी, यहाँलाई पनि संक्रान्तिको शुभकामना! ढिला भएकोमा क्षमाप्रार्थी छु।
Thanks for quoting me here, Basanta Jee. I didn't know my small casual note meant something to you!
ReplyDeleteI include an edited passage from a recent note I wrote to an author after reading his recently published book. It refers to the value of writing a good Nepali language, and whether this language was imposed from top.
---------------
Nepali became a dominant language at the end of Chandra Shamsher, and nationalism based on anti-Indianism actually started during Juddha Shamsher era,which is in contrast to common reference to Mahendra as the originator of such policy. Dharma Ratna Yami , in one of his books published in 2014, claims that Juddha was close to kicking Marwaris out of Nepal. Sirdar Bhim Bahadur Pandey in his Tyas Bakhatko Nepal too praises Juddha. Such praises from both of these democrats is strange, given that Juddha hanged/killed their comrades, the four venerable martyrs, in 1997. But going back to Juddha, he certainly was interested in providing glory to Nepali language. Until Chandra Shamsher came, Nepali language was not a dominat language at all, and even in Rana palaces, Urdu/English drama were shown. Sama in his biographical, Mero Kabitako Aradhana, credits Moti Ram Bhatta for making us (including young Rana princes) realise that good literature can be created in Nepali language too, but Sama's own, Mutuko Byatha, also undid some of the doubts sorrounding the ability of Nepali language to stand on its own as the language that can be a medium to create a great literature. The standardization of Nepali grammer with the publication of Somnath Sigdel's Madhyachandrika, the grant of 60 thousand rupees to translate foreign book into Nepali by Juddha, etc were watershed moments in establishing Nepali as a dominant language. Otherwise, Rulers starting from Bhimsen Thapa upto Chandra Shamsher ignored Prithvi Narayan Shah's suggestions in Divyopadesh that foreign musicians/actors shouldn't be brought to Nepal and Nepali rulers should rather watch Newar dances. Nepali language was never respected, and ethnic leaders today, when they talk of imposition of one language, fail to adequately credit brave literateurs like Sama, Devkota in the way they established Nepali language that could stand on its own, have its own literature. It was not the Gurkhali state that imposed the language on the rest, it was the tireless efforts of some individuals who despite the govt's adverse policy created beautiful works of literature to establish it as a language of dominance in the mountains.
In this context,it is natural to see passion in the way early writers such as Bal Krishna Sama or Lekhnath wrote their literary works. They were afterall in a mission, started mainly by Motiram Bhatta, to prove that Nepali can be a language in which great verses, proses and dramas can be written. Our generation, which is fed with the artificial dialogues in Nepali movies that looks like a straight translation of Hindi flicks dialogues, needs to realise that the acceptance of Nepali as the language of art is still in its infancy, and there are enough people in Nepal itself who see it as an inadequate language to create works of arts such as movies.
Nepali language is still in its infancy, and when we write books, we must therefore strive to make the best out of our efforts. We need more Basain, More Brahmaputrako Chheuchhau, More Mero Kabitako Aradhana, More Madhavi--and simultaneously, we need more essays, dramas, and movies in Nepali language. We sorely lack deep philosophy in our works, there is often no zeitgeist in our writing, and it is not because our country has passed through eventlessness. It is in the contrary.
Biswo Poudel
धन्यबाद बिश्वजी! फेरि एकपटक तपाईँका प्रष्ट विचारहरु पढ्न पाऊँदा खुशी लाग्यो। भविष्यमा पनि यो ब्लगमा तपाईँका प्रतिकृयाहरु पढ्न पाउने आशा छ।
ReplyDelete