December 31, 2008

नयाँ वर्ष २००९ को हार्दिक मंगलमय शुभकामना!!!!

यहाँहरु सबैमा नयाँ वर्ष २००९को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!

यही मेसोमा एउटा पुरानो एउटा टुक्रा (कविता?) राख्न चाहन्छु। नेपाली नयाँ वर्ष २०६४ ताका साझाको चौतारीमा गफ्फिँदा-गफ्फिँदै जन्मेको थियो यो टुक्रो। त्यहाँबाट सोझै यतै आऊँदैछ।
--------------------------------------------------------------------------------

                        "नयाँ वर्ष"

        भोलि फेरि-
        आफ्नो आलस्यको दोष
        मिले अरु कसैमाथि र नमिले
        'भाग्य' माथि थोपर्नु छ,
        पोहर गरेर जानी-जानी बिर्सिएका वाचाहरुको
        नवीकरण गर्नु छ
        (हुनत पोहर पनि परारकै नवीकरण थियो!),
        अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि
        अपरिचित सयौं मान्छेहरुलाई-
        उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि
        बाँकी रहेको समयमा हतार-हतार,
        नयाँ हुने दाउमा-
        एक अंक मात्रै हेरफेर गरेर जिन्दगीका पानाहरुमा
        पूरानै समीकरण भर्नु छ।

---------------------------------------------------

15 comments:

  1. बशन्त जी नमस्कार,
    नयाँ बर्ष २००९ को अबसरमा यहाँ को उतरोत्तर
    प्रगती को लागि शुभकामना। यहाँलाई अशुभ र
    अशान्ती कैले पनि नहोस्। मनका भावनाहरु
    पुराहोस्। अन्त्यमा सबै ब्लगर मित्रहरु प्रती
    २००९ को मंगलमय कामना।

    ReplyDelete
  2. Basantajee happy new year. Hope this new year may bring more change for good. Above all will bring more understanding to cope so-called unhappiness and adverse moments.

    ReplyDelete
  3. हाम्रा तर्फबाट नि शुभकामना बसन्तजी तपाईलाई। तपाईको हरेक पल फलोस्, फूलोस्, रहराओस् अनि मग्‌मगाओस सुगन्ध फैलाएर।

    ReplyDelete
  4. धेरै धेरै कामना वसन्तजी, तपाईंले भने जस्तै पुरापुर त नहोस् । केही नयाँ रङ्-रोगन अवश्य देखियोस् यात्रामा ।

    ReplyDelete
  5. खै कसरी हो साझामा यो कविता मैले भने पढेको रहेनछु। जे होस मलाई त यो पनि रोचक र नया नै भयो।
    नव बर्ष २००९ को शुभकामना सहित ।

    दिलीप आचार्य

    ReplyDelete
  6. Very well said :)

    Happy New Year to you and all your readers.

    ReplyDelete
  7. शुभकामना नयाँ वर्षको ।

    ReplyDelete
  8. Excellent! It’s really quit.
    I wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us.
    अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि
    अपरिचित सयौं मान्छेहरुलाई-
    उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि ..
    oh...hoo

    ReplyDelete
  9. Happy New Year 2009!

    ReplyDelete
  10. Basanta Jee,
    उतरोत्तर प्रगती को लागि शुभकामना नयाँ वर्षको 2009 ।

    ReplyDelete
  11. एक अंक मात्रै हेरफेर गरेर Blog Ka पानाहरुमा
    पूरानै समीकरण भर्नु छ।
    Happy new year 2009.

    ReplyDelete
  12. Let the world be heaven
    No hell
    No criminal
    No jail
    Joy and Peace
    No fear
    May dream come true
    HAPPY NEW YEAR

    ReplyDelete
  13. Happy New Year to you and your family

    ReplyDelete
  14. कति राम्रो कविता !! ढिलै भएपनि नयाँ वर्षको धेरै धेरै शुभकामना !!

    ReplyDelete
  15. सबैलाई धन्यबाद र फेरि एकपटक शुभकामना खुशी, सुख, सफलता र समृद्धिको!

    ReplyDelete