December 22, 2008

'हिमाल' माथिको माओवादी आक्रमण-मूर्दाबाट!!!!!!!!


स्वतन्त्र प्रेसमाथिको माओवादी ज्यादती-मुर्दाबाद!!!!!


लोकतन्त्रमा विरोधी विचारको अस्तित्वलाई सहर्ष स्वीकार गरिन्छ। लोकतन्त्रमा 'लडाईँ' विचार, तथ्य र तर्कहरुका आधारमा लडिन्छ। कुनै विचार, तथ्य वा तर्क आफूलाई चित्त बुझ्दैन भने प्रतिकार पनि त्यहि ढंगले गरिन्छ। तर यो लोकतन्त्रको यो मूल्य-मान्यता माओवादीहरुको हकमा भने लागू नहुने जस्तो छ।

हिजो माओवादीहरुको एउटा जत्थाले हिमाल-मिडियाको कार्यालयमा भीषण आक्रमण ग-यो, यसबारेमा तपाईँहरु सबैले पढिसक्नुभएको छ। प्रकाशक, कर्मचारी र संवाददाताहरुसहित धेरै घाईते भए र धेरै भौतिक क्षति भयो।

नेपाल केहि वर्ष यता 'गधालाई गाई' बनाउने प्रयोग गरिरहेको छ र जति दिन बित्दैछ उति यो प्रयोग असफल हुने झन-झन निश्चित हुँदैछ। माओवादीहरु झन-झन अराजक, उद्दण्ड र अपराधी हुँदै गईरहेका छन्। नेपाली समाजको सहनशीलता र क्षमाशीलतालाई उनीहरु कमजोरी ठानिरहेछन् र आफ्नो अधिनायकबादी ब्यबहारलाई अझै बढाऊँदै लगिरहेका छन। उता उनीहरुको नेतृत्व भने 'माओवादी' नामधारी जसले जे गरेपनि बचाउ गर्न, अझ उक्साउन र देशलाई अझ अराजक बनाउन माहिर छ। अतिनै विरोध आयो भने माओवादी संलग्ननै छैन र उसलाई बदनाम गराउने सुनियोजित षडयन्त्र हो भन्दिने, अझ विरोध आए 'माफी' माग्दै संलग्नलाई पार्टी आफैंले कारवाही गर्छ भन्दिने र ती कथित कार्यकर्ताहरुलाई सुरक्षाका साथ 'फरार' गराउने काममा संसारमै सबैभन्दा निपुण भईसकेको छ माओवादी।

माओवादी देशमा विद्यमान विकराल गरीबि र विगतका शाशकहरुको अकर्मण्यताको कारण जनतामा उत्पन्न आक्रोशलाई भजाउँदै उदाएको हो तर उसको चिन्तन र ब्यबहारको आधार अधिनायकवादी चिन्तननै हो। दोश्रो जनआन्दोलन, शान्ति-सम्झौता र संविधानसभा चुनाव हुँदै यहाँसम्म आईपुग्दा, हामी धेरैले आशा गरेका थियौं कि उ एउटा जिम्मेवार लोकतान्त्रिक शक्तिमा रुपान्तरण हुनेछ। तर हाम्रो आशा निराशामा बदलिएको छ। अझ यतिखेर त उ सरकारको नेतृत्व गरिरहेको र देशको सबैभन्दा ठूलो दल हो, उसमा अरुभन्दा बढी गम्भिरताको खाँचो छ यतिखेर। तर यस्तो गम्भिरता माओवादीमा खोज्नु, 'चोरलाई भण्डारे बनाएपछि चोरी आफैं रोकिन्छ' भनेर सोच्नु हाम्रो मृगतृष्णा रहेछ। यता प्रचण्ड लगायतका माओवादी 'नेता'हरु गाँजा-भाङमा लठ्ठिएझैं दिनमै नौथरी मनपरी बोल्दै हिँड्छन् र उता उनीहरुका 'वानर सेना' देश अशान्त पार्दै हिँडछन्।

कुनैपनि देशमा जबसम्म बलिया स्वतन्त्र संचारमाध्यमहरुको अस्तित्व रहिरहन्छ तबसम्म अधिनायकवादले जरा गाड्न पाऊँदैन। जसले जे भनेर जति जस लिन खोजेपनि (बोल्नबाट कसलाई कसले रोक्न सक्छ र!) पूर्वराजा ज्ञानेन्द्रको शाशकीय महत्वाकांक्षालाई धूलो चटाउने आधारभूमि तयार पारेको देशको स्वतन्त्र संचारमाध्यमलेनै हो। यसैले अधिनायकवादीहरु स्वतन्त्र संचारमाध्यमसंग असाध्यै डराऊँछन् र हरदम यसमाथि आक्रमण गर्ने र यसलाई सिध्याउने निहुँ खोजिरहन्छन्। समयक्रमले के देखाएको छ भने माओवादीहरुको अधिनायकवादी आकांक्षा ज्यूँ का त्यूँ छ र यसैले उनीहरु यो वा त्यो बहानामा नेपालको स्वतन्त्र संचारमाध्यममाथि खनिएका छन्।

यो निन्दनीय कार्यको जति कडा शब्दमा भर्त्सना गरेपनि कम हुन्छ। माओवादी ज्यादती-मुर्दाबाद! 'हिमाल' माथिको आक्रमण पूरै नेपालमाथिको आक्रमण हो।

र अर्को मुर्दाबाद! महन्थ ठाकुरका नाममा। नेपाल आमाको छातीमा यथेष्ट 'हाली-मुहाली' गर्ने अवसर पाएका महन्थ ठाकुर किन यति विघ्न कृतघ्न हुँदै गएका हुन् कुन्नि! कथित 'मधेशवादी' नेताहरुमध्ये धेरै 'धम्की'को राजनीति गरिरहेछन् र उनीहरु धम्कीकै भरमा आफूले चाहेजस्तो गरी अगाडि बढौंला भन्ने दिवास्वप्न देखिरहेछन्। महन्थ ठाकुरपनि त्यस्तै दिवास्वप्नमा बर्बराईरहेका हुन्!

मलाई महन्थ ठाकुरको यो धम्की माओवादीहरुको ज्यादतीको सामुन्ने केहि पनि लाग्दैन। जबसम्म माओवादी देशलाई झन-झन अराजकतातिर धकेलिरहन्छ तबसम्म यस्ता 'महन्थ ठाकुर'हरुले मुख बाउने अवसर पाइरहनेछन्। तराईका वास्तविक समस्याहरु समाधान गर्ने, कथित 'एक मधेश-एक प्रदेश' किन घोर गलत छ भन्ने कुरामा तराईका जनताहरुलाई सूसूचित गर्ने र तराईको अपराध-जञ्जाललाई निमिट्यान्न पार्ने कामलाई समानान्तर रुपमा लाने हो भने 'महन्थ ठाकुर' हरुका मुख बन्द हुन खासै समय लाग्दैन।

देशको सबैभन्दा ठूलो समस्या माओवादी र उसले खडा गरेको अराजकता हो। बिडम्बना, उ नै सरकारको नेतृत्वमा छ।


7 comments:

  1. I had said it before, and I still believe it. The bureaucrats (or nationally accepted independent Nagarik Samaaj leaders) should have been asked to run the country (without power to advance any significant national issues like treaties), while these 601 "people representative" do the job that they were elected to do: draft a constitution as early as possible.

    As soon as there is government or power sharing issues, these politicians turn pathetic. So, ideal scenario would have been an independent government with power just to oversee normal procedures, while these 601 draft the constitution as soon as possible to get over this period of uncertainty.

    A country is no-country if there is no rule of law. It’s absurd that sister organizations of the ruling party is exercising terrorism……..that’s never heard of before…WTF?????

    ReplyDelete
  2. यि बेईमानहरु हुन, यीनका कुनै नीति छैनन् । हत्या, हींसा यिनका एकमात्र उद्देश्य र नीति हुन । यिनको बारेमा बोल्दा पनि मान्छे थाक्छन, तर यिनिहरु झुठो बोलेर र बेईमानी गरेर थाक्दैनन।

    जनघाति माओबादि मुर्दाबाद् ।

    फुर्सद भएमा तलका लिन्कहरु पनि हेर्नु होला:

    चोरको हातको साँचो र ईमान भएको चोर

    दुई थरी समाचार--उद्दण्ड माओबादी, लाचार सरकार

    ReplyDelete
  3. माओवादीहरुले आफ्नो निक्म्मापन र लाचारीलाई उदाङ्गो पारी राखेको हुन्छ ।

    ReplyDelete
  4. माओबादिलाई राष्ट्रीय मूलधारमा ल्याउने प्रयोग असफल नै भएको देखीयो ।
    हुन पनि माओबादिको शर्तमा हैन प्रजातन्त्रबादिको शर्तमा यिनलाई मूलदारमा ल्याउनु पर्थ्यो, त्यो पनि गर्न सकेनन हाम्रा तात्कालिन सात-दलका विद्वान नेताहरुले ।

    महन्थ ठाकुर जस्ता दलालको आँट बढनुमा पनि म त माओबादि र अन्य दलका नालायक नेताहरुको नालायकिपन नै देख्‍छु ।

    माओबादिले देशमा दण्डहिनताको स्थिति बनाए भने पुराना र 'दिग्गज' मानिएका कोइराला र माकुने जस्ता विबेकहिन नेताले पनि तिनको काँध चडेर मोज गर्न पाईने लोभले माओबादिका अक्षम्य अपराधहरुलाई 'नजरअन्दाज' गर्दै बसे।

    मुर्दाबाद त मुर्दाबादै हो ।

    तर कहिले सम्म 'मुर्दाबाद' गर्दै बस्ने !!!!

    ReplyDelete
  5. यो रबैया त तपाई हामी लाइ - हत्या गर्ने उद्देश्य हो !
    मुर्दाबाद ! भनेर कुर्लिनै पर्छ नि
    बिरोधका धेरै आवाजहरु मध्ये मेरो पनि एउटा सानो आवाज थप्दछु, यस्तो मावोबादको नितिको बिरुद्ध मा -
    "मुर्दाबाद "
    त्यसैले त म सवाल उठाउछु त मेरो -आखाको
    र भन्दछू
    xxxxxxxxxxxxx
    पकाउने एउटा पस्कने अर्कोघिच्ने हाडिघोप्टे वनायो ।
    XXXXXXXXXXXXXXXXXXXXXXXXXXXXX
    सप्ता र पदको लोभमा

    स्वतन्त्रता र सार्वभौम तथा समानताका
    उद्देश प्राप्ति पनी फ्याक्ने भए ।
    xxxxxxxxxxxxxxxxxx
    गरीव मजदूर तथा अशिक्षितहरू लडिरहे

    उठने अवसरवादी र कुर्सी ताक्ने भए ।
    xxxxxxxxxxxxxxxxxxxxx
    पीडित र दू :खी -विधार्थी, दलित

    जनजाति तथा पिडितका नाममा

    -मखुण्डो ओड़ने र कुर्सिमा वस्नेहरूले

    आफ्नो स्वार्थी पूर्ति गरिरहेका छन ।
    xxxxxxxxxxxxxxxxxxxx

    ReplyDelete
  6. माओवादी आतंकवादीहरुलाई मूर्दाबाद भन्ने यो सानो प्रयासमा साथ दिनुभएकोमा सबै साथीहरुलाई धन्यबाद!

    ReplyDelete