December 11, 2008

ओशोसंगको मेरो नाता


आज गत शताब्दीका अत्यन्त प्रभावशाली र विवादास्पद रहस्यदर्शी-दार्शनिक ओशोको जन्मदिन हो।
---------------------------------------
धेरैजसो मान्छेजस्तै मैले पनि ओशोको बारेमा अरुबाट सुनेर पाएको उनको शुरुको परिचय भनेको 'सेक्स-गुरु'कै हो। यो सन १९८६को जनवरी-फेब्रुअरीको कुरो हो। ओशो नेपाल आएर सोल्टी होटेलमा बसेका थिए र दिनको दुई पटक प्रवचन दिन्थे। त्यतिखेर ओशो अत्यन्त विवादास्पद मानिन्थे र नेपालमा पनि उनको र उनलाई देशमा 'राखेको' भनेर तत्कालीन पञ्चायती सरकारको ब्यापक विरोध हुन थालेको थियो। मेरो स्मरणअनुसार, यो विरोधमा नेपालका वामपन्थी विद्यार्थी संगठनहरु सबैभन्दा बढी सकृय थिए। हिऊँदे बिदा सकिएपछि, फागुन लाग्दा विद्यालय शुरु भयो (९ मा पढ्थें म त्यतिबेला) र ओशोका बारेमा नकारात्मक कुराहरु झन बढी सुन्ने मौका मिल्यो। ओशो 'सामान्य' सेक्स-गुरु मात्रै हैनन्, अत्यन्त अराजक, अनैतिक र असामाजिक मान्छे हुन्, यिनले आफ्नै आमासंगको यौन-सम्बन्धलाई पनि प्रोत्साहन् गर्छन् भन्नेजस्ता विचारले गहिरो जरा गाड्यो ममा विद्यालय जान थालेको केहि दिनमै।

एकदिन आफूभन्दा पाँच वर्ष जेठा दाइसंग यसै विषयमा कुरा हुँदै थियो। 'ओशो नेपालमा बसेको तँलाई किन मन नपरेको?' भनेर दाइले सोध्दा मैले आफ्नो दिमागमा कोचिएका त्यस्तै कुराहरु निकै उत्साहित हुँदै एकसासमै ओकलें।
"तैंले ओशोको प्रवचन सुनेको अथवा पढेको छस्?" मेरो कुरा सुनिसकेपछि दाइले फेरि सोध्नुभयो।
"छैन।"
"हेर् केटा, आफैंले नसुनी अथवा नपढी अर्काको हल्ला सुनेको भरमा यस्ता कुरा गर्दै हिँड्नु हुन्न। जा कम्तिमा एउटा प्रवचन सुन् अथवा पढ्, अनिमात्रै कुरा गर्।"

दाइको सल्लाहले मेरो मुख बुझो लगाईदियो। केहि खोजेर पढ्थें होला अथवा सम्भव भए सोल्टी होटेलै पनि पुग्थें होला ओशोको प्रवचन सुन्न, तर त्यसको केहि दिनपछिनै ओशोले नेपाल छाडे। उनको प्रस्थानसंगै यो प्रसंग सेलाएर गयो र मैले ओशोको कुनै पनि प्रवचन पढिँन। दाइको सल्लाहले मेरो मनमा रहेको ओशोको छविको नकारात्मकतालाई अलि-अलि मात्रै कम गर्न सकेको थियो। ओशो कम्तिमा पनि अत्यन्त अराजक र समाजविरोधी हुन् भन्ने मान्यतामा अडिग थिएँ म।

१९९४-९५तिर चीनमा बी.ई. अध्ययनरत हुँदा पत्रिका-पुस्तक पसलहरुमा ओशोका प्रवचनहरु संकलित पुस्तकहरु (चिनियाँ संस्करण) देखिन थाल्दा अनौठो लागेको थियो। विश्वविद्यालयको रेडियोमा पनि ओशो र उनको दर्शनको बारेमा चर्चा भइरहेको हुन्थ्यो बेला-बेलामा। पश्चिमको खुल्ला पूँजीवादी समाजले समेत पचाउन नसकेको ओशोलाई साम्यवादी चीनले भने सजिलै अँगालेको देख्दा अनौठो नलाग्ने कुरो पनि भएन।

तर पनि ओशोको बारेमा आफैंले पढेर बुझ्नेतिर मेरो पाइला चलेन।

बी.ई. सकेर नेपाल फर्केपछिका केहि महिना म बेरोजगार थिएँ। बेरोजगार हुँदा, स्वाभाविक हो, निराशा र कुण्ठाले मनमा सजिलै घर बनाऊँछन्। जे गरेपनि निराशा र कुण्ठाबाट फुत्किन असाध्यै गाह्रो भईरहेको थियो मलाई। यस्तैमा घरमा एक दिन ओशोका चार प्रवचनहरुको एउटा संग्रह देखें, कुनै भाइले ल्याएको होला। 'सम्भोगसे समाधि तक' भन्ने प्रवचन-श्रृंखलाको चारमध्येको दोस्रो (नै हुनुपर्छ) भाग थियो यो, 'नारी और क्रान्ति' भन्ने उप-श्रृंखला। भित्र 'नारी और क्रान्ति' शिर्षकको एउटा प्रवचन पनि थियो र बाँकी तीन अरुनै विषयमा थिए।

त्यो संग्रहको पहिलो प्रवचनको पहिलो अनुच्छेद पढिसक्दा ममा उत्पन्न भएको भावनाको बयान गर्न मसंग कुनै शब्द छैनन्! एकैपटक कुनै जादूमयी संसारमा प्रवेश गरजस्तो, वर्षौंसम्म अँध्यारो सुरुङ्गमा हिँडेपछि अचानक उज्यालोमा आईपुगेजस्तो, कुनै सुख्खा-उजाड स्थल अचानक सुन्दर बगैंचामा परिणत भएजस्तो; यस्तो लाग्छ त्यो क्षण म सम्मोहित अवश्थामा थिएँ। मेरो त्यतिखेरको मानसिक अवश्था कस्तो थियो कुन्नि, हरेक शब्द कुनै रहस्मय अज्ञात स्रोतबाट आईरहेजस्ता लाग्ने ती शब्दहरुले मलाई पूरै नियन्त्रणमा लिए र ओशोधारातिरको मेरो यात्राको शुरुवात भयो।

दिमागी हिसाबले हेर्दा त्यो हरफमा त्यस्तो नौलो केहि पनि छैन। ओशोले त्यहाँ पृथ्वीको उत्पत्ति र त्यसमा जीवजन्तुहरुको आगमनको अत्यन्त संक्षिप्त चर्चा गरेका छन्।

त्यो किताब एक बसाईमा सिध्दियो र म ओशोका प्रवचनहरु खोजी-खोजी पढ्न र सुन्न थालें। प्रवचनहरुका साथ-साथै ध्यान-संगीत पनि खोजी-खोजी सुन्ने बानी लाग्यो। क्रमैसंग ओशोका बारेमा रहेका भ्रमहरु एक-एक गर्दै टुट्न थाले। केहि वर्ष ओशो टाइम्स (हिन्दी)को नियमित ग्राहक थिएँ म। यो ओशो टाइम्सको पढ्ने सामाग्री मात्र हैन यसको साजसज्जा, यसमा भएका हरेक तस्बीरहरु अत्यन्त सुन्दर, कलात्मक र मनलाई शान्त बनाउने क्षमता भएका हुन्छन्। मलाई के लाग्छ भने ओशोका विचारसंग असहमत हुनेलाई पनि ओशो टाइम्सको सौन्दर्यले सजिलै पगाल्नसक्छ।

ध्यान गर्ने वा त्यसभन्दा 'माथि'का कुरालाई अलि टाढै राखेर सोच्दा पनि ओशोको संगतमा आएपछि चलचित्र, गीत, संगीत आदिको चयन र विश्लेषणसम्बन्धी मेरो दृष्टिकोणमा ब्यापक रुपमा सकारात्मक परीवर्तन आएको जस्तो लाग्छ मलाई। सौन्दर्यचेत/कलाचेतमाथिको मेरो यो अनुभव नितान्त भ्रममात्रै पनि हुनसक्छ, म स्विकार गर्छु तर यी सबैबाहेक पनि ओशोका प्रवचन-संग्रहहरुले मेरो सामान्य ज्ञानको स्तरलाई पनि धेरै माथि उठाईदिएको भने भ्रम होईन। पूर्वीय दर्शनको महत्तालाई पनि उनैबाट बुझेको हुँ मैले।

दुई पटक ओशो तपोवन पनि पुगें। केहि महिनापछि शुरु भएको ६ वर्षजति लामो पोखरा बसाईका क्रममा पनि तेर्सापट्टीमा रहेको एउटा ध्यानकेन्द्रमा धेरै पटक गएँ, केहि समय हरेक शुक्रबार पुग्थें। पृथ्वी चोकमा रहेको अर्को एउटामा पनि एकपटक पुगेको थिए। कुनै ध्यान शिविरमा भाग लिने चाहना भने अझै पूरा भएको छैन।

मेरो बुझाईमा ओशोका सम्पूर्ण प्रवचनहरुको मूल सन्देश भनेकै 'ध्यान, ध्यान र ध्यान' हो। उनले ध्यानलाईनै मानव जीवनको सौन्दर्य र ऐश्वर्य मानेका छन्, ध्यानलाईनै मानवमुक्तिको एउटै बाटो मानेका छन्। ओशोले धेरै ध्यान विधिहरुका बारेमा चर्चा गरेका छन् र ईर्ष्या र तनावले हरदम भरिएको 'कोलाहलयुक्त मन' भएको आधुनिक मान्छे ध्यानको दुनियाँमा कसरी पस्न सक्छ भनेर प्रारम्भिक चरणहरु/पूर्व तयारीहरुको बारेमा पनि धेरै बोलेका छन्। पहिला यथेष्ट मानसिक विरेचन (catharsis) गरेर मानसिक कूडा-कर्कट हटाएपछि मात्रै विपश्यना वा यस्तै अरु ध्यानविधिहरुमा सहज प्रवेश गर्न सकिन्छ भन्ने उनको भनाई असाध्यै सही लाग्छ मलाई। उनले मानसिक विरेचनका लागि 'सकृय ध्यान' (Dynamic Meditation) सुझाएका छन्।

एक हिसाबले हेर्दा ओशोका प्रमुख देनहरुमध्ये एक यसैलाई मान्न सकिन्छ कि उनले पूरातन समयदेखिका ध्यानविधिहरुलाई समसामयिक बनाईदिएका छन्। हाम्रो समाजमा गडेर रहेको 'ध्यान भनेको घरबार छोडी जंगल पसेपछिमात्रै गर्ने चीज हो' भन्ने मान्यतालाई सशक्त खण्डन गरेका छन् र जो जहाँ छ, जे गरिरहेको छ त्यहि अवश्थामै पनि ध्यान गर्न सकिन्छ भनेर ध्यानलाई कथित साधु-सन्तहरुको कब्जाबाट मुक्त गरिदिएका छन्।

मलाई प्रभावित पार्ने अर्को पक्ष भनेको ओशो अरु 'बाबा', 'महाराजजी', 'साधु-सन्त' जस्तो कुनै पनि मान्छेको जिज्ञासाको समाधानको रुपमा बिगुत, बुटी, वा कुनै अमूक चीज दिँदैनन्, उनी एउटा जीवन दर्शन र बाँच्ने कला दिन्छन्। अरु 'बाबा', 'महाराजजी', 'साधु-सन्त' हरु आफैंलाई साधकको साधनाको लक्ष्यको रुपमा पेश गर्छन् भने ओशो बाटो देखाईदिन्छन् र आफैं हिँडेर लक्ष्यसम्म जान प्रेरित गर्छन्।

ओशोका आलोचकहरुले सामान्यतया उनका यौन सम्बन्धी प्रवचनहरुकै आधारमा मात्र उनको आलोचना गर्छन्, त्यो पनि पढेर मात्रै आलोचना गर्ने कति छन् भन्न सकिन्न। खासमा ओशोले खुल्ला यौन-सम्बन्धको पक्षमा भन्दा पनि यौन सम्बन्धी Taboo हरुलाई जति निरन्तरता दियो उति मानवसमाज कुण्ठितनै रहिरहन्छ, त्यसैले यसको स्विकार र यसको महत्ता, यसको शक्तिको सही उपयोगनै मानवताको हितमा छ भन्ने दर्शाउन खोजेका छन्। उज्यालोमा 'महात्मा' बनेर यौनका बारेमा अरुलाई निषेधात्मक उपदेश दिँदै हिँड्ने तर ओल्टोकोल्टो पर्नासाथ आफैं त्यसमै लिप्त हुने साधु-सन्त-बाबाहरु र तिनैलाई पूज्ने समाजलाई यस्तो खुल्लापन मन नपर्नु स्वाभाविक हो। ओशोका आलोचकहरु उनले यौनबाहेक मानवजीवनसंग सम्बन्धित लगभग सबैजसो अरु विषयमा पनि बोलेका छन् र गहन अन्तर्दृष्टि दिएका छन् भन्ने कुरालाई चटक्कै बिर्सिदिन्छन्।
------
विगत केहि वर्ष यता भने ओशोका प्रवचनहरु पढ्ने-सुन्ने काम एकदम भएको छ। ओशोले अत्यन्त प्रेमसाथ चर्चा गर्ने जेन परम्पराको जननी मुलुकमा बसेको छु तर त्यसको बारेमा अझ बढी बुझ्नेतिर एक पाईला पनि सारेको छैन! यो मेरो वर्तमान जीवनको एउटा ठूलो बिडम्बना हो!

मलाई के थाहा छ भने ध्यान र स्वयं ओशोकै बारेको मेरो जानकारी एकदमै कम छ। आज हल्का र सतही रुपमै भएपनि ओशोका बारेमा यी केहि शब्दहरु लेख्नुको उद्देश्य भनेको एकदमै थोरैमात्र अघि बढेर रोकिएका मेरा पाईलाहरुमा अलिकति भएपनि फेरि गति ल्याउनका लागि हो। काम, पारिवारिक दायित्व आदिलाई दोष दिएर उम्कने सजिलो बाटो नखोजी आफ्नो समयको अलि राम्रो ब्यबश्थापन गरी ध्यान र ध्यान साहित्यको अध्ययनका लागि समय ननिकाली भएको छैन।

यो ब्रम्हाण्डको अनन्त विस्तार, त्यो अनन्तभित्रका हरेक कण-कणको अत्यन्त कलात्मक सन्तुलन, यो जीव-जगत, हामी मानवको अस्तित्व- यी सबै कुराहरु अत्यन्त रहस्यमय र भयानक रोमाचंकताले भरिपूर्ण छन्। आफ्नो उन्नत चेतनशीलताका कारण त्यो रहस्यलाई आत्मसात गर्नसक्छ मानवले र उसले गर्नैपर्छ, नत्र उसको चेतनशीलताको कुनै उपयोग छैन। त्यही रहस्यलाई आत्मसात गर्नुलाईनै ओशोले जिन्दगीको सार अथवा 'आफैंलाई जान्नु' भन्ने मानेका छन्। आउनुस् उनै ओशोको एउटा प्रवचन पढौं र उनको चुनौती स्विकारौं कि "--बिना अपने को जाने अर्थी को उठने नहीं दोगे-- "

मनुष्य की मूलभूत समस्या
ओशो


मनुष्य के कृत्यों को देखो। तीन हजार वर्षों में पाँच हजार युद्ध आदमी ने लड़े हैं। उसकी पूरी कहानी हत्याओं की कहानी है, लोगों को जिंदा जला देने की कहानी है और एक को नहीं, हजारों को। और यह कहानी खत्म नहीं हो गई है।

तुम सोचते हो आदमी बंदर से विकसित हो गया? किसी बंदर ने अब तक किसी दूसरे बंदर को जिंदा नहीं जलाया। कोई बंदर न तो हिंदू है, न मुसलमान है, न ईसाई है; बंदर सिर्फ बंदर है।

और अगर यही विकास है, तो ऐसे विकास का कोई मतलब नहीं। सच तो यह है कि आदमी विकसित नहीं हुआ है, केवल वृक्षों से नीचे गिर गया है। अब तुम बंदर के साथ भी मुकाबला नहीं कर सकते हो। अब तुममें वह बल भी नहीं है कि तुम एक वृक्ष से दूसरे वृक्ष पर छलाँग लगा जाओ। अब वह जान भी न रही, वह यौवन भी न रहा, वह ऊर्जा भी न रही और तुम्हारे कृत्यों की पूरी कहानी इस बात का सबूत है कि तुम आदमी नहीं बने, राक्षस बन गए।

हाँ राक्षस, लेकिन अच्छे-अच्छे नामों की आड़ में। हिंदू की आड़ में। हिंदू की आड़ में तुम मुसलमान की छाती में छुरा भोंक सकते हो, बिना किसी परेशानी के। मुसलमान की आड़ में तुम हिंदू के मंदिर को जला सकते हो, जिसने तुम्हारा कुछ भी नहीं बिगाड़ा, बिना किसी चिंता के।

दूसरे महायुद्ध में अकेले हिटलर ने साठ लाख लोगों की हत्या की- एक आदमी ने। इसको तुम विकास कहोगे? दूसरा महायुद्ध खत्म होने को है, जर्मनी ने हथियार डाल दिए हैं और अमेरिका के प्रेसीडेंट ने जापान के ऊपर, हिरोशिमा और नागासाकी पर एटम बम गिरवाए। खुद अमेरिकी सेनापतियों का कहना है कि यह बिलकुल बेकार बात थी, क्योंकि जर्मनी के हार जाने के बाद जापान का हार जाना ज्यादा से ज्यादा दो सप्ताह की बात थी।

पाँच साल की लड़ाई अगर दो सप्ताह और चल जाती तो कुछ बिगड़ न जाता। लेकिन हिरोशिमा और नागासाकी जैसे बड़े नगरों पर जिनके निवासियों का युद्धों से कोई संबंध नहीं; छोटे बच्चे और बूढ़े और स्त्रियाँ- दस मिनट के भीतर दो लाख व्यक्ति राख हो गए। और अमेरिका के जिस प्रेसीडेंट ने यह आज्ञा दी, उसका नाम भी हमने अभी तक नहीं बदला।

उस प्रेसीडेंट का नाम था, ट्रूमैन; सच्चा आदमी। अब तो कम से कम उसे अनट्रूमैन कहना शुरू कर दो और दूसरे दिन सुबह जब अखबारों ने, अखबारों के प्रतिनिधियों ने प्रेसीडेंट से पूछा- क्या आप रात आराम से सो तो सके, तो टूरूमैन ने कहा कि मैं इतने आराम से कभी नहीं सोया, जितना कल रात सोया, जब मुझे खबर मिली कि एटम बम सफल हो गया है। एटम बम की सफलता महत्वपूर्ण है। दो लाख निहत्थे, निर्दोष आदमियों की हत्या कोई चिंता पैदा नहीं करती। इसको तुम आदमी कहते हो?

नहीं, आदमी का कोई विकास नहीं हुआ। आदमी का सिर्फ एक ही विकास है और वह है कि वह अपनी अंतरात्मा को पहचान ले। उसके सिवाय आदमी का कभी कोई विकास नहीं हो सकता। जिस दिन मैं अपनी अंतरात्मा को पहचान लेता हूँ, उस दिन मैंने तुम्हारी अंतरात्मा को भी पहचान लिया।

जिस दिन मैंने अपने को जान लिया, उस दिन मैंने इस जगत में जो भी जानने योग्य है, वह सब जान लिया। और उसके बाद मेरे जीवन में जो सुगंध होगी, वह केवल मात्र विकास है; जो रोशनी होगी, वही केवल एकमात्र विकास है। जिसको हम अभी तक विकास कहते रहे हैं, वह कोई विकास नहीं है। हमारे पास बंदरों से सामान ज्यादा है, लेकिन हमारे पास बंदरों से ज्यादा आत्मा नहीं है।

आत्मिक विकास ही एकमात्र विकास : यह भी हो सकता है कि आदमी अंधा हो और अपने को जानता हो तो वह आँख वाले से बेहतर है। आखिर तुम्हारी आँख क्या देखेगी? - उसने अंधा होकर भी अपने को देख लिया। और अपने को देखते ही उसने उस केंद्र को देख लिया है, जो सारे अस्तित्व का केंद्र है। वह अनुभूति अमृत की अनुभूति है, शाश्वत नित्यता की अनुभूति है।

केवल थोड़े से लोग मनुष्य-जाति के इतिहास में आदमी बने हैं। वे ही थोड़ी से लोग, जिन्होंने अपनी आत्मा को अनुभव किया है। शेष सब नाममात्र के आदमी हैं। उनके ऊपर लेबल आदमी का है, खोखा आदमी का है। भीतर कुछ भी नहीं है। और जो कुछ भी है, वह हर तरह के जहर से भरा है, ईर्षा से भरा है, विध्वंस से भरा है, हिंसा से भरा है।

अंतिम रूप में मैं तुमसे यही कहना चाहता हूँ कि अगर तुम्हारे जीवन में जरा भी बुद्धि है, तो इस चुनौती को स्वीकार कर लेना कि बिना अपने को जाने अर्थी को उठने नहीं दोगे। हाँ, अपने को जानकर कल की उठने वाली अर्थी आज उठ जाए, तो भी कोई हर्ज नहीं, क्योंकि जिसने अपने को जान लिया, उसकी फिर कोई मृत्यु नहीं है। अमृत का अनुभव एकमात्र विकास है।

कोंपलें फिर फूट आईं, प्रवचन 2
सौजन्य ओशो इंटरनेशनल फाउंडेशन



-----------
ओशोसंबन्धी केहि वेब साइटहरु (विकिपेडिया बाहेक):
The Osho Experience
Osho World
Friends of Osho
Osho, Bhagwan Rajneesh, and the Lost Truth
OSHO®, FORMERLY KNOWN AS BHAGWAN SHREE RAJNEESH

21 comments:

  1. म पनि ओशोबाट प्रभावित (परिवर्तन भन्दा पनि फरक पर्दैन) भएको मानिस भएको नाताले यो टाँसो मेरो लागी पनि विशेष महत्व राख्‍छ ।

    मेरो बारेमा कुरा गर्दा चाहि, कसैले मलाई "ओशो बदमाश हो" भन्नु भन्दा पहिलै मैले उनको १-२ किताब पढने मौका पाएकोले उनको बारेमा नकारात्मक धारणा भने कहिल्यै बनेन ।

    गौतम बुद्ध पछिका पुरै एशिया महाद्विपले गर्व गर्न लायक व्यक्तित्व ओशो नै एकजना हुन जस्तो लाग्छ मलाई ।

    तर पढ्दै नपढी बिरोध गर्नेका कारण हालसम्म पनि उनको बारेमा नकारात्मक धारणा कायमै छ र अझै बदनाम पनि छन ओशो ।

    कसले लेखेको हो त याद आएन यौटा शेरको मिस्रा याद आयो:
    बहुत है रे दुश्मन उसका
    आदमी अच्छा रहा होगा

    ReplyDelete
  2. मैले चैं ओशोको बारेमा त्यती धेरै पढेबुझेकै नभएर हो क्यार तपाईंको यो टाँसो नै ओशो सम्बन्धि मैले पढेको पहिलो धेरै कुरा भयो । ओशोको बारेमा चर्चा सुनेको भएपनि उनका दर्शनहरु ठ्याम्मै पढेको छैन भन्दा हुन्छ मैले त ।

    ReplyDelete
  3. ओशो र ओशो तपोबन सम्बन्धी म कलेज पढ्दा
    Multimedia Interactive CD-Rom design प्रोजेक्ट गर्ने मौका पाएको थिए त्यो प्रोजेक्ट गर्न मलाई 6 महिना लाग्यो
    । ओशो भन्दा पनि तपोबनको सुन्दरताले मलाई आकर्शित गरेको थियो तेसैले मैले आफ्नो प्रोजेक्ट गर्नको लागि त्यो ठाउँ रोजेकि थिए।

    6 महिना सम्म धेरै चोटि तपोबन गैयो ओशो सम्बन्धीनै कुराहरु प्रोजेक्टमा राख्नु पर्ने हुनाले ओशोले लेखेका, बोलेका धेरै कुरा पढ्न, सुन्न र हेर्न पाइयो। मैले ओशोको धेरैनै किताब प्रबचन सुने पनि म ओशोको बिचारप्रती तेती आकर्शित हुन सकिन। तर
    तपोबनका गुरु स्वामी आनन्द अरुण Professional engineer हुनु हुन्थ्यो र म सँग पनि professionally नै deal गर्नु हुन्थ्यो। शायद उहा लाई थाहा थियो कि म काम को लागि त्यहाँ गएकी थिए। अरु गुरु जस्तो ध्यान प्रबचन मात्रै नदिएर आफ्नो कर्म नछोडी अफिस जाने आफ्नो काम गर्ने यि कुरा बाट चाँही म प्रभाबित भएको थिए। प्रोजेक्ट गर्ने समय सार्है रमाइलो सँग बित्यो त्यहाँका स्वामीहरु सार्है सहयोगि थिए जे इन्फर्मेसन मागे पनि तुरुन्त दिन्थे कती समय मा त आँफै क्यामरा लिएर फ्रेस फोटो खिच्न
    जंगल जंगल जाने गर्थ्यौ।
    6 महिनामा प्रोजेक्ट पनि सकियो र सबैले muldimedia design animation खुब मन पराए र मैले Best Project Award पनि पाए।

    बसन्त जी को ब्लग पढ्दा पुराना कुरा सम्झना आयो । नलेखि बस्नै सकिन। धन्यबाद!!!

    ReplyDelete
  4. Basantjee. What a nice sharing. I just thrilled when reading your article. I actually was in same condition when I read osho's book Dhyan sutra(97). Then my step to meditation started. I took part 10 days Vipasana twice in Budhanilkantha. I later I joined in the stream of Osho. Everything changed by then my way,my aim.. Only way to understand osho is by meditation, reading osho is, for me ,the motivation for dhyan..My blog is glimpse of my journey.

    ReplyDelete
  5. बसन्तजी ओशो सम्बन्धी केही जानकारी दिनु भएकोमा धन्यवाद , हुन त ओशो सम्बन्धी मलाई त्यती जानकारी छैन,
    तर यो ओशोको प्रबचन सुन्ने र लाग्ने मेरो केही ४ / ५ जना साथी हरु लाई हेर्दा खेरी उनिहरु मानशिक रुपमा ग्रसित हुने , सधैं एकान्त मात्रै मन पराउने र उनी हरु अरुसँग त्यती नबोल्ने देखिन्छ नि !!!

    ReplyDelete
  6. Superb Fantastic. I am also Fan of Osho like you Basanta. Thanks a lot.

    ReplyDelete
  7. मैले ओशोको बारेमा धेर जानकारी नराखेको हुनाले धेरथोर जानकारीका लागि धेरै धन्यवाद !!!!

    ReplyDelete
  8. I am really excited to see your post on Osho. I am also an admirer of him. Though, I have not been able to read/listen many of his books/CDs, I liked one of his most outstanding work 'Sambhog se Samadhi ki Or'.
    He was one of the few people to be able to convey the real meaning of life and religion. However, only few seem to acknowledge this fact. Like is the fate with every true Master, Osho is NOT well understood and his merits are even depreciated.
    Thanks for sharing your views on Osho!

    ReplyDelete
  9. thanks for sharing yours view on Acharya Rajneesh and Links Actually I also haven't read any books or listen CDs of OSHO.

    OSHO's video on youtube.
    http://www.youtube.com/watch?v=5ocbZhRQS9I
    http://www.youtube.com/user/OSHOInternational
    http://uk.youtube.com/HOROSHORussia
    (Now i starts to watch osho's video, they are really great.)

    http://home.att.net/~meditation/Osho.html (Osho, Bhagwan Rajneesh, and the Lost Truth.)it also help me to know more about him and his work. But it mention that:-

    *Dynamic Meditation: (warning) This spectacular meditation method was Rajneesh's trademark, and it remains a tremendously effective tool for naturally expanding consciousness. Rajneesh never did the technique himself because he didn't need to. He developed the method simply by observing his disciples, who would occasionally go into spontaneous body movements during his early meditation camps. When his judgment started to decline, he unfortunately changed the third and fourth stages of the method into a pointless torture test. The correct and most effective version of this meditation technique has four stages, each lasting ten minutes.

    Stage #1) Start by standing with your eyes closed and breathe deep and fast through your nose for ten minutes. Allow your body to move freely. Jump, sway back and forth, or use any physical motion that helps you pump more oxygen into your lungs.

    Stage #2) The second ten minute stage is one of catharsis. Let go totally and be spontaneous. You may dance or roll on the ground. Screaming is allowed and encouraged. You must act out any anger you feel in a safe way, such as beating the earth with your hands. All the suppressed emotions from your subconscious mind are to be released.

    Stage #3) In the third stage you jump up and down yelling Hoo! Hoo! Hoo! continuously for ten minutes. This sounds silly, but the loud vibration of your voice travels down to your centers of stored energy and pushes that energy upward. When doing this stage it is important to keep your arms loose and in a natural position. Do not hold your arms over your head as that position can be medically dangerous.

    Stage #4) The fourth ten minute stage is complete relaxation and quiet. Flop down on your back, get comfortable, and just let go. Be as a dead man totally surrendered to the cosmos. Enjoy the tremendous energy you have unleashed in the first three stages and become a silent witness to the ocean as it flows into the drop. Become the ocean.

    ReplyDelete
  10. "ओशोसंगको मेरो नाता" भनेर तपाइले धेरै उपयोगी लेख लेख्नु भएको छ र उनी सँग संबद भ्रमहरु लाइ दूर गराउने प्रयास गर्नु भएको रहेछ , अस्ति देखि नै मैले तपाईको यो लेखमा कमेन्ट पठाउने कोसिस गरिरहेको थिए तर राम्ररी पढने समय को अभाबमा ....म पछि परिरहेको थिए ।
    .... ओशो सम्बन्धी मैले - विकाशानन्द को -'रजनीश कति ठीक कति बेठीक ' भन्ने पुस्तक बाट राम्ररी बुझ्ने मौका पाएको थिए । तर त्यो भन्दा मैले थोर बहुत कुराहरु चाहि पहिलो पनी प्रत्र प्रत्रिकाहरू मार्फत जानकारी पाएको थिए ।
    तपाईको थप र रोचक जानकारीको लागी धन्यबाद ! भन्न चाहन्छु ।

    ReplyDelete
  11. धेरै धेरै धन्यवाद बसन्तजी
    ओशो सम्बन्धी लेख पढन पाउन्दा मन नै आनन्द भयो।
    तपाईंले राख्नु भएको प्रबर्चन अती राम्रो लाग्यो .
    बद्रीजीले भनेको जस्तो मैले पनि सुनेको र कोही साथी हरु देखेको पनि छु। शायद रजनिश भक्त भये पछी संसारलाई हेर्ने तरिका भिन्न भएको होला.
    रजनिश बारेमा धेरै थाहा नभये पनि उन्को प्रबाचान र किताब हरु पढन अती रमाइलो हुन्छ । म सँग रजनिशको AND NOW, AND HERE (On Death, dying, and Past lives)भन्ने किताब छ।
    नेपालमा हुँदा बिहान् बिहान् एफ.एम मा उन्को प्रबाचान सुन्नको लागि सबेरै उथिन्थ्यो.
    Sameer thanks for Youtube Links.

    ReplyDelete
  12. सबैलाई हार्दिक धन्यबाद!

    दिलिप दाइ, ओशोप्रतिको यो दुनियाँको ब्यबहारलाई तपाईँले राख्नुभएको मिस्राले सटीक प्रतिनिधित्व गरेको छ।
    बहुत है रे दुश्मन उसका
    आदमी अच्छा रहा होगा


    दीपकजी, पढ्नुस्, सुन्नुस्; ओशोका विचारसंग असहमतनै भएपनि तपाईँले पढेर-सुनेर घाटा भएको महशूश गर्नुहुने छैन।

    अर्चनाजी, ओशो तपोवनसम्बन्धी यहाँको रमाइलो अनुभव पढ्न पाऊँदा खुशी लाग्यो।

    सुमिरनजी, हाम्रो एकापसको परिचयलाई ओशो-आयामतिर पनि विस्तार गर्न पाऊँदा खुशी लागेको छ।

    बद्रीजी, हुनत तपाईँले अनुभव गर्नुभएको केहि ओशोप्रमीहरुको एकलकाँटे स्वभावको कारण वा निदान मसंग छैन तर सबै त्यस्तै हुँदैनन्। धेरैजसो मान्छे ओशोको सम्पर्कमा आएपछि झन बढी सामाजिक र झन बढी विनोदप्रिय हुन्छन्।
    अर्कोतिर, ओशोले पनि धेरैजसो साधकको जीवनमा तपाईँले भनेजस्तो चरण आउने कुराको उल्लेख गरेका छन् र एउटा असल मार्गनिर्देशक वा गुरुको आवश्यकता हुन्छ त्यो स्थितिबाट पार गराउन। ओशोले साधकको साधनाजीवनको सबैभन्दा संवेदनशील चरण मानेका छन् त्यस्तो चरणलाई।

    अज्ञातजी, ब्लगमा स्वागत छ। हामी ओशोधाराको माध्यमबाट पनि जोडिएका रहेछौं भन्ने थाहा पाऊँदा खुशी लाग्यो।

    उजेलीजी, फुर्सद पाऊँदा केहि पढ्नुहुनेछ भन्ने आशा छ। अरु केहि मन परेन भनेपनि ओशोका प्रवचनहरुमा हुने प्रशश्त जोकहरुले भने तपाईँलाई निराश पार्ने छैनन्:)

    दिपेन्द्रजी, ओशोले धर्म र धार्मिकताको सही ब्याख्या गरे तर उनलाई समाजले दुर्ब्यबहार ग-यो। अहिले आएर बिस्तारै उनीप्रतिको धारणामा धेरै सकारात्मक परीवर्तन आऊँदै छ। नेपालमै पनि ओशोका विचारहरुको आधारमा एउटा वैकल्पिक जीवन-शैलीको विकास भईरहेको सजिलै देख्न सकिन्छ।

    समीर भाइ, लिंकहरुका लागि धन्यबाद! जहाँसम्म ओशोका आलोचकहरुले ओशोका बारेमा लेखेका नकारात्मक कुराहरु छन् ती पनि प्रशश्त पढे हुन्छ। ओशोका विरोधी र आलोचकहरुका कुरापनि नबुझी ओशोप्रतिको जानकारी पूरा हुँदैन। ओशो स्वयंले पनि उनको बारेमा प्रशश्त बुझेर मात्रै पछ्याउनका लागि अनूरोध गरेका छन्।

    बेदनाथजी, विकाशानन्दको बारेमा मलाई त्यति थाहा छैन, समय मिल्दा तपाईँको ब्लगमा केहि लेख्नुहोला।

    NEPAL ARTSजी, नेपालमा हुँदा म पनि सुन्थें एफ.एम.मा प्रसारित हुने ती प्रवचनहरु।
    तपाईँले आफ्नो ब्लगमा राख्ने धेरैजसो विषयहरुको बारेमा पनि ओशोले प्रशश्त बोलेका छन्। कुनै दिन ओशोसम्बन्धी सामाग्रीहरु पनि तपाईँको ब्लगमा पढ्न पाउने आशा छ।

    ReplyDelete
  13. Recently i read one book written by Swami Anand Arun which was superb since it gave me the basic theme of OSHO.

    According to that book, OSHO philosophy is the combination of BUDDHA and GORBA. Gorba !!! i think u know who is this Gorba. He was a poor servant though living the life more than that of his master.

    Live the life for present , the each of present. This is the main motto of OSHO's philosophy that i got to know while reading the book. ANd also he not says that do suppress ur sex intrest like the others use to say. He says sex is in the same level of Basic Need. May be i m wrong. These r the things that i came to know abt him while reading a single thin book.

    ReplyDelete
  14. अमेत्य भाइ, प्रतिकृयाको लागि धन्यबाद! स्वामी आनन्द अरुणको त्यो किताब पढ्ने सौभाग्य मिलेको छैन अझै तर पक्कै पनि धेरै राम्रो हुनुपर्छ।
    ओशोको बारेमा मैले पनि धेरै पढेको दावी गर्नुहुँदैन। मैले बुझेको र अमेत्य भाइले बुझेको उहि रहेछ। जीवनलाई सजग-साक्षी भावले वर्तमानमा जिउनु र कुनै पनि भावना-आकांक्षालाई दमन-निषेध गर्नुको सट्टा त्यसलाई बुझ्नु र त्यसको उर्जालाई अध्यात्ममा रुपान्तरण गर्नुनै ओशो दर्शनको मूल भाग हो। ध्यान त्यो उद्देश्यको लागि प्रयोग गरिने विधि वा बाटो हो।

    अन्त्यमा, Gorba नभएर Zorba हो। ओशोले नयाँ-सन्यासलाई Zorba the Buddha भनेका छन्।

    ReplyDelete
  15. i've spent many difficult years of my life reading OSHO... time & again i often felt like becoming a full fledged OSHO disciple... may be i'd have become one had i seen him alive...what i'd suggest to all interested in Osho is that instead of adopting the Dynamic Meditation rigidly, remember that the method demands a perfect physical fitness and those having medical problems should either take physician's suggestion or do the physically straining movements & jumps(Stage 1 & Stage 3) less vigorously. Some Osho Pathiks insist on rigidly applying the same method for all - contradicting Osho’s experimental approach of discovery and finding a different method unique to the individual.

    As for the controversies on whether Osho did the right things or not, we’ve to understand that more than a theoretician, Osho was an empirical scientist or better say experimental psychologist. Hence, it’d be wrong to say that Osho did not make any error of judgment - and some of Osho’s disciples were & still are opportunists, but that happens to any ideology or institution. But in a world where people justify killing & torturing their own kinds - & where every barbaric act can be justified in the name of religion, politics, culture, civilization, and patriotism – Osho liberates the humanity with his sharp insights, insistence on compassion, & completely refreshing outlook. Osho loved quoting Buddha while describing himself, “I’m not a philosopher, but a physician” - & remember if you do not know how & when to use your physician’s medicine & advice, what may heal one may harm the other.
    Basant, you’ve really made a timely and fucking good synopsis of Osho’s philosophy. And to all those perverts & hypocrites who associate OSHO with sexual perversion, i’d like to repeat with Osho: FUCK YOU.

    Here’s an interesting link:

    http://www.youtube.com/watch?v=6D7rWLzloOI

    ReplyDelete
  16. Divas, fucking good प्रतिकृयाको लागि धन्यबाद:)
    म पनि धेरै पटक ओशो-सन्यासी हुने डिलमा पुगेर फर्किएको छु। एउटा कारण ध्यानमा अझै गहिरिएर लाग्न नसकेको आफ्नै स्थिति छ र आवश्यक पात्रताको अभाव छ अझै। अर्कोतिर, ध्यान केन्द्रहरु जाने क्रममा अलिक विकर्षण केहि ओशो-सन्यासीहरुकै कारण पनि उत्पन्न भयो। छाडा-यौन खोज्दै हिँडेका मान्छेहरु पनि धेरै नभेटिनेहैनन् अझै। ओशोको एउटा किताब वा एउटा प्रवचन पढेको भरमा वा कहिलेकाहीं अरुबाट गफ सुनेकै भरमा ‘बुद्धत्व’ प्राप्त गरेकोजस्तो ठान्नेहरु धेरै भेटिन्छन्। ओशोले आफ्नो ‘धर्म’लाई ‘सम्राटहरुको धर्म’ भनेका छन् तर ध्यान केन्द्रहरुमा पलायनवादी मान्छेहरुको भिड पनि बढ्दै गएजस्तो लाग्यो मलाई।
    यति हुँदा-हुँदैपनि ओशोप्रतिको मेरो आष्था र आदरमा कुनै कमी आएको छैन, बरु बढ्दैछ। उनका कतिपय कुराहरुमा सन्देह पनि उठ्छ अचेल, तर हरेक कुरामा सन्देह गरेर-विचार गरेर-भोगेरमात्र विश्वास गर्नुनै सही हो भनेर उनैले सिकाएका हुन्। कुनै दिन सन्यासको नदीमा हामफाल्ने योजना त अझै जिऊँदै छ।
    ओशोलाई छाडा-यौनकै मात्र प्रतीक मान्नेहरुतिर फर्किएर म पनि यहासंगै दोहो-याउँछु; FUCK YOU!

    ReplyDelete
  17. पुरुषोत्तम गौतम
    बास्तबमा ओशोको बारेमा अन्य सबैले राखे जस्तो धारणा थियो मेरो पनि । ओशोको किताब भेटेको बेला पनि पढ्न त्यती मन गरिन्नथियो । त्यस्को बाबजुद पनि मैले २०४९ सालतिर मात्रै पहिलो पटक ओसोको सम्भोगसे समाधितक नै होला जस्तो लाग्छ अहिले सम्झदा । अरु पनि केही किताब हेरेको थिएन तर अहिले याद भएन । तर पनि मैले जसबाट त्यो किताब पाएन उस्को ओसो सम्बन्धी धारणा नितान्त भिन्न थियो । उस्को लागि ओशो मात्र सेक्स गुरु बाहेक केही थिएन । वास्तविक जीवनमा पनि सेम थियो मान्छे । त्यसैले मलाई ओशो पढ्न मन लाग्यो । संसार र साहित्य लाई हेर्ने दृष्‍टिकोन के रहेछ भन्ने जान्न मलाई पनि औधी मन लाग्थ्यो ।

    ReplyDelete
  18. धन्यबाद पुरुषोत्तमजी! ओशो साहित्य पढिसकेपछिका आफ्ना धारणाहरु पनि लेख्नुहुनेछ भन्ने आशा छ।

    ReplyDelete
  19. लेख पढेर धेरै राम्रो लाग्यो.ओशोप्रति तपाईंको प्रेम अझ बढ्दै जाओस भन्ने कामना गर्छु ,किनकि मैले ओशोको प्रवचनहरू सुन्दा,वहाँको ध्यानविधिहरू अंगाल्दा जीवनमा जुन आनंदको बोध प्राप्त गर्याछु ,त्यो बयान गर्न न सकिनेछ.
    म ,यौटा गम्भीर र दुखि मानिषबाट सदा प्रशन्न र सुखी रहने मानिषमा रुपान्तरित भएकोछु.
    यहाँलाई ,वहांको यौटा प्रवचनमाला ,जुन "Ah ! this" को पुस्तकको नामले oshoworld.com बाट डाउनलोड गरेर सुन्न सकिन्छ ,सुन्नुहुन अनुरोधछ.

    ReplyDelete
  20. The beginners could start with the Osho's audio discourses..'creativity'... 'boredom' are audio delights !

    ReplyDelete
  21. ekdamai aanda mahasus vayo yo padda...........

    ReplyDelete