'निर्णायक' भनिएको बहस हेरेको थिईन मैले; समय पनि मिलेको थिएन, अर्कोतिर नेताहरुले के नै नयाँ कुरा भन्लान् र जस्तो पनि लागेको थियो। हिजो यूटयुबमा हेर्न खोज्दा शुरुमै 'जनता भनेको के हो?' रहेको भागमा पुगिएछ, जहाँ प्रचण्ड सधैंजस्तै साम्यवादी शब्दजालमा 'जनता' शब्दको ब्याख्या गर्दै थिए। माओवादीले आफ्ना दस्तावेजहरुमा, उनीहरुका भाषणहरुमा जुन शब्दजाल आफ्ना विरोधीहरुका लागि प्रयोग गर्छन्, त्यहि शब्दजाल जनताको परिभाषामा प्रयोग गरिएको थियो। यसको अर्थ, जो माओवादी होईन, ऊ जनता होईन। माओवादीसंग वैचारिक असहमति जनाउने जो कोहि पनि प्रतिकृयावादी, बहुलवादी समाजको पक्ष लिने जो कोहि पनि विदेशी दलाल, उसको आर्थिक नीतिको विरोध गर्ने जो कोहि सामन्त,---।
कम्युनिष्टहरु सामन्तवाद र पुँजीवादलाई वर्गीय रुपमा बिभाजित समाज मान्छन् र सबै समस्याहरुको जड त्यहि वर्गीय बिभाजन हो भन्छन्। यसैले उनीहरु आफ्नो उद्देश्य सर्वहारावर्गको नेतृत्वमा वर्गवीहिन समाज सृजना गर्नु हो भनेर प्रचार गर्छन्। तर उत्तर कोरीया, चीन, क्युबा वा विगतका सोभियत संघ र पूर्वी यूरोपका समाजलाई हामीले थोरैमात्र ध्यान दिएर हे-यौं भने के देख्छौं भने 'वर्गवीहिनता' कम्युनिष्टहरुको गँजडी गफ बाहेक केहि पनि होईन। सबैभन्दा गहिरो वर्ग बिभाजन साम्यवादमै हुन्छ; साम्यवादी दलका मान्छे र आम जनताका रुपमा। साम्यवादी समाजमा आम जनताका सबै मानवीय अधिकारहरु कटौती गरिएको हुन्छ भने सत्ताधारी कम्युनिष्ट दलका नेताहरु र तिनका परिवार-आसेपासेहरुको चुरीफुरी निरंकुश राजतन्त्रात्मक समाजमा दरबारीयाहरुको जस्तै हुन्छ। यसैगरी सबै उत्कृष्ट सुविधाहरु कम्युनिष्ट पार्टीका नेताहरु र तिनका परिवारका लागि केन्द्रित गरिएको हुन्छ।
प्रचण्ड (र माओवादी) को जनताको परिभाषामा त्यस्तै चिन्तनको छाप देखिएको हो। (माओवादीको जनताको परिभाषामा माओवादीका विरोधी त पर्दै-पर्दैनन्, आफैंले गाऊँ-गाऊँबाट सोहोरेर ल्याएका 'कार्यकर्ता' पनि पर्दैनन् जस्तो छ। अहिले देशका सडकमा झाडा-पखालाको महामारी फैलिन थालेको छ, त्यसले तिनै अभागी 'कार्यकर्ता' लाई मात्रै सताएको छ, नेताहरुलाई 'छुने' छैन त्यसले।)
केहि लाल-बुझक्कड कम्युनिष्टहरु त्यसलाई सर्वहारावर्गलाई दिईएको हक भन्न सक्छन्, अर्थात शासन सर्वहारा-मजदूरले गरेपछि सुविधा उनीहरुले पाउनु स्वाभाविक हो पनि भन्दिन सक्छन्। तर दुनियाँको कुनै पनि कम्युनिष्ट शाशनमा मजदूर-किसान सत्तामा कहिल्यै पनि थिएनन् र अहिले पनि छैनन्। ट्रेड यूनियनहरुको 'बार्गेनिङ' शक्ति र आवधिक चुनावहरुलाई आफ्नो हितमा प्रयोग गर्न सकिने सम्भावनाका कारण बरु आधुनिक पुँजीवादी समाजमा मजदूर र किसानहरुको स्थिति कथित साम्यवादी समाजमा भन्दा धेरै राम्रो हुन्छ। यो संयोग मात्र होईन कि विकसित समाजमा साम्यवादका सबैभन्दा ठूला विरोधीहरु मजदूर-किसाननै हुन्छन।
साम्यवादी क्रान्तिमा मजदूर-किसानको नाम र सैन्यशक्तिको बलमा बौद्धिकहरुको एक समूहले सत्ता हत्याऊँछ र आफ्नो पकड कस्दै लान्छ। त्यसको निकासको रुपमा धेरैजसो ब्यक्तिगत तानाशाही र परिवारवादको विकास हुन्छ। सोभियत संघ र पूर्वी यूरोपमा एउटा नेता नमरी अर्कोको पालो आउँदैनथियो। उत्तर कोरीया र क्युबामा त 'लाल-राजतन्त्र'नै शुरु गरिएको छ। चीनमा माओपछिका वर्षहरुमा सीमित रुपमा नेतृत्व परीवर्तनको प्रकृया शुरु भयो र अहिले कम्युनिष्ट पार्टीको महासचिवपनि दुई-तीन पूर्ण कार्यकालपछि फेरिन्छ। तर त्यहि प्रकृया पनि अत्यन्त नियन्त्रित र प्रतिस्पर्धावीहिन हुन्छ र सामान्यतया पदासीन महासचिवको ब्यक्तिगत अनुकम्पाद्वारा निर्धारित हुन्छ।
बहुलवादी पुँजीवादी समाजमा समस्याहरु नरहेका होईनन्, अझै धेरै छन् तर यसमा ब्यक्तिगत स्वतन्त्रता हुन्छ र त्यसैले ब्यक्तिले आफ्नो रचनात्मक क्षमताको सदुपयोग गर्दै आफूलाई उठाउने सम्भावना प्रशस्त हुन्छ। थोमस एडिसन र बिल गेट्स जन्मिने सम्भावना पुँजीवादी समाजमा मात्रै हुन्छ, आईन्स्टाईनको क्षमतालाई पुँजीवादी समाजलेमात्रै बुझ्न र सम्मान गर्न सक्छ र पुँजीवादी समाजमा मात्रै स्वयं मार्क्सजस्ता दार्शनिकहरु फेरि-फेरि पैदा हुने सम्भावना हुन्छ।
मार्क्सवाद एउटा निश्चित समयको उत्पादन थियो। तत्कालीन पश्चिमी समाजका समस्याहरुले जन्माएको एउटा दस्तावेज थियो त्यो। अरु दर्शनजस्तै त्यसका पनि कतिपय ब्याख्याहरु हरेक समयका लागि सन्दर्भसामाग्रीसम्म हुनसक्ने कुरामा कुनै शंका छैन तर त्यसका निष्कर्षहरुलाई सधैंभरीका लागि अकाट्य 'ध्रुवसत्य' मान्न सकिँदैन। अर्कोतिर, लेनिन, स्टालीन, माओदेखि पोलपोट र किम जोङ इल आदि सम्मले आफ्ना तानाशाही महत्वाकांक्षाको आवरणका रुपमा मार्क्सवादको 'सफल' दुरुपयोग गरेका छन्। आफनो दर्शनको गलत ब्याख्यादेखि आजित भएर मार्क्स स्वयंले "म मार्क्सवादी होईन!" भनिसकेका थिए भनेर मैले कतै पढेको थिएँ। उनी अहिलेसम्म बाँचिरहेका भए झन् के सोच्थे होलान्? माओवादीजस्ता कम्युनिष्टहरु जहिलेपनि आफूले स्थापना गर्ने सत्ता इतिहासको सर्वश्रेष्ठ हुने दावी गर्छन्। तर इतिहासको अन्त्य हुँदैन, इतिहास मानवसमाजको निरन्तरता हो। मार्क्सले देखेको पुँजीवाद र अहिलेको पुँजीवादमा आकाश-जमीनको फरक छ। पुँजीवाद निरन्तर सिक्ने र आफूलाई सुधार्ने क्रममा छ, स्वयं मार्क्सवाद र साम्यवादीहरुबाट पनि यसले धेरै कुरा सिकेको छ। त्यो तत्परतानै यसको सबैभन्दा ठूलो पुँजी हो र आफूलाई अहिलेसम्मका संकटहरुबाट उठाउने शक्ति हो।
मार्क्सवाद एउटा निश्चित समयको उत्पादन थियो। तत्कालीन पश्चिमी समाजका समस्याहरुले जन्माएको एउटा दस्तावेज थियो त्यो। अरु दर्शनजस्तै त्यसका पनि कतिपय ब्याख्याहरु हरेक समयका लागि सन्दर्भसामाग्रीसम्म हुनसक्ने कुरामा कुनै शंका छैन तर त्यसका निष्कर्षहरुलाई सधैंभरीका लागि अकाट्य 'ध्रुवसत्य' मान्न सकिँदैन। अर्कोतिर, लेनिन, स्टालीन, माओदेखि पोलपोट र किम जोङ इल आदि सम्मले आफ्ना तानाशाही महत्वाकांक्षाको आवरणका रुपमा मार्क्सवादको 'सफल' दुरुपयोग गरेका छन्। आफनो दर्शनको गलत ब्याख्यादेखि आजित भएर मार्क्स स्वयंले "म मार्क्सवादी होईन!" भनिसकेका थिए भनेर मैले कतै पढेको थिएँ। उनी अहिलेसम्म बाँचिरहेका भए झन् के सोच्थे होलान्? माओवादीजस्ता कम्युनिष्टहरु जहिलेपनि आफूले स्थापना गर्ने सत्ता इतिहासको सर्वश्रेष्ठ हुने दावी गर्छन्। तर इतिहासको अन्त्य हुँदैन, इतिहास मानवसमाजको निरन्तरता हो। मार्क्सले देखेको पुँजीवाद र अहिलेको पुँजीवादमा आकाश-जमीनको फरक छ। पुँजीवाद निरन्तर सिक्ने र आफूलाई सुधार्ने क्रममा छ, स्वयं मार्क्सवाद र साम्यवादीहरुबाट पनि यसले धेरै कुरा सिकेको छ। त्यो तत्परतानै यसको सबैभन्दा ठूलो पुँजी हो र आफूलाई अहिलेसम्मका संकटहरुबाट उठाउने शक्ति हो।
समाज निरन्तर बदलिईरहेको छ, यसभित्रका उत्पादन सम्बन्धहरु र सामजिक सम्बन्धहरु निरन्तर बद्लिईरहेका छन्। साधारण तरिकाले हेर्दा पनि, मार्क्सको जमानामा बिजुली थिएन, लेनिनले कल्पनामा पनि कम्प्युटरजस्तो जिनिस देखेका थिएनन्, माओलाई सूचना क्रान्तिको भेऊ सम्म थिएन। आजभन्दा दश वर्ष पछि हुने कतिपय विकासहरुको हामीलाई पनि भेऊ छैन। प्रतिस्पर्धाले नयाँ प्रविधि र नयाँ चिन्तन शैलीको विकास गर्छ, नयाँ प्रविधि र चिन्तनले समाजलाई नयाँ रुपले परिभाषित गर्छ। यो प्रकृया निरन्तर चलिरहेको हुन्छ। त्यसकारण थोत्रा सिद्धान्तहरुको आधारमा समाजलाई अगाडि बढाऊँछु भनेर बल गर्नु भनेको समाजलाई पछाडि लानु मात्र हो।
हाम्रो नेपाल र नेपाली समाज आफ्नै बिशिष्टताहरुले भरिएको छ र यसको विकास र समृद्धिको बाटो पनि आफ्नै खाले हुने कुरामा कुनै शंका छैन। तर आधारभूत रुपमा खुल्ला बहुलवादी राजनीति र प्रतिस्पर्धात्मक पुँजीवादी अर्थ-ब्यबश्थाभन्दा अरु बाटोको विकल्प छैन हामीसंग। अर्थतन्त्रको हकमा, निश्चित रुपमा केहि समयसम्म जनजीवनसंग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकारको बढी भूमिका हुने गरेी 'मिश्रित 'बाटो लिन सकिन्छ तर गन्तब्य भने प्रतिष्पर्धात्मक पुँजीवादनै हो।
शाशन प्रणालीसम्बन्धी कुनै पनि 'परिभाषा' ले यो चिन्तनलाई समेट्नै पर्छ।
शाशन प्रणालीसम्बन्धी कुनै पनि 'परिभाषा' ले यो चिन्तनलाई समेट्नै पर्छ।
मलाई के लाग्छ भने हिमाल देखि तराईसम्मको कुनैपनि वर्ग र पेशाको एउटा आम नेपालीले नेपाललाई माया गर्छ, बरु राजनीतिक दल र नेताहरुकै देशप्रतिको निष्ठामा शंका गर्न सकिने ठाऊँहरु धेरै छन्। जनताको परिभाषाले नेपाललाई माया गर्ने हरेक नेपालीलाई समेट्नु पर्छ। हाम्रा समस्याहरु प्रणालीबद्ध शाशन र कानूनी राज्यको अभावले जन्मिएका हुन् र त्यसको विकल्प कुनै पनि अधिनायकवाद वा तानाशाही हुन सक्दैन। र नेपालमा जुन दलको शाशन आएपनि त्यसले कुनै पनि नेपालीको (मानव अधिकारको विश्वब्यापी घोषणापत्रमा उल्लेखित) मानव अधिकार खोस्न पाऊँदैन। नेपाली राष्ट्रियता र मानव अधिकारको सम्मान गर्ने जो कोहि पनि नेपाली जनता हो।
'कमरेड', म माओवादी होईन तर म गर्वका साथ के भन्न चाहन्छु भने म एउटा नेपाली जनता हुँ।
म एउटा नेपाली जनता हुँ।
बसन्तजी लेख यकदम राम्रो लाग्यो ।
ReplyDeleteहामी सबै नेपाली हौ ।
माओवादी नभई नेपाली हुने सौभाग्य मैले पनि पाएको छु दाइ !!
ReplyDeleteDear Dr Basanta Gautam Jyu
ReplyDeleteIts really good analysis.
I am learning many things from you.
Rajendra Parajuli
Really very interesting and heart beatting article.We must think once again about the propoganda of maoists.
ReplyDeletelekh sarai ramro lagyo..
ReplyDeleteबदलिदो समय संग पाईला मिलाउनु आजको आबश्यकता हो तर प्रचण्ड, माकुने,शुसिल लगायतका हाम्रा कथित राजनेताहरु सयौ बर्ष अगाडी तात्कालिन समयलाई ध्यानमा राखेर प्रतिपादन गरिएको सिद्धान्तको नाममा जनतालाई समय भन्दा पछाडी धकेलेर आफ्नो शासन सत्तालाई दिर्घायु बनाउन चाहन्छ । जबसम्म यस्ता नेताहरुले हाम्रा लागि केही गर्छन भनेर उनीहरुको मुख ताकेर बस्छौ तबसम्म केही हुनेवाला छैन ।
ReplyDeleteAtayntai ramro bishleshan basanta jee.
ReplyDeleteAchyut
चीनको communism र अमेरिकाको democracy को बारेमा के छ तपाईंको analysis ? यशले धेरैको भ्रम दूर गर्न सक्छ
ReplyDeleteअहिले को अवस्था मा प्राय: सबैले (माओवादी बाहेक) भनिरहेको कुरा नै यि हो ! तपाई ले प्रस्तुत गर्नुभएका उदहारण कै साथ लिएर भन्छु, कम्युनिज्म ले कहिँ पनि भलो र उन्नति भएको देखेको छैन ! सर्वहारा वर्ग भन्ने कुरा मै, पनि म बेग्लै कुरा देख्छु। सर्वहारा भनेको मलाई 'सबैको आहार खाने', 'या जे भेट्यो त्यही आफु मात्र खाने' भनेको जस्तो लाग्छ । :P
ReplyDeleteहिजो पनि भाषण गर्दै थिए, काम गर्नेहरु को सत्ता को लागि लडिएको लडाइ हो, जनता ले सत्ता नपाएसम्म आन्दोलन जारी रहन्छ ।
खै, को जनता हो भन्न मुस्किल छ !
तर म पनि यही नै भन्छु, म नेपाली जनता !!!
जनता, प्रजातन्त्र तथा मानव अधिकारको परिभाषा कुनै व्यक्ति वा राजनीतिक शक्तिले तोक्दैमा सीमितीकरण हुँदैन, हुन हुँदैन; त्यो त सार्वभौम हुन्छ ।
ReplyDeleteहामी भन्छौँ माओवादी र अरू कुनै पनि वादी , नेपाली हो भने नेपाली जनता हो र हौँ । माओवादी भन्छ ऊ बाहेक अरू जनता नै हैनन् । यही कुराले सारांशमा सबै कुरा भन्दैन र ?
ReplyDeleteमलाई लाग्छ कम्युनिज्मले मानवता र स्वाभाविक मानविय बहुलतालाई स्वीकारेर , उपेक्षितहरूका पक्षमा काम गर्न सकेको भए यो सोच र प्रणाली धेरै महान हुनसक्थ्यो , तर विश्व इतिहास सांक्षी छ, यो केवल गरीबको राजनीति गर्ने नाममा एउटा आडम्बरी ठेकेदारको रूपमा मात्र रहन रुचायो । गरीबी , पछौटेपना , चेतनाहीनताको समाजमा अभावको संवेदनशिलतालाई पक्रेर मान्छेहरूलाई सदाबहार आक्रोशको आगोमा झोकिरहनु साम्यवादीहरूको विशेषता रह्यो । उन्नति र प्रगतिको समाधान दिएर मानवतालाई सुखी र खुशी पार्नु यिनीहरूको उद्देश्य कहिलै बन्न सकेन । तर अपशोस, हामी यसैको बन्दी बनिरहेको प्रतीत हुन्छ !
धन्यवाद बसन्तजी, गम्भीर विचार राख्नु भएकोमा ।
मार्क्स आफैंले "If that is Marxism, then I am not a Marxist" भनेको प्रसंग मैले पनि पढेको थीएँ । त्यसबारेमा केही कुरा यहाँ पनि छ ।
ReplyDeleteसायद माओ पनि आजसम्म जीउँदो भएका भए लज्जीत हुन्थे होलान नेपालका माओवादी देखेर, अनि भन्थे होलान: "यदि यही नै माओवाद हो भने म पनि माओवादी हैन" ।
प्रचण्डको "जनता" को परिभाषा सुनेपछि उनको 'विद्वताको' सहि पहिचान त भयो नै, एकजना साधारण जनताले प्रश्न गर्दा समेत असह्य भएर जनतालाई नै व्यंङ्य गर्न उत्रने उनको स्वभाव देखेर दया पनि लाग्यो ।
म पनि माओवादी हैन तर नेपाली पक्कै हुँ ।
पार्टिको बिशालकाय छायामा नेपालिपन ओझेलमा परेको छ । दलिय पहिचान बढ्दै गको छ र राष्ट्रिय पहिचान भने पुर्णतया छैन नै भन्दा नि हुन्छ।
ReplyDeleteजस्तै एउटा उदाहरण हेरौ - गिरिजाको मरणपश्चात गिरिजालाई देशका महानायक भनि घोषित गरियो तर जनसमुदायको हातमा काग्रेसको भन्दा बाहिर नेपालको झण्डा वोकेको कुनै हात उठेको नै देखिइएन ।
यहाँ कुन दलको ले बिशेष प्राथमिकता पाउन थालेको छ , मात्र म नेपालि त हाँसोको पात्र हुन्छ ।
Dear Basantji ! namaste. U have written nicely the truth but at present they are becoming more and more powerful in Nepal.I am afraid and will not be surprised ,if they will be succeed to take over the power.If it will happen ,then the m.p.system will be no more.As they are also saying that they are not against of it,but their m.p.s.will be special, in which many present parties will be banned.
ReplyDeleteartha ko anrtha banal lekhiyeko lekh jasto lagyo malai .....maile pani hereko thiye tyo program but testo kunai chhanak ta malai lagena ....usle ke bhaneko thiyo teslai once again herda bujhnuhunchha ki....bekar ma artha ko anartha kina lagaunuhunchha .....he was right ...
ReplyDeleteAarthapurna Article...khushi lagyo !!
ReplyDeleteम पनि एउटा नेपाली हु त्यस पछी मात्र अरु के के बाद ( अरुथोक )...
ReplyDeleteयति धेरै कुराहरु तपाई कै अघि बसेर धाराप्रवाह रुपमा सुनिरहे जस्तो लाग्यो ! जेहोस दाइ संग राजनैतिक चेतना राम्रो रहेको पाए !! अनि राम्ररी प्रष्ट रुपमा आफ्नो धारणाहरु राख्नु भएको मा यहा लाइ धन्यवाद !
....यस विसयमा सबै जना यसरि नै सचेत हुनु पर्ने आज को खाचो रहेको छ !!
साम्यवादी सपना बाँडेर गरिने राजनीति र त्यसले पुर्याउने गन्तव्यको बारेमा केही पूर्वाग्रही लागे पनि सटिक विश्लेषण गर्नुभएको छ। अहिले माओवादीहरुले नेपालमा गरिरहेको राजनीतिले साम्यवाद र वर्गीय मुक्ति मात्र हैन सामान्य सकारात्मक परिवर्तनका कुरालाई समेत 'गँजडी गफ' प्रमाणित गरिरहेको भान हुन्छ।
ReplyDeleteयहाँहरु सबैलाई हार्दिक धन्यबाद!
ReplyDelete