"होशियार -१"
बहुदलमाराले संविधानसभाको भाषण पस्किए
नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए
बजारमा खरानीको अभाव हुँदैछ चाँडै-
हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए !
"होशियार -२"
छेपाराहरु रंग बदल्न सक्छन्
स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन्
नदेखिने दाराहरु पनि छन् ब्वाँसाका-
होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!
(मे २२, २००६)
होशियार त भनिरहेकै छौँ, अनि सबै थाहा पाइराखेकै छौँ ! "हुन सक्छन्" मात्र होइन, ती सबै कुरा भइरहेकै छन् ।
ReplyDeleteMuktak yesto po hunu parcha. Hosiyar aajkal sasta sahitya ko big bigi chha.
ReplyDeleteto be very frank i did not like these !
ReplyDeleteईतिहासको व्याज सावाँ भन्दा पनि दामी छ है !
ReplyDeleteम पनि नेपालियन जीकै कुरामा सहि थाप्छु । धेरै पछि गहकिलो र वजनदार मुक्तक पढें है मैले पनि ।
निकै दमदार ............ बसन्त दाइ !!
ReplyDeleteलेखिएको मितीमात्र ईतिहास बनेको छ लेखिएको प्रसंग त सदावहार रोग नै भयो हाम्रो त्यसैले मुक्तकले हाम्रो सदावहार वर्तमान बोलेको छ भन्दा हुन्छ । राम्रो लाग्यो ।
ReplyDeleteमनपर्यो .................:)
ReplyDeleteआफु सुनको महलमा बसेर जनतालाई थाङ्नामा सुताउने पापीहरुलाई जति होशियारी गराए पनि ब्युझिएनन, खुराफातिहरु ।
ReplyDeleteवसन्तजी, कविता ज्यादै राम्रेा लाग्येा । अागनमा जुन फूल फुलेकेा दृश्य राख्नु सटृा हिमाल मुनिकेा नेपली घर र त्यसकेा अागन ,पींढी देखाउन पाए कति राम्रेा हुने थियेा हेला । यस्मा अन्यथा लिनु हुन्न भने पेाखरातिरकेा त्यस्तेा दृश्य राखैां न कसेा हेाला ।जस्ले नेपाली पहिचान पनि दिनेछ ।
ReplyDeleteयहाँहरु सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteकार्की सर, हेडरको चित्र फेरिरहने विचारमा छु, त्यसकारण तपाईँले भनेजस्ता पनि अबश्य पर्नेछन्। तपाईँको सुझावका लागि धेरै-धेरै आभारी छु।