March 13, 2009

केहि कुरा, ब्लगकै

१)ब्लगको पूर्ण नेपालीकरण तिर:
यो ब्लग शुरु गर्दा यसको स्वरुप नेपाङ्रेजी हुने कल्पना गरेको थिएँ मैले। केहि समय त्यस्तै पनि भयो, कहिले नेपालीमा-कहिले अंग्रेजीमा लेखियो। यस्तो नेपाङ्रेजी ब्लग चलाउन आफैंलाई अप्ठेरो लाग्न थाल्यो। फेरि मेरो उद्देश्य नेपाली राजनीति र नेपालमा घटेका बिभिन्न घटनाहरुको बारेमा आफ्नो आफ्नो विचार राख्नुपनि थियो। नेपालको बारेमा, नेपालीलाईनै लक्ष्य गरेर लेख्ने तर अंग्रेजीमा लेख्ने- यो अलि सुहाऊँदो लागेन र म पूरै नेपालीतिर मोडिएँ। भविष्यमा समय मिल्यो भने नेपालको राजनीति, दक्षिण एशियाको राजनीति (विशेष गरी नेपाल-भारत सम्बन्ध) आदि विषयमा केन्द्रीत हुनेगरी ब्यक्तिगत वा समूहगत रुपमा अंग्रेजीमा ब्लग चलाउने योजना छ। योजना कहिले साकार हुन्छ, टुंगो छैन।

अर्को कुरो, यो ब्लगमा मैले आफ्ना साहित्यिक रचनाहरुलाई पनि राख्दै आएको छु। अंग्रेजीमा साहित्य रचना गर्ने मन छैन; त्यसो त हुती पनि छैन:)

२)ब्लगको नाप-नक्शा:
साधारण टेम्प्लेटबाट शुरु भएर कहिले यता केहि जोडिएर, कहिले त्यता भाँचिएर, कहिले उता तन्किएर अहिलेको यो स्वरुपमा आइपुगेको छ यो ब्लग। कोडहरुको सिपालु खेलाडी हैन म र समय पनि धेरै दिन सकेको छैन यसमा, तर यताउताबाट खोजेर भएपनि यसरी चल्न रमाईलै हुँदो रहेछ। हिजो एकछिन घच्याकघुचुक चलाएको थिएँ, अलि अडबांगे बनेको छ। यो 'बाँदर खेलाइ'ले गर्दा ब्लगै ऊँट बनेको हो कि जस्तो पनि लाग्छ बेला-बेलामा:)

यो ब्लग खुल्दा समस्या देखिएका छन् भने खबर पाए आभारी हुनेथिएँ।

३)ब्लगको शिर्षक:
भनेजस्तो ब्लगको शिर्षक अझै जुटाउन सकेको छैन। एउटा त्यस्तो शिर्षकको खोजीमा छु, जो ब्याबहारिक पनि होस् र आध्यात्मिक पनि होस्; जो साधारण पनि होस् तर आफूभित्र गहन रहस्य लुकाएको पनि होस्। दिमागमा केही कथाहरु, बिम्बहरु छन्; म चाहन्छु ब्लगको शिर्षकले ती बिम्बहरुलाई, कथाहरुलाई सटीक आकार देओस्। अहिलेको शिर्षक The Road to Nowhere Goes Everywhere---ले धेरै अर्थसम्म न्याय गर्छ ती कथाहरुलाई, बिम्बहरुलाई; तर यो लामो र भद्दा लागेको छ। केहि समयभित्रै एउटा टाँसो यसकै बारेमा लेखेर यो शिर्षकलाई सेलाउने बिचारमा पुगेको छु।

४)अर्को ब्लग:
माथि अर्को ब्लग पछि चलाऊँला भनेको थिएँ, यहाँचाहीँ अहिलेनै चलाउने कुरा गर्दैछु:) कुरो के हो भने, छोरीको दोश्रो जन्मदिन पारेर एउटा ब्लग शुरु गरेको थिएँ। दुई लुरे टाँसोपछि त्यसै रह्यो त्यो। केहि समय यता फेरि गति दिन थालेको छु त्यसलाई। शुरुमा त्यसलाई पनि नेपालीमा चलाउने विचार थियो, अहिले आएर अंग्रेजीमा लेख्ने निर्णयमा पुगेको छु। विषयवस्तु केहि छोरीका दैनिकी/गतिबिधिहरुबाट, केहि उसलाई हुर्काऊँदाका आफ्नै अनुभवहरुबाट लिइनेछ। Parenting Tips को रुपमा यताउताका जानकारीहरु पनि संकलन गर्ने सूर छ।

के-कति लेख्न भ्याईन्छ कुन्नि, आफैँलाई अर्को एउटा बोझ थपेको थाहा छ, तर थाहा हुँदा-हुँदै पनि थपियो। पिउन बस्दा पनि यस्तै हुन्छ; लागिसक्यो, यहाँभन्दा बढी पिउनुहुन्न अब भन्ने थाहा हुन्छ तर थाहा हुँदा-हुँदै पनि नयाँ बोतल खोलिहालिन्छ:)

समय हुँदा यस्सो चियाउन नबिर्सनुहोला; HER WORLD, OUR WORDS, अड्डाको ठेगाना (http://babyaryaa.blogspot.com/) हो। यहि ब्लगको टाउकामा राखिएको PARENTING भन्ने सूत्रले पनि त्यतै पु-याउनेछ यहाँलाई।

15 comments:

  1. साच्चै ब्लग नशा नै हो जस्तो लाग्छ हिजो आज त ब्लग नपढी, नहेरी निन्द्रा नै लाग्दैन। लोडसेडिङ्ग ले गर्द धेरै नै गार्ह्यो भएको छ, बत्ती आएको बेलामा आफ्नो काम हुने अनी फुर्सदमा बत्ती नै हुन्न ।

    ReplyDelete
  2. ब्लगको नशा लागेको म जस्तालाई त जति बढ़ी बतल उती मज्जा | तर त्यों नयाँ ब्लगको लिंक चाहीं खोई नि ?

    ReplyDelete
  3. लेख्दै जाँदा समय आफैँ मिल्नेगर्छ ।

    ReplyDelete
  4. ब्लगको शिर्षकको कुरा गर्दा अहिलेको शिर्षक राम्रो छ ( तर त्यो भन्दा राम्रो भेटे मज्जाले फेर्दा हुन्छ:))। मैले पनि आफ्नो बल्गको लागि नया नाम खोजेको धेरै भयो खै भेट्या छैन क्यार ! :)

    नाप-नक्शाको कुरामा भने सबैको त्यहि हाल होला (फूर्सद भा'को बेलामा सबैजना चल्छन सायद)

    छोरीको नाममा नया ब्लग शुरु गर्नु भएकोमा बधाई ! र निरन्तरताको शुभकामना ।

    ReplyDelete
  5. बसन्तजी नयाँ ब्लगको सुरुवात गर्नु भएको मा बधाई !

    ReplyDelete
  6. बसन्त जी ब्लगको नेपालीकरण नै राम्रो लाग्छ मलाई । त्यसोभए अब देखि नयाँ राजनितिक कुरा संगै घटनाहरुको जानकारी खोज्नलाई अन्त जानै परेन मोटामोटि रुपमा । राम्रो निर्णय लिनुभएछ। अनि ब्लगको शिर्षक त मलाई अति नै मनपरेको हो यो ।नाप नक्सा र फुल बुट्टाको कुरामा त म नै कमजोर छु तपाइ भन्दा ।

    साथै तपाइको यो छोरिप्रतिको भावनामा उब्जीएको ब्लगले निरन्तरता संगै मौलाउने अवसर पाओस ।

    ReplyDelete
  7. बसन्त जी नाम जुराउने बिचार मा हुनुहुदो रहेछ ...blog को , नेपाली मा अपडेट गरे पछि नाम पनि नेपाली नै भएको राम्रो होला जस्तो लाग्छ -मेरो मत मा त । तपाइकै सोच अनुसार को टाइटल फुरोस तपाईको दिमाग मा ।
    अनि आफनो फुचिको पनी blog create गर्नु भा 'रहेछ ... त्यो पनी राम्रो लाग्यो ............. सफलता को कामना गर्दछु ।

    ReplyDelete
  8. रमाईलो गरेर ब्लगका कुरा झिक्नुभएछ । ब्लगको न्वारान गरिदिन त मैले नि सक्दिंन है । अँग्रेजीमा भए पनि अहिलेको नाममा साह्रै मिठास छ यत्तिकै मिठास पूर्ण नहुञ्जेल नेपालीमा भनेर मात्रै अर्थोक नराखे नि हुन्छ भन्छु म पनि दिलीपजीले झैं ।

    छोरी आर्याको ब्लग खोल्नुभएको कुराले साह्रै साह्रै हर्ष महसुस गरें । यसले आर्यालाई ठुली भएर आफैं ईन्टरनेटको दुनिँयामा तैरने भएपछि तपाईंहरुले हिँडाउन खोज्नुभएको बाटो अझ स्पस्ट देखाउने छ । अनुकरणीय लाग्यो यो कदम ।

    ReplyDelete
  9. Basantjee I will be following your new blog and congratulation for the new endeavor.

    ReplyDelete
  10. आफु लाई त ब्लग र बोतल उस्तै उस्तै लाग्छ भन्या, दुबै ले नशा दिने । कि कसो ? ब्लग नहेरी र नपढी अनि बोतल नखोली र नपिई निद्रा नै आउदैन के गर्ने गर्ने, अहिले अलि ब्यस्तताले गर्दा ब्लगमा समय दिन नै पाको छुईन । छोरी आर्या को नाम मा पनि नया ब्लग खोल्नु भएको रहेछ सुनेर खुशी लागयो, बधाई छ बसन्त जी, निरन्तरता को कामना गर्दछु ।

    ReplyDelete
  11. अर्को ब्लग पनि यस्तै सशक्त होस् दाइको !!!

    ReplyDelete
  12. नेपाली मा नै लेख्दा नै ससक्त रुपमा अंफुलाई प्रस्तुत गर्न सकिन्छ जस्तो लाग्छ, तर भाषाको सिमित ज्ञान र युनिकोड मा टाइप गर्न लाग्ने समयका कारण संधै नेपालीमा लेख्न गार्हो हुन जान्छ । पहिले पहिले ब्ल्ग नलेख्दा छटपटी हुन्थ्यो, हप्तामा एक चोटि लेख्नै पर्छ जस्तो obligation भा जस्तो लाग्थ्यो । अहिले समय र जांगरको अभावले गर्दा फुर्यो र मिल्यो भने मात्र लेखिन्छ, त्यसैले गर्दा २ महिनामा एक चोटि एक चोटि सम्म ढिलो हुन जान्छ :)

    ReplyDelete
  13. बसन्त जि,अरु त हामिले के नै पो गर्न सकिन्छ र?यहि ब्लग मार्फत समसामयिक यथार्तहरुलाई ब्लगर मित्रहरु माझ पुर्याउने हो,अनि तपाईको बिचारहरुलाई म सधै सह्राना गर्छु, सफल्ताको कामना पनि गर्छु!!!

    ReplyDelete
  14. प्रतिकृया र शुभेच्छाका लागि सबैलाई धन्यबाद!

    केशबजी, यस्तै हो ब्लगको नशा! म पनि समाचार पढ्ने समय काटेर भएपनि ब्लगै पढ्छु। हरेक बिहानका शुरुवाती कर्महरुमध्येनै पर्छ ब्लगहरु चहार्नु।

    मिलन भाइ, बोतल धेरै भएको त रमाईले हो तर फिट्टू भएर लड्यो भने उठाउने कल्ले क्या:)

    आकार भाइ, लेख्दै जाँदा समय निक्लँदो रहेछ तर आफ्ना केहि सौखहरुलाई बाई-बाई गरेपछि मात्रै:) फुर्सद भयो कि यो ब्लग स्याहार्ने चटारो हुन्छ!

    दिलिप दाइ र जडितजीको कुरा सुनेपछि ब्लगको शिर्षकबाट "The Road----" लाई नहटाउने विचार गरेको छु। नेपालीमा सुहाउँदो शिर्षक भेटेपछि दुबैलाई राख्ने विचार गरेको छु। बरु त्यो "नमस्ते---" लाई भने हटाउनुपर्ला।

    सिकारुजी, अलि-अलि नापनक्शा मिलाउने काम गर्न कोडहरुमा दक्षनै हुनुपर्छ भन्ने पनि छैन। खोज्यो भने सजिलै गर्न सकिने धेरै तरिकाहरु देखिन्छन्।

    बेदनाथजी, तपाईँले भनेजस्तै शरीर नेपालीमा भएपछि टाउकोमा पनि कि एउटा ढाका टोपी कि एउटा भादगाऊँले टोपी किन नराख्ने भन्ने विचार आएको हो। अब के हात लाग्छ, ढाका टोपी या भादगाऊँले टोपी, हेरौं।

    सुमिरनजी, यहाँको शुभेच्छा मेरो ब्लग यात्राको निरन्तरताका लागि ठूलो ढाडस हो।

    चिजुजी, दुबैको राम्रै अनुभव भएकाले मलाई पनि ब्लग र बोतल ठ्यास्तै उस्तै लाग्छन्!

    प्रवेश भाइ, कोशिश गर्नेछु त्यतापनि नियमित हुन।

    प्रज्वलजी, अंग्रेजीमा लेखेपनि आफ्नो भाव सशक्त ढंगले ब्याख्या गर्न सकिन्छ, तपाईँको ब्लगनै उदाहरण छ। मेरो ब्यक्तिगत अनुभवमा चाहिँ आधा अँग्रेजी-आधा नेपाली अलिक अमिल्दो लागेको हो।
    तपाईँको ब्लगले अलिक गति फेरि लिने कुरामा आशावादी छु, पर्खिरहेको छु।

    संगमजी, तपाईँले भनेजस्तै आफ्नो विचार अरुसंग बाँड्ने सबैभन्दा सशक्त माध्यम बनिसकेको छ ब्लग।

    अन्त्यमा, अर्को ब्लगमा पनि नियमित लेख्न कोशिश गर्नेछु। कताको समय ताछेर त्यता दिने हो भन्ने जोडघटाउमा ब्यस्त छु अहिले:)

    ReplyDelete
  15. maile ta blog ko nasa le garda ho kya khana ma pani comment dekne garchu sayed so nasa ta sarai aachammako hune raicha .

    ReplyDelete