कलेजहरुमा आजभोलि जारी पागलपनको उत्कर्षको रुपमा भोलि कि पर्सि कहिले नेपालमा 'स्ववियु चुनाव' हुँदैछ। कुरालाई अगाडि बढाउनुभन्दा पहिले एउटा खरो सत्यलाई ओकलिहालौं, अपराधीकरणले ग्रस्त नेपाली राजनीतिको मूहान भनेको विद्यार्थी राजनीतिनै हो, राजनीतिक अपराधहरु सिक्ने र तिनलाई 'लोकप्रिय', 'जनप्रिय' आवरण दिने कामको पहिलो पाठशाला विद्यार्थी राजनीति हो। नेपालको शैक्षिक क्षेत्र भनेको सबैभन्दा बढी राजनीतिक बलात्कार गरिएको गैर-राजनीतिक क्षेत्र हो।
विद्यार्थीहरुले आफ्नो हकका लागि संगठित हुनु र युनियन बनाउनु स्वाभाविक हो, त्यसका लागि चुनाव हुनुपनि स्वाभाविक हो तर राजनीतिक दलहरु केन्द्रीय स्तरबाटै बाहुला सारेर आफैं विद्यार्थी राजनीतिमा होमिनु अत्यन्त अस्वाभाविक हो। हो, यो अत्यन्त अस्वाभाविक र निन्दनीय हो तर हाम्रो देशमा यसलाई सबैभन्दा स्वाभाविक र आवश्यक तथ्यको रुपमा स्थापित गरिसकिएको छ र कथित 'विद्यार्थी राजनीति' को विपक्षमा बोल्नु सजिलै 'प्रतिगामी' वा 'मण्डले' ठहरिन सक्छ।
आई.एस्सी. पढ्दाका २ वर्ष (जो २०४६को आन्दोलनले गर्दा तन्किएर तीन वर्ष बनेको थियो) म पनि एउटा विद्यार्थी संगठनको 'घोडा' बनेर हिँडेको थिएँ। केहि सकारात्मक अनुभवहरु नभएका हैनन् त्यो अवधिका, तर समग्रमा मैले धेरै मूल्यवान समय त्यता लगाएर गल्ती गरेजस्तो लाग्छ अहिले। त्यो बेला बिभिन्न कारणवश स्ववियु चुनाव हुन पाएन र पागलपनको उत्कर्षलाई विद्यार्थीकै रुपमा भोग्न पाईएन। पछि एउटा कलेजमा माष्टरी गर्दा दुई-तीन स्ववियु चुनाव र ब्यावसायिक गुण्डागर्दीको राजनीतिकरण राम्रैसंग देखियो। विद्यार्थी राजनीतिलाई गुण्डागर्दी परिचालन भनेपनि हुन्छ, जो यसको ब्यबस्थापनमा दह्रो हुन्छ, उहि सफल हुन्छ।
हाम्रो देशको दुरावष्थाको एउटा प्रमुख कारण देशको दयनीय शैक्षिक गुणस्तर हो। विद्यार्थी संगठनहरुले यो दयनीय शैक्षिक गुणस्तरलाई अलिअलि भएपनि गौरव गर्न लायक बनाउने दिशामा एउटा सिन्कोपनि भाँचेका छैनन् किनभने यो दयनीय स्थितिको एउटा प्रमुख कारण उनीहरुनै हुन्। अहिले अस्तित्वमा रहेका विद्यार्थी संगठनहरुका चिन्तनमा आधारभूत परीवर्तन नआएसम्म अथवा यी संगठनहरुलाई अरु गतिला विकल्पले बिष्थापित नगरेसम्म देशको शैक्षिक दयनीयतामा तात्विक फरक आउने देखिँदैन।
सबैलाई थाहा भएकै कुरा हो, नेपालका विद्यार्थी संगठनहरु भनेका 'विद्यार्थी संगठन' होईनन् र राजनीतिक दलहरुका छाया हुन्। नेपालका राजनीतिक दलहरुले शैक्षिक संस्थाहरुलाई आफ्ना कार्यकर्ता उत्पादन गर्ने प्रमुख कारखानाभन्दा बढीको रुपमा कहिल्यै सोचेका छैनन्। त्यसैले स्ववियु चुनावमा पनि शैक्षिक गुणस्तर वा विद्यार्थीहरुका समस्याहरु ठूला मुद्दा कहिल्यै बन्दैनन्, यदाकदा सतहमा ती देखिएपनि प्रतिष्पर्धा आ-आफ्ना माउ राजनीतिक दलहरुका नीति र कार्यक्रमहरुको बीचमा हुन्छ। त्यसैले, साँचो अर्थमा शैक्षिक गुणस्तर र विद्यार्थी हकहितका लागि विद्यार्थी युनियन बनुन् भनेर हाम्रा राजनीतिक दलहरु कहिल्यै चाहँदैनन् किनकि विद्यार्थी युनियनहरु र समग्र विद्यार्थी जगत परिपक्व बन्यो भने नेता र दलहरुका खेताला को बन्छ?
विद्यार्थी राजनीति नभएको भए यत्रा-यत्रा राजनीतिक परीवर्तनहरु कसरी हुन्थे भनेर यसलाई पवित्र बनाउने कसरत हुन्छ, तर यो कुनै गतिलो तर्क होईन। अपरिपक्व र अविवेकी विद्यार्थी राजनीतिले गर्दा लाखौंको भविष्य अन्धकार भएको छ, देशको शैक्षिक गुणस्तर झन-झन ओरालो लाग्दैछ र यो गुणस्तरको ह्रासका कारण देशको अरबौंको पूँजी निरन्तर विदेश पस्दै छ। राजनीतिक परीवर्तनका लागि विद्यार्थी जगतलाई परिचालननै गर्नुपर्ने स्थितिमा पनि शैक्षिक गुणस्तरलाई नभत्काई रचनात्मक ढंगले परिचालन गरिनुपर्थ्यो, तर रचनात्मकता हामी नेपालीको जिनमा अझै नपसिसकेको हुनाले यस्ता कुरा आशा गर्नुपनि बेकारै हो।
पंचायत कालसम्म विद्यार्थी राजनीतिको जारी पारालाई एक हदसम्म स्विकार्न सकिन्थ्यो किनभने अन्य बाटोबाट राजनीति अघि बढाउन गाह्रो थियो। पञ्चायतको अवसानपछि युनियनहरुबाट 'राजनीति' लाई डाँडा कटाइनुपर्थ्यो र विशुद्ध शैक्षिक अभियानको रुपमा लगिनुपर्थ्यो किनभने जुलुश उत्पादन गर्ने कारखानाहरु अरुपनि धेरै खुलिसकेका थिए। तर विद्यार्थी युनियनहरुले राजनीति गर्ने र दलको घोडा हुने काम रोकिएन, उल्टो झन्-झन् बढ्दै गयो, अहिलेसम्म पनि बढ्दै छ।
त्रिविको शैक्षिक क्यालेण्डरलाई नियमित गराउने वा भिमकाय र भद्दा स्वरुपको राक्षसजस्तो त्रिविलाई केहि विश्वविद्यालयहरुको रुपमा टुक्राएर हुन्छ वा प्रशाशनिक संरचनामा आमूल परीवर्तन गरेर हुन्छ, छरितो र गुणस्तरीय बनाउने जस्ता कुरा विद्यार्थी संगठनहरुका प्राथमिकतामा कहिल्यै पर्दैनन्। कहिलेकाहीं अत्यन्त आवश्यक र समयसापेक्ष निर्णयको पनि विरोध गरेको देख्दा हाँसो उठ्छ। विद्यार्थी संगठनहरु सबै विधामा स्नातकलाई चार वर्षे बनाउने कुराको विरोध गर्छन्। यथार्थमा यो काम गर्न अत्यन्त ढिलो भईसक्यो। प्रमाणपत्र तहको कुरा छ अर्को। प्रमाणपत्र तह भनेको विश्वविद्यालयले चलाउने होईन, दुनियाँभरि विद्यालय तहमै राखिन्छ यसलाई। अहिले प्रमाणपत्र तह हटाउने कुरा नीतिगत रुपमा र ब्याबहारिक रुपमा कहाँ पुग्यो कुन्नि, तर यो धारणाको धुवाँधार विरोध गरेका थिए विद्यार्थी संगठनहरुले। प्रमाणपत्र तह हटाउने काममा जति पनि ढिलासुस्ती भएको छ, त्यसको जिम्मेवारीको प्रमुख हिस्सा विद्यार्थी संगठनहरुकै भागमा जान्छ। अझ हाँसो उठ्दो कुरो त, विद्यार्थी संगठनहरु कलेजमा लिईने प्रवेश परीक्षाकै विरोध गर्छन्।
प्रवेश परीक्षाकै विरोध गर्ने विद्यार्थी संगठनहरुले ल्याउने 'शैक्षिक गुणस्तर' कस्तो होला भनेर अनुमान गर्न खासै गाह्रो छैन!
March 17, 2009
विद्यार्थी राजनीति-राजनीतिक अपराधीकरणको पहिलो पाठशाला
Labels:
समसामयिक
Subscribe to:
Post Comments (Atom)
कडा तर चित्त बुझ्दो एबं सटीक बिश्लेषण ... नेपालमा साँच्चै नै स्थापित भैसकेको कुरालाई जति सुकै गलत भए नि बिरोध गर्ने आँट कसैले गर्दैनन... हो यही कारणले मलाई दाईको ब्लग फेरी फेरी फिर्केर घुम्न मन लाग्छ... म दाई संग शतप्रतिशत सहमत छू ....
ReplyDelete१००% चाहि सहमति हुन सकिन तपाईको कुरामा तर तपाइले दिनु भएको तार्किक पस्तुति चाहि यथार्थ लागे ... जून सही पनी हो । तर हाल हुदै गएको घटना लाइ हेर्ने हो भने विधार्थी राजनिति - राजनैतिक अपराधीकरणको पहिला पाठशाला हुदै गएको हो जस्तो लाग्छ - मलाइ पनी ।
ReplyDeleteयदि राजनैतिक दलका गुलामी नहुने हो भने विद्यार्थी संगठन - विधार्थीहरुको लागी आबश्यक छ । आफुमा आफ्नो हकहित को कुरा गर्न र सांगठनिक भै सहयोगी भाब ले अघि बढन मद्दत पुग्दछ ।
समयानुकूल हुने गरी लेख्नु भएको - मा तपाई लाइ धन्यबाद ! अनि तपाई ले दिन खोज्नु भएको सार लाइ अलीकती भए पनी नेपाली विधार्थीहरुले मनन गरेर अघि बढे भलै हुने'थ्यो ।
र नेपाली विधार्थीहरूले उनिहरुको क्रियाकलापद्रारा - विधार्थी र विधार्थी संगठनको बदनाम हुन नदीइकन गुणस्तर क्षिक्षामा जोड दिए उपायुक्त हुनेथियो ।
कुरा सहि भएपनि सम्पुर्ण रूपमै विद्यार्थी राजनीतिलाई गलत भनिहाल्ने अवस्था चैँ छैनजस्तो लाग्छ मलाई । परिवर्तन हुँदैछन् विस्तारै हुन्छ । तपाईँले भनेजस्तो वर्तमानमा यस्तो यथास्थितिवादी सोच हावी भएकै हुन् विद्यार्थी संगठनमा जस्तो त्रिविको कुरामा । तर विद्यार्थी राजनीतिलाई अग्रगामी नबनाउनको लागि सबैभन्दा ठूलो हात पूर्वविद्यार्थीहरूको छ । सबैजना विद्यार्थी राजनीतिबाट टाढिएपछि तपाईँजस्तै थकथकाउँछन् व्यर्थैमा लागिएछ भनेर तर यसका नकरात्मक पाटालाई खोतलेर फेरि पनि त्यो ठाउँमा कहिल्यै पनि आउँदैनन् । विद्यार्थी त आलाकाँचा हुन्छन् । निख्रिएका मानिसले पनि यस्तै नकरात्मक धारणा राखीदिएर विगत सम्झँदै थकथकाउने हो भने कसले उठाउने त विद्यार्थी राजनीतिलाई ? हाम्रा नेता यस्तै हुन् !!पढेलेखेका मान्छेहरू तपाईँले जस्तो कुरा गर्छन् !! कि बन्द गर्ने त विद्यार्थी राजनीति ?
ReplyDeleteTU लाई टुक्राएर छरितो बनाउने कुराको म १००% समर्थन गर्छु । TU अहिलेको AIG जस्तो भएको छ, Too big to fail :)
ReplyDeleteतेही भएर त न राम्रो हुन सकेको छ, न completely a failure भएको छ ।
शैक्षिक संस्थामा कुनैपनि राजनैतिक हस्तक्षेपलाइ ठुलो अपराधको रुपमा स्थापित गर्ने र तोकियको मयाद भित्र पढाइ नसकेर राजनिति मात्र गरेर बस्ने लाइ निस्कासित गर्ने गरे कसो होला ?
i've boycotted this year's election to protest violence & fucking politicization in the campuses.
ReplyDeleteस्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा उठाउनुभयो वसन्तजी । धेरै पहिलेदेखि मनमा बिझिरहेको थियो यो कुरो । शिक्षण संस्था पूरापूर शिक्षाकै आदानप्रदानमा केन्द्रित हुनुपर्छ, मुठीभरका जमातको स्वार्थको खेलमा जकडिएको राजनीतिले आम युवाको दिमाग भुट्ने भन्दा केही गर्दैन । हाम्रो सन्दर्भमा केही गरेको पनि छैन । हामीले अहिलेसम्मको घटनाबाट देख्दै र भोग्दै आएकै कुरा हो यो । शैक्षिक एजेण्डालाई राजनीतिक नाराले कुल्चिएर विद्यार्थी हकहितको मुद्दालाई सधैँ ओझेलमा पार्दै परिआउँदा सानोतिनो घटनामा आन्दोलन चर्काएर टायर दहन गरेर माउ पार्टीको खातिरदारी गर्ने तुच्छतामा नेपालको विद्यार्थी राजनीति सीमित भइरहेको छ ।
ReplyDeleteतपाईँले उठाउनुभएको 'विद्यार्थी सङ्गठन सङगठनभन्दा पनि राजनीतिको अड्डा भएको छ' भन्ने कुरा एकदम चित्तबुझ्दो छ । राजनीतिलाई युनियनबाट डाँडै कटाउनुपर्छ, तर यसको लागि युवा विद्यार्तीको नाममा राजनीति गर्ने पार्टीका मैँ हुँ भनाउँदा युवा भरौटे जमात ने तयार हुनुपर्ने जरूरी छ । तर आम युवाको शैक्षिक बढोत्तरीमा केन्द्रित हुनुपर्ने उनीहरू नै पार्टीको पैँतालामा पिसिन राजी हुन्छन भने केही लाग्दैन । तपाईवको कुरामा पुरै सहमत हुन म पनि सकिनँ । हो, राजनीतिक अखडामा परिणत स्ववियुले गुन्डागर्दीलाई प्राथमिकतामा राखेर र भ्रष्ट नेतृत्वको जुत्ता टल्काउने भन्दा बढी काम गरेको छैन , तर यसले युवाको चेतनास्तर बढाउन अहम् भुमिका खेलेको छ । तर त्यो चेतनास्तरलाई अराजक र छाडातन्त्रको निकासमा प्रयोग गरियो र मात्र आजको यस्तो नकाम भयो ।
स्ववियु निर्वाचनको सन्दर्भमा ज्यादै घत पर्ने कुरा उठाउनुभयो वसन्तजी । धेरै पहिलेदेखि मनमा बिझिरहेको थियो यो कुरो । शिक्षण संस्था पूरापूर शिक्षाकै आदानप्रदानमा केन्द्रित हुनुपर्छ, मुठीभरका जमातको स्वार्थको खेलमा जकडिएको राजनीतिले आम युवाको दिमाग भुट्ने भन्दा केही गर्दैन । हाम्रो सन्दर्भमा केही गरेको पनि छैन । हामीले अहिलेसम्मको घटनाबाट देख्दै र भोग्दै आएकै कुरा हो यो । शैक्षिक एजेण्डालाई राजनीतिक नाराले कुल्चिएर विद्यार्थी हकहितको मुद्दालाई सधैँ ओझेलमा पार्दै परिआउँदा सानोतिनो घटनामा आन्दोलन चर्काएर टायर दहन गरेर माउ पार्टीको खातिरदारी गर्ने तुच्छतामा नेपालको विद्यार्थी राजनीति सीमित भइरहेको छ ।

jotare jee dherai bahvuk hunu bho ba... :)
ReplyDeleteसबैलाई धन्यबाद!
ReplyDeleteआफ्नो हक-हितको सुरक्षाको लागि संगठित हुन पाउने विद्यार्थीको अधिकारको विरोध मैले गरेकै छैन। मेरो विरोध भनेको पूरै शैक्षिक आन्दोलन/संगठनलाई दलीय राजनीतिको दलदलमा फसाएर त्यसमा फक्रिन सक्ने रचनात्मकतालाई उठ्नै नसक्ने गराईएको स्थितिका विरुद्ध हो। म फेरिपनि के दोहो-याउँछु भने शैक्षिक समस्याका सवालमा यी विद्यार्थी संगठनहरुले एउटा सिन्को पनि भाँचेका छैनन्। गुण्डागर्दीलाई प्रश्रय दिने, भोटबैंकको रुपमा मनपरी विद्यार्थी भर्ना गर्न दबाब दिने, आफूले भनेजस्तो नभए शैक्षिक संस्थाका भौतिक सम्पत्तिमा आगो झोस्ने यिनै विद्यार्थी संगठनहरु हुन्। हाम्रो देशमा कुनैपनि चुनाव-त्रास फैलाएर, अरुलाई कुटेर, आवश्यक पर्दा मारेरै भएपनि जसरी भएपनि जित्नैपर्ने जुन संस्कृति ब्याप्त छ, त्यसको मूल भनेकै यिनै स्ववियू चुनाव हुन्।
यो स्थितिको अन्त्य नहुनुमा प्रवेश भाइले भनेको जस्तो पूर्व-विद्यार्थीहरुको मात्र जिम्मेवारी छैन। यथार्थमा केहि पूर्व-विद्यार्थीहरुलेमात्रै गर्दैमा केहि हुनेवाला पनि छैन, उनीहरुकै ‘रामधूलाई’ बाहेक। जबसम्म दलहरुमा, नेताहरुमा र विद्यार्थि संगठनहरुमा शैक्षिक क्षेत्र देशको सबैभन्दा महत्वपूर्ण र संवेदनशील क्षेत्र हो र यसलाई पत्रु बनाउनु राष्ट्रघात हो भन्ने महशूश हुँदैन तबसम्म स्थितिमा केहि फेरबदल हुनेछैन।
प्रज्वलजीले उठाउनुभएको शैक्षिक क्षेत्रको राजनीतिलाई अपराधको दर्जा दिने र दुई दशकभन्दा पनि बढी विद्यार्थी बनेर अड्डा जमाउने प्रवृत्तिलाई डाँडा कटाउने कुरा जायज छ। तत्कालै गर्न सकिने छाँट देखिँदैन किनभने यस्तै गर्नेको हालीमुहाली छ जताततै। तर आफ्नो ठाऊँबाट आवाज उठाउने काम भने गरीरहनुपर्छ ता कि चाँडै नभएपनि हाम्रा नाती-नातीनाले भने छुद्र राजनीतिको गन्धबिनाको शैक्षिक आन्दोलनको हिस्सा बन्ने सौभाग्य पाउन्:)
यस्ता विद्यार्थी संगठनहरुले विद्यार्थीहरुको चेतनास्तर उकासेका छन् भन्नुहुन्छ धाइबाजी। निश्चयपनि त्यो सही हो तर जबसम्म शैक्षिक/विद्यार्थी आन्दोलन दलीय राजनीतिबाट मुक्त हुँदैन तबसम्म त्यो चेतना विध्वंशात्मकनै रहीरहनेछ। हामी नेपालीहरु विद्रोह गर्न र विध्वंश गर्न त साह्रै सिपालु भयौं तर रचनामत्क हुने चेत कहिल्यै फुरेन हामीलाई। निर्माण गर्नसक्ने मान्छेलाई मात्र चेतनशील भन्न सकिन्छ जस्तो लाग्छ मलाई।