"शहीद खेती"
नाङ्गले पसलमा शहीद
किराना पसलमा शहीद
र सुपरमार्केटमा शहीद;
थोकमा शहीद, खुद्रामा शहीद
छुटमा शहीद, भारी छुटमा शहीद
र एकको भाउमा दुई शहिद;
अनुहार नभएको शहीद
अनुहार भएको शहीद
र धेरै अनुहार भएको शहीद;
यो शहीद खेती मौलाएको देशमा-
परीणामको मन्दी छ राजनीतिको बजारमा
शब्दमुद्राको द्रूत अवमूल्यन छ
र भाग्य हेर्नेको सुगाले पनि थुतिरहेछ
दिनमा पाँच-सात शहीद;
यो शहीद खेती मौलाएको देशमा-
बिना ज्याला घोटिईरहेका
शहीद खेतीका खेताला हामी
यो शहीद खेती मात्रै मौलाएको देशका-
खेत हामी, मल-जल हामी
बीऊ हामी, फल हामी
मात्र अदली-बदली छ जमीन्दारहरुको
र शहीद खेती जारी छ
यो शहीद खेती मौलाएको देशमा
शहीद खेती जारी छ!
March 05, 2009
शहीद खेती
Labels:
कविता-गीत-गजल,
भाषा-साहित्य
Subscribe to:
Post Comments (Atom)
शहीद को खेती कति नजाती ...खै कूनी के ठान्या छन .... ???? अब त नेपाली नया शब्द कोष मा पनी शहीद को शाब्दिक अर्थ परिवर्तन गर्नु पर्ला जस्तो छ .... "हरेक मृत्यु .... शहीद योग्य हो भनेर" त्यस पछि त कुर| साफ कसैले ... शहीद घोषणा गर भनेर जात्रा त मचाउदैन !
ReplyDeleteबेईमानहरुले मन गर्नु पर्ने हरुको पनी अपमान गरे ...
सही लाग्यो तपाई को भाब ।
वास्तवमै यो शहीद खेती शहीदको खेती शहीद कूखेती दुखलाग्दो हिसाबले मौलायो । शहीद कूखेती मौलाउने कारणहरु छुँदै म चैं केही अघि देखि लघुकथाको परिकल्पना गर्दैथिएँ तर छिनोफानो गर्न सकेको थिँ'न । यो कविताले अझ हुट् हुटी लगायो ।
ReplyDeleteनामका र कामका सहिद भन्दापनि 'दाम'का सहिदको अचाक्ली वृद्धि भयो । १० लाख पाउने भएपछि आफ्ना साला, ससुरालाई पनि सहिद बनाउन थाले । अब त देशलाई योगदान पुर्याउने मान्छेले पनि मरेपछि सहिद घोषणा नगरिदिनुहुन अनुरोध गर्छन् होला । वेइज्जतको भाँडो नै भयो सहिद शब्द पनि !! माग्ने पनि सहिद, थाँङ्ने पनि सहिद !!
ReplyDeleteहुन त माथि बेदनाथले को भावले पनि प्रष्टयाएको छ तर फेरि भन्न मन् लाग्यो । अबत घाँस दाउरा अनि मेलापाता वा भनु घरमै मरेको ब्यक्तिलाई पनि शहिदैको उपमाले सुसन्जित पारे भै हाल्यो नि सक्नेले त । कानुनको परिधिलाई पैसाको बादलले छेक्ने राजनिति कर्मिहरुको देशमा के नै नहुने रहेछ र? बिचरा देशको लागि रगत बगाउनेहरुको बलिदानलाई बेचेर लुछाचुडि गर्दै हसुर्न लाग्दैछन तिनै शहिदको रगत ।
ReplyDeleteसाच्चै जताततै शहिदै शहिद । अनुहार भएको नभएको देश देखेको नदेखेको अनि हामि चाहि उनैका गोठाला जिवनभरी....?????
बसन्त जी सबै मरमसला पुगेको शहिद खेति । अति सान्दर्भिक ।
मेरो मनको कुरा लेख्नु भएछ । माथि दीपकजीले भन्नु भएजस्तै म पनि यसबारेमा कुनै तरिकाले लेख्ने सोचमा थीएँ ।
ReplyDeleteसाँच्चै शहीदको बेईज्जत हुने गरी 'शहीद' बनिसके हामिकहाँ । जिउँदै मरेकाहरु ठालु रहेसम्म यो खेती के रोकीएला र ?
अब शहीद भनी नै पर्ने मान्छेले नि उठेर भो मलाई शहीद नभन भन्ने बेला भा छ...
ReplyDeletecrazy, your poem is boot for duplicate martyrs.
ReplyDeleteहोईन यती गर्नैको लागी हो त माओबादी लाई सरकार मा पठाएको ? यो त अति नै भो नि, हुँदा हुँदा अब काल गतिले मरेका लाई पनि शहिद भन्न बेर लाउदैनन यिनी हरुले, कि कसो ?
ReplyDeleteसहित खेती मात्र सप्रियो साँच्चै हाम्रो नेपालमा !
ReplyDeleteमार्मिक विषयमा मार्मिक कविता लेख्नुभएकोमा आभार ।
लौ बशन्त जि नेपालमा सप्रिएको खेती नै यही त हो नि शहिद उमार्ने खेती क्या। बडो मार्मिक कबिता लेक्नु भयो मन छोयो।
ReplyDeleteKheti SAHID KOO
ReplyDeleteसबै साथीहरुलाई हार्दिक धन्यबाद! यो शहीद खेतीको अन्त्य नहुञ्जेल देशमा अरु कुनै खेती मौलाउने भएनन्।
ReplyDeleteBasanta Ji Tapai ko kabita samay sandhrvik 6 . Aandolan garyo.. banda garyo..... Maryo.... ani Sahid ghosana nagari barta nai nararne vanyo ..... Yastai 6 Hamro Nepalma....Kura garyo kuraiko Dhuk!
ReplyDeleteतपाईंको सहीद खेतीमा मेरो यो हाइकू भेटी ल !
ReplyDeleteतपाईंको सहीद खेतीमा मेरो यो हाइकू भेटी ल !
ReplyDeleteतिम्रो सम्मान
सत्ताको श्रदान्जली
गोहीका आँशु |
वसन्तजी र चूडामणिजीलाई ब्लगमा स्वागत छ!
ReplyDeleteचूडामणिकजीको भेटी साह्रै स्वादिलो रहेछ, धन्यबाद!
बसन्त जी ,
ReplyDeleteअसाध्य राम्रो लाग्यो तपाई को कबिता
धन्यबाद दिनेशजी!
ReplyDeleteयो ब्लगमा स्वागत छ!
interesting poem
ReplyDeleteधन्यबाद सविनाजी! यो ब्लगमा स्वागत छ!
ReplyDelete