कहिले बादलका फूलहरु सिउरेर चुल्ठोमा-
ताराबुट्टे घुम्टो अलिक उघारेर
गीत गुन्गुनाइरहेकी
र
सयपत्रीका पत्रहरु चुँडेर
हावामा उडाइरहेकी,
कहिले चियाको बुट्टाको आड लागेर
आफ्ना कोमल औँलाहरुले
आकाश छोइरहेकी
र
इन्द्रेणीको माला लगाएर
नाचीरहेकी, हाँसीरहेकी,
कहिले मसंगै
पुतलीहरुको पछि पछि दौडिरहेकी
र कहिले
बाक्लो हुस्सूमा लुकेर कतै
मलाई अत्याएझैँ जिस्काइरहेकी
तर सधैं सधैं
छातीबाट अनन्त जीवन
र काखबाट अपार ममताले
मलाई सिँचिरहेकी,
नदीहरुका मेंहदी
र तालहरुका चुराले सजिएका
हातहरुले घुँडा बेरेर
सारीको पहेँलो किनार
पछिल्तिर अलिक लतारेर
जुनले पखालेका सुन्दर सेता पाउहरु
कलिलो घामले सेकिरहेकी,
रंगीन बतासमा हल्का झुलेर
शान्त लज्जालु आँखाले मुस्कुराइरहेकी
सदा यौवना अमर सुन्दरी मेरी आमा
सदा यौवना अमर सुन्दरी मेरी आमा।
(लेख्नका लागि नयाँ कुराहरु धेरै भएपनि समय निकाल्नै नसकेकाले आज फेरि 'इतिहासको ब्याज' खाँदैछु। चाँडै नयाँ 'गफ'का साथ हाजिर हुने कोशिश भने जारीनै रहनेछ।)
This comment has been removed by the author.
ReplyDeleteस्तरीय कविता!
ReplyDeleteपहिला साझामा पढेको थिएँ मैले।
तर राम्रो कुरा त जहिले पनि राम्रै हुन्छ हैन र!
बसन्त जी मिठो कबिता । जति गरे पनि कमै हुने आमाको बयान त ।
ReplyDeleteआमा ... आमा भन्ने शब्द नै एक आदर्श र महान रहेको छ अनि त्यसमा बसन्त जी ले सिङ्गार लगाइ दिनु भएपछि त - सुनमा सुगन्ध नै भएको छ ....
ReplyDeleteइतिहासको ब्याज त कविताको क्षेत्रमा इतिहास नै बनाउने जस्तो छ दाइ !! कस्तो मनपर्यो मलाई त !!!
ReplyDeleteमानव संबेदनाको सुन्दर काव्यात्मक प्रस्तुती !
ReplyDeleteकल्पना र यथार्थताको बेजोड संयोजन।
Beautiful expression!
ReplyDeleteI oscillate to define ama while reading it. I recall everything related to it and messed up...
I love it
हैन वसन्तजी अस्ति नै कमेण्ट लेखेको थिएँ । कता पो हराएछ गाँठे ! धन्न आज फेरी आएछु र थाहा लाग्यो । " यतिको राम्रो कविता ( मैले पहिले पढेको थिएन ) ल्याउनुभएको छ । ईतिहासको त्यो ब्याज चैं सयकडा सय कै दरभाउमा खाँदा हुन्छ ।" भनेर लेखेको थिएँ । साँच्चै कलात्मक बयान आमाको । धेरै राम्रो लाग्यो कविता ।
ReplyDeleteआमाबारे तपाईँका अघिल्ला पोष्ट जस्तै न्यानो भावले भरिएको पाएँ यो कविता पनि ।
ReplyDeleteआमाको महान्तामा
'छातीबाट अनन्त जीवन
र काखबाट अपार ममताले
मलाई सिँचिरहेकी '
यति हरफ नै काफी लाग्यो मलाई । र पनि लेखेर-कुरा गरेर उनको गरिमा लबजमा उतार्न त पूरापुर सकिने कहिल्यै होइन । निकै न्याना लागे हरफहरू । इतिहासको ब्याज खेर गएको छैन । बरू यो ब्याज नपाएको भए त हामी पो आमा-महिमा पढ्नबाट वञ्चित हुने रहेछौँ ।
सादर धन्यवाद !
मेरी नेपाल आमाको स्वरुपमाथि लेखिएको यो कविता पढ्नुहुने/प्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यबाद!
ReplyDeleteआफ्नो लागी त नेपाल आमा मुटुको एक कुनामा र मिलनकी आमा मुटुको दोश्रो कुनामा... कबिताले दुबै आमाको याद दिलायो ...
ReplyDelete