केहि समय पहिला एकजना टाढाका नातेदार पर्नेसंग संगै कतै जानेमा परियो।
“जापान बसेर खासै उपलब्धि भएन कि क्या हो?” एकछिनपछि तिनले सोधे।
“हजूर--? उपलब्धि भन्नाले----?” मैले तिनको कुरा खासै नबुझेको पनि हो, किनभने मलाई मेरो जापान बसाई उपलब्धिमूलकनै लागेको थियो र अझै लागेको छ।
“पैसो त्यति कमाईएन कि क्या हो?” उनले कुरो ‘खुलस्त’ पारे।
“खोई कमाईएन, सर्टिफिकेट बाहेक केहि पनि कमाईएन।“ मैले प्रष्टीकरण दिएँ। जापान जानु अगाडि पनि उनको संगत गरेको र उनको वैचारिक स्तर राम्ररी बुझेकोले कुरोलाई यतै टुङ्ग्याईदिएँ मैले बिस्तारै अरु विषयतिर मोडें।
‘नेपालै बस्छु’ भनेर नेपाल फर्केको पनि एक वर्ष भयो, अस्ति असार मसान्तबाट। माथिको प्रसंग र सम्वाद मेरो यो एक वर्षको औसत स्वरुप हो।
यो एक वर्षलाई अलिक उज्यालै भावले हेर्दा पनि बढीमा मिश्रित अनुभूतियुक्त भन्न सक्छु म। यो एक वर्षमा भोगिएका/देखिएका कुराहरुमध्ये केहिलाई बेला-बेला यहि ब्लगमा पनि लेखेकै छु। कति कुरा भने समायभावले लेख्न सकिएन, कति ईण्टरनेट भरपर्दो नहुँदा लेख्न सकिएन; ती कुरा मनैमा पाके र झरे।
शुरुवाती दिनहरु ‘तँ किन नेपाल फर्केको?’ प्रश्नको वर्षातमा रुझेका थिए, ती दिनहरुका कुरा मैले ‘तँ किन घर फर्किस्?’ मा लेखेको छु। अझ शुरुमा त नेपाल ‘सधैंका लागि’ फर्केको कुरामै विश्वाश गर्दैनथे मानिसहरु। विकसित देशमा केहि वर्ष बसेको मान्छे आफ्नै घर नेपाल फर्कने कुरा असम्भव जस्तो लाग्दो रहेछ कि मानिसहरुलाई? फर्केकै हो भन्ने विश्वाश परेपछि भने सबैको सोधाई ‘नेपालजस्तो झूर ठाऊँमा पनि फर्कने हो? किन उतै नबसेको?---‘ हुन थाल्यो। यस्ता प्रश्नलाई र सधैं विदेशको विदेशै भास्सिएको भए राम्रो हुन्थ्यो भन्ने सल्लाहलाई आफ्नो बुता र शब्दशक्तिले भ्याएसम्म जवाफ दिईयो र आफ्नो मनको कुरो नढाँटी भनियो। समग्रमा भन्नुपर्दा, हामी नेपाल फर्केकोमा खुशी हुनेहरु थोरै भेटियो, हामीलाई मूर्ख भन्नेहरु साह्रै धेरै भेटियो।
दुई-तीन महिना बितपेछि भने अर्को खाले प्रश्नको सामना गर्नुपर्ने भयो। जापानमा ‘कुस्त’ कमाएर फर्केको होला यो भन्ने परेछ र एकथरी मानिसहरु ‘कति ल्याईस् त????’ भनेर सोध्न थाले। बजारमा घर-घडेरी किन्ने सल्लाह दिने, कहिलेकाहिँ ‘घडेरी हेर्न जाऊँ’ नै भन्ने पनि हुन्थे। ‘अब कार चढेर हिँड्नुप-यो, अनि बल्ल पर्सनालिटी देखिन्छ।‘ भन्ने सल्लाह पनि पाईयो:) कुरै-कुरामा ‘करोड त ल्याईस् होला नि!’ भन्ने पनि धेरै थिए। धेरैजसो हाँसेर उडाईयो यस्ता चासालाई, केहि नजिकका मान्छेलाई भने यथार्थ पनि खोलियो।
एक वर्ष बितिसक्दा पनि बजारमा घर-घडेरी ‘नजोडेको' र कार पनि नचढेको देखेपछि भने चासो र प्रश्नहरु अलिक कम भएको छ। ‘जापानबाट यो केहि पनि नकमाई बुंगै फर्केछ!’ भन्ने परेको होला मान्छेलाई अब। राम्रै भयो, अब ताईँ न तुईँका प्रश्नको आक्रमणमा पर्नु परेन।
एक हिसाबले त्यस्ता मान्छेहरुको सोचाई पनि ठिकै हो; यी केहि वर्षमा बटुलेका ज्ञान, शैक्षिक प्रमाणपत्रहरु, फरक समाज र फरक परिवेशका अनुभव आदिलाई नगन्ने हो भने म केहि पनि नकमाई बुंगै फर्केको हुँ। यतिखेरको नेपालले ती कुरालाई पैसाको तुलनामा तुच्छ र बिर्सनलायक ठान्दो रहेछ।
साँचो कुरो भने यहि हो, हामी प्रमाणपत्र र अनुभवहरुमात्रै बोकेर नेपाल फर्कियौं, पढ्न भनेर गइका थियौं र प्राथमिकतामा त्यहि प-यो। छोरी जन्मेपछि उसको स्याहार-सुसार हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पाटो बन्न गयो। छोरी एकवर्षकी हुँदा मेरो पढाई सकिईसकेको थियो, त्यसपछि उनले पढ्न थालिन्। छोरी नेपाल पठाईदिएको भए मैले दिनको १४-१६ घण्टा काम गर्न पाउने थिएँ होला, अनि विदाका दिन त दुबैजनाले ‘मरेर’ काम गर्न भ्याईन्थ्यो होला। यथार्थमा धेरैले यस्तै गर्छन्, बच्चा केहि महिनाको हुनासाथ नेपाल पठाईदिन्छन् र आफू ‘मरेर’ काम गर्न थाल्छन्।
तर हामीले पैसाभन्दा छोरी आफूसंगै राख्नुलाईनै ठूलो ठान्यौं र छोरी हुर्कँदै जाँदाका हरेक क्षणहरुको साक्षी हुन चाह्यौं। छोरीले हातखुट्टा फालेर खेलेको देख्दाको अनुभूति, ऊ पहिलो पल्ट पल्टिएको देख्दाको खुशी, ऊ बामे सर्दाको आनन्द, ऊ पहिलो पटक उभिएर हिँड्दाको उसको र हाम्रो खुशी, उसको पहिलो शब्द सुन्दाको हर्ष------- हामीलाई यिनै महत्वपूर्ण लागे। यस्ता क्षणहरु र तिनले दिने खुशीको कुनै मूल्य छैन, र ती दोहोरिएर पनि आऊँदैनन्।
यथार्थ कुरा गर्दा, मलाई साना बच्चाहरुलाई बाऊ-आमाबाट छुटाएर राख्नुनै ठूलो अपराध लाग्छ। बाऊ-आमासंगै रहन पाऊनु र उनीहरुसंग आत्मीय भएर हुर्कन पाऊनु हरेक बच्चाको अधिकार हो। बाऊ-आमा सग्लै र स्वस्थ हुँदाहुँदै पनि तिनबाट टाढिएर हुर्किएका बच्चाको मनोदशा राम्रो देखेको छैन मैले। जतिनै माया गर्ने बाजे-बज्यै, काका-काकी वा मामा-माईजू भएपनि तिनले बाऊ-आमाको ठाऊँ लिन सक्दैनन्। कहिलेकाहीँ विशेष परिश्थिति हुनसक्छ, त्यस्तोमा छोटो समयको लागि अलग्गिनु बेग्लै कुरा हो। अझ विशेष परिश्थिति पनि हुनसक्छ; बाऊ वा आमा वा दुबै बितेका हुनसक्छन्, कोहि सेनामा अथवा त्यस्तै खाले पेशामा हुनसक्छन्, कोहि जेलमा हुनसक्छन्। त्यो स्थितिमा परिवारले, समाजले, राज्यले ती बच्चालाई हेर्नुपर्छ र हुर्कने क्रममा तिनलाई सकेसम्म आत्मीय वातावरण दिनुपर्छ। आफ्ना बाऊ-आमा हुँदा-हुँदै भने बच्चाले तिनैका साथमा हुर्किन पाउनैपर्छ।
कहिलेकाहीं पछाडि फर्केर आफ्नो चालीस लागीसकेको जिन्दगीलाई एक पटक हेर्छु म। चरम गरिबी र अभावबाट शुरु भएको मेरो जिन्दगी यतिखेर जहाँ छ, त्यसमा म सन्तुष्ट छु, जुन गति र शैलीमा म यहाँ आईपुगें त्यसमा पनि सन्तुष्टनै छु। फेरि यत्तिमै अडिएर बस्ने पनि छैन म। मलाई के विश्वाश छ भने हाम्रो जिन्दगीमा सबै हिसाबले क्रमिक प्रगति जारी रहनेछ। आर्थिक प्रगति पनि जारी रहनेछ तर यसैका लागि जिन्दगीका अरु सबै खुशी र आत्मीयता त्याग्नु छैन, न नैतिकता र ईमान त्यागेर रातारात अकूत धनमालिक हुनुछ। आर्थिक प्रगति जिन्दगीको एउटा भाग हो, यहिनै पूरै जिन्दगी भने होईन।
यस्तै रह्यो यो एक वर्ष।
अहिलेलाई ‘कति ल्याईस् त???’ घट्दै गएको खुशी मनाऊँदैछु, तपाईँलाई पनि निम्तो छ सामेल हुन, खुशी मनाउन:)
Realistic and Satiric as well! like it as alwayzz.
ReplyDeleteAll the best for your future journey!
ReplyDeletebasanta jee,
ReplyDeleteWe don't have to answer to anyone about our life and our choices. I think your choices are wonderful. Nothing is more valuable than our family and the time spent with them in happiness. I just want to quote this remark in a Chinese novel, "Huozhe"(To Live) by Yuhua. The mother keeps on telling her luck-less son who worries about money,"只要人活得高兴,就不怕穷"。We just need to work hard and 活得高兴.
BNP
yastai chha yahako chalan
ReplyDeleteउपलब्धि जति पैसामा सीमित गरेर आकलन गर्ने हाम्रो रोगी समाज अझै रोगी भएको छ पछिल्लो समयमा । विदेशिने पटिपाटीलाई पैसोको बिटोसँग दाँजेर हेर्छन् । जे होस् कमाउने लहडमा पारिवारिक खुसीलाई तिलाञ्जलि दिनुभएन । दाइको यो खुसीमा म पनि खुसी छु ।
ReplyDeleteथोरै पढ्न पाइने यस्तो प्रकृतिको लेख/समाचार ले पढ्दा पनि निकै आनन्द दिदोरहेछ! आशा छ सकेसम्म धेरैले यस्ता लेख हरु पढुन र 'कती ल्याईस त' देशकै सस्क्रिती बाट चाडै नै ईतिहास बनोस!
ReplyDeleteमाथीका सबै कमेन्टहरूपनि तपाइंले लेखे जस्तै राम्रो लाग्यो.मुख्य कुरो सन्तुस्टीनै हो.येसरी न गरेर मनग्य कमाएर ल्यायेको भए हुन्थ्यो भन्ने भाव मनमा कहिल्यै आउंदैन भने,त्यो भन्दा उत्तम अरू केही हुन सक्तैन.यहाँ मानिषको अनुभव देखिंदैन,भौतिक वस्तु मात्रै देखिने हुँदा अरुले येस्तै व्यर्थको प्रश्न गर्छन ,अरूको आँखामा भौतिक कुराहरू पर्यो भने मात्रै,येस्ले केही गरेर आएछ भन्ने ठान्ने भए.येस्मा कुनै नौलो पनि भएन .
ReplyDeleteएकदमै समय सान्दर्भिक र प्रष्ट विचार । नेपाली सोचको प्रतिनिधि लेख । एकदमै मन पराएर पढेँ (कुनै कुनै बेला मैले पनि यस्तै प्रश्नको जवाफ दिनु परेको थियो :)
ReplyDeleteके गर्नु, यति ल्याएँ भनेर कतै ड्याम्म बजार्न नमिल्ने ! अर्काका कुरामा बढ्ता चासो राख्ने हामी नेपालीको प्रबृत्ति हो यो |
ReplyDeleteवसन्तजी म कति स्वार्थी रहेछु, विदेशमा हुंदा हाम्रेा भेट वरेावर व्लगका माध्यमवाट हुने गरेकेा थिए तर तपार्इ यता अाए पछि म नजिकै भएर पनि भेट्रन सकेकेा छैन । मलाइ क्षमा दिनु होला । अनि विविध कारण, अामा चार पांच महिना विरामी पश्चात हामीलाइर् छेाडेर जानु भएकेाले पिन व्लग नियमित गर्न सकेकेा थिइन । अव शुरू गर्दै छु । तर मेरेा मनका कुरा तपाइकेा व्लगवाट हटे छ । मेरेा मनकेा कुरा तपाइकेा व्लगमा राखिदिदा मैले संसारै पाए जस्तेा लागेकेा थियेा अाज त्यहावाट हट्रदा संसारै गुमाए जस्तेा भएकेा छ ।
ReplyDeleteयहाँहरु सबैलाई हार्दिक धन्यबाद!
ReplyDeletegpkarki जी, मैले तपाईँको 'मनको कुरा' लाई हटाएको होईन। केहि समय पहिला मेरो ब्लग रोलबाट केहि लिंक कुनै कारणवश हटेछन्। बेलैमा नहेरेकोमा क्षमायाचना गर्दछु।
अब तुरुन्तै फेरि राख्नेछु तपाईँको मनमा पस्ने ढोका।
Situations you faced and had to hear that you mentioned are the exact reasons I have not returned back Home yet. I've been abroad for a while, came for studies, had some certificates, but would love to come back and do what I really want to do back home. And then there are people like you said. kina ghar aaish?, kati kamaish, Oho bungai aaish, kahile jaanchhas, kina murkha bhaako etc. I could handle all of that if I ever come back for good but I won't be able to tolerate the lawlessness and the mannerless behavior of the everyday people you have to deal with if you want to make a decent living. All I want is peace of mind and freedom of being able to say what I want to say if I ever come back home. Wish me luck , I've planned to get back home in less than two years. Your experiences will be helpful for me to face the situations you mentioned I might face in future. It's really a big decision to make to go backk home where you know life and people will be completely different . Also, I wish I had read this post sooner :).
ReplyDelete