July 06, 2011

यो शहर

सुस्त-सुस्त सुकाऊँछ मलाई यो शहर
भित्रैदेखि दुखाऊँछ मलाई यो शहर

मान्छे डस्न पल्केछन् यी झीना सडकहरु
हिँड्नै नदि(ई) टुटाऊँछ मलाई यो शहर

पाप बोकेर अर्कैको, श्राप बोकेर अर्कैको
छानी-छानी चुकाऊँछ मलाई यो शहर
  
चोरी सिकेर आएँ, र ठगलाई ढोग्दैछु
अझै कति झुकाऊँछ मलाई यो शहर !

2 comments:

  1. Very true realistic representation dai... :)

    ReplyDelete
  2. Last line is very nice.यहाँ येस्तै छ.ठगहरु नै जतातेतै छन
    माथिल्लो कुर्सीहरूमा,ढोग्नु नै पर्यो.

    ReplyDelete