आज मेरो वर्षौंदेखिको एउटा साथी हरायो!
विगत केहि वर्षदेखि ऊ लगभग जतिखेर पनि मसंगै हुन्थ्यो। निरन्तरको साथ र अन्तरंग सम्वादका कारण ऊ मेरा लागि एकदम आत्मीय भईसकेको थियो।
एक वर्षजति पहिला मेरै लापरवाहीले गर्दा उसको टोपी हराएको थियो, तर उसले मसंग चित्त दुखाएको थिएन। मैले माया गरे टोपी नभएपनि केहि हुन्न भन्थ्यो ऊ।
सानो भएपनि ऊ अत्यन्त सक्षम र प्रतिभाशाली थियो। म बिस्तारै-बिस्तारै पूरै उसको वशमा परेछु, उसैको भरमा परेछु। म उसको अथाह स्मरणशक्तिले गर्दा मात्तिएछु। कसैले मलाई केहि सुनाउन खोजे म उसैलाई हेर्न भन्दिन्थें र पछि समय हुँदा उसबाट हेर्थें, कसैले मलाई केहि सुनाउन खोजे म ऊसैलाई सुन्न भन्दिन्थें र पछि फुर्सद निकालेर उसबाट सुन्थें, कसैले मलाई केहि सिकाउन खोजे उसैले पहिला सिक्थ्यो र पछि मलाई सिकाऊँथ्यो-----। ऊ मेरो दैनिकी थियो, ऊ मेरो पेशा थियो, यसैले ऊ मेरो जीवन थियो। मेरो जीवनका कति महत्वपूर्ण कुराहरु, कति महत्वपूर्ण क्षणहरु बोकेर बसेको थियो ऊ।
कति ढुक्क थिएँ म ऊ हुँदा-----!
कति ढुक्क थिएँ म ऊ हुँदा-----!
ऊ हरायो र मेरा अनगिन्ती सपनाहरुको अभिलेख हराएको छ। यसैले म हराएको छु, मेरो जीवनको एउटा ठूलो हिस्सा हराएको छ।
ऊ कुनै ईमान्दार हातमा परेको भए त मसम्म आईपुग्ने सम्भावना अझै छ, तर कुनै बेईमान हातमा ऊ परेको भए के होला-------------?
ऊ कुनै ईमान्दार हातमा परेको भए त मसम्म आईपुग्ने सम्भावना अझै छ, तर कुनै बेईमान हातमा ऊ परेको भए के होला-------------?
आज मेरो वर्षौंदेखिको एउटा साथी हरायो, मेरो फुच्चे साथी मेरो पेन-ड्राईभ हरायो!
---------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------
केहि डकुमेण्टहरु प्रिण्ट गर्नु थियो र बिहान कलंकीको Down Town Communication मा पसेको थिएँ। डकुमेण्टहरु मिलाऊँदा-मिलाऊँदै समय गयो, प्रिण्ट गर्न पनि भ्याईएन। अर्को ठाऊँमा जान बाह्र बजे जतिमा त्यहाँबाट निस्कँदा पेन-ड्राईभ नथुती निस्केछु। साँझ पाँच बजे फर्केर बाँकी काम गर्न खोज्दा पेन-ड्राईभ नदेखेपछि पो झस्याङ्ग भएँ।
यसरी बिर्सने मान्छे त होईन म। हिजो देखि एसिडिटीले सताएर जीऊ पूरै गलेको थियो, शारीरिक-मानसिक दुबै हिसाबले थकित थिएँ। त्यहि स्थितिको असर पो हो कि, यसरी बिर्सनु?
५-६ वर्ष पूरानो २ जीबी क्षमताको पेन-ड्राईभमा आफ्नो 'पूरै' संसार लिएर हिँडेको थिएँ, आज संसार हराएजस्तो भएको छ। केहि समय यताका मेरा धेरैजसो पेशागत सूचना, काम, जानकारी आदि सबै त्यसमै मात्र थिए र अर्को ब्याकअप बनाउन भ्याएको थिईँन, बनाउनु पर्ने होशै आएको थिएन।
साँझ कम्युनिकेशनमा हुने मित्रलाई थाहा रहेनछ। अब भोलि बिहानै गएर आज बिहान म त्यहाँ हुँदाका भाईलाई भेट्नु पर्ने भयो। त्यही एउटा सम्भावनमात्रै रह्यो अब त्यो पेन-ड्राईभ फेरि हात पर्ने। त्यहाँ कम्प्युटर चलाउन पुगेका अरु कोहिको हात परीसकेको भए त के पाईएला र अब?
-------------------------------------------------------------------------------------------------
जुलाई ८, २०११ (साँझ)
हिजोका भाईलाई सोधेको, उनलाई पनि थाहा छैन रे! म हिँडेलगत्तै त्यो कम्प्युटरमा अरु कोहि बसेको थियो रे। अलिक पछि ती भाई आफैं त्यो कम्प्युटरमा बस्दा त्यहाँ थिएन रे पेन-ड्राइभ।
मेरो साथी भेटिने आश मारें मैले अब।
कतिखेर के काम गर्दा समस्या पर्ने हो अब थाहा छैन। त्यस्ता क्षणमा झन् बढी याद आउनेछ मलाई मेरो फुच्चे साथी।
-----------------------------------------------------------------------------------------------------
यसबाट, केहि 'गतिला' पाठ पनि अवश्य सिकेको छु।
पहिलो कुरो त, हरेक डाटाको ब्याकअप हुनैपर्दो रहेछ। यो कुरामा म सचेतनै थिएँ पहिला र भएजति डाटालाई एउटा पोर्टेबल हार्डडिस्कमा पनि ब्याकअप राख्ने बानी बसालेको थिएँ जापानमा हुँदा। विगत केहि महिना यता अलि लापरवाही हुन थालेको थियो। ठिक्क प-यो:) खुच्चिङ्ग!
दोश्रो, पेन-ड्राईभ जस्तो जता गएर पनि प्रयोग गरिने कुरामा महत्वपूर्ण सूचनाहरु धेरै नखाँदेकै राम्रो। त्यसमा त उहि भिडियो-सिडियो आदि मात्रै बोकेर हिँडेकै वेश रहेछ। त्यसो हुँदा हराए पनि खासै चित्त नदुख्दो हो।
अनि तेश्रो पाठचाहिँ उहि 'होश' राख्ने! होश नराख्ने वेहोशप्रसाद हुनु कत्ति पनि फाईदाजनक हुँदो रहेनछ:)
-----------------------------------------------------------------------------------------------------------
अनि अझै लाग्छ, कतै न कतैबाट मेरो फुच्चे साथी मेरो हातमा फेरि आईपुग्नेछ, सग्लै आईपुग्नेछ।

विगत २-३ वर्षमा ४-५ वटा हराइसकेको छु मैले पनि... तर यो लेखनशैली..... गजव तथा दमदार छ ।
ReplyDeleteI like the way you wrote! Hats off!!!
ReplyDeleteBasanta das presentation is fabulous. Normally, I have made habit to save important documents on internet as far as its possible.
ReplyDeleteSecondly, hard drive back up is mandatory.
However, I forgot my online treasury to sign out while using on public computer and one demon deleted all data from there. It was a very unpleasant for me in 2009.
But, something we are using since past many years are always lovely, none of the latest technology can beat it.
साथी भेटिएको समाचार छिट्टै सुन्न पाइयोस !
ReplyDelete( यो प्रचण्ड गर्मीमा टोपी नै नलगाइकन त्यत्तिका भारी प्रोजेक्टहरुका डाटा बोकाएर हिंडाउनुभएको साथि कुनै घरभित्र छिरेपछि निस्कन नखोज्नु त स्वाभाविक नै हो ! कसो घरको साँचो समेत उसैको जिम्मा लगाउनु भएको रहेनछ !)
प्रस्तुतिको शैली रमाइलो लाग्यो । तर महत्त्वपूर्ण सामन हराएको छटपटी त्यसमै मिसिएको छ । साथी चाँडै फेला परोस् ।
ReplyDeleteमेरो ३-४ वर्ष अगाडि हराएको यस्तै एउटा साथी अहिलेसम्म नभेटेको ले यो पनि भेटिएला जस्तो लाग्दैन् ।
ReplyDeleteमेरो पेन ड्राइवमा भने "पुरै संसार" नभएर केही सफ्टवेयरहरू मात्रै भएकाले साह्रो समस्या भने भा'थेन ।
आफ्नो पेन ड्राइव हराएपछि भने, हरेक पेन ड्राइवको व्याक ग्राउण्डमा र एउटा टेक्स्ट फाइल बनाएर आफ्नो सम्पर्क नम्बर राख्ने गरेको छु । तर बेइमानको हातमा पर्यो भने जे गरेपनि भेटिन्न क्यार :(
हराउने, हराएकै भेटिने वा नयाँ भेटिने; कुनै वस्तु या ब्याक्ति नै किन नहोस्, हो त यो जिन्दगीमा चल्दै जाने प्रक्रिया तर हराएर जानेले के कति असर पारेर जान्छ भन्ने कुराले फरक पार्छ । र अझ फरक त हराएर जानेलाई गरिने यादको काईदाले पो पार्दो रहेछ । प्रेम गर्न जान्नुको नमुना बन्यो यो पोष्ट मलाई त । तपाईंको फुच्चे साथी 'पेन ड्राईभ' फिर्ता आएको सुखद पोष्ट पनि चाँडै आवोस् ।
ReplyDelete