August 29, 2010

फेरि पूरानै टुक्राहरु

यस पटक ब्लगले एउटा 'रेकर्ड' तोड्यो:) आज आठौं दिनमा आएर बल्ल नयाँ केहि टाँस्ने जमर्को गर्दैछु। त्यो पनि हालसालै लेखेको नयाँ नभएर, धेरै पूराना। जापान बसाईका शुरुवाती दिनहरुमा लेखिएका टुक्रा हुन् यी, नियममा नबसी लेखिएका 'सेन्र्यु'हरु।

"गरिबीको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।

"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो वतास!

ब्लगमा कतै दोहोरिईसकेका रहेछन् यी टुक्राहरु भने माफ पाऊँ।

5 comments:

  1. कहिलेकाहीँ बाध्यताको उपज पनि 'रेकर्ड ब्रेक' को मेलो बन्न सक्ने रहेछ । गरिबीको टिठलाग्दो आनन्दले मन हल्लायो ।
    ब्लगिङमा नियमितता आओस् ।

    ReplyDelete
  2. एक टुक्रै पनि निकै 'भारी' रहेछ । विशेष गरी पहिलो टुक्रा त साह्रै नै घत लाग्ने र वजनदार लाग्यो ।

    ReplyDelete
  3. फेरी शशक्त टुक्राहरु .........

    ReplyDelete
  4. तपाईले लेख्नुभएको टुक्रा
    पढेपछि मेरो मन बुरुक्क
    वाह! मीठो लाग्यो सुन्दा
    लामखुट्टे मार्ने कला :)

    ReplyDelete
  5. हार्दिक धन्यबाद यहाँहरु सबैलाई!

    ReplyDelete