May 25, 2010

दुई पुराना मुक्तकहरु - "होशियार"

यसपटक "ईतिहासको ब्याज" ले काम चलाउनुपर्ने भयो:)

"होशियार -१"

बहुदलमाराले संविधानसभाको भाषण पस्किए
नाती जर्नेल पनि लोकतन्त्रसंग मसक्क मस्किए
बजारमा खरानीको अभाव हुँदैछ चाँडै-
हिजो राति एक हूल 'नयाँ जोगी' निस्किए !


"होशियार -२"

छेपाराहरु रंग बदल्न सक्छन्
स्यालहरु हुइँय्याको प्रसंग बदल्न सक्छन्
नदेखिने दाराहरु पनि छन् ब्वाँसाका-
होशियार! पाठा खाने ढंग बदल्न सक्छन्!
(मे २२, २००६)

10 comments:

  1. होशियार त भनिरहेकै छौँ, अनि सबै थाहा पाइराखेकै छौँ ! "हुन सक्छन्" मात्र होइन, ती सबै कुरा भइरहेकै छन् ।

    ReplyDelete
  2. Muktak yesto po hunu parcha. Hosiyar aajkal sasta sahitya ko big bigi chha.

    ReplyDelete
  3. to be very frank i did not like these !

    ReplyDelete
  4. ईतिहासको व्याज सावाँ भन्दा पनि दामी छ है !

    म पनि नेपालियन जीकै कुरामा सहि थाप्छु । धेरै पछि गहकिलो र वजनदार मुक्तक पढें है मैले पनि ।

    ReplyDelete
  5. निकै दमदार ............ बसन्त दाइ !!

    ReplyDelete
  6. लेखिएको मितीमात्र ईतिहास बनेको छ लेखिएको प्रसंग त सदावहार रोग नै भयो हाम्रो त्यसैले मुक्तकले हाम्रो सदावहार वर्तमान बोलेको छ भन्दा हुन्छ । राम्रो लाग्यो ।

    ReplyDelete
  7. आफु सुनको महलमा बसेर जनतालाई थाङ्नामा सुताउने पापीहरुलाई जति होशियारी गराए पनि ब्युझिएनन, खुराफातिहरु ।

    ReplyDelete
  8. वसन्तजी, कविता ज्यादै राम्रेा लाग्येा । अागनमा जुन फूल फुलेकेा दृश्य राख्नु सटृा हिमाल मुनिकेा नेपली घर र त्यसकेा अागन ,पींढी देखाउन पाए कति राम्रेा हुने थियेा हेला । यस्मा अन्यथा लिनु हुन्न भने पेाखरातिरकेा त्यस्तेा दृश्य राखैां न कसेा हेाला ।जस्ले नेपाली पहिचान पनि दिनेछ ।

    ReplyDelete
  9. यहाँहरु सबैलाई हार्दिक धन्यबाद!

    कार्की सर, हेडरको चित्र फेरिरहने विचारमा छु, त्यसकारण तपाईँले भनेजस्ता पनि अबश्य पर्नेछन्। तपाईँको सुझावका लागि धेरै-धेरै आभारी छु।

    ReplyDelete