[बितेका तीन सप्ताहान्तमा लगातार एउटा न एउटा कार्यक्रममा परियो। तिनैका बारेमा कुराकानी गर्ने विचारमा छु यो र आगामी टाँसोमा (बीचमा विशेष केहि नपरे)।]
नोभेम्बर २९, आइतबार एउटा सानो टूरमा गईयो। हरेक वर्ष सेप्टेम्बरको शुरुवातदेखि देखि नोभेम्बरको अन्त्यसम्ममा अड्डामा १०-१२ वटा यस्ता टूरहरु आयोजित हुन्छन्, कुनै एकदिने (बिहान गएर बेलुका फर्कने), कुनै एक रात बस्ने खालका। आयोजना कम्पनीको ट्रेड यूनियनले गर्छ र खर्चको दुई तिहाईजति कम्पनी ब्यबश्थापनले ब्यहोर्छ। एकदिनको टूरमा जाँदा आफ्नो खर्च लाग्दैन भने पनि हुन्छ, परिवारको पनि आधा मात्रै लाग्छ।
अड्डाका माथिदेखि तलसम्मका धेरैजसो सबै कुनै एउटा न एउटा टूरमा सम्मिलित हुन्छन।
परार, पोहर यस्ता टूरमा जाने मेसो मिलेको थिएन। यसपालि भएका एक दिने टूरहरुमध्ये एउटामा नागोया नजिकैको सानो टापू शिनोजिमा लगिने कार्यक्रम थियो, त्यहि रोजें मैले पनि सपरिवार जाने गरी।
नागोयाबाट ५० मिनेट रेल र त्यसपछि आधा घण्टा फेरी (ferry) चढेर जानुपर्ने रहेछ। दिन बिहानैदेखि बादलु र अँध्यारो थियो, कतै घुम्न जानेजस्तो पटक्कै थिएन। शिनोजिमाका बारेमा त्यहि दिन बिहान ईण्टरनेटमा अलि-अलि पढे बाहेक खासै धेरै कुरा थाहा थिएन। टूरको ब्यबश्थापन गर्नेहरुले केहि भन्लान् जस्तो लागेको थियो, तर केहि पनि भनेनन्। हामीबाहेक अरु सबै जापानीहरु थिए र उनीहरुलाई नागोयाबाट खासै टाढा नरहेको त्यो सानो टापूको बारेमा सबै थाहा हुनु स्वाभाविक हो, त्यसैले हुनसक्छ। त्यहाँ जानेहरुको प्रमुख कारण भनेकै शिनोजिमाको खाना रहेछ। जापान समुद्री देश, यसै पनि माछा र अन्य समुद्री जीवहरुसंग सम्बन्धित परिकारका लागि प्रसिद्ध, त्यसमा पनि यस्ता साना-साना टापूहरुका परिकार झन् विशेष मानिँदा रहेछन्।
केहि (म काम गर्ने डिपार्टमेण्टका चारजनालगायत) भने माछा मार्नका लागि त्यहाँ जाँदै थिए र केहि दिनदेखि त्यसैबारेको चर्चा र तयारीमा थिए। उनीहरु बिहान सबैरै टापूमा पुगेर खाना खाने बेलामा मात्रै समूहमा सम्मिलित हुन आईपुगेका थिए। शिनोजिमा माछा मार्नको लागि एकदम उपयुक्त स्थान मानिदो रहेछ। हाम्रो उद्देश्य भने नयाँ ठाऊँ घुम्ने र समुद्र सकेसम्म धेरै 'हेर्ने' मात्रै थियो:)
कार्यक्रम सोचेजस्तो रमाईलो भने भएन। परिवार-बच्चासहित जाने असाध्यै कम थिए; यसैले आर्याले खेल्ने, कुरा गर्ने आफ्नै उमेरका साथी त्यति पाईन। खाना खाईसकेपछि जम्मा दुई घण्टा थियो, घुम्नको लागि। सबै आ-आफ्नै झुण्डमा रमाईरहेका थिए। नयाँ ठाऊँ-कता जाने, के गर्ने असमञ्जसमा नजिकैको समुद्री किनारमा अलमलिएर कट्यो दुई घण्टा। जाडो दिन भएपनि समुद्री छाल हेरेर र बालुवामा खेलेर आर्या खुब रमाई। यहि भयो यो यात्राको उपलब्धि।
खानामा माछा, अक्टोपस र प्राउनका परिकारबाहेक केहि पनि थिएनन्, ती पनि धेरैजसो काँचै खानुपर्ने। धेरै थरी माछा काँचै खाने चलन छ जापानमा, सोया सस लगायतमा चोभेर। जापान बसेको केहि वर्ष भईसकेकोले त्यति अप्ठेरो लाग्दैन अब। तर त्यहाँ अर्को अलिक अनौठो चलन पनि रहेछ। पन्ध्र से.मी. जति लामो जिऊँदो प्राउनको टाउको निमोठेर फालेर बाँकी भाग सोया र अर्को एकथरी ससमा चोभेर खानुपर्ने रहेछ। धेरैजसोले त्यसैगरी खाए तर हामीजस्तै नसक्नेहरु पनि थिए। नसक्नेहरुका लागि होटेलका कामदारहरुले नाबे (steamboat dish, hot pot) मा हालिदिए ती प्राउनहरुलाई। आफ्नै आँखा अगाडि सलबलाईरहेको देखिएका प्राउनहरुको निर्जीब शरीरमाथि झम्टिईयो एक छिनपछि।
यसरी आफ्नो 'माछा-मासु घटाऊँदै लाने र सकेसम्म छिटो पूरा शाकाहारी बन्ने' योजनामा एउटा ठूलो धक्का लगाईयो। 'रोममा रोमनझैं बन्नु' भनेर मनलाई थुम्थुम्याईयो।
जापानका यस्ता स-साना टापूहरुको हालत बिग्रिन थालेको धेरै भईसकेको रहेछ। घट्दो जनसंख्या र त्यसमा पनि युवाहरुको मूलभूमितिरको पलायनले गर्दा बिस्तारै रित्तिँदैछन् यी टापूहरु। छ किलोमिटरको परिधिमा उभिएको शिनोजिमाको जनसंख्या घटेर २००० जतिमा पुगिसकेछ। घट्दो जनसंख्यासंगै ब्यापारिक/आर्थिक गतिबिधि पनि घट्नेनै भए। यहाँको एउटै हाईस्कूल पनि बन्द भईसकेछ र विद्यार्थीहरु मूलभूमिका हाईस्कूलमा जाँदा रहेछन्। होटलमा खाना खाँदा कामदारहरु सबै ६० कटिसकेकाजस्ता लाग्थे। समुद्र किनारसंगै जोडिएको शिनोजिमाको सुनसान सडकमा हिँड्दा बिस्तारै जीर्ण हुँदै गईरहेका गेष्टहाउसहरु, रेष्टुरेण्टहरु र फर्निचर आदिका पसलहरु थुप्रै देखिन्थे।
यो टापू शहरको भित्री भागमा पस्ने र यहाँका बिशिष्ट बौद्ध मन्दिरहरु हेर्ने रहर भने मनको मनमै रह्यो। गर्मीयाममा मेसो मिले एकचोटि जाने बिचार छ।

Baar,baar padhti hun to thoda samajh me aata hai...! Kaash nepali achhee tarah samajh patee..itna samajh sakti hun,ki, lekhneka fan aapke paas bahut achha hai!
ReplyDeleteThank you kshamajee!
ReplyDeleteI too wish you could understand Nepali. This blog would gain a lot from your comments, your artistic approach to writing and life as a whole.
But still, I am very grateful to you for visiting this blog time to time.
हो त यस्ता थुप्रै टापुहरु छन् जस्मा बस्ती पातलिदै गएका छन्। तपाईले मूलभुमि भन्नु भएका तिर पनि अलिक भित्री साईडहरु यस्तै भएका छन्। सबैजनाको सहरी चाप यहाँको पनि ठुलै समस्या रहेछ, फोटोहरु सुन्दर छन् र बयान पनि।
ReplyDeleteघुम्ने त खास गर्मी महिना मा नै हो, जाडो म खासै मेसो मिल्दैन, गरुङो भएर घुम्नु पर्ने :)
ReplyDeleteDobara padha to ye prawas warnan hai ye samajh payi...!
ReplyDeleteThanks for ur comment on Bikhare Sitare!
सुनसान सडक,जीर्ण गेष्टहाउस र रेष्टुरेन्टहरूको पनि तस्विर समावेश भएको भए झन् कति रमाईलो हुन्थ्यो होला हामी कोलाहल र भीडभाडको बानी परेका मनुस्यहरूलाई...
ReplyDeleteकाहिँ मान्छे घटेर हैरान ... काहिँ मान्छे बढेर हैरान...
ReplyDeleteजे भए नि बीच साईड सुन्दर हुन्छ नै... यसलाई चाहिँ सुनसान-सुन्दर भन्नु पर्ला
Basanta jee thanks for sharing. Nice to read it!
ReplyDeleteशिनोजिमा टापूको तस्विर हर्दै रमाईलो जस्तो छ ।
ReplyDeleteबसन्त दाई, घुमघामको पोष्ट निकै रोचक लाग्यो । मैले घुमघाम गरेर अनि पोष्ट तयार पारेको छुइन । पोष्टको प्रस्तुतीकरणबाट मलाई पनि घुमघामका पोष्टहरु लेख्न मन लागेको छ । दाजुलाई धेरै–धेरै धन्यवाद है ।
ReplyDeleteघुमघाम त्यतिखेर राम्रो हुन्छ जब आफ्ना आफन्तहरु(नजिककाहरु) साथमा भएका हुन्छन् । उनिहरुसँग भलाकुसारी अनि यात्रा अविस्मरणीय हुन्छ ।
युवाहरुको बर्हिगमनले सो टापु विस्तारै मानवविहीन(निर्जन) बन्न पुगेको विषयप्रति दुःखसो लाग्यो । नेपाललाई लागि सकेको यो ‘रोग’ नौलो भने होइन ।
पोस्ट पढेर खुब रमाइलो लाग्यो, यात्राका कुरा यसै पनि रमाइला हुन्छन । शिनोजिमाका बौद्ध मन्दिरका तस्वीरहरु हेर्ने खुल्दुली पो जगाई दिनु भयो त बिथ्थामा ;) कि अर्को टासोमा टासौला भन्ने वाचा गर्नु पर्थ्यो ।
ReplyDeleteधेरै समय पछि बसन्त दाई को ब्लग संगै शिनोजिमा पनी घूमफिर गरियो - घूमफिर निकै मन पर्छ मलाई | तर त्यति रमाइलो भएन भन्दा चाहि अलिक खल्लो लाग्यो | अनि मासुको कुरा - मेरो कल्पना देखि बाहिर को कुरा पर्यो (म त्यो नलिनेमा परे ) त्यसैले त्यस बारेमा कुरै गरिन है | बरु तपाईको विशिस्ट बौद मंदिरहरु हेर्ने इच्छा अर्को पटक भए पनि पूरा होस |
ReplyDeleteजापानको जनसंख्याको वितरण उमेरगत हिसाबले समस्यापूर्ण बन्दो छ भन्ने त पहिले पनि सुनिएको थियो तर क्षेत्रगत हिसाबले पनि समस्यापूर्ण नै रहेछ भन्ने चाहिँ यहाँ आएपछि मात्र थाहा भयो। शिनोजिमाजस्ता स-साना टापूहरुको हालत बिग्रिनु शायद त्यसको टड्कारो द्रिष्टान्त होला।
ReplyDeleteअनि मलाई त त्यस्तो जिउँदो प्राउन खाने पो रहर लाग्यो। मनै त हो, आजभोलि त 'जे' खान परे पनि सिकसिक लाग्न छोड्या'छ :)
धन्यवाद बसन्त दाइ रोचक वर्णन भ्रमणको । तपाइको लेख साच्चै राम्रो लाग्यो । लेख्दै रहनु होला ।
ReplyDeletewow! interesting...la la enjoy your tour every year.
ReplyDeleteप्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteमाथि अशेष भाइले भनेजस्तो सुनसान शहर-जीर्ण घरहरुको फोटो खिचेको भए हुन्थ्यो जस्तो लाग्छ अहिले मलाई पनि, तर यो फोटो खिच्ने कुरामा म अलिक काँतर मान्छे हुँ। घरहरुको फोटो खिच्दा कसैले केहि भन्दिहाल्ला कि जस्तो लाग्छ। फेरि त्यो दिन त्यस्तै घुस्सिएको उदास दिन थियो।
पन्थीजीको जिऊँदो प्राउन खाने ईच्छा चाँडै पूरा होस्:)
नयाँ ठाउँ सिनोजिमाको जानकारी पाइयो । प्राउन खाने रोचक चलनबारे थाहा पाइयो, खुसी लाग्यो । यस्तैयस्तै पढ्न पाइराखियोस् ।
ReplyDeleteधन्यबाद रमेशमोहनजी! यो ब्लगमा स्वागत छ!
ReplyDelete