चरो पनि उड्न नपाउने बन्दको दिन, तर केयू नफर्की नहुने! हिजो बेलुका काठमाण्डु पस्दासम्म बन्द हुने सूईँको सम्म थिएन। आकार भाइ असीनपसीन हुँदै हिँडिरहेका थिए। भोक र थकाईले लखतरान भएकोले कतिखेर होष्टेल पुगौंला भन्ने मात्रै ध्याउन्न थियो।
केयू पुग्ने-पुग्ने बेलामा तालुमा चिसो-चिसो केहि खस्यो र अलिकति बग्दै निधारसम्मै पुग्यो। यस्सो छोएर हेरेको, भर्खर भुर्र उडेको परेवाले 'घात' गरेर गएको रहेछ:) आकार भाइलाई साफ रिस् उठ्यो, तर अब रिस कसलाई पोख्ने????
परेवाको बिष्टा पुछ्दै आकार ब्रो सम्हालिएछन् र आफैसंग बोल्दै बाटो लागेछन्, "धन्न भगवान! गाई-भैंसी भने उड्दैनन्!"।
************************************************
"गफ दिन्छ मुला! तैंले पहिला कहिले पियानो सिक्या' थिस् र?" साथीले समायो।
"होईन, दुई वर्ष पहिला पनि मन लाग्या' थ्यो। अहिले फेरि मन लाग्यो।"
************************************************
सोमबारे औंशीको बिहान थियो। सोमबारे औंशीको दिन एक पटक पनि नबोल्दै नुहाउनु भन्छन्।
बाँसघारीतिर केहि छ्यास्स ग-यो।
अञ्जली: ऊ--- स्याल---!
श्वेता: लौ, यो त बोली!
अर्चना (एकछिनपछि): तँ पनि बोलिस् नि!
************************************************
"के भयो ओ सिकारु ब्रो? साथीले सोध्यो।
"के हुनु यार! सधैं बाटोको घरको कौसीमा एउटी च्वाँक देखिन्थी। हिजो मैले आँखा सन्काएँ---।"
"अनि के भो त?"
"मैले आँखा सन्काएँ, उसले पनि आँखा तन्काई।"
"अनि--?"
"त्यसपछि मैले 'आइ लप यू!' भन्दिएँ।"
"अनि, अनि---?" साथीको चासो बढ्दै थियो।
"त्यसपछि उसले फूलले हानी मलाई।"
"अनि---?"
"अनि टाउकोमा घाऊ भयो यी, पट्टी बाँध्नु प-यो---"
"धत्! फूलले लागेर पनि काहीँ घाऊ हुन्छ?" साथी जंगियो।
"पहिला पूरा कुरा त सुन् न यार!" सिकारु ब्रो बोले, "गमलैसहितको फूल भएपछि घाऊ हुन्न त?"
*****************************************************
"धेरै छन् नि! जस्तो म्युजिकमा पनि विशेष रुचि छ मेरो।" हावा ब्रोले छाती तन्काएर जवाफ दिएछन्।
"ए हो र? अनि बाजागाजा पनि बजाउनुहुन्छ होला है। के के बजाउनुहुन्छ?"
"बजाउँछु नि तीन-चारवटा।" हावा ब्रोले जवाफ दिए, "रेडियो, क्यासेट, आइपोड---।"
हावा ब्रोको जवाफ सुनेर अलपत्रकार अलप भएछ:)
*******************************************************
"म यो खोलाको गहिराई नापेर आउँछु।" नविनजीले खोलातिर एक 'डाइभ' दिएछन् र कता हराएछन्।
"म यो खोलाको Hydro-power potential चेक गरेर आऊँछु।" दीपेन्द्रजीले पनि खोलातिर एक 'डाइभ' दिएछन्।
धेरै बेर कुर्दा पनि दुईजना नफर्किएपछि दूर्जेयजी आफ्नो Conclusion भट्भट्याऊँदै बाटो लागेछन्; "I think both of them are soluble in water."
(Physicist, Engineer, Chemist)
*******************************************************
एकदिन साँझ सुजनजी र दिलिपजीको ठाक-ठुक परेछ र बोलचालै बन्द भएछ। हुनत बूढा-बूढीको झगडा परालको आगो भन्छन् तर कहिलेकाहीँ यहि परालको आगो निभ्न पनि एक-दुई दिन लागिहाल्छ।
अब दिलिप बूढालाई फसाद परेछ। भोलिपल्ट छ बजे नै अफिस बोला'को रहेछ बोसले, छ बजे अफिस पुग्न पाँच बजे नउठी भएन। बूढा परे भुस् भएर आठ बजेसम्म सुत्ने मान्छे। अलार्म पनि छोरीले कता फाल्दिछे।
केहि उपाय नदेखेर बूढाले यामानको सूचना लेखेर टाँसेछन् सिरानीमाथि; "मलाई भोलि बिहान पाँच बजे उठाईदिनु।"
बिहान उठ्दा झलमल्ल घाम लागिसकेको, पौने आठ भईसकेको रहेछ। रिसले भुन्भुनिँदै गर्दा बूढाका आँखा सिरानीमाथि परेछन्। हिजो बेलुका उनले टाँसेको सूचनासंगै अर्को सूचना पनि रहेछ; "पाँच बज्यो, उठे हुन्छ!"
*******************************************
भूलचूक लिनेदिने!
जय होस् नेपाली ब्लगरहरु र तिनका पाठकहरुको!
सबैलाई क्रिसमसको मंगलमय शुभकामना!
सबैलाई क्रिसमसको मंगलमय शुभकामना!
हा..हा..हा ल बसन्त ब्रो, यो पोस्ट पढन साच्चै मजा आयो... मलाइ पनि जोक्स बनाउनु भो भनेर हैन नि
ReplyDeleteआकार ब्रो र खोला हराउने तिन जना साइन्टिस्ट ब्रोज हरुको जोक्स झन् रमाइलो लाग्यो
अनि ब्रो, त्यो दिलिप र सुजन जी कथा को नाम मा ब्रोले आफ्नै ब्यथा पस्के जस्तो छ है साइकोलोजी बुझ्दा त ;)
बसन्त जी - निकै रमाइलो पोस्ट - पढ्दा निकै मज्जा लाग्यो !
ReplyDeleteपहिलो , तेश्रो , पाचऔ र लास्ट को त क्यूट छ !
हा... हा.. मज्जा ले हाँसियो, Happy 2010 !
ReplyDeletekhai nasuneko bhayera ho ki malai ta first ra last man paryo. Dhorayera pade.
ReplyDeleteहा हा हा जम्मै दामी रहेछन । त्यसमा पनि (आफ्नो भन्दा पनि) एक नम्बरको र "I think both of them are soluble in water" को भने जबाफ नै छैन ।
ReplyDeleteहा हा हा !
ReplyDeleteसुनिसकेका र पढिसकेका कुराहरु लाई नयाँ पात्र र नयाँ परिवेश मा पढ्दा उफ्रि उफ्रि हाँसियो है !
हा हा हा ।
ReplyDeleteहा...हा....हा....अव नहासेर नि के गर्नु र !! हावब्रोको कुरोले त झन् चित्त बुझ्यो मेरो । के हो वसन्त दाई..त्यसै दिलिप दाइको नाम जोडेर आफ्नै व्यथा लेख्या जस्तो छ है!!!हा हा हा.....हाँसो थामिएन, म के गरौ....somebody help me.....
ReplyDelete"I think both of them are soluble in Water"!! यसले त झन् आकारले भने जस्तो उफ्री उफ्री हसायो मलाई । आमिर खानको नयाँ फिल्म "Three idiots" हेर्न मन लाग्यो अव । हा हा हा....hats off sir!!!hats off.....
हा हा हा !!सबै उत्कृष्ट छन् ।
ReplyDeleteझन यो Physicist,Engineer, Chemist(I think both of them are soluble in water) को भने कुनै जबाफ छैन । वाह !
खुब हसाँउनु भयो । हा हा...
Ha ha ha .............ma ta pet michi michi hasdai chu.....ha ha
ReplyDeletemalai ta sabai bhandai...mero wala part maan paryo.....
Reality ma pani tyo kati choti testo bah cha...
haha sarai maan paryo....
हा हा हा हा, धेरै उत्कृष्ट छन, मज्जाले हासे,
ReplyDeleteहि हि हि
अनि यहाँ लाइ क्रिसमस र नयाँ साल २०१० को हार्दीक मंगलमय शुभकामना
बसन्त जीको व्यंगात्मक तिरले सबैजनालाई राम्ररी घोच्यो है।
ReplyDeleteम त उही ...... जिस्काउने मा नै परेछु ।
हा हा हा हा.. अब हाँस्दा हाँस्दै मुटुनै फुटला जस्तो भै सक्यो सबै पढदा त !
सन्तान थरीथरी तर हामी सबै नेपाली ।
बसन्त जी लगायत सम्पूर्णमा मेरी क्रिश्मस !
happy blogging!
ha ha ha!
ReplyDelete"धन्न भगवान! गाई-भैंसी भने उड्दैनन्!"
great collection.
This comment has been removed by the author.
ReplyDeleteBasant ji,,,malai pani atti nai haas,, uthyo,, saaraai ramro,,,,,,,,,happy X,mas,,,,,,,,
ReplyDeleteहा हा !! निकै बेर हासेर बसे तपाईले मर्ने गरी हसाउनु भयो बसन्तजी, अझ यो both of them are soluble in water भन्ने भनाईले त साह्रै हसायो।
ReplyDeletewonderful! The creativity with which you have associated us as characters of these timeless jokes is indeed amazing...so funny :-)
ReplyDeleteMerry Xmas!
हा हा .....
ReplyDeleteतपाईंका पोस्ट पढेमध्ये हाँसोको फोहोरा यसरी फुटेको यही पहिलो पालि हो ।
पुराना हँस्यौलीको भँगालोमा
नयाँ पात्रहरूको चरित्र चित्रण खुबै कुतकुत्याउने गरी बुनिएछन् । गज्ज्ज्ब छ ।
(आफू धन्न फेला परिएनछ, त्यसमा भने तैविसेक लाग्यो है !) ;)
हेहेहेहेहेहे। रमाइलो। अनि बसन्त जी आफ्नो चाहि खै त? अरुले सुनाउँदाखेरी कथा त सुनेकै हो भनिन्थ्यो सँधै। तर यो पाली चाहि पात्रहरु पनि चिनेझैँ लाग्यो।
ReplyDeleteInteresting concept :) जोकलाई व्यक्तीसंग जोडी दिंदा झन जीवन्त भएका छन :D
ReplyDeleteहा हा खुब रमाइलो लाग्यो यो पोस्ट... ... अन्तिम दुइ कथाहरु अलि बढी मन परे . ...., आफ्नो कथा लेख्नु परे के लेख्नु हुन्थ्यो होला कुन्नि?
ReplyDeleteहे...हे...हे.... बसन्त दाई म अझै पनि हाँस्दै छु । अहिले रातको १ बजेको छ मेरो हाँसोले अफिसका अन्य स्टाफहरु नै ब्यूझिएँ हे..हे..हे..:)
ReplyDeleteखागरी मेरो चाहिँ ठ्याक्कै मिलाउनु भएछ ! पियानो हैन गितारमा चाहिँ यस्तै भएको थियो मेरो । गिटार सिक्न गएको थिए समात्नै नजानेर छोडीदिएँ अहिले फेरी जान मन लागेको छ ।
दाईको दिमागलाई चाहिँ मान्नै पछै है ।
हाँसेर मरिन्थ्यो भने मलाई त पहिलोले नै मार्नेथियो धन्न! हाँसेर मरिदैन र सबै पढ्न पाएँ । साह्रै हँसाउनुभयो ।
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteहे हे ...रमाईलो लाग्यो... धन्न आफु चाहीं परिएनछ |
ReplyDeleteसबैलाई क्रिसमस र नयाँ बर्षको हार्दिक शुभकामना |
Ha ha ha...I'm still laughing at it!
ReplyDeleteहा हा...हा। लेख्न जान्ने र कल्पना शक्ती भएका मानिसकेा लागि लेख्ने मसला थुप्रै हुंदेा रहेछ । वसन्तजी राम्रेा लाग्येा । व्लगमा प्रस्तुत भएका सवैका लेखलार्इ समेटी अर्केा मिठेा मनछुने टांसेा दिनु भएकेामा ।
ReplyDeleteसवैलार्इ क्रिसमसकेा मंगलमय शुभकामना ।
आकारको दामी छ , हावा ब्रोको ले हावा फुस्किने गरी हसायो । अनि दिलिप दाइको त कुरै छोडौ ।।।। हे हे
ReplyDeleteoho kaaryelaye aaune bitikai suruma aaja tapaiko yo lekh padhe! ramilo po lagyo ta! tapailai aba newyear ko chai subhakmana cha hai!
ReplyDeletenice post! Makes me eager to join the club!! Hope I will be in the circle soon!
ReplyDeletepadero ma open nuhauna ta laaz hunchha hai basanta ji. :)
ReplyDeleteखूब हँसाउनुभयो बसंतजी! कमेन्ट पनि आफ्नो त बत्तीसौं पर्यो, निकै दिनपछि सबै दांतलाई सुहाउने काम आएको छ|
ReplyDelete"पूराने दारु नया बोतल मे और नशा भि नया" भने झै तपाईं को जोक्स सन्कलन गर्ने शैली मलाई सार्है मन पर्यो बसन्तजी,बिशेष गरी ब्लगर साथीहरु लाई पनि समेटेर लइजाने तपाईं को खुबिलाई । धन्यबाद्!
ReplyDeleteसुरूवातमा के लेख्नुभएछ ? भन्ने लागेको थियो । पुरै पढ्दै एक्लै हाँसिरहेँ । एकदमै रमाइलो पोस्ट , मानेँ तपाइँको खुबीलाइ
ReplyDeleteपढेर हाँस्दिनुभएकोमा सबैलाई हार्दिक धन्यबाद!
ReplyDeleteअहिलेलाई रोल नपाउनेहरु(म लगायत) ले दु:ख नमान्नुहोला, एकदिन अवश्य पालो आउँछ:)
सूरथजी, नेपाली ब्लगरहरुको क्लबमा तपाईँ त झन् पूरानै सदस्य हैन र भन्या:) यहाँ सबै अध्यक्ष, सबै सदस्य, सबै सचिव, कि कसो:)
अर्चनाजीले पँधेरोमा नुहाउन लाज लाग्छ भन्नुभयो। त्यहि भएर त तपाईँहरु झिसमिसेमै जानुभएको नि:) ठट्टा छोडेर हेर्दा, गाऊँघरका आमा, दिदी-बहिनीहरुको दैनिक बाध्यता पनि हो यो झिसमिसेमै पँधेरो पुगेर नुहाउनुपर्ने।
hahah.......ramailo vo j hos
ReplyDeletehahahaha
ReplyDelete