May 19, 2009

दोश्रो खोला तरेपछि

Image Source:Trek for life--

आज यो ब्लगको जन्मदिन हो, यसले दुई वर्ष पुरा गरेको छ।

यो अवसरमा, सबैभन्दा पहिला, निरन्तरको माया र हौसलाका लागि सम्पूर्ण पाठकहरु, सहयात्री ब्लगरहरु र शुभचिन्तकहरुमा मुटुदेखिनै हार्दिक धन्यबाद दिन चाहन्छु। मेरो लेखन यात्राको उर्जा भनेकै यहाँहरुकै निरन्तरको साथ र सद्बाव हो।

पोहरको यहि दिन, एक वर्ष पूरा हुँदा, मैले ब्लग शुरु गर्नु अघिको आफ्नो लेखन यात्राका बारेमा केहि कुरा राखेको थिएँ यहाँहरु समक्ष। लेखाई बारेको मेरा मान्यताहरुका बारेमा पनि अलि-अलि कुरा गरेको छु मैले। त्यो टाँसो यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। केहि कुरा 'दौंतरी' संगको भलाकुसारीमा पनि राखेको छु। आज, बितेको एक वर्षलाई नै आधार मानेर कुरा गर्ने जमर्कोमा छु।

यो वर्षले धेरै नयाँ पाठकहरु र सहयात्री ब्लगर साथीहरुसंग चिनजान गरायो। ब्लगको अस्तित्व जिन्दगीको एउटा महत्वपूर्ण पाटोको रुपमा झन्-झन् गाढा भयो, रुचि र सौखहरुको सबैभन्दा माथि ब्लगनै आएर बस्यो। जिन्दगीनै 'ब्लगपूर्व' र 'ब्लगपश्चात' का रुपमा दुई भाग भएजस्तो लाग्छ अचेल।

पोहरको जन्मदिनको टाँसो १००औँ टाँसो थियो भने यसपटक १९२औं हुँदैछ। यो हिसाबले हेर्दा पहिलो वर्ष भन्दा दोश्रो वर्ष केहि सुस्ताएको जस्तो पनि लाग्छ तर पहिलो वर्षमा अरु साइटका कुरा हू-बहू 'कपेर पेष्टिने' पनि गरिएको थियो दुई-चार पटक, यो पाली त्यो गरिएन वा असाध्यै कम, सन्दर्भको रुपमा मात्रै गरियो होला; जस्तो लाग्छ। त्यसैले मौलिक रचनाको संख्या दुबै वर्षमा उस्तै-उस्तै होला। रचनाको लम्बाईका हिसाबले पछिल्लो वर्षका रचनाहरु बढी लामा होलान्। दुबै वर्षमा 'ईतिहासको ब्याज' पनि मनग्गे 'खाईएको' छ:)

ब्लग लेखन(र समग्र लेखन) लाई आफूले सोचेजति समय दिन अझै सकेको छैन। अरु ब्लगहरु चाहार्ने समय पनि झन्-झन् कम हुँदैछ। पारिवारिक, पेशागत दायित्वका माझबाट लेखनलाई डो-याउनु असाध्यै गाह्रो काम रहेछ। (भ्याए त दिनदिनै लेखिँदो हो) कम्तिमा पनि तीन दिनको एउटा टाँसोको योजना थियो पहिला। त्यो योजनामा अडिने त कुरै छोडौं, हप्तामा एउटा टाँसो पनि मुश्किलले भ्याईयो एक-दुई पटक। केहि समय यता आएर बल्ल 'पाँच दिने' बनेको छ मेरो ब्लग। यसमा भने अडिने कोशिश हुनेछ अब। अर्कोतिर अलिक लामा विश्लेषणात्मक टाँसोहरु पाँच दिनमा एउटाका दरले लेखेपनि बीचमा राजनीतिक घटनाक्रमहरुमाथिका 'अचार स्वाद' का छोटा टिप्पणी भने एक-दुईवटा लेख्ने हो कि जस्तो पनि लाग्छ। हेरौं, कस्तो स्वरुपमा लान सकिन्छ अबको वर्ष।

बितेको वर्षमा सबैभन्दा बढी पढिएका टाँसोहरु तल छन्;

क्या बात नेपाल प्रहरी!!! थुक्क ऋषि धमला!!!
ओशोसंगको मेरो नाता
जीवनको मूल्य बुझ्दैनन् माओवादीहरु!
माओवादी-अराजकता र दण्डहीनताको स्रोत
पढन्ते जापानीहरु
जय शम्भो!!!!!
'तिम्रो ठेगाना'- एउटा अधूरो गजल दुई रुपमा

पहिलो स्थान ओगट्न सफल ऋषि धमला काण्डसम्बन्धी टाँसो दोश्रो स्थानमा रहेका दुई टाँसोहरुभन्दा झण्डै तीन गुना हेरिएको छ। यो टाँसो इ-मेलका माध्यमबाट धेरैतिर घुमिरहेको देखिन्थ्यो FEEDJIT को Live Traffic Feed मा। एक दिन कुनै एउटा सम्बन्धित लिंकलाई पछ्याऊँदै म पश्चिम अफ्रिकी मुलुकहरुमा कार्यरत नेपाल प्रहरीका अधिकृतहरुको याहू ग्रुपमा पुगेको थिएँ। त्यो प्रहरी-प्रहरीहरुको बीचमा बढी घुमिरहेको हुनुपर्छ शायद। प्रहरी दाजुभाइ/दिदीबहिनीहरुले कसरी लिए यो टाँसोलाई थाहा भएन तर बिडम्बनापूर्ण रुपमा अहिले नेपालमा ऋषि धमलाको जगजगी फेरि शुरु भएको छ।

सोझै यो ब्लगमा आउने वा अरु ब्लगमा राखिएका लिंक हुँदै आउनेहरुको संख्याको दाँजोमा सर्च इञ्जिनमा खोजेर आउनेहरुको संख्या एकदम कम छ; त्यसमा पनि blog basanta, blogging basanta, basanta gautam, gautambasanta आदिनै बढी खोजिएको देखिन्छ।

यस पछिका दुई वा तीन टाँसोहरु पनि ब्लग र ब्लगिङ्ग सम्बन्धीनै हुनेछन्। ती टाँसोहरुलाई पाँच दिनभन्दा छोटै अन्तरालमा पेश गर्ने कोशिश गर्नेछु।

फेरि एकपटक यहाँहरुलाई हार्दिक धन्यबाद दिँदै प्रतिकृया र सुझावहरुको निरन्तरताको अपेक्षा गर्दछु।

Image Source:Funny Times

24 comments:

  1. तपाईंको ब्लग यात्राले दोर्सो बर्ष पार गरेकोमा बधाई छ। यो अन्तिमको कार्टून भने दामी छ ल।

    ReplyDelete
  2. बधाई एवम् शुभकामना, वसन्त जी !
    अन्तिम कार्टुन त गज्जब कै रहेछ !

    ReplyDelete
  3. गत बर्ष न्यूयोर्क घुम्न गएको थिए, भर्खरै नेपाल बाट आएकी श्रीमती र छोरा सहित । त्यसको लगत्तै क्यानाडाको सिमामा पर्ने नाग्रा फल्स पनि गइयो । फर्के पछी अर्काको नुनको सोझो गर्नै पर्‍यो । त सधैं कामको चटारो । बिदाको दिनमा उठ्ने बित्तिकै देखी "युबराजधिराज दीपेन्द्रले पिउने" "सेतो घोडा" पिउन सुरु । अनी दौतरी भर्खरै सुरु भएकोले नेपालीयनजी सँग सल्लाह गर्दै खुल्लामन्चको निर्माणमा लाग्नु पर्ने रहर । ब्लगिङ सुरु गर्न लागेको, ब्लगमा राख्ने फोटो नै भेटिन । क्यामरा खोजेर यसो हेरेको त न्यू योर्क र रमणिय फल्सको फोटाहरु छोराले त्यसै दिन क्यामरा खेलाउदा कसरी पो सबै उडाइदिएछ । साथीको क्यामेरामा धन्न बचेँको एउटा चित्रले ब्लगको झारा टारियो । आज आफ्नै चित्र फेर्ने मूडमा फेसबूक र ब्लगमा चित्र त फेरियो । सम्योगबस बसन्त दाजुको ब्लगको जन्मदिन परेछ ।

    यो शुभ अबसरमा तपाईंलाई धेरै धेरै शुभकामना छ - बसन्त दाजु । एउटा नियमित पाठक र शुभेछुक परदेशी भाईको सम्झना सधैं तपाईंलाई । खुबै राम्रा लाग्छन तपाईंका कोशेलिहरु अनी ज्यादै सान्दर्भिक पनि । बाचुन्जेल पढ्न पाइयोस । प्रगतिको लागि भगवानसँग प्रार्थना गर्दछु ।

    ReplyDelete
  4. तपाइको ब्लगले दोस्रो बर्ष पार गरेकोमा बधाइ छ।

    ReplyDelete
  5. तपाँईको ब्लगले दोस्रो बर्ष पार गरेकोमा बधाई एवम शुभकामना ।।लेखन यात्रा निरन्तर रहोस ।

    ReplyDelete
  6. बसन्त जी, जीवनमा धेरै खोला तर्नु छ तर्नु छ
    निरन्तर यात्रा को लागी सुभ्कामना छ
    त्यो कार्टून साच्चैनै राम्रो छ
    ही ही ही ही ...

    ReplyDelete
  7. दोश्रो जन्म दिनको शुभकामना

    ReplyDelete
  8. मलाइ लाग्छ बितेको एक बर्ष समग्रमा हामी सबै ब्लगरहरुको लागी सुखद रहेको हुनुपर्छ । यस बिचमा धेरै नयाँ साथीहरुसंग चीनजान लगायत नयाँ कुरा सिक्ने समेतका धेरै मौका मैले पनि पाएँ । साथै समग्रमा हामीहरको आफ्नै ब्लगहरु पनि पोहर साल भन्दा अलीक 'प्रौढ' भएको अनुभव भएको छ ।

    ब्लगीङको दोश्रो सफल बर्षको शुभकामना !!

    ReplyDelete
  9. शुभकामना आगामि बर्षको र बधाई २ बर्ष पुरा गर्नु भएकोमा । आशा छ रमाइला र सन्देश मुलक प्रस्तुतिहरुलाइ यो बर्ष पनि निरन्तर रुपमा हामिसामु पस्कनु हुनेनै छ भन्ने। सबैले भने जस्तै अन्तिमको कार्टुन चाहि साच्चिकै राम्रो छ।

    ReplyDelete
  10. बसन्त जी ब्लगको दोस्रो जन्मदिनको हार्दिक शुभकामना । आउदा दिनहरुमा पनि यो ब्लगले सबैको मन् जित्न सफल होस भन्ने कामना गर्न चाहन्छु । हयाप्पि ब्लगिङ् ।।।।

    ReplyDelete
  11. ब्लागिंगको दोश्रो बार्षीकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना ,हुन त म तपाईको यही बर्षकै त्यों पनि भर्खरको बिल्कुलै नया पाठक हुं , यद्यपि तपाइका टाँसाहरु पढ़दा आत्मिक रुपमा धेरै नजिकको परिचय स्थापित भएको महशुश गर्छु ।

    तपाइले उल्लेख गर्नु भएको पपुलर पोस्टहरु मध्य "जीवनको मूल्य बुझ्दैनन माओवादीहरु " मैले पनि पटक पटक पढेको हूँ, तपाइका पोस्टहरु असाध्यै राम्रा र परिपक्व छन , निरंतर पढ़न पाईरहूँ ।

    ReplyDelete
  12. दोस्रो खोला पार गर्नु भएकोमा बसन्त जी लाइ मेरो तर्फबाट उतर उतर प्रगतिको कामना गर्दै र सबै मित्रहरु को मन जित्न सफल हुनुहोस भन्ने सुभ कामना ब्यक्त गर्दछु |
    गए को साल झै मीठा मीठा खुराकहरु तपाईको ब्लग मार्फत पढ़न पाइयोस | धन्यवाद !

    ReplyDelete
  13. बसन्त जी ब्लग को दोस्रो जन्मदिनको बधाई तथा शुभ-कामना ।
    तपाईं को ब्लग मा अझ बढी रोचक, सन्देशमुलक,साहित्यिक रचनाहरु आउँदा दिनहरुमा पस्कनु नै हुन्छ भन्ने आशा लिएको छु । ह्यापी ब्लगिङ :-)

    ReplyDelete
  14. ब्लगिङ्गको दोश्रो वर्ष पुरा भएको बधाई र आउने वर्षहरुको सफलताको शुभकामना !

    ReplyDelete
  15. बधाई हो आपके ब्लोग्स को दो बरस पुरे पर !!

    ReplyDelete
  16. Happy Birthday to your Blog Basantaji.

    ReplyDelete
  17. ब्लग आफैँलाई माझ्ने, टाँस्ने र संसारसँग गाँस्ने नशालु लिसो रहेछ । तर यो लिसोमा परेर हाम्रो हार्दिकता र बौद्धिकताको पङ्ख लछारपछार हुनुसाटो झन्‌झन् मौलाउँछ । वसन्तजीसँगको चिनारू बेलादेखि यताका पलमा उहाँका ब्लग बढ्तै पखेटा फिँजाउँदे आएको पाएको छु । थोरै कविता-गजलको टाँसोले मनग्गे स्वाद दिएका छन् । पछिल्लो समयमा अलि राजनीतिको रङ बढी भएको छ । साहित्यिकता पनि सँगै देखियोस् ब्लगिङमा, साथै ओशोसँगको नाता जस्ता आध्यात्मिक प्रसङगले पनि मीठो क्रमभङ्ग गराउँछन् । तेस्रो खोलाको छप्ल्याङछुप्लुङमा इतिहासको ब्याजले मात्र त मानिँदैन है अब :)

    धेरैधेरै मङ्गलमय कामना तपाईँको ब्लगिङ यात्राको सफल र प्रभावकारिताको लागि ।

    ReplyDelete
  18. Congratulations Basanta ji!

    ReplyDelete
  19. शुभेच्छाका लागि सबैमा हार्दिक धन्यबाद! यहाँहरुको माया र शुभेच्छाको आडमा अरु धेरै खोलाहरु पनि तर्ने आत्मविश्वाश पलाएको छ ममा।

    ReplyDelete
  20. ढिलैइ भए पनि ब्लगको दोश्रो जन्मदिनको शुभकामना

    ReplyDelete
  21. हार्दिक धन्यबाद बद्रीजी!

    ReplyDelete