November 10, 2008
पढन्ते जापानीहरु
केहि वर्ष जापान बसिसकेपछि जापानले असाध्यै राम्रो प्रभाव पारेका धेरै कुराहरुमध्ये एउटा, जापानीहरुको धेरै पढ्ने बानी पनि हो।
यहाँ आएपछि मेट्रो, रेल र बसमा रहेका अधिकांश मान्छेहरुले पढिरहेको देख्दा अनौठो लागेको थियो केहि समयसम्म त। भिडभाड भएर उभिनुपरेको बेलासमेत कतिपय मान्छेहरु पढिरहेका हुन्छन्। धेरैजसोले यसरी पढेर बस्दिएपछि रेलमा हल्ला कमै हुन्छ। (हाईस्कूल पढ्ने केटीहरुको ग्याङ पनि छ भने कुरो बेग्लै हो, गोलाकार भएर ढोका अगाडि बसेर अरु-अरुको भागको पनि हल्ला गर्दिन्छन् तिनीहरुले:)) लामो-छोटो जुनसुकै यात्रामा निस्कनुपरे पनि केहि पढ्ने सामाग्री नबोकी निस्कँदैनन् जापानीहरु। अत्यन्त सस्तो र तिब्र गतिको इण्टरनेट सुबिधा भएपनि सबैजसो मानिसहरु कुनै न कुनै एउटा पत्रिकाको ग्राहक पनि बनेकै हुन्छन्। आफूले राम्ररी नबुझेको विषयमा प्याच्च बोलिपनिहाल्दैनन्, त्यसबारेमा पढ्न सामाग्री खोज्न थाल्छन् बरु। मबाट नेपालको बारेमा पहिलोपटक सुनेका मान्छेहरु केहि दिनपछि नेपालको बारेमा मभन्दा धेरै कुरा जान्ने भएको देखेको छु मैले।
यूरोप, अमेरिकातिर बस्ने साथीहरुको कुरा सुन्दापनि यस्तै हो भन्छन् उनीहरु। विकसित समाजका मान्छेहरु बढी पढ्छन्। विकसित र अविकसित देशहरुको चरित्रगत फरक छुट्याउनुप-यो भने 'पढ्ने बानी' सूचिको माथितिरै आउँछ होला।
'पढ्नु' भनेर यहाँ विद्यालय-कलेजमा गरिने 'औपचारिक' अध्ययनलाई भनिएको होइन, यस्तो अध्ययनको आफनै ठूलो महत्व छ। तर यसले मात्रै मानिसको र समाजको समष्टिगत चरित्र र ब्यक्तित्व निर्माण गर्न सक्दैन। आफ्नो पेशासंग सम्बन्धित अथवा असम्बन्धित नयाँ-नयाँ कुराहरु खोजेर पढ्ने बानीलाई 'पढ्नु' भन्न खोजिएको हो।
हो, हाम्रो देशमा अझै स्तरीय औपचारिक शिक्षा सबैको पहुँचमा पुगिसकेको छैन। यो अभावको केहि अंशलाई पनि अनौपचारिक शिक्षा अथवा पढ्ने बानीले पुर्नसक्छ।
तर मुख्य समस्या के छ भने हाम्रो समाजमा ‘पढ्नु’लाई त्यति ‘सम्मानजनक’ मानिँदैन। यसो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर ‘पढ्ने’ बानी भएका मानिस हाम्रो समाजमा ‘अनौठा’ जन्तु ठानिन्छन् र ‘पडन्ते’ वा ‘किताबको किरो’ भनेर गिज्याईन्छन्। त्यस्ता मान्छेले चाड-बाड, बिहे-भोज आदिमा गफ गर्ने साथी समेत भेट्टाउँदैनन् तर तास खेल्नेहरुको लागि भने‘संसारै’आफ्नै हुन्छ। ‘यो मान्छेले पढ्न मात्र जानेको छ, अरु केहि पनि जानेको छैन’ भनिनु सामन्य हो हाम्रो समाजमा, जबकि मौका पाउँदा किताबी ज्ञानले ब्याबहारिक जीबनलाई राम्रैसंग नसघाउने होइन। यहाँसम्म कि औपचारिक शिक्षालाई समेत खासै भित्री मनदेखि सम्मान दिँदैन हाम्रो समाजले। त्यसलाई कुनै पेशा समात्ने भ-याङजस्तो मात्रै मानिन्छ। समाजको यस्तै चिन्तनको असरले गर्दा औपचारिक शिक्षा पूरा गरेर कुनै पेशा समातेपछि धेरैजसोले पढ्नै छोडिदिन्छन्, पत्र-पत्रिका वा साहित्यमात्रै होइन आफ्नै पेशासंग सम्बन्धित सामाग्रीहरु समेत छुँदैनन्। अनि विस्तारै ती मान्छेहरुको चिन्तन शैली र क्षमता एकदम भुत्ते हुँदै जान्छ। भुत्ते चिन्तन शैली र क्षमताको बहुमतले सरकार र ब्यूरोक्रेसी सञ्चालन गरेपछि देश कस्तो बन्छ भन्ने कुरा हामी सबैलाई थाहा भैसकेकै छ।
यहाँ देखेजस्तै, पढ्ने बानी हाम्रो राष्ट्रिय संस्कृतिको पनि एउटा अभिन्न र सम्मानजनक भागको रुपमा कहिले स्थापित होला?
नयाँ नेपालको हल्ला चलेको बेला यस्तो पहलले पनि ठाऊँ पाउनेछ भन्ने आशा गरौं। र हामीले आ-आफ्नो ठाऊँबाट पनि सक्दो बल गर्नुपर्ने दायित्व त छँदैछ।
Labels:
जापान
Subscribe to:
Post Comments (Atom)
मलाई कोर्स बाहिर को किताब चाँहि धेरै पढ्न मन लाग्छ ।
ReplyDeleteजेहोस्, जापानीहरु बाट पनि हामी ले केही सिक्ने कि ???
"आकार said...
ReplyDeleteमलाई कोर्स बाहिर को किताब चाँहि धेरै पढ्न मन लाग्छ "
haha... malai pani testai lagchha!!! Course bahira ka kitab ta bhete samma sabai padhna man lagchha!!
जापानिहरुबाट हामिले सिक्नु पर्ने यो जस्तै कुराहरु पक्कै पनि अरु पनि होलान र बसन्त जीको आगामि टाँसोहरुम पनि यस्ता खाले दैनिक जनजिवनका रोचक पक्षका जानकारिहरु पाईयोस भन्ने आशा गर्छु ।
ReplyDeleteहोईन भने हाम्रा नेताहरुले त हामिलाई खाली बिहारी प्रबृत्ति मात्रै सिकाउँछन !
Yes, this is what we need to learn from Japanese or European.. as you all said. In public buses, I sometime try to read and people look at me as if I'm from another planet. Hope this kind of attitude will change as we've changed our country in so many aspects.
ReplyDeleteनमस्कार, बसन्तजी। सन्चै हुनुहुन्छ?
ReplyDeleteजापानीहरुको पढ्ने बानिबाट त म पनि प्रभावित भएको थिँए। तर एउटा अचम्म लाग्ने कुरो चाहिँ, धेरै जसो माङ्गा पढिरहेको देखियो। यहाँ फोटोमा पनि एकजनाको हातमा माङ्गा नै छ। खै, माङ्गा पढेर पढ्ने बानि त बस्छ होला तर जापानी माङ्गाहरुको बिषय हेर्दा जापानीहरुलाई यथार्थबाट पर पर लाने र काल्पनिक संसारमा हराउने बानि पार्ने जोखिम पनि त छ नि, होईन र? मेरो फरक मत चाँहि, पढ्नु त राम्रै हो तर अलि अलि सोसियलाईज पनि त हुनु पर्छ नि।
प्रो.
यस्तो पढ्ने बानीको चेतना हाम्रो नेपालमा सबैमा गरियो भने राम्रो हुन्थ्यो होला तर के गर्नु धेरै पढियो भने तपाईंले भन्नु भएको जस्तै सबैले पढन्ते भनेर जिस्काउलान !!!
ReplyDeleteराम्रो दम राखेर -लेख्नु भएको छ । पढ़नतेहरुको कथा ।
ReplyDeleteमिहनेती -कमिल र जापानीहरु एकै हुन भन्छन - त्यसैले त उनिहरु सधै अघि छन त !
Interesting observation Basant jee! There can be no doubt that we, the Nepalese, have many things to learn from the Japanese. The most encouraging thing about Japanese people being their dedication & sincerity towards work (job/responsibility). however, I can't admire their social life style (this could be due to the different cultural aspect of South Asia from Japan). For example: as you have too pointed out, the Japanese ppl can be seen reading 'something' even during their trip (in trains etc.); though, a positive point could be their 'affection' towards 'books', on the other hand, it reflects that they tend to enjoy the 'isolation'. Moreover, I agree with the comment by 'Anonymous' that most of the Japanese youth (and others too) are interested in reading something fancy: out of the world stuffs!
ReplyDeleteHaving said this, I would advocate for a society that have a blend of both: reading habits is okay, but we need to emphasize on social aspects and be a bit more realistic!
I don't know if I have made my point clear here.
नमस्ते दाई!
ReplyDeleteतपाईंले मेरो ब्लगमा दिनु भएको कमेन्टको लागि धेरै धन्यवाद, यिनिहरुको पढन्ते बानी मैले नि कपि गर्न खोजेको, अहँ सकेन
जापान त्यसै जापान बनेको छैन भन्थे, सजीव चित्रण गरिदिनुभयो । जापानीहरू समय कत्ति पनि खेर फाल्दैनन्, प्रत्तिक्षण काममा दत्तचित्त बन्छन् भन्ने थाहा थियो । तर यति पुस्तकप्रेमी छन् भन्ने पत्तै थिएन । त्यहाँको प्रसङ्गसँगै हाम्रो देशको पठन-संस्कार जसरी दाँज्नुभएको छ नि, त्यो पनि चित्तबुझ्दो छ ।
ReplyDeleteतर नेपालको सन्दर्भमा त्यति निराश रहिरहनुपर्ने पनि अवस्था देखिदैन । विगत वर्षहरूसँग तुलना गर्ने हो भने पछिल्ला समयमा स्थिति अलि सुध्रिएको छ है । नेपाली पाठकहरू सचेत र नयाँ कुराप्रति जागरूक-उत्सुक बन्दै छन् । पढ्ने जमात पनि बाक्लिँदै गएको छ, नेपाली लेखकहरू परिचित बन्दै छन् पाठकमाझ र तिनका पुस्तकले विक्री हुने सुयोग पाउन थालेका छन् । केही त, गतिला पाठ्यवस्तुको (नेपाली लेखनका हकमा) अभाव र पुरानै लेखकीय ढिपी पनि पढ्ने संस्कारलाई बाटो नदिने काँडेतार हुन् ।
सुरूमा आफ्नै देशभित्रको प्राज्ञिक सक्रियता तीव्र र चनाखो भए पो त पाठकको चालचुलमा पनि गति आउन थाल्छ । अर्को कुरा सङ्कुचित सामाजिक सोचाइ नै हो, दुईमत छैन । यी सबै खिया गलाउन आ-आफ्नो ठाउँबाट सक्दो बल गर्नु नै अबको विकल्प हो जस्तो लाग्छ । झक्झक्याउनुभएकोमा आभार ! हाल कुन पुस्तक पढ्दै हुनुहुन्छ, त्यसको अनुभव पनि बाँडीचुँडी गर्नुहोला है । सकेसम्म धेरैमा यसको करेन्ट छुटोस र आफ्नो तर्फबाट प्रयास गर्ने हुटहुटी जागोस् । पढौँ-पढाऔँ !
पुनश्च: केही समय बाध्यतावश सामुन्नेबाट लुक्न पुगेकामा क्षमा दिनुहोला भन्ने आशामा छु । त्यो लुकाइ पक्कै पनि अनिच्छावश थियो । आगामी यात्रामा सहयात्री बन्ने प्रयासमा सदा रहनेछु ।
लेख्ने कुराजति सबै माथि लेखिसक्नुभएछ सबैजनाले । तर जे होस् नेपालीलाई पढ्ने बानी लगाउने चैँ त्यति सजिलो हुँदैन ।
ReplyDeleteसबैलाई धन्यबाद!
ReplyDeleteआकारजी, साधनाजी; पढ्ने भनेकै कोर्सबाहिरको किताबहरु त हो नि! कोर्सको किताब त 'घोक्ने' पो त:)
दिलिप दाइ,जापानले दिएका राम्रा (र नराम्रा) प्रभावहरुका बारेमा लेख्दै गरौंला मौका मिल्दा हुँदी।
सिर्जनाजी, हाम्रो समाजको 'पढ्नु'लाई हेर्ने दृष्टिकोणमा चाँडैनै सकारात्मक परीवर्तन आउनेछ भन्ने आशा गरौं।
प्रो.र दीपेन्द्रजी, 'मान्गा'(कमिक्स) जापानी संस्कृतिको महत्वपूर्ण भाग हो र सबै उमेर समूहका धेरै मान्छेहरु 'मान्गा'का क्रेजी पाठक हुन्, यो सत्य हो। तर धेरैजसो विदेशीलाई के प्रभाव परेको छ भने जापानीहरु उडन्ते 'मान्गा' पढेर टोलाएर एक्लै-धुम्धुम्ती बस्छन्। मलाई पनि त्यस्तै लाग्थ्यो यहाँ आएको धेरै पछिसम्म। विगत विगत केहि समय यता मेरो commuting अलि बढीनै भएको छ र यो मौकालाई जापानीहरुले पढ्ने कुराको हल्का निरीक्षणमा पनि सदुपयोग गर्ने जंग चलेकोले आँखा अलिक टेढो पार्न थालेको छु। 'मान्गा' पढ्ने त छँदैछन्, पत्रिकाहरु पढ्ने पनि छन्, विदेशी भाषाका शब्द घोकेर बस्ने पनि छन्, किताबै पल्टाएर बस्नेपनि झन् धेरै छन्। कुन समूह कति धेरै छ भन्ने यकीन गर्न मेरो टेढो आँखामात्रैको वशको कुरो होईन:) तर मैले भन्न खोजेको के हो भने, 'मान्गा' जापानी समाजको पाठ्यसामाग्रीको एउटा भागमात्रै हो, यो भाग सानो नहोला, तर असाध्यै ठूलो पनि छैन।
अर्को कुरो आयो, 'सोसियलाइजेशन'को। सतहमा हेर्दा सबै जापानीहरु असाध्यै एकलकाँटे लाग्छन्। हामीलाई यो प्रभाव परेको बस र रेलमा एकअर्कासंग त्यति नबोल्ने जापानीहरु देखेर हो। नेपालमा पहिलोचोटि भेट भएको मान्छेसंग पनि नाम, घर, पहाड-घर, गोत्र, ससुराली, सालाको पढाई आदिको जानकारी बाँडिसक्छौं हामी। यहाँ आफ्नै धूनमा पढिरहेका अथवा आँखा चिम्लेर बसिरहेका जापानी देखेर हामीलाई सकसक लाग्नु स्वाभाविक हो। तर जापानी समाज कत्तिको 'सामाजिक' छ भन्ने कुरा जापानी समाजको माझमै बसेपछि धेरै थाहा हुँदो रहेछ, होष्टेल आदिमा बसेर भन्दा।
अनि अर्को कुरा, शनिबार अथवा आईतबार भने रेल, बसमा कुराकानी गरिरहेका मानिसहरु पनि देख्न सकिन्छ। परिवारका सदस्यहरु अथवा चिनजानका मान्छेहरु संगै घुम्न निस्कने भएर होला। जापानीहरुका बिभिन्न कार्यक्रमहरुमा भाग लिएको अहिलेसम्मको अनुभवको आधारमा पनि के भन्न सक्छु म भने उनीहरुको सामाजिक जीवन एकदम 'सामजिक' छ अझै। जापानीहरुको कमजोर अंग्रेजी पनि एउटा कारण होला विदेशीले जापानीलाई हेर्ने दृष्टिकोण अलि फरक बन्नुमा। जापानीहरुलाई एकलकाँटे भन्ने कि नभन्ने त्यो आ-आफ्नो हेराईको कुरा हो, तर हामी नेपालीहरु भने चाहुनेभन्दा बढी 'सोसियलाईज' भएको भने पक्कै हो।
सबै विकसित समाजजस्तै जापानी समाजमा पनि 'एकलकाँटे' हरुको संख्या बढ्दै गएको छ, यो सत्य हो तर पढ्ने बानीनै अथवा पढ्ने बानीमात्रैले भने यसो भएको होईन।
अनि प्रो., धेरै पछि दर्शन पाइयो। आरामै हुनुहुन्छ होला। अहिले कहाँ हो?
बद्रीजी, 'पडन्ते' शब्द सम्मानजनक बन्नेछ भन्ने आशा गरौं।
पुलामीजी, कामप्रतिको लगन हेर्दा त कमिललाई पनि उछिन्ने छन् यिनीहरु।
फुरी भाइ, यीनीहरको ब्ल्याक-एण्ड-ह्वाइट फोटोकपीनै बन्न सकेपनि हुन्थ्यो जस्तो लाग्छ मलाई पनि:) तर गाह्रो छ त्यो साँचोमा ढलिन।
धाइबाजी, नेपालमा पनि गम्भिर पाठक जमात बढ्दैछ भनेर खुशीको कुरो सुनाउनुभयो। अझै बढोस्, हाम्रा लेखकहरुले लेखेकै भरमा घर ठड्याएर, कार चढेर हिँड्न सक्ने भए भने औसत नेपाली सबैले पढ्ने बानी बसालेछन् भनेर बुझौंला।
अलिकति चाहिं शिक्षाको कुरा पनि हो। औसत शैक्षिक स्तर बढेपछि पढ्ने बानी पनि बढ्छ समाजको।
जिन्दगी ब्यापक बेफूर्सदीको गल्लीमा हिँडिरहेको छ अचेल। ढुक्कले पढ्ने मेसो भनेको यो जुनीमा फेरि मिल्ला जस्तो छैन:) हप्तौं झोलामा राखेर दिनको ३-४ पेज गरेर एउटा किताब पढिभ्याएँ हालसालै। लेखौंला चाँडैनै यस्को गफ। तपाईँले पढेका किताबहरुको बारेमा पनि पढ्न पाउने आशा छ।
उजेलीजी, गाह्रो छ हो तर त्यो पढ्ने बानी लगाउनुको कुनै विकल्प पनि छैन।
tapai ko blog na chhireko dherai vayecha ....wow...kati naya ani kati dami......
ReplyDeletejhan jhan dami hudai gayecha yo blog..nice really ....
n abt the study phenomenon...what to say ??? i am also writting a post abt it ......a reading phenomenon with a solution of some problem ....I hope u ll read that when i ll post that article on my blog ...
at the end ..really basanta dai ...it's too good to see the new architecture of your blog ....