Image Source:Blogdai
देश अचेल झन जटिल परिश्थितिमा फसेको छ। नयाँ संविधान निर्माण र राज्य पुनर्संरचनाको वहस र कार्यक्रमलाई सात पत्र भित्र धकेलिएको छ र अर्थ न बर्थका अनाबश्यक विवादहरुमा पूरै देशको उर्जालाई दुरुपयोग गरिएको छ। अर्कोतिर जनताको ध्यान आफ्ना असफलताहरुबाट अन्तै मोड्न माओवादी सफल भएको छ। माओवादी संविधान बनाउन वा समयमै बनाउननै चाहँदैन र सकेसम्म अराजकता फैलाएर सत्ता कब्जा गर्न र आफनो अधिनायकवादी शाशन लाद्न चाहन्छ भन्ने शंकालाई झन बल मिलेको छ।
प्रधानसेनापति कटवाललाई हटाउने माओवादी अभियान यो शंकालाई मलजल गर्ने सबैभन्दा ठूलो कारण हो। प्रधानसेनापतिले सरकारलाई अटेर गरेका तीन प्रकरणमध्ये दुई नयाँ भर्ती र जनरलहरुको पदावधि संबन्धी विवादहरुको कुरा गरौं पहिले। नयाँ भर्तीलाई अनमिन र माओवादीले शान्ति-सम्झौता विपरीत भनेका छन् भने अरु दलहरुले सही भनेका छन्। दोश्रो प्रकरणमा पनि माओवादी एकातिर र अरु एकातिर छन्। सबै पक्षहरु शान्ति-सम्झौताका भाग भएकाले यी प्रकरण विषयको समाधानका लागि ब्यापक छलफल गरेर साझा धारणा बनाइनु पर्थ्यो। सरकारको नेतृत्वमा रहेको र सबैभन्दा ठूलो दलको आधारमा पनि त्यो समन्वयकारी भूमिका माओवादीले निर्वाह गर्न सक्नुपर्थ्यो। सरकार नेतृत्व नगरेकै बेलामा पनि यस्ता कुरामा माओवादीको बिशेष भूमिकाको आवश्यकता हुने थियो किनभने देशमा विद्यमान दुई सेनामध्ये एउटा उसकै सेना हो। तर माओवादीले यी प्रकरणहरुमा समन्वयकारी भूमिका खेल्ने र सर्वसम्मत धारणाको विकास गर्नेभन्दा पनि यसलाई सेनासंग आरोप-प्रत्यारोपमा उत्रने र त्यहाँभित्र आफनो राजनीति छिराउने सुनौलो मौकाको रुपमा लियो।
लोकतन्त्र वा नागरिक सर्वोच्चता जे को दुहाई दिएपनि माओवादीको अभीष्ट नेपाली सेनाभित्र आफ्नो पहुँच बढाउनु, त्यसको नेतृत्वको मनोबल गिराउनु र 'आफनै' सेना बनाउनु हो। संसदमा र विदेशीका सामु प्रचण्डले बहुदलीय शाशन र कानूनी राजको जति प्रतिबद्धता दोहो-याए पनि तलदेखि माथिसम्मका माओवादीले सत्ता कब्जा र कथित जनवादी शाशनको राग भट्याउन छाडेका छैनन्। यो अवश्थामा माओवादीले सेनामाथि गर्ने कुनै पनि ब्यबहारले हाम्रो शंकालाई अझ गाढा बनाउनु अस्वाभाविक होईन।
माओवादीहरुले के हेक्का राख्नु अनिवार्य छ भने उनीहरु बहुमतमा छन् तर त्यो बहुमत जनताले उनीहरुलाई लोकतान्त्रिक संविधान बनाउनका लागि दिएका हुन्, उनीहरुकै अधिनायकवादी शाशन शुरु गर्न दिएका हैनन्। राजनीतिक यथार्थ के हो भने द्वन्द्व समाधानका लागि एमाले-कांग्रेसले संवैधानिक राजतन्त्र छोडका हुन् भने माओवादीले एकदलीय र तानाशाही सोच छोडेको घोषणा गरेको हो। र मिलन बिन्दूका रुपमा लोकतान्त्रिक गणतन्त्रलाई स्विकारेका हुन् सबैले। माओवादीले के पनि सम्झिरहे हुन्छ भने उसले एक तिहाई मत पाएको हो तर बाँकी दुई तिहाइ जनताले भने अन्तै मत दिएका हुन्।
बाँकी तेश्रो विषय, सेनाले राष्ट्रिय खेलकूदका केहि खेल बहिष्कार गरेको। यो विषयमा सेनाको केहि पनि गल्ती छैन। वास्तवमा, रातारात माओवादी सेना घुसाएपछि सेनाले मात्रै होईन अरु सबैले सबै खेलकूद वहिष्कार गर्नुपर्थ्यो। माओवादी सेनालाई खेलाउनुनै थियो भने पहिलेबाटै किन प्रकृया पुरा नगरेको? खेल अन्तर्राष्ट्रिय नियम अनुसार हुने कि माओवादीको तोक-आदेशअनुसार?
माओवादीको भ्वाङ्ग परेको राष्ट्रवादको धोती:विगत केहि समय यताका धेरै घटनाहरुले माओवादीको राष्ट्रवादको धोतीमा ठूल्ठूला भ्वाङ्ग पारिसकेका छन्। नेपालीको विरोधलाई रौं बराबर पनि नगन्नु तर विदेशी/भारतीयका अगाडि पूच्छर टांगमुनि पु-याउनु माओवादीको बानीनै रहेको देखिईसकेको छ। पशुपतिको पूजारी प्रकरणमा नेपाली जनतालाई वाइसीएल र पुलिस लगाएर तह लगाउने र अदालतको निर्णयलाई नमान्ने उसको सोच प्रष्ट थियो तर दक्षिणको एक कलले उ फनक्क फर्कियो। अहिलेको प्रकरणमा पनि कुरा त्यस्तै हुने निश्चित छ, भलै अलिक बढी समय लाग्ला। भारतले आड-भरोसा दिएर पालेकाहरुबाट यहाँ भन्दा बढी आशा के गर्न सकिन्छ र?
नेपालको राजनीति र अन्य मामिलामा भारतको हस्तक्षेपलाई सही भन्न खोजेको हैन मैले। र अरु दल पनि यो मामिलामा चोखा छैनन्। माओवादीले आफूलाई सबैभन्दा राष्ट्रवादी दल भनेर घमण्ड गर्छ तर उसको ब्यबहार अरु दलको भन्दा पनि गएगुज्रेको र भारतमुखी छ। झन् अचम्म त यो कुरामा लाग्छ कि भारतले चोर औंलो ठड्याएपछि प्रचण्ड आफ्ना निर्णय फिर्ता लिन्छन् अनि तलदेखि माथिसम्मका माओवादीहरु गिरिजालाई गाली गर्न थाल्छन्। माओवादीहरु हो, आफ्नो गालीलाई प्रचण्डतिर फर्काउ! निर्णयमा अड्न सक्ने हुती छैन भने निर्णय गर्नै हुन्न, गरिसकेपछि जनताको समर्थन छ भन्ने आत्मविश्वाश छ भने दुनियाँको जुन शक्तिले जे भनेपनि फिर्ता लिनुहुन्न। जनताको समर्थन लिनसक्ने हो भने जसले जति दबाब दिएपनि केहि नापिन्न भन्ने कुरा दोश्रो जनआन्दोलनले देखाईसक्यो।
उप-कूलपतिमाथीको माओवादी ज्यादती-मूर्दाबाद!
माओवादीका विद्यार्थी नेताहरुले अस्ति त्रिविका उप-कूलपतिमाथि देखाएको ब्यबहारको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ। यो भन्दा अभद्रता र जंगली स्वभाव अरु हुनै सक्दैन। देशमा जारी अराजकता र दण्डहीनताको शृंखलामा अर्को एउटा घटना फेरि थपेका छन् माओवादीहरुले। यो वा त्यो कारण देखाएर माओवादीले दोषीहरुलाई उम्काउनेनै छ फेरि पनि, माओवादीको पार्टी संरचनाभित्र तिनको पदोन्नति पनि हुनेछ। माओवादीको मध्ययुगीन चिन्तनको प्रतिबिम्ब हो यो र अब देशका शैक्षिक संस्थानहरु ध्वस्त हुने र तीनमा लाल-आतंक कायम हुने लक्षण देखिँदैछ।
त्रिविमा परीक्षा लगायत सबै थरी शुल्क समायोजन गर्न धेरै ढिला भईसकेको छ। सरकारले अनुदान नदिने, सरकारमा बसेका दलका हनुमानहरु शुल्क बढाउन नदिने; अब त्रिवि कसरी चल्छ?! फेरि यो शुल्क बढाउने कुरामा सरकार पूरै बेखबर होला भनेर कसैले पत्याऊँदैन किनभने कूलपति स्वयं प्रचण्ड हुन्। सरकारको अनुमति नलिई त्रिविले शुल्क बढायो होला भनेर विश्वाश गर्न सकिन्न। शुल्क बढाएकै कारण कालो मोसो दल्नुपर्ने हो भने प्रचण्डलाई हो दल्नुपर्ने, उप-कूलपतिलाई होईन। थुक्क साला जंगलीहरु! प्राज्ञिक ठाऊँमा मूढे बल देखाउने? थुक्क बेइज्जतीहरु!
Image Source:ArtUkraine.com
Image Source:United We Blog
साँच्चै यी नयाँ मान्छेबाट संबिधानसभा निर्बाचन ताका गरेका आशा पुरै निराशामा परिबर्तन हूँदैछ ...
ReplyDeleteशिक्षकलाई कालो मोसो दल्ने काम त कुनै कोणबाट अर्थ्याउन खोजे नि सही होइन ...
अनि फोटोमा रातो घेरा लगाएका ब्यक्ति चाहीं को हुन नि ?
मिलन जी, उनी राम हरी श्रेष्ठ हुन, माओबादी नेता हरुलाई भात खुवाउदै...कांतिपुर मा छापिएको थियो यो चित्र...
ReplyDelete१. कटुवाल ले पनि राजनीति गरेकै हुन... तर यहाँ उनलाई नसीहत दिने भन्दा पनि आफ्नो मान्छे लाई सेनापति बनाएर नेपाली सेना नै कब्जा गर्ने निति पो देखियो...
२. धाड भाचने हरुलाई "बिद्वान" बिद्यार्थीहरुले नै जिताएपछि के आशा गर्ने ?
मन छुने लेख बसन्त जि!
ReplyDeleteसाँच्चै त्रि बि का उपकुलपतीमाथी माओवादीको अराजक जत्थाले जुन व्यबहार गरे त्यसको जती नै निन्दा गरे पनि कमै हुन्छ। शिक्षा क्षेत्रमा आमुल परिवर्तनको खोक्रो नारा गुन्जाउने अनी देशका शिक्षा क्षेत्र माथि खुलेआम तान्डब निर्त्य देखाउने यि अराजक तत्व को भनाइ र गराइमा कती बिरोधाभास छ यि घटनाक्रम बाट नै बुझिन्छ। बैज्ञानीक शिक्षाको दुहाइ दिने यो क्रान्तिकारी भनाउदो समुह,निजिक्षेत्रमा सन्चालित स्कुल क्याम्पस को बिरोध गर्ने यो जत्थाले नै शिक्षा क्षेत्रमा दङ्गा फैलाएको छ, आतक सिर्जना गरेको छ। लगानी पनि गर्न नदिने, गुणस्थर पनि खोज्ने, हात, खुट्टा सबै बाधेर समानताको कुरा गर्ने यो भन्दा बढी नौटङ्की के हुनसक्छ?
त्रिबी ले शुल्क समायोजन आज भन्दा १५ बर्ष पहिला गरिसक्नु पर्थ्यो,यो निकै ढिलो भइसकेको छ। जब त्रिबी केही शुल्क बढाउन खोज्छ अनी स्वबियु,अन्य बिद्यार्थी संगठन आन्दोलनमा होमिहाल्छन बिद्यार्थी हितको लागि भनेर यो परम्परा नै बनेको छ तर त्यो क्षणिक हितको दुरगामी असरको बारेमा कसैले कहिल्यै सोचेनन वा केही व्यक्तीले उनिहरुको स्वार्थमा आम बिद्यार्थीलाई ढाल बनाएर अघी बढीरहे? आज त्रिबिलाई यो अवस्थामा धकेल्न बिगतका र बर्तमानका सरकारहरु सबभन्दा बढी कृयाशिल बने भन्न अतियुक्ती नहोला। अब पनि शुल्क समायोजन नगरे त्रिबिको अस्तित्व क्षण भर पनि रहने छैन अनी लाखौं कोपिलहरुलाई फुल्नै नदीइ यसको आगनमा हत्या हुनेछ। आशा गरौ अनेकौ ठक्कर, बर्षा भेल बाढीलाई सहदै जिबन र मृत्युको दोसाधबाट हजारौ फुल फुलाउने त्रिबीले नयाँ बाटाहरुमा आफ्ना पाइला राख्न सक्ने बातावरण छिट्टै बन्नेछ र त्रिबिलाई आजको यो अवस्थामा ल्याइपुराउने सम्पूर्ण शिक्षा क्षेत्रका दलाहरुलाई न्यायको कठघरामा उभिएको देख्न पाइनेछ।
मलाई लाग्छ धेरै जस्तो नेपाली जनता म जस्तै छन, एकदमै सहनशिल । शायद तेही भएर नै होला हामी यो दुर्गति तिर उन्मुख भएको । पुरै १९ बर्ष भयो मैले नेपालको प्रजातन्त्र स्वरुप देख्न थालेको, बिस्तारै गर्लान नि वा यसले नगरे अर्कोले ले गर्ला नी भन्दा भन्दै १९ बर्ष बित्न थाल्यो । अब भने सहनशिलाताको बांध टुत्न थालेको अनुभुती हुन थालेको छ ।
ReplyDeleteमाओवादी आउंदा मैले benefit of the doubt दिएर समर्थन पनि गरेको थिएं, तर अब यो २१ शताब्दीमा जंगलिपना सहन गर्हो हुन थाल्यो ।
नेपाली कांग्रेस PVT LTD मेरो अंखाबाट झरेको धेरै भयो । "पहिलो पुस्ता" र "दोस्रो पुस्ता" भनांउदा नेताहरुलाई तुरुन्तै न गलहत्याय सम्म यो पार्टी मेरो नजरमा मावोबादी भन्दा केही फरक हुने छैन ।
नेकपा छेपारो एमाले १९ बर्षको धेरै समय कसरी माकुनेलाई प्रधानमन्त्री बनाउने रणनितीमा मात्र केन्द्रित भयो । यसले गर्दा यो संधै छांया पार्टी मात्र भयो ।
पुरै १९ बर्षमा दुर्गति मात्र भैराख्दा खेर पनि अझै यि जोकरहरुनै हाम्रा नेता रे ?? दोष ति जोकरहरुको हैन हाम्रो हो: you can only get what you paid for..... स्थानिय तहमा नेता छान्न हामीले कहिलै मिहेनत गरेनौ, पार्टी हेर्दै रबर स्ट्याम्प लगाइदियौं उमेद्बारहरुलाई । बरु तिनिहरुको साटो लाल्टिन, बाल्टिन, गोल्टिन, वा जोल्टिङ जसलाई जिताए पनि हुन्थ्यो । जो जिते पनि आखिर पार्टी को whip अनुसार त चल्ने हो । Accountability भन्ने कुरा केही भएन, पहिला आफ्नो contituents बारेमा सोच्ने प्रतिनिधिहरु भएका भए काठमाण्डु घर बनाउनु को साटो कसरी आफ्नो ठांउमा नयाँ नयाँ business वा infrastructure हरु भित्राउने बारे सोच्थे होला ।
खैर, जिम्बाबे, सोमालिया, वा पाकिस्तान हेरर त हाम्रो देश अझै स्वर्ग नै छ। अहिलेकालाई जिताउने काम त गरी हाल्यौं, अब छिटो संविधान बने पछी को चुनावमा भने प्रतिनिधि छान्दा आफ्नै घरमा भांडामा बस्ने मान्छे छानेको जस्तै मिहेनत गरौं ।
जय नेपाल ।
This is the best article in the current scenario to describe Maoist. Basanta keep on coming up with such good articles.
ReplyDeleteमाओबादीबाट यस्ता करतूत यत्ती पटक भए कि अब त केहि भन्न र लेख्न समेत आएन।
ReplyDeleteबशीर बद्रको एउटा शेर याद आयो:
"लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीं खाते बस्तियाँ जलाने में "
साच्चै bias नभएर भन्नुपर्दा माओवादीको सरकार पनि पहिलाको एमालेको ९ महिले सरकार जस्तै हुन्छहोला । अब माओवादीको दण्डहीनताले पराकाष्टा नागेको कुरामा कसैको दुईमत छैन होला ।
ReplyDeleteपहिला त म सबै माओवादीको नराम्रो मात्र लेख्छन्, त्यसैले नराम्रो पब्लिक ओपनियन भएको होला भन्नै सोचेको थिएँ तर जुन जोगी आएँ नी कानै चिरेका भन्थे, यो माओवादी त कान हैन, किड्नी, दिमाग, मुटु सारा शरीर नै चिरेको परेछ । है भगवान कहिले पाउने हुन नेपाली जनताले शान्तीको शितलता ।
कहिले सम्म हाम्रा निर्दोष नेपालीह्रुलाई खुद्रा पैसा जस्तो खर्चने यार???? पागल को लागि खुल्ला मैदान कही पनि हुँदैन। पागल जती सबलाई जेल कोचेर औषधी गर्ने बेला भएन र भन्या???
ReplyDeleteभयो भयो ।
ReplyDeleteबसन्त जी लेखमा राष्ट्रबादि चिन्तनको यथार्त प्रष्फुटित भएको पाए । वास्तवमा यो ब्यवहार भनेको आफैले आफैलाई खनेको खाडल जस्तै लाग्छ मलाई । आजको समयमा परिवर्तन अपरिहार्य छ । यहि सोचमा अल्झिरहनु भनेको सरासर पतनको बाटो तिर लाग्नु हो ।
ReplyDeleteNo! I am not agree with this. For Girija, India does not need go for any assignments because Girija has been doing according to what INDIA likes. But now, things have been changed as PM does not agree with INDIAN policies and many of the times INDIA comes in the middle of every house meeting. This is strictly true.
ReplyDeleteA series of political events have been started once every dogs went to INDIA by pretending their own sickness. But everyone knows it that sickness is what they are pretending. Do write an article about this
One more straight comment: Why do not take a brief point in case of Rishi Dhamala? and Why INDIA (GIRIJA, and all others) tried him to take out from the JAIL even though there were many electronic evidences? Similarly, Baban Singh... and many other leader faced criminals.
Please do try to write those points.
Yes! indeed, maoist received major votes for setting constitution. Then, just think about which party drafted a first constitution? So, obviously the maoist... Why dont other parties heading for at least a simple draft? Instead, they are just pulling out the ideas in the provided draft by maoist.
Just think as if we are republic people and just want to suggest an article in a neutral way such that people will not be misdirected.
Regarding pashupatinath case, nobody knew that how much money has been collected in each day? n now it was explored due to maoist. We must think in a positive way. Why girija and all political parties went in against with maoist. We must know that money has been swifted to INDIA. Do we think about the amount given to pashupatinath by Nepalese people. Imagine, what is the best, if we can collect those and implement for something within the nation.
All other parties were/are doing in favor of INDIA and no even a single incident was/is occurred but now it must be.
मेरो विचार तलको कान्तिपुरको लेखले भन्छ!
ReplyDeleteकठै ! हामीले के सिक्यौं ?श्रीश भण्डारी
आफ्नै विद्यार्थीले मोसो दलिदिएपछि त्रिभुवन विश्वविद्यालयका कुलपतिले भने, 'जे सिके त्यही गरे ।' ८ वर्षसम्म त्यही विश्वविद्यालयको विद्यार्थी भएका नाताले मलाई भीषण आत्मग्लानी भयो- कठै ! हामीले के सिक्यौं ?
हामी आज ज्ञानका अगाध भण्डार भर्न लागिरहेका छौं तर विवेकको कुनै वास्तै छैन । बच्चादेखि नै हामी यति बढी बुद्धि बटुल्दै आइरहेका छौं कि, मस्तिष्कमा विवेकका लागि थोरै ठाउँ पनि छैन । त्यस्तो ज्ञान र प्रविधिमात्रै हाम्रो सरोकार भएको छ, जसले शक्ति हत्याउन सिकाउँछ । बर्टन्ड रस्सेलले यसरी हत्याइने शक्तिका तीन मुख्य स्वरूप पहिल्याएका छन्- सैनिक, अर्थिक र राजनीतिक । सैन्य शक्तिलाई उनले जंगली वा नग्न शक्ति भनेका छन् ।
हुन पनि सैन्य शक्ति सबैभन्दा डरलाग्दो छ, जसका आधारमा सभ्यता र संस्कृतिको विकास नहुँदा आदिम मान्छे टिकेको थियो । आर्थिक र राजनीतिक शक्ति त्यो हो जुन टाठाबाठाको पहुँचबाहिर पुग्नै सक्दैन । हामी जानीनजानी त्यस्तो शिक्षा पद्धति अवलम्बन गरिरहेका छौं, जसले व्यक्तिलाई यिनै तीनमध्ये कुनै न कुनै शक्ति आर्जनको तरिकामात्रै सिकाइरहेको छ । हाम्रा राजनीतिक र समाजिक अभ्यास त्यसरी नै चलिरहेका छन् ।
शक्ति आर्जनका यिनै उपाय सिक्दासिक्दा आफ्नो विवेक क्षमता भने धेरै पछाडि छोडिसकेका छौं । गणित र तर्कको तालमेलमै हाम्रो अधिकांश समय बितिरहेको छ । तर्कमाथिको अतिनिर्भरताले सही र गलत ठम्याउने क्षमता गुम्दै छ । लाटाले पनि बुझ्न सक्छ- कुनै पनि मुद्दामा सबै झगडिया सही हुन सक्दैनन् । तर के आजको दुनियाँमा कुनै त्यस्तो वकिल छ, जसले आफ्नो पक्षको गल्ती छ भनेर स्विकार्न सकोस् ? छैन, किनभने कानुनका विद्यार्थीलाई कसरी सत्यको नजिक पुग्ने भनेर होइन, कसरी विपक्षीलाई हराउने भन्ने तर्कमात्र रटाइएको छ । यसरी शिक्षा पद्धतिले व्यक्तिलाई विवेकी होइन, बाठो र बलियो बन्नमात्र सिकाएको छ । अनि किन नभनून् विचरा उपकुलपति- विद्यार्थीले जे सिके त्यही गरे । हाम्रा क्रान्तिकारीहरू आखिर बलिया र बाठा दुवै न छन् ।
तर दोष क्रान्तिकारीको मात्र होइन । मानव समाजले भोग्नुपरेका जति पनि ठूला समस्या छन्, ती बौद्धिक र टाठाबाठाबाटै भएका छन् । कोरा बुद्धिको परिणाम जहिल्यै प्रत्युत्पादक हुन्छ । तर्कको सहाराले दुनियाँको दिमाग भुट्न त सकिन्छ तर विवेकहीन तार्किकलाई आफू पनि त्यही दुनियाँमा छु भन्ने पत्तै हुन्न । हुन्थ्यो भने आफैं पढेको विश्वविद्यालयमा न कसैले आगो झोस्थ्यो न गुरुको मुखमा मोसो । नभए पनि कम्तीमा उपकुलपतिको मुखमा मोसो दलिँदा सोही विश्वविद्यालयका कुलपति र मुलुककै प्रमुख कार्यकारी प्रधानमन्त्री यसरी मौन रहन सक्दैनथे ।
त्यसो त कैयन्लाई बुद्धि र विवेक अलगअलग हुन् भन्ने पत्तै नहुन पनि सक्छ । विवेक भनेको सही-गलत, उचित-अनुचित र असल-कमसल ठम्याउने क्षमता हो । यो आग्रह र पूर्वाग्रहरहित हुन्छ । विवेक मानवीय मूल्य-मान्यता र नैतिकतामा आधारित हुन्छ । बुद्धिबाट राजनीति, वाद र अवधारणाहरू बन्छन् । बुद्धि नक्कल गर्न सकिन्छ तर विवेक नितान्त वैयक्तिक र मौलिक हुन्छ ।
विवेक अन्तरात्माको आवाज हो भने बुद्धि इन्दि्रयहरूको चाहना । भगवान्को मन्दिरमा गरिने पशुवधलाई मान्छेले तर्कको आडमा धार्मिक कृत्यको संज्ञा दिएको छ । विवेकहीन बुद्धिमत्ताको करामत योभन्दा अर्को के हुनसक्छ ? त्यसैले त जबजब रामहरि श्रेष्ठ र प्रचण्ड थैवहरूको जीवन मूल्यमाथि धावा बोलिन्छ, हाम्रा विद्वान् नेताहरूको बुद्धि सक्रिय हुन्छ । उनीहरू तत्काल तर्क गर्छन्- संक्रमणकालमा यस्ता छिटपुट घटना हुँदै गर्छन् ।' मुलुकभरि अब सुनका इँटा छापे पनि श्रेष्ठ र थैवका लागि त्यो बिल्कुल अर्थहीन हो भनेर यी विद्वान्हरूलाई कसले सम्झाइदिने ? त्यसका लागि त विवेक न चाहिन्छ !
बुद्धिले शक्ति हत्याउन र विवेकले त्यसको प्रयोग गर्न सिकाउँछ । हाम्रा प्रधानमन्त्री पुष्पकमल दाहाल मुलुकको राजनीतिक शक्ति -सरकार) का मात्र नभई प्राज्ञिक शक्ति -विश्वविद्यालयका) पनि प्रमुख हुन् । उनले लगभग एकै समयसमा चुलिएको सेनापति विवाद प्रकरणमा जुन हदको दौडधूप गरे त्यसको तुलनामा उपकुलपतिको त्यत्रो बेइज्जती हुँदा एक शब्द बोल्नसमेत आवश्यक ठानेनन् । हामी आम नेपालीले पटकपटक बल लडाएर विशाल राजनीतिक शक्ति त आर्जन गर्यौं, तर विवेक नहुँदा त्यसको प्रयोगमा यसरी नै हरेकपटक चुकिरहेका छौं । कठै ! हामीले के सिक्यौं ? उपकुलपतिलाई मोसो दलेर हामीले विश्वकै प्राज्ञिक इतिहासमा भीषण कलंक कायम गर्यौं । सैन्य विवादको अर्को समस्याबाट त अझै उम्किन सकेका छैनौं ।
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=191134
मिलन भाइ,च्याँट्ठिने मान्छेले पनि भनिसक्नुभयो, ती ब्यक्ति रामहरि श्रेष्ठ नाम भएका ब्यापारी हुन्। माओवादीका समर्थक तिनले माओवादीहरुलाई आफ्नो समय र धन धेरै खुवाए, पछि माओवादीले तिनैलाई खाईदियो। तिनको हत्या गर्नेमध्येको प्रमुखको माओवादीभित्र पदोन्नति भयो।
ReplyDeleteच्याँट्ठिने साथी, कटवालले राजनीति गरेका होलान् तर मलाई त अहिले आएर त्य स्वाभाविक लाग्छ। माओवादीको घोषीत लक्ष्य नेपाली सेनामाथि कब्जा जमाएर नेपालमा आफ्नो अधिनायकवाद लाद्नु हो। यो स्थितिमा माओवादीको घोडा हुन नचाहने जो सुकैले केहि उपाय खोजिहाल्छ।
शान्ति-सम्झौतापछि माओवादीका कथित सेनाहरु कहिले कता पुगेर कसलाई मार्दिन्छन् कहिले कता पुगेर कसलाई काटिदिन्छन; तर नेपाली सेना भने चूपचाप ब्यारेक भित्र छ। को कति संयमित र जिम्मदेार छ, सबै छर्लङग देखिएको छ। पूराना कुरा गर्नुको तुक छैन, एउटा लहरो तान्दा सबैतिरका पहरा गर्जिनेछन्।
प्रवीणजी, छुद्र राजनीतिक स्वार्थ हेरेर यस्ता धेरै अत्याबश्यक समयसापेक्ष सुधारहरु थाल्नै दिईएको छैन। जबसम्म दलीय राजनीतिलाई शैक्षिक क्षेत्रबाट डाँडा कटाईँदैन तबसम्म यो अराजकता, गतिहीनता र सरस्वतीको अपमान भईरहनेछ।
प्रज्वलजी, हो, सोमालिया वा पाकिस्तानभन्दा अझै राम्रो छ नेपालको स्थिति तर द्रूत गतिमा त्यतै जाँदैछ। यो ओरालो लाग्ने क्रम रोकियोस् भन्ने चाहना हो तपाईँ हाम्रो। रोकिने लक्षण अझै देखिएको छैन।
अमोल भाइ, प्रोत्साहनको लागि आभारी छु।
दिलिप दाइ, यिनीहरुले बस्ती मात्रै होईन सिंगै देश जलाईसके तैपनि यिनमा अलिकति पनि संवेदना, अलिकति पनि पछूतो पलाएको देखिएको छैन अझै।
शेखर भाइ, अहिलेका धेरै समस्याहरुको जडमा माओवादीको आफ्नै एकलौटी शाशन (सर्वसत्तावाद या अधिनायकवाद) को मोह रहेको छ। उसलाई संविधान बनाउनु या देशको जर्जर आर्थिक अवश्थालाई सुधार गर्नु भन्दा पनि कथित 'जनवादी' क्रान्ति गर्नु छ नेपालमा। उसको घोषित उद्देश्य यस्तो भएपछि अरु झस्किने भईहाले। यदि उसले यो मोह त्याग्ने हो र बहुदलीय प्रतिस्पर्धात्मक शाशन प्रणालीप्रति पूर्ण प्रतिबद्धता जनाउने भने धेरै कुरा आफैं ठीक ठाऊँमा आऊँछन्।
Anonymousजी, हामी साँच्चै खुद्रा पैसा बनेका छौं राजनीति गर्नेहरुका लागि। म अहिले नेपालमा जारी अराजकतालाई शहीद खेतीको पनि नाम दिन रुचाउँछु। यो खेतीमा बीऊ, मल, जल र फल सबै हामी हौं अनि बिना ज्याला काम गर्ने खेताला पनि।
सिकारुजी, तपाईँले भनेजस्तो चेत उनीहरुमा आईदिए उज्याला दिनहरु शुरु हुने थिए।
Anonymousजी, नेपालीमै कुरा गर्ने अनुमति चाहन्छु।
आफू निर्णय गर्न नसक्ने अनि गिरिजालाई सराप्ने कुरा बेतूकको हो। आफू भारतको राजदूतले जे भन्यो त्यहि मान्ने अनि दोष चाहिँ गिरिजा वा केपी ओलीलाई दिने?! लाज पच्नुको पनि हद हुन्छ नि----!
यहाँले अरु नेताहरुका लागि प्रयोग गरेको dogs भन्ने शब्दले यहाँको वैचारिक स्तरलाई राम्रैसंग देखाएको हुँदा धेरै कुरा गरिरहनु आवश्यक देख्दिँन म तर एउटा कुरा के स्मरण गराउन चाहन्छु यहाँलाई भने माओवादीहरुको तर्कपूर्ण र सम्मानजनक आलोचना गर्दा पनि धेरैले कुटाई खाएका छन् र कति त 'उपर' पुगेका छन्, तपाईँ यस कुरामा भाग्यमानी हुनहुन्छ किनभने अरुसंग मानवीय संवेदना अझै बाँकी छ। उसैपनि लुकेर अरुलाई कुकुर भन्नु कुनै बहादुरी होईन।
जहाँसम्म ऋषि धमला काण्ड वा पशुपतिनाथ काण्डका कुरा छन् मैले लेखिसकेको छु यो ब्लगमा पनि र अन्यत्र धेरै ठाऊँमा पनि। ती सबै दोहोराइरहने फुर्सद छैन मलाई। खोजेर पढ्नुहोला। र म आशा गर्छु तिनले तपाईँलाई आफनो 'रातो' चश्मा उतार्न सघाउनेछन्।
गालबजी, साह्रै नै मन छुने ढंगले प्रस्तुत गरेका रहेछन् भण्डारीजीले उक्त कालो हर्कतलाई। यस्तै-उस्तै परेर मैले तयो दिनको कान्तिपुर पढ्न पाएको थिईँन, यहाँ टाँसिदिनुभएकोमा धन्यबाद!
I am not really anonymous but in fact I am close to ur living in japan (lecturer in the univerity)
ReplyDeleteYes! They are DOGS... and went to INDIA by pretending their sickness (हजुरको शब्दमा: लाज पच्नुको पनि हद हुन्छ नि! )I am in favor of neither maoist nor Congress/other parties. Globally speaking, I had commented neutrally. But instead, ur step are always behind CONGRESS. No worries wherever u r.
I just wanna suggest u to write an article such that u will not make any misdirections to the people, which I never found.
We have to think about the country not the criminal faced leaders.
These days, u might have hurt because of the secret meeting by SUJATA with PM. See, how sad is the situation within Congress?
The primary thing is if u think that PM's decision is right for the country why dont u support rather than pulling out the news in another way. If we dont support the decision made by government (or PM), the situation of country will be worsen as u never expected to write those. On the other side, people must say whether they like it or they could sack the PM. People should not play with government. Gaining major votes is not normal.
I know u have an art in writing, but on the other hand, i found a bit tilted writing on to specific/particular leaders rather than country's sake.
In fact, we dont beleive on those leaders' ideas/views, who even dont passed more than grade 8. So try to comment on those issues... pls..
Anonymousजी, तपाईँ जापानमै हुनु भएको जानकारीका लागि धन्यबाद! तर सत्य यहि हो कि तपाईँ अझै Anonymous नै हुनुहुन्छ यो ब्लगका लागि।
ReplyDeleteभारत गएकै कारणले अरु दलका नेताहरुलाई कुकुर भन्नु भएको हो भने अलिक विचार गर्नुहुन अनूरोध गर्दछु किनभने विगतमा सबैजसो माओवादी नेताहरुले धेरैजसो भारतमै बसेर नेपालमा आगो लगाएका हुन्। देशभित्र पनि लैनचौर जानेमा अरु मात्रै छैनन्, माओवादीपनि छन्। नेपालको राजनीतिमा जारी भारतीय हस्तक्षेप मलाई मन पर्दैन तर को कति पानीमा छ भन्ने कुरा बेला-बखतका घटनाक्रमहरुले देखाईरहेकै छन्। आफू सबैभन्दा 'राष्ट्रवादी' भन्ने ढोंग पिट्न माओवादीले छोडिदिए हुन्छ।
तपाईँलाई एउटा भ्रम भएको छ, म कांग्रेसको अन्ध-समर्थक हुँ भन्ने। म न कांग्रेस हुँ, न माओवादी हुँ र न म एमाले हुँ। म कुनै पनि दलको 'हनुमान' होईन तर गर्वका साथ के भन्न चाहन्छु भने मसंग यथेष्ट राजनीतिक चेतना छ। कुनै पनि दलको 'हनुमान' नभईकन पनि राजनीतिक चेतना बोक्न सकिन्छ भन्ने कुरा हाम्रो नेपाली मानसिकतामा अझै राम्रोसंग परिभाषित भईसकेको छैन; विस्तारै हुँदै जाला। त्यसकारण, सुजाताको ब्यबहारले मलाई निराश बनाउनुपर्ने कुनै कारण देख्दिन म। स्वतन्त्र र अरु दलका मात्रै होईन अलिक सचेत कांग्रेसीहरु सबैले चिनेका छन् सुजाताको स्वार्थी 'राजनीति'लाई।
चुनावमा बहुमत ल्याउनु ठूलो कुरा हो। तर त्यहि बहुमतको आडमा आफूखुशी गर्दा अरु सबै चूप लागेर बस्छन् भनेर कसैले सोच्छ भने ऊ गम्भिर भ्रममा छ। देशको निर्वाचित प्रधानमन्त्रीले गरेका जुनसुकै निर्णयको सबैले समर्थन गर्नुपर्छ भन्ने सोचाई लंगडो हो। माओवादीहरुले जुन सरकारहरुका विरुद्ध लडे, ती सबैपनि निर्वाचित सरकार थिए। सरकारका निर्णयले आफनो अस्तित्व संकटमा आउने सम्भावना देखिएपछि सबैले विरोध गर्छन्। ब्यक्तिगत रुपमा म माओवादीहरु नेपालमा आफ्नो अधिनायकत्व लाद्ने रणनीतिमा कायम छन् भन्ने कुरामा विश्वस्त छु, त्यसैले माओवादीले नेपाली सेनामाथि हात हाल्दा म सशंकित हुन्छु। गरीब, किसान, सर्वहारा-जसको नामको खोल ओढाईएको भएपनि तानाशाही शाशन भनेको तानाशाही शाशननै हो त्यो असल कदापि हुनसक्दैन।
मेरो लेखाईलाई दिनुभएको हौसलाको लागि आभारी छु तर म कतै ढल्केको जस्तो मलाई लाग्दैन।
अन्तमा, आठ पासमात्रै गरेका नेताले देश बिगारे भन्ने कुरामा लागौं। 'डा.' हरु धेरै थुपार्दैमा देश बन्ने भए त पञ्चायतले उहिल्यै नेपाललाई स्वर्ग बनाईसक्थ्यो र अहिले तपाईँ हाम्रो 'झगडा' को आवश्यकता नै हुने थिएन। औपचारिक पढाइको महत्व आफ्नो ठाऊँमा छ तर त्यहि सबै थोक होईन। धेरै कुरा राजनीतिमा लागेका मान्छेहरुको इमान्दारिता र अध्ययनशीलतामा भर पर्छ।
अहिलेको सरकारमा सबै 'डा.' नै 'डा.'देख्नुभयो कि क्या हो तपाईँले? त्यहाँ गोपाल किराँतीहरु पनि छन्।माओवादी मूल रुपमा त तपाईँ-हामीले पढेको शिक्षाकै विरोधी होइन र? 'बुर्जुवा' शिक्षाको विरोधका नाममा देशका शैक्षिक धरोहरहरु ध्वस्त पार्ने 'ठेक्का' उनीहरुलेनै लिएका छन्।