January 12, 2009

पत्रकार उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!


हतियार बोकेका कातरहरुको जत्थाद्वारा निर्मम हत्या गरिएकी पत्रकार उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु!
-------------------------------------------------------------------------------
अरु कुनै विषयमा लेखौंला भन्ने विचार थियो तर एउटा उदाउँदो प्रतिभालाई यसरी पाशविक ढंगले निमोठिएको खबर पढेपछि मन नराम्ररी भाँडिएको छ। निर्दोषहरुको रगत बगिरहने र अपराधीहरुले उन्मिक्ति पाइरहने यो अन्तहीन शृंखलाबाट देशले कहिले मुक्ति पाउला? स्वतन्त्र र निष्पक्ष चिन्तन राख्ने मान्छेहरुले नडराई बाँच्न सक्ने दिन कहिले आउला?

उमा सिंहले भोगेका चुनौती र पिडाहरुको पहाडको कल्पना पनि डरलाग्दो छ। अहिले हाम्रो देशमा निष्पक्ष पत्रकारहरुको जिन्दगी सबैभन्दा कठिन छ। र सामन्ती सामाजिक-सांस्कृतिक संरचना भएको हाम्रो देशमा जहाँसुकैपनि एउटा महिला पत्रकारको जिन्दगी अझ असहज छ। त्यसमाथि पनि नेपालको तराई क्षेत्रको समाज महिलाहरुप्रति हदैसम्म अनुदार छ। त्यस्तो कट्टर समाजबाट माथि उठेर पत्रकारिता पेशा अंगाल्नुनै पनि कम्ता साहसको विषय होईन, त्यो पनि आफ्ना पिता र दाइलाई अपहरण र बेपत्ता पारिएको कठोर पिडासंग बाँच्दै। त्यसमाथि निरन्तर रुपमा तराईका सामाजिक-सांस्कृतिक विकृतिहरु र अपराधीकरणका विरोधमा सकृय हुनु कति गाह्रो थियो होला?! उनले कति धम्की बेहोरिन् होला?! यो मजस्ता विरोध, समर्थन, रिस, खुशी जे का लागि पनि कि-बोर्ड ठोकेर आफ्नो 'देशभक्ति' देखाउने मान्छेका लागि महशूश त के कल्पना भन्दा बाहिरको कुरो हो, तैपनि कोशिश गरिरहेछु, कि-बोर्ड ठोकेरै सही------

देशलाई उमा सिंहजस्ता निडर र चिन्तनशील, अनगिन्ती युवाहरुको आवश्यकता छ, तर प्रहार उनीहरुमाथिनै भइरहेछ, धम्की उनीहरुलेनै झेलिरहेछन् र नरपशुहरुले उनीहरुकै हत्या गरिरहेछन्----

हत्यारा नरपशुहरुलाई यथाशिघ्र कठघरामा उभ्याउन र फेरि यस्तो घटना नदोहोरिने प्रत्याभूति दिन सरकारसंग माग गर्दछु!

उमा बहिनी, तिम्रो आत्माले चीर शान्ति पाओस्! र भगवानले तिम्रो परिवारलाई एउटा अर्को कठोर बज्रपातको पिडा खप्ने र सम्हालिने शक्ति देओस्!


(फोटो साभार:दैनिकि डट कम)

20 comments:

  1. पत्रकार उमा सिङ को हत्याराहरुको घोरबिरोध! र यथासिग्र यस्ता अपराधीहरुको पतालाई राष्ट्रले कडाभन्दा-कडा सजाय दिनु पर्छ। र पत्रकार उमासिङ को चिरआत्माको कामना साथै सोकसन्तप्त परिवारअहरु प्रती धर्यधारण गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गरुन भन्ने समबेदन प्रकत गर्दछु ।

    ReplyDelete
  2. कसले दिने शान्ति सुरक्षा ?? अहिले यो प्रश्न चैँ गर्ने बेला भएको छ । सरकारसँग कत शान्तिसुरक्षा दे भनेर मागेर बस्नु । नसक्ने नै रै'छ भनेर बुझिहालियो नि । अब देशमा शान्तिसुरक्षा ज्वाला सिंहसँग माग्नुपर्छ, विस्फोट सिंहसँग माग्नुपर्छ । प्रचण्ड र बामदेवसँग शान्तिसुरक्षा माग्दा त माग्नेको नै वेइज्जत हुने अवस्था आइसक्यो ।

    ReplyDelete
  3. यो जुन, नहुनुपर्ने कुरा छ, त्यही धेरै भइरहेको छ, यहाँ ।

    उमा सिंह प्रति हार्दिक श्रद्धान्जली !!!

    ReplyDelete
  4. उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!

    ReplyDelete
  5. स्वोर्गिय उमा सिंहप्रती हार्दिक श्रदान्जली! उहाको आत्माले शान्ती पाओस ।

    ReplyDelete
  6. उमा सिंह प्रति हार्दिक श्रद्धान्जली !!!सहित यस्तो हत्या हिंसाको नेपालमा शुरुवात गर्ने माओबादि लगाएत सम्पूर्ण मानवता बोरोधि गुटको भ्रत्सना गर्दछु ।

    ReplyDelete
  7. पत्रकार उमासिङको दिवंगत आत्माले चिर शान्ति पाओस भन्ने कामना गर्दछू साथै शोकसंतब्द परिवारहरु प्रती धर्यधारण गर्न सक्ने शक्त्ती इश्वरले प्रदान गरुन भन्ने समबेदना प्रकत गर्दछु ।
    कन्तविजोग को स्थिति देखिरहेछु नेपालमा - यो कस्तो विडम्बना हो ??? यस्तो -कार्यको बिरोध स्वोरूप म पनी भन्छु - किबोड ठोकेरै सही .......तपाइकै भाषामा ।

    ReplyDelete
  8. A shocking incident! I condemn the murder of journalist Uma Singh and extend my deepest condolences to Singh's family on this saddest and unfortunate moment. I pray to the Almighty to give blessings & peace to her family and friends.

    ReplyDelete
  9. May her soul rest in peace. फेरि फेरि यस्ता खबर सुन्न नपरोस्.. :(

    ReplyDelete
  10. A sad incident and a grave crime by any group or any one who did it. Those criminals should not get a second chance. They should be punished for the crime. People who wants to do something in Nepal itself are facing the danger and betrayal from government side.
    May her soul rest in peace and if there is so called god please punish those criminals, otherwise we will stop believing on the existence of god.

    ReplyDelete
  11. Its a really shocking incident.कतिन्जेल सहनु पर्ने हो एस्तो नियति हाम्रो देशमा थाहा छैन। जे नहुनु पर्ने थिओ भै सक्यो अब हार्दिकश्रदान्जलि बाहेक् केहि छैन हामी सङ्ग उमा लाइ दिने त तै पनि मृत आत्मा प्रति चिर शन्तिको कामना।

    ReplyDelete
  12. May her soul rest in peace.

    I hope her death will give courage to more youths to stand up for their beliefs. Independence is (and should be) the foremost right of every Nepalese, not any socio-politico-cultural ideologies forced upon them.

    ReplyDelete
  13. उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!

    ReplyDelete
  14. May her soul rest in peace.Extremely sad to read the news.

    ReplyDelete
  15. भोग्नेका लागी दुखद कुरा हो ।सुन्नेका लागी पनि । तर यो एउटा रोमान्टिक कुरा पनि हो । आखिर हुँदैन बिहान दुईचार तारा झरेर नगए । अन्यायका विरुद्ध आवाज उठाउने हरेक यूवाहरुले यस्तो दिनको सामना गर्नुपर्नेछ भनेर पहिल्यै मनश्थिती बनाइसकेका हुन्छन । मलाई पनि भोली कुनै दिन आफ्ना विचार र आफुले उठाएका सत्यका बोलका लागी यस्तै सजाय दिइनेछ भने म गुनासो गर्ने छैन । बस् कुरा यत्ति हो कि विचारका कारण घाँटी अठ्याईने चलनको चैं अन्त्य हुनुपर्छ । उमा सिंहमा मेरो पनि श्रद्धान्जली र बसन्त दाईलाई धन्यवाद यो विषय यहाँ उठाउनुभएकोमा ।

    ReplyDelete
  16. अाकारजी सँग सहमत हुदै
    उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!

    ReplyDelete
  17. Rest in peace.

    But will we see end of anarchy in Nepal?

    ReplyDelete
  18. सबैलाई धन्यबाद! यहाँहरुसंगै फेरि एकपटक साहसी नेपाली छोरी उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु।
    दोषीलाई चाँडैनै सजाय होला भन्ने कुरामा मलाई खासै विश्वाश छैन। यो घटनामा कुनै न कुनै रुपले प्रमुख सत्ताधारी दल जोडिन आईपुग्ने सम्भावना प्रबल छ। विगतका धेरै घटनाहरुले के देखाएको छ भने देशमा अहिले जारी दण्डहीनताको जड माओवादीनै हो। त्यसकारण माओवादीको पतनबिना उमा सिंहका हत्याराहरुले सजाय पाउने अथवा यस्ता घटना फेरि नघट्ने सम्भावना अत्यन्त कम छ। कि उनीहरु रातारात बुद्ध बन्नुप-यो!

    अन्त्यमा, अविनाशीसंग। अविनाशीको अर्थ त्यस्तो होईन भन्ने मलाई थाहा छ, तर पनि यो प्रसंगमा 'रोमाण्टिक' शब्दको प्रयोग त्यति सुहाउँदो लागेन। यसले यस्ता खाले निर्मम हत्यालाई कता-कता justify गरेजस्तो हुन्छ। आफ्नो पेशाका खतराहरुको बारेमा जानकारी राख्नु र आईपर्ने कुनै पनि अवश्थाका लागि तयार हुनु एउटा कुरो, त्यसैलाई 'रोमाण्टिक' बनाउनु अर्को कुरो।

    मैले गलत अर्थ लगाएको पनि हुनसक्छु।

    ReplyDelete
  19. यो पोष्ट सबैभन्दा पहिले नै पढ्ने मध्य आफु पनि परे पनि नेपालको लोडसेडिङको सौजन्यतवश यतिखेर अन्तिममा प्रतिकृया जनाउँदैछु ।
    समाचार लेखेकै कारण पत्रकार मर्ने मुलुकको रुपमा नेपाल स्थापित हुन गएझैँ लाग्छ ।
    कलमको कति दुर्भाग्य वसन्तजी !
    यस्तो संवेदनशील बिषयमा सरोकार जनाउनुभएकोमा साह्रै खुशी लाग्यो । अब छनबीन सही रुपबाट अघि बढ्नुपर्‍यो । दोषीले सजाय पाउनु पर्‍यो । र संचार क्षेत्र र संचारकर्मीको सुरक्षामा राज्यले टाढारुकता अपनाउनुपर्‍यो ।

    ReplyDelete
  20. धन्यबाद धाइबाजी! दण्डहीनताको अन्त्य नभै नयाँ नेपाल बन्दैन।

    ReplyDelete