(Image courtesy:Hamptons Real Estate Blog)
विदेशीका नजरमा हाम्रो मूल्य किन एकदम कम छ भन्ने कुरा बुझ्न अन्त कतै हेर्नुपर्दैन, हाम्रै नेताहरुलाई हेरेपुग्छ। सत्ता-प्राप्तिको तुच्छ खेलमा गोप्य कोठाहरुमा विदेशीहरुका अगाडि लम्पसार र 'त्वंशरणम्' गर्ने उनीहरुको बानी त हामीलाई थाहा भएकै हो। अब उनीहरुले यो चालालाई नयाँ उचाइमा पनि लगिसके!
आजको कान्तिपुरको यो समाचार पढ्नुस् र हाम्रा नेताहरुले 'हग्नेलाई भन्दा देख्नेलाई लाज' चरितार्थ पारेको हेर्नुस्। भारतको गणतन्त्र दिवसको अवसरमा भारतकै राजदूतावासमा आयोजित कार्यक्रममा भोज मार्न पुगेका हाम्रा नेताहरु त्यहिँ एकापसमा तल्लो स्तरको आरोप-प्रत्यारोपमा उत्रिएपछि कस्तो तमाशा बन्यो होला? जम्मा भएका अरु पाहुनाहरु, विशेष गरी विदेशी कुटनीतिज्ञहरुका माझ हाम्रो देश र हामी नेपालीहरुको बारेमा कस्तो प्रभाव प-यो होला?! भारतीय राजदूतले त 'पत्रकार सम्मेलननै गर्ने' ब्यंग्यमिश्रित सुझाव कसेछन्। उनको केहि दोष छैन, उनको ठाऊँमा जो भएपनि गर्नसक्ने भनेको त्यत्ति हो।
हाम्रा दलहरुबीचमा धेरै झगडाहरु छन्। ती बारेमा बहस गर्ने ठाऊँ अरु छन्। भारतीय राजदूतावासभित्र पसेपछि भारतभित्रै पसेजस्तो हो। यो त आफ्नो घरको झगडालाई छिमेकीको मझेरीसम्म तन्काएजस्तो भयो। चाहे एउटा परिवार होस्, चाहे कुनै समुदाय होस् वा चाहे देश होस्, आन्तरिक विवादलाई अर्काको घरसम्मै तन्काउँदै लानु भनेको बिखण्डनको बाटोमा जानु हो। सोचाइमा अत्यन्त अपरिपक्व र ब्यबहारमा कच्चा हाम्रा नेताहरु यस्तै बाटोमा हिँडिरहेका छन्। एक-एक गर्दै कमजोर हुँदै-खुस्किँदै गएका हाम्रो राष्ट्रियताको चुकुलहरुमा अर्को एउटा पनि थपिएको छ यो घटनाले। हाम्रा नेताहरु र दलहरुको अपरिपक्वता र एकापसी 'छि: छि: दुर् दुर्' ले खडा गरेको यस्तो खाडलको धमिलो पानीमा जो सुकैले पनि सहजै माछा मार्नु कुन ठूलो कुरो भयो र अब!
यो घटनाले हाम्रो छिमेकी भारतको सबैभन्दा ठूलो दिनकै पनि अपमान गरेको छ। भारतसंग हाम्रो जतिसुकै असन्तुष्टि भएपनि उसको गणतन्त्र दिवसको कार्यक्रममा यति असभ्य देखिनु बिल्कूल गलत कुरा हो। पत्रकारहरुलाई 'यो त्यसबारेमा कुरा गर्ने ठाऊँ र बेला होईन' भन्ने सहज जवाफ दिएको भए हाम्रा नेताको उचाइ त बढ्नेनै थियो, भारतको गणतन्त्र दिवसको पनि अपमान हुने थिएन।
पत्रिकाले दुबैलाई उत्तिकै दोषी जस्तो देखाउन खोजेको छ तर माधव नेपालकै बढी दोष देख्छु मचाहिं। पत्रकारहरुले पहिला उनीसंगै प्रश्न गरेका हुन् जस्तो छ, उनी संयमित भएर उत्तर दिएका भए बाबुरामले पनि त्यहि गर्न कर लाग्थ्यो। अरु बेला, भाषण गर्दा जति छुद्र र असंयमी देखिने भएपनि यो घटनामाचाहिं बाबुरामले सक्दो संयमता अपनाएकै ठान्छु म।
थुक्क हाम्रो नियति!
आजको कान्तिपुर पढ्दा यो खबरमा मेरो ध्यान गएनछ । भर्खर पढें अनी लज्जाले शीर झुक्यो । कस्ता कस्ता भातमाराहरु रहेछन । आफु-आफू भेट हुँदा मल्ल युद्दै गरे पनि ४ जनाको अगाडी त कमसकम संयमता अपनाउनु पर्थ्यो । मलाई चाहि माकुनेले ति "माई-बाप" का अगाडी यस्ता कुरा निकालेर अरु कुनै स्वार्थ सिद्द गर्न खोज्दै थिए को जस्तो पनि लाग्यो । यस्ताले कस्तो संबिधान बनाउलान खै ......!
ReplyDeleteबसन्त जी यी नेता भन्ने हरुलाई लाज पचेको हुन्छ भन्थे साच्चै नै रहेछ । नेपालमा जे सुकै बोल्ने र गर्ने भएपनि कमसेकम राजदुतावास जस्तो संबेदनशिल ठाउ मा त अलि भलादमि पारा देखाउनु नि? आकारको पोस्ट मा पढेझै यिनिहरुको मनपरि तन्त्र अब देश् बाहिर पनि देखिन थाल्यो। अनि कसरि नहेपोस त भारतले नेपाललाई?
ReplyDeleteलाज मर्दोको पनि हद हुनुपर्ने हो । ई गतिछाडा , भातमाराहरुको कर्तुतले हामीले कैले सम्म शिर निहुराईरहनु पर्ने हो ? के हामीले बोलेको ईनिहरुले सुन्ने दिन कहिल्यै आउला ?
ReplyDeleteमलाई बब मार्लीको एम्बुस इन द नाईट भन्ने गीतमा भनेको कुराहरु याद आईरहेछ -
They say what we know
Is just what they teach us;
And we're so ignorant
'Cause every time they can reach us
Through political strategy
They keep us hungry
And when you gonna get some food
Your brother got to be your enemy
यिनिहरुको झगडाको प्रसँगमा होइन हामी इग्नोरेन्ट भएको कुरामा , माधव नेपाललाई पाखा लगाईसकेकै थिए जनताले चाहे उनको शट्टामा अर्को उग्र बदमाश नै अघि सरेको थियो तर पछि गएर फेरी माधव नेपालको विकल्प नै मुलुकमा नभए झैं उसैलाई उठाउनुको परिणती अझै के के देख्नु पर्छ ।
थुक्क तिनिहरूको नियति!
ReplyDeleteकिन पो जिताइएछ ?हाम्रो प्रतिनिधिको रूपमा
- कुन शब्दले सरापौ . उल्टै आफै अभद्र भईएला !
निकै चित दू:खेको छ - ..........
हत्तेरी ! शुद हरुको अगाडि झगडा किन गर्नु पर्या होला !
ReplyDeleteChhhyyaa... Beijat
ReplyDeleteयो त सार्है बेइज्जत को कुरा हो, हाम्रो नेताहरुको बुद्धी कहिले आउला कुन्नी !!
ReplyDeleteयस्तै हो नेपालको राजनीति !!!!!!! भनो चित्त बुझायो ।
ReplyDeleteदायाँ-बायाँका चतुर 'रेफ्री'को इच्छा र आदेशको धागोमा जेलिएका हाम्रा नेताहरूका ताजा 'अङ्ग प्रदर्शन'बारे चित्त बुझ्ने गरी शब्द खर्चनुभएकोमा वसन्तजीलाई धन्यवाद ! विभिन्न जातीय राज्यको मागसँगै धरमराउँदै गएको राष्ट्रियताको गहन सवाल र आ-आफ्नै 'फोहर'को बत्तीस बखान गर्नमा महत्वपूर्ण कार्यान्वयन सूची सम्हाल्दै आएका आजीवन पटमूर्खहरूबारे केन्द्रित तपाईँका कुरासँग सहमत हुँदै यसमा एकाध कुरा जोड्न मन लाग्यो ।
ReplyDeleteपहिलो त, हाम्रा नेतामा नैतिकताको अंशसम्म पनि कहिल्यै रहेको देखिएन । नैतिकता होस् तब पो पतनको कुरा ! र पनि उनीहरू दोस्रो कसैले आफ्नो हुर्मत लिएको छिसिक्क सुन्नमा आए पनि मुठी कस्न थालिहाल्छन् । बडो विचित्र लाग्छ । पत्रकार वा अन्य दोस्रो सूत्रबाट तपाईँलाई त 'उहाँले यसो भन्नुभयो नि, यसमा तपाईँको के भनाइ छ' भन्ने सुन्नासाथै नेताजीको अवसरको घडा खडा भइहाल्छ र तातेको कन्पारो शब्दवमनमा पग्लिन थालिहाल्छ । कुन विषय र सन्दर्भमा, कति महत्व दिएर अर्को नेताले आफूबारे बोलेका थिए, र बोलेको भनिएको कुरामै पनि के-कति विश्वसनीयता र अतिशयोक्तिको मात्रा छ, विवेकले रत्तिभर काम गर्दैन । अरूकै दोष देखाएर आफू सकेसम्म साखुल्ले बन्न खोज्नु त मानवीय (कु)स्वभाव नै हो, जुन हाम्रा नेताजीहरूले आभूषण झैँ आ-आफ्ना पगरीमा गुथेर राख्नु नेता हुनुकै प्रमाण मान्नुपर्ला । दलभित्र उच्चतम हैसियत बनाएका नेताहरूले आपसी झैझगडालाई छिमेकी देशको कुटनीतिक नियोगमा आयोजित समारोहमा तमासा बनाउनु र एक-अर्काको खोइरो खन्नमा नेतागिरीको ऊर्जा खर्चनु आफैँमा आचरणविपरीतका कुरा हुन् । यसले त मुलुक अप्ठेरो स्थितिबाट गुज्रिरहेको सन्दर्भमा हाम्रो कमजोरीलाई विदेशीसामु नाङ्गेझार तुल्याउँछ । र देशको प्रतिष्ठा र अस्मिताकै लागि भए पनि आफ्नो कमजोरी चुहुन दिनबाट निश्चित ठाउँमा ख्याल गर्नुपर्ने हो नेताहरूले । (अरू ठाउँमा के-कस्तो गएगुज्रेको व्यवहार देखाउँछन् ती, कसले हिसाब राखोस् !) लाजलाई तिलाञ्जलि दिइसकेकाहरूबाट के अनुशासन र मर्यादाको आशा राख्ने ?
नेताहरूले आ-आफ्नो अहम्को जुम्रा मार्न पुच्छरमा सल्काएको आगोले आधुनिक लङ्का स्वाहा हुने छाँट देखिएको छ । अब त हुँदा-हुँदा 'गर्नेलाई भन्दा देख्नेलाई लाज, देख्नेलाई भन्दा लेख्नेलाई लाज' हुने स्थिति भइसक्यो । तिनको गन्धप्रवृत्तिबारे कति पो लेखिरहने हो हामीले ? तर यो हाम्रो सचेतता र आवेगपूर्ण चासो देशप्रेम र सुधारको अपेक्षाले प्रेरित छ भन्नेमा शङ्का छैन । यसैले पनि हामी सहनशील नेपालीको चिनारी थाम्दै दुच्छर चाल फेरिएला र केही होला भन्दै कुरिरहेका छौँ ।
दोस्रो, नेताविशेषको मात्र रोग होइन, बौद्धिक र सचेतवर्ग भनाउँदा सर्वसाधारण ठालुहरू पनि कसैको आलोचना गर्नुपरे सातपुस्ते केलाएर व्यक्तिगत आक्षेप र धिक्कारको स्वर निकाल्छन् । व्यक्तिको गलत पक्ष र प्रवृत्तिको निश्चित दायराले कुनै माने राख्दैन, जुन आलोचनाको निशानामा पर्नुपर्ने हो । फरक गुटका हाम्रा नेताजीमा पनि एकापसलाई टिक्नै नदिने गरी डाम्ने विलक्षणता छ । अरू खुबी र राम्रो कुराको देखासिकी त खोइ कहिले पो देख्न-चाख्न पाइयो ? सिङ्गो व्यक्तिलाई नै कठघरामा पोलिन्छ । उता दन्ड-सजाय हुनुपर्ने मामिलामा भने हामीकहाँ व्यक्तिलाई छिरिक्कै छोइँदैन । फेरि पनि, 'अजब गजब नयाँ नेपाल' भनेको यस्तै होला ।
बसन्तदाइ,
ReplyDeleteसुन्दा अप्ठ्यारो सुनिए पनि हजुरले दिनुभएको शिर्षक चै निकै सामयिक रहेछ.... अर्काको खुट्टा तानेर लडाउन खोज्दा आफ्नै धोती फुस्किएको पनि पत्तो नपाउने नेताहरु ...
प्रतिकृयाका लागि सबै साथीहरुलाई हार्दिक धन्यबाद! यस्ता गतिछाडा नेता पाउनु हाम्रो दुर्भाग्य हो। 'कुरा ग-यो कुरैको दु:ख' भन्छन्, कति सराप्नु---!
ReplyDeleteयिनका मति सप्रेलान् अथवा अलि गतिलो मति भएकाहरु यिनको ठाऊँमा पुग्लान् भन्ने आशा गर्नु बाहेक अरु उपाय छैन।