January 19, 2009
कुरुप वर्तमान
झण्डै साढे आठ वर्षभन्दा पहिला लेखेका यी हरफहरुले भूतकाल बन्ने अवसर अझै पाएका छैनन्। जहिले हे-यो, नेपालको वर्तमान झन-झन कुरुपनै देखिन्छ।
"कुरुप वर्तमान"-१
जताततै हनुमानहरु दौडिरहेछन्
पूच्छरमा आगोको लप्का बोकेर चाकडीको
विनाकारण जलाउँदै सुनका लंकाहरु,
स्वचालित वेहोश हातमा बजिरहेछ डमरु
मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु
र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ;
रंगीचंगी नाराका खोल ओढेर
अवसरको खेती गरिरहेछन्
आत्माहीन दासहरु,
र एक बाली भित्र्याई डकारेर
नयाँ फसलको तयारीमा
रंग फेरिरहेछन् छेपाराहरु।
"कुरुप वर्तमान"-२
रगतको आहालमा डुबेका छन् हिमालहरु
डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ
र ठाऊँ ठाऊँमा उम्रन थालेका छन्
तावेदारीका नयाँ झारहरु;
भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन।
Subscribe to:
Post Comments (Atom)
This comment has been removed by the author.
ReplyDeleteसायद यस्तैलाइ भूत हुन नदिनुनै लोकतन्त्र र अग्रगमनको परिभाषा हो जस्तो छ ।
ReplyDeleteBasantjee, what a explosive composition! I really appreciate your way of expressing poem.
ReplyDeleteहाम्रो देशको हाल यस्तै छ । कहिलेकाहि त लाग्छ यो सिरियल कहिल्यै सकिदैन। "कुरुप वर्तमान"-१, "कुरुप वर्तमान"-२ गर्दै सयौंका आंकडा पार गरे पनि 'शुन्दर भविश्य' नदेखीएला की जस्तो लाग्न थालिसक्यो ।
ReplyDeleteकहिले बन्लान् यी हरफहरु भुतकाल ?
ReplyDeleteकहिले बन्लान् यी हरफहरु भुतकाल ?
ReplyDeleteखै कहिले हो कुनि मैले भने'थे स्कुलको लाइनमा - 'सुन्दर शान्त नेपाल ' - तपाईको यो हरफहरु मा चेहरा गाड्दा कतै मैले झुकिएर पो भनेको थिए की जस्तो लागी रहेछ ।
ReplyDeleteके गर्नु दिलीप जी नया नेपाल को नया बिशेषता भन्नु पर्ला । ग्लानि हुन्छ तपाईको भाषामा - कुरूप शब्द भन्नु पर्दा - तर यथार्थता नै त्यस्तै छ ।
राम्रा रचनाहरु आइरहुन् ।
ReplyDeleteशिव प्रकाश
बर्तमानको यौटा पूर्ण चित्र टाँग्नुभयो वसन्तजी । साह्रै सटिक ।
ReplyDeleteA great revolution is required from lower level to upper level in order to change this present. Until and unless we change the front line of our leaders we will suffer and whatever you have written will always be true.....
ReplyDeleteक्या गजव वसन्तजी,
ReplyDeleteकुरुप वर्तमानको चित्र कोरी-कोरी कहिल्यै नसकिने भो, र त्यो वर्षौँअघी कोरिएर पनि पुरानो नहुने भो !
यो हामी शब्दशिल्पीको सौभाग्य हो कि दुर्भाग्य ?
यस्तो लाग्छ- कुरुप वर्तमनको श्रङखला नै चलाउन सकिन्छ ।
कविताले ज्यादै मुल्य बोकेको पाएँ ।
यस्तो लाग्छ- कुरुप वर्तमनको श्रीङखला नै चलाऊन सकिन्छ ।
तर यस्तो कविता लेखिरहनुपर्ने र पछि उपयोगी हुने गरी राख्नुपर्ने परिस्थिती हाम्रो देशमा नरहोस् । यही प्रार्थना ।
धन्यबाद सबै साथीहरुलाई! आशा गरौं यो कविताले भूतकाल हुने अवसर पाउनेछ।
ReplyDelete