June 28, 2008

दुई आँखाको भाव हेरे हुन्छ---

ब्लगलाई दिने समय निकाल्न झन-झन गाह्रो हुँदैछ। केहि नयाँ कुरा लेखेर टाँस्ने चाहना धेरैजसो चाहनैमा सीमित होला जस्तो छ।

आजपनि एउटा पूरानो रचना राख्दैछु। गजल लेख्न सिक्ने धून चलेको थियो एकताका, साझा डट कम बढी पस्नेताका। त्यो 'धून'लाई पक्डिरहन सकिएन। त्यो बेला लेखिएको एक गजल आज राख्दैछु यहाँ।

-गजल-

यो मुटु तिम्रै, चाहे सेरे हुन्छ
या टापू यो, मायाले घेरे हुन्छ,

आज नसोध माया गर्छस् भनी
सोझै ती अँगालोमा बेरे हुन्छ,

मुखको भाखा कच्चा मेरो, के भो!
दुई आँखाको भाव हेरे हुन्छ,

छातीमा लुकेर, कहिलेकाँही
आँखा-आँखैले साटो फेरे हुन्छ,

सपनीमा बर्बराऊँछु रे म
चाहेमा रातभरि केरे हुन्छ।

9 comments:

  1. Wonderful Gazal.But sad to know you are not writting Gazals that often. I think you should consider writting more cause u r really good in this.

    मुखको भाखा कच्चा मेरो, के भो!
    दुई आँखाको भाव हेरे हुन्छ,

    wow.

    ReplyDelete
  2. Excellent composition!
    I liked the lines...
    मुखको भाखा कच्चा मेरो, के भो!
    दुई आँखाको भाव हेरे हुन्छ,
    and then...
    सपनीमा बर्बराऊँछु रे म
    चाहेमा रातभरि केरे हुन्छ।
    awesome! Expecting more...

    ReplyDelete
  3. मैले पनि पहिला साझामा पढेर त्यहि पनि कमेण्ट लेखेको थिए सायद!

    एकदमै रोमाण्टिक र रसिलो गजल !

    सपनीमा बर्बराऊँछु रे म
    चाहेमा रातभरि केरे हुन्छ ।


    शब्द संयोजन र भावको प्रस्तुति संगै प्रमाण पनि पेश गरीएको छ यसमा। दामी छ !!

    ReplyDelete
  4. एकदमै रोमाण्टिक गजल छ

    ReplyDelete
  5. Thank you all for liking it.

    mprofit, thank you for your suggestion to write more. I will definitely try. Life is too hectic these days. I hope I can manage some time to polish whatever writing skills I have.

    ReplyDelete
  6. Basant g k ho gajal ta saarai mitho rahecha ni aafnai kahani sanga mel khane gari nai lekhnu bhako hota?
    मुटु त साटिएकै हो क्यारे बसन्त जी को सपनि मै बर्बाराउने गरी
    कच्चै शाही आँखा को भाका नै छाति भरिने गरी
    फेरी फेरी पनि लेख्दै गर्नु होला यस्तै गजल हरु हामी ले पनि पढ्न पाउने गरी
    any ways sarai ramro ani mitho bhaka basanta g keep it up

    ReplyDelete
  7. Gazalma mero teti ruchi nabhaye pani yo gajal mero bichar ma marmik nai lagyo.
    Ramro nai cha tar malai Adhatukra kabita nai ramro lagyo.

    ReplyDelete
  8. माफ पाउँ वसन्त जी ,

    खै के को अल्झोमा परेर यता आउने समय पनि निकाल्न सकेनछु । साह्रै राम्रो गजल । गजलमा बर्णित आजले छाप छाड्यो म मा ।

    ReplyDelete
  9. धन्यबाद मानुजी, भरतजी र दीपकजी!

    मानुजी, तपाईँको अनुमान सही हो। गजल पूरै मेरो आफ्नै कहानी हो भनेपनि हुन्छ।

    भरतजी, अरु 'आधा टुक्रा' कविता पनि राख्दै गरौंला।

    दीपकजी, मेरो लेखनको गति अचेल आएर ठ्याम्मै रोकिएजस्तो भएको छ। कहिलेकाहीं त डाहा लागेर आउवछ तपाईँको लेखन प्रवाहको:)

    ReplyDelete