June 19, 2008

-------

आज फेरि इतिहासको ब्याज! इतिहासको ब्याज भएपनि कहिलेसम्म यो मेरो लागि 'सदावहार' यथार्थ' पनि बनिरहने हो थाहा छैन। यो मेरो 'सेल्फ पोर्ट्रेट'नै हो भन्दिउँ न (के जाला र?)!

शीर्षक खोज्ने काम तपाईँहरुकै:)

"-------"

उत्रने जमीन नपाएका
मेरा कथाहरु कठै!
धेरै भयो-
मेरा पात्रहरुको नियतिमा
म एक्लै रोएको
म एक्लै हाँसेको,

हो, 'भोलि सक्छु' भन्ने बाचा गर्न
भुलेको छैन कुनै दिन
तर, धेरै भयो-
आधा कविता र चौथाइ गजल
खल्तीमा बोकेर हिँडिरहेको ।

6 comments:

  1. Wah wah Tapai ko Gajal bhanu ki kabita Dherai ramro lagyo.

    Tapai yeklo hunu hunna hami chau sathma.
    Ani Thank you Basanta,
    Nice to see you again. I have just Posted About 2nd dhyani Buddha Akshobhya and Also New MV of Ani choying Drolma.
    Hope you like this post too.
    Ani arko pali ta pura kabita liyer Hidnus na hehehe.
    take care

    ReplyDelete
  2. हो, 'भोलि सक्छु' भन्ने बाचा गर्न
    भुलेको छैन कुनै दिन...
    just awesome! I liked this...& liked your "self portrait"

    ReplyDelete
  3. 'आफ्नै खल्तीभित्र आधा म' मैले पढेर यो
    शिर्षक दिएं ।

    साह्रै राम्रो लाग्यो वसन्तजी ।

    ReplyDelete
  4. यो त करिव करिव मेरो पनि यथार्थ हो।
    अन्तिम दुई लाईनमा अलिकता काँट-छाँट गरेर:

    आधा कविता, चौथाइ गजल र अपुरो लघुकथा
    थप्यो भने यो मेरो कथा बन्छ ।

    तर भन्छन नि सावाँ भन्दा व्याज मिठो हुन्छ भनेर ... यो कविता पनि त्यस्तै छ ।

    शीर्षक चाहि बेफुर्सदि लेखकको 'सदावहार यथार्थ' ठीक होला जस्तो छ ।

    ReplyDelete
  5. यकदम राम्रो छ, शीर्षक चाँही 'मेरो खल्तीमा आधा कविता' राख्दा कसो होला ?

    ReplyDelete
  6. धन्यबाद सबैलाई यो मेरो 'सेल्फ पोर्ट्रेट' पढेर मन पराइदिनुभएकोमा।

    ReplyDelete