[विक्षिप्त मन्त्रीको जंगली शैली, माओवादी सरकारबाट बाहिरिएपछि बढेको राजनीतिक अन्यौल, नरोकिएको अराजकता--------! कति धेरै काला बादलहरु! सधैं काला बादलहरुको बारेमा मात्रै कति लेख्ने? कहिलेकाहीं त ती काला बादलहरुमा यदाकदा देखिने चाँदीका घेराहरुका बारेमा पनि त लेख्नुप-यो। आजको 'टाँसो' यस्तै एउटा चाँदीका घेराको बारेमा समर्पित छ।]
नेपाल सानो छ र भूपरिवेष्ठित छ र नेपाल गरीब पनि छ, त्यसैले कमजोर पनि छ। यद्यपि सानो र भूपरिवेष्ठित हुँदैमा यो गरीब भएको भने हैन। देशभित्रैका अथाह सम्पदालाई सदुपयोग गर्न सक्ने राज्यसत्ता अहिलेसम्म नपाउनुनै नेपालको गरीबीको प्रमुख कारण हो।
गरीब र कमजोर भएका कारण अरु कुनै पनि देशसंगको सम्बन्धमा हाम्रो हात जहिले पनि तल परेको छ। एक हिसाबले हामी भारतपरिवेष्ठित छौं र भारतसंगको हाम्रो सम्बन्ध जहिले पनि असन्तुलित र हाम्रा लागि अपमानजनक छ। यसका लागि भारत र भारतीयहरुको उच्चताबोध (superiority complex) जति जिम्मेवार छ, त्यसको दश गुना बढी हाम्रो आफ्नै हीनताबोध(inferiority complex) जिम्मेवार छ। कुनै निर्णय गर्नु अगाडि दिल्लीको मुख नसुँघी नहुने नेताहरुमात्रै हैन, भारतीय विशेषज्ञलाई लाखौं तिर्न तयार हुने तर उत्तिकै अथवा अझ क्षमतायुक्त नेपालीलाई दास सरह ब्यबहार गर्ने नेपालका कथित औद्यौगिक घरानामात्रै हैन, भारतीय गायक-कलाकारलाई लाखौंको पारिश्रमिक पहिल्यै दिने तर नेपाली कलाकारलाई केहि हजार पारिश्रमिक पनि झुलाई-झुलाई खटाई-खटाई दिने र मौका परे पूरा पनि नदिने चलचित्र निर्माता देखि लिएर मौका पर्दा आफूलाई भारतीय भनेर चिनाउने विदेशवासी हामी नेपालीहरु सबै जिम्मेवार छौं। कुरा धेरै छन् गर्नुपर्ने तर आज नेपाल-भारत सीमाका विषयमै सीमित बन्दैछु।
बेईज्जतीपूर्ण सुगौली सन्धिपछि नेपाल खुम्चिएर झण्डै आजको आकारमा आईपुगेको त हामी सबैलाई थाहै होला। बेलायती साम्राज्यको 'चाकडी' गरेबापत बाँके, बर्दीया, कैलाली र कञ्चनपुर राणाकालमा फिर्ता आएपछि हाम्रो आजको सीमा निर्धारित भएको हो। नेपाल बलियो भए अंग्रेजहरुले भारत छोड्दा सुगौली सन्धिमा गुमेको आफ्नो भाग फिर्ता पाउन पनि सक्थ्यो होला किनभने सुगौली सन्धि ब्रटिश-इण्डियासंग भएको थियो। पाउने त परै जाओस्, यसको चर्चासम्म पनि गरेनन् तत्कालीन नेपाली शाशकहरुले। त्यसपछि चर्चा गर्नु र नगर्नुमा खासै फरक भएन।
तर मेची र महाकालीले बाँधिएको हाम्रो सीमानाले त्यसपछि पनि सुख पाएको छैन। हाम्रो सीमाना धेरै ठाउँमा लगातार भारतद्वारा अतिक्रमित छ। सन्धि-सम्झौताहरु पूर्णत: भारतीय स्वार्थले भरिएका छन् र हामी धेरै ठगिएका छौं। सीमाक्षेत्रका नेपालीहरु भारतीयहरु र भारतीय सीमासुरक्षा बलद्वारा निर्मम ढंगले सताइएका छन्। तर अहिलेसम्मका हाम्रा सबै राजनीतिक दल र नेताहरुले सीमा-समस्यालाई जूलूश उचाल्ने र भाषण गर्ने 'मसला'को रुपमा मात्रै प्रयोग गरिरहेका छन्। सत्ता प्राप्तिका लागि जनताको भन्दा दिल्लीको मुख ताक्ने नेताहरुबाट आशा गर्नु पनि बेकार लाग्छ अब त। अर्कोतिर माओवादी छ, जो एक जमानामा जनतालाई भारत विरुध्द सुरुङ युध्द गर्ने हावादारी गफ दिन्थ्यो। भारतीय चरित्र अझै उस्तै छ, तर माओवादी दिल्लीको शरणमा पूरै लम्पसार परिसकेको आभाष हुन्छ, सुरुङ युध्दको गफ दन्त्यकथा बनिसक्यो। हिजो १९५० को सन्धि 'खारेज' गर्नुपर्छ भन्नेहरु सत्ता पाउने बेलामा 'पुनरावलोकन' गर्नुपर्छ भन्न थालेका छन्। के थाहा, अब केहि दिनमै कांग्रेस-एमालेजस्तै बन्ने होलान् माओवादी पनि, १९५० भन्ने साललाईनै बिर्सिएर!
उग्र र दुस्साहसी कुरा गर्ने मन छैन मलाई। भारतसंग सामरिक रुपमा हाम्रो केहि जोर चल्दैन, त्यो मलाई राम्ररी थाहा छ। भविष्यको पुस्तालाई पनि सुगौली सन्धिको वास्तविकता बुझाउनु जरुरी छ तर अहिले सुगौलीमा गुमेको नेपाली भूभाग खोज्नु झन ठूलो मूर्खता हो भन्ने पनि थाहा छ। हाम्रो चुनौती अहिलेको सीमालाई जोगाउनु र १९५० पछि भारतले हडपेका-मिचेका-ओगटेका भूभागहरु फिर्ता पाउनु हो र त्यसका लागि हाम्रो हतियार भनेको 'विनम्र' तर 'चतुर' कूटनीतिमात्रै हो। यस्तो कूटनीति दलहरु र नेताहरुका 'हनुमान'हरुको वशको कुरो हैन। हामीलाई अध्ययनशील र पेशेवर कूटनीतिज्ञ र विशेषज्ञहरुको खाँचो छ ता कि वार्ताका टेबुलमा बस्दा भारतीयहरुसंग सहजै बौद्धिक, ब्यक्तित्वगत र तर्कयुक्त प्रतिस्पर्धा हुन सकोस्। मैले कतै पढेको थिएँ; नेपाल-भारत वार्ताहरुमा भारतीय पक्ष एकदम अध्ययन र गृहकार्य गरेर आएको हुन्छ, नेपाली पक्ष भने विना तयारी के को लागि वार्ता हुँदैछ भन्ने पनि राम्रोसंग नबुझी गएको हुन्छ। त्यो अवश्थामा भारतीयले जे भने त्यसमै सही थाप्नुको विकल्प हुन सक्दैन किनभने अध्ययन र तयारी गरे पो विकल्प दिन सकिन्छ। अनि हाम्रा पदाधिकारीहरु आफ्ना सन्तान अथवा आसेपासेलाई दुई-चार छात्रवृत्ति मागेर फर्कन्छन् रे! हाम्रो कूटनीतिको अहिलेसम्मको उपलब्धि यस्तै 'छात्रवृत्ति'मात्रै हुन्! राजदूत र अन्य पदहरुमा 'राजनीतिक' भागबण्डाको संस्कारको अन्त्य नहुञ्जेल हामीले अरु के नै आशा गर्न सक्छौं।
सीमा समस्यामा नेपाललाई बौद्धिक र कूटनीतिक नेतृत्व दिनसक्ने एक ब्यक्तित्व बुद्धिनारायण श्रेष्ठज्यू हुनहुन्छ।
बुद्धिनारायण श्रेष्ठज्यू नेपालका एक प्रतिष्ठित सीमा विशेषज्ञ हुनुहुन्छ। आफ्नो लामो सरकारी सेवा अवधिमा उहाँले नापी विभागको महानिर्देशकको रुपमा पनि नेपालको सेवा गर्नुभएको छ। सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि उहाँ अझ जोश र सकृयताका साथ नेपालको सीमा समस्याको सार्वजनिकरण र समाधानका लागि तल्लीन हुनुहुन्छ। उहाँसंग मेरो ब्यक्तिगत परिचय छैन। मैले उहाँको बारेमा पहिलोपल्ट सुनेको-पढेको 'नेपालको सीमाना' भन्ने उहाँको पुस्तकले मदन पुरस्कार प्राप्त गर्दा हो। त्यसपछि नेपालका बिभिन्न पत्र-पत्रिकाहरुमा उहाँका लेख-रचनाहरु पढ्दै आएको छु। गत साल आफुले ब्लग शुरु गरेपछि अरु नेपाली ब्लगरहरुका ब्लगहरु पढ्ने सिलसिलामा उहाँको ब्लगपनि देखें र लगातार त्यो ब्लगको पनि पाठक बनेको छु। उहाँको ब्लगको नाम 'BORDER NEPAL' हो र ठेगाना http://bordernepal.wordpress.com हो।
यसबीचमा म थुप्रै नेपाली ब्लगरहरुको नियमित पाठक बनेको छु, थुप्रै ब्लगरहरुसंग मित्रता गाँसेको छु। तर मैले Blogroll हरुमा विरलै BORDER NEPAL लाई देखेको छु। हामी ब्लगरहरुनै यो ब्लगको बारेमा सचेत छैनौं भने सामान्य पाठकहरु झन सचेत छैनन् होला। मलाई के लाग्छ भने यो ब्लग हामी नेपालीहरुको लागि अत्यन्त महत्वपूर्ण ब्लग हो। नेपालको सीमा समस्याको बारेमा हामीले पूरा जानकारी राख्नैपर्छ र समाधानका लागि आफ्नो ठाउँबाट गर्न सकिने प्रयासहरु गर्नैपर्छ। हामीले तुरुन्त गर्न सक्ने भनेको नेपालको सीमा समस्याको सार्वजनिकरण र वहसका लागि बुद्धिनारायण सरको प्रयासलाई साथ दिने हो। त्यसैले ब्लगर साथीहरुलाई म 'BORDER NEPAL' को नियमित पाठक बन्न, यसलाई आफ्नो Blogroll मा राख्न र आफ्ना स्वदेशी-विदेशी मित्रहरुलाई यो ब्लग 'रिफर' गर्न अनुरोध गर्छु।
यो 'टाँसो'(posting) मेरो आत्माको आवाज हो। बुद्धिनारायण सरसंग पनि अनुमति नलिई लेखेको हुँ।
**************************************************************************
Other similar posts:
Celebrating a 'rare' bright spot in the Nepalese sky
माओवादीहरु 'मूलधार'मा आउँदै? तर कस्तो मूलधारमा?
धन्यबाद! एकजना विशेषज्ञ र जानकारको बल्गको बारेमा जानकारी दिनुभएकोमा।
ReplyDeleteबुद्धिनारायण श्रेष्ट ज्युको बोर्डर नेपालको बारेमा थाहा नभएको हैन कैलेकाहीँ हेर्ने पनि गर्थें तर मैले न त्याँहा कहिल्यै कमेण्टमा आफ्नो राय लेखें न आफ्नो ब्लगमा लिंक नै राखें । अक्कलको ढकनी खोलीदिनुभएकोमा वसन्तजी लाई धन्यवाद । म राख्नेछु आफ्नो ब्लगमा यस ब्लगको लिंक ।
ReplyDeleteThanks for bringing it up. I've heard about him but never got chance to read. I would definitely do that in my spare time.
ReplyDelete"भाई फुटे गवार लुटे" को सहि चरितार्थ गर्छ भारत सँगको हाम्रो सिमा समस्याले :(
I did know about Mr. Buddinarayan Shrestha but did not know about his blogs. Thanks for this blog. You certainly are a responsible Nepalese citizen. It feels nice to visit your blog.
ReplyDeleteThanks for all your efforts
Thanks Basant ji for this blog; Though, I knew about Mr. Buddi narayan Shrestha and was a regular reader of his entries for quite sometime. Now I have added link of this blog in my Blog.
ReplyDeleteBasanta jee
ReplyDeleteThank you for about this blog information...
वसन्त जी, कुरा उठाउनुभएकोमा धन्यवाद ! वास्तवमा भन्ने हो भने, बोर्डर नेपाल ब्लग मा मुस्किलले ९/१० पटक पुगेको हुँला । तर १-२ महिना यता आएर म सकेसम्म आफूले थाहा पाएका एक्टिभ ब्लगहरुलाई ब्लगमा सुचिकृत गरिरहेको छु, अब अवश्य नै यो ब्लग पनि म लिंक गर्नेछु ।
ReplyDeleteThank you all for your comments. BORDER NEPAL needs our interest and appreciation.
ReplyDeleteSabai sathi harule jasto mero tarfa bat tapailai Dhanyabad
ReplyDeleteAni Sunincha Border nepal, Nepal ko pahilo Blog re ho?
Thank you for your note. It's nice that you linked my blog. I appreciate your generosity.
ReplyDeleteWe must keep on going to make our leaders aware for the shake of our nations.
Bharat,
ReplyDeleteI am one of the members of Bloggers Association of Nepal (BLOGAN. I have attended some of the meetings of BLOGAN. It was interesting. I don't know much about blog. So I am interested to make interactions with other bloggers.
Please visit my personal site www.bordernepal.com
Welcome and thank you Buddhinarayan Sir! It is my honor to receive comment from you.
ReplyDelete