१.खबरदार! 'इतिहास' नहराओस्----!
त्यसो भए श्रीपेच र राजदण्डको 'दर्शन' अझै पाएको छैन दरबारका सामान खोज्ने सरकारी टोलीले! श्रीपेच र राजदण्डजस्ता कसैले पनि नभुल्ने चिज त यसरी लुके भने अरु कति 'जिनिस' त्यसरी लुकेका होलान्। बरु श्रीपेच र राजदण्डजस्ता सबैका नजरमा परिरहेका कुरा भने जनदवावमा परेर निक्लिनेछन् अबश्य तर अरु कति ऐतिहासिक र महत्वपूर्ण सामानहरु र दस्तावेजहरु जो जनताका नजरमा कहिल्यै परेनन्, ती हराउनेछन्। जे पनि हुनसक्ने हाम्रो देशमा श्रीपेच र राजदण्ड भेटिए भने पनि ती सक्कली नहुन पनि सक्छन्।
समितिले मूल दरबारमा अझै प्रवेश पाएको छैन भन्नुको अर्थ देशमा गणतन्त्र अझै आएको छैन भन्ने त होला नि! एउटा जिज्ञासा, दरबारका कर्मचारीले सहयोग गरेनन्, सोधेका कुराको जवाफ दिएनन् वा दरबार पस्न दिएनन् भने सोझै ज्ञानेन्द्र शाहसंग सम्पर्क गर्न के ले रोकेको छ अझै?!
यस्ता कुराहरुमा छिटो तातिएन भने राम्रो हुँदैन। महान जनआन्दोलन-२ को सफलताको लगत्तै प्रहरी र सेनाका उच्च तहका मान्छेहरुले धेरै कागजपत्रहरु जलाएको खबर आएको थियो। तत्कालीन अनुसन्धान विभागका हाकिम सबैभन्दा बढी सकृय भएर शाही अधिनायककालका कागजपत्रहरु जलाएका थिए। त्यसलाई रोक्ने कुनै संयन्त्र थिएन बनाइएको थिएन। त्यहि प्रवृत्ति अझ विशाल ढंगले प्रकट भएको मात्रै हो। गणतन्त्रको कार्यान्वयन मात्रै होईन, त्यो भन्दा धेरै पहिलाबाटै शुरु गरिसक्नुपर्थ्यो सरकारले, दरबार भित्रका ऐतिहासिक सामाग्री र दस्तावेजहरुको लगत राख्ने र सुरक्षा गर्ने काम। कम्तिमा अस्ति जेठ १५ को घोषणाको लगत्तैबाट दरबारबाट निस्कने हरेक गाडीहरुमात्रै नभएर हाते झोला र शरीर पूरै जाँच गर्न शुरु गर्नुपर्थ्यो। अचेल राती-राती नारायणहिटीबाट 'लादिएर' निक्लने सैन्य-ट्रकहरुमा के के थिए भनेर हाम्रो सरकार वा दलहरुले जानकारी राखेका छन् जस्तो लाग्दैन। गणतन्त्र कार्यान्वयन भएपछिका दिनहरु झन संगिन र महत्वपूर्ण छन्। हो, राजतन्त्र फेरि फर्किने संभावना नहोला, तर हाम्रो इतिहासका थुप्रै प्रश्नहरुको जवाफ दिनसक्ने सामाग्रीहरु हराउनु भनेको पनि सानो क्षति होइन।
अब गर्न सकिने भनेको दरबार र शाही राजतन्त्रको नालीबेली जानेका विज्ञहरु र दरबारभित्र लामो समय काम गरेका कर्मचारीहरु सम्मिलित टोली बनाउने र उक्त टोलीले दरबारभित्र भएका सामानहरुको सूचि बनाउने। सरकारले त्यो सूचिका आधारमा ज्ञानेन्द्र शाह र संबन्धितहरुसंग हिसाब-किताब माग्ने। अटेर गरेर निहुँ खोजे भने कारबाही गर्ने। हदैको कारबाही गर्नुपरे जनता छँदैछन्!
---नमरुञ्जेल हरियो काँक्रो
नेपालीमा एउटा उखान छ, 'मर्ने बेलाँ हरियो काँक्रो'। नेपाली कांग्रेसका कारण यसलाई अलि परिमार्जन गर्नुपर्ने भएको छ, 'नमरुञ्जेल हरियो काँक्रो!" भनेर।
देशबाट राजतन्त्र विदा हुँदैछ तर देशको सबैभन्दा ठूलो 'सामन्ती' संरचना नेपाली कांग्रेसमा भने परीवर्तन आउने छाँट अझै देखिएको छैन। यो दल स्वयंभित्रको सामन्ती संस्कार र लोकतन्त्रवीहिनताको साध्य छैन, यसले देखाउने सत्ता-लिप्साको झन कुरा गरी साध्य छैन। कांग्रेस पहिलेदेखिनै कि राजा कि त आफूलाई मात्रै सत्ताको हकदार सम्झन्थ्यो। अब राजा हिँडेपछि आफैंलाई मात्र योग्य सम्झनु स्वाभाविक भयो। यो चिन्तन नेपालको वर्तमान 'राजनीतिक कब्जियत'को प्रमुख कारणमध्ये एक हो।
गएको चुनावमा कांग्रेस र एमालेले जनताबाट गतिलो 'रामधुलाई' पाए। साधारण वहुमत वा दुई तिहाईका कुरा, जनसेनाको राष्ट्रिय सेनामा समायोजन वा अरु कुनै ब्यबश्था र वाइसीएलका 'रामलीला'को अन्त्य आदि जस्ता पेचिला कुराका समाधान निक्लन बाँकीनै छन्, तर अब सरकारको 'कार्यकारी' नेतृत्व गर्ने पहिलो पालो माओवादीको हो, एमाले-कांग्रेसले त सकेसम्म 'राम्रा' मन्त्रालयका लागि बार्गेनिङ गर्नेमात्रै हो। राष्ट्रपतिको कुरामा खास ठूलो विवाद नहुनु पर्ने हो तर कांग्रेसले यसैमा गिद्धे दृष्टि लगाउन थालेको छ।
नामले 'आलंकारिक' भएपनि राष्ट्रपतिको पद देशको सर्वोच्च र सबैभन्दा सम्मानित पद हो। जो पायो उहि, झन विशेष गरी राजनीति गर्नेलाई यो पद दिईनुहुन्न। नेताहरु कोहि भ्रष्टाचार र नातावादका टाटाहरु जीऊभरि बोकेर हिँडिरहेका छन्, कसैको हातमा लागेको रगत अझै पखालिईसकेको छैन। यस्तालाई राष्ट्रपति बनाउनु भनेको पदकै बेईज्जत गर्नु हो। राष्ट्रपति राजनीतिक पक्ष-विपक्षको मानसिकताबाट मुक्त र निष्ठावान हुनुपर्छ। हाम्रो देशका कुनै पनि दलका कुनै पनि नेताबाट यो आशा गर्न सकिन्न। लोकतन्त्र र गणतन्त्रका लगि योगदान गरेको र सबैले स्विकार्न सक्ने ब्यक्ति हाम्रो देशको नागरिक समाजमा जति भने पनि छन्। त्यसैले नेपालको प्रथम राष्ट्रपति नागरिक समाजको ब्यक्ति हुनुपर्छ।
कांग्रेसका महामन्त्री पौडेललाई किन झोंक चलेको हो नागरिक समाजको कुरा चल्दा? नागरिक समाजले राष्ट्रपति लिने हो भने पूरै सरकारै चलाए भो रे, २५सै दल बाहिर बस्ने रे! क्या बच्काना कुरा! जुन नागरिक समाजले जनआन्दोलनको आगोलाई एकदम अप्ठेरो परिष्थितिमा पनि जोगायो र जसले विना कुनै लोभ-लालच लोकतन्त्रको पक्षमा सधैं खटिरह्यो, उसलाई सम्मान गर्ने कुराले किन हाम्रा नेताहरुको 'माथा गरम' हुन्छ कुन्नि?! नागरिक समाजबाट राष्ट्रपति बनाउनु भनेको जनतालाई सम्मान गर्नु हो। आशा गरौं, हाम्रा नेताहरुले जनताको सम्मान गर्न सिक्नेछन् अब भने।
'नमरुञ्जेल हरियो कांक्रो' गिरिजाको ब्यक्तिगत जीवनमा र कांग्रेसको दलीय जीवनमा सार्थक हुनु देश, जनता र स्वयं कांग्रेसकै अपमान हो। नयाँ नेपालले नयाँ विचार, नयाँ शैली र नयाँ ब्यक्ति खोजेको कुरो त चुनावको परिणामले देखाईसक्यो।
हरायो । हराईसक्यो । श्रीपेच हैन , अन्य ईतिहासका कैरन सुनाउने महत्वपुर्ण सामाग्रीहरु पनि हैन ( तिनीहरु त हराएकै थिए जनताले कहिले देखेका थिए र ? ) यहाँ त गणतन्त्र हरायो र पो चिन्ता छ त । हामी कामना गर्छौं यो संस्थागत होस , फलोस फुलोस भनेर तर नेताहरुले गरेनन । केहि नै गरेनन । कति लाजमर्दो कुरा पहिले राष्ट्रियकरण गरिने भनेर दरबारहरुको माथिल्लै हारमा नागार्जुनलाई राखियो पछि त्यही दरबार ज्ञानेन्द्रलाई बक्सिस दिईयो । उनले गणतन्त्रलाई सहर्ष स्विकारे रे । सुन्दा पनि कानले घिन मान्छ । मंत्रीहरु राजा भेट्न जान्छन । कस्ले देख्यो र गएर गोडामा ढोगेर आएकि ? बाहिर आएर जनतालाई उनले तपाईं भन्नु भो , मंत्री ज्यु भन्नु भो भनेर आफ्नै खिल्ली उडाउछन । के भने भन्ने कुरा गर्ने हो भने त ज्ञानेन्द्रलाई जनताले तँ पनि भन्छन जनताले नै अझै महाराज पनि भन्छन । जहिले सिटौला भेट्न गए ज्ञानेन्द्रलाई र नागार्जुन दरबार मौसुफलाई केहिदिनको लागी राज होईबक्सन प्रधानमंत्रीबाट मर्जी भा'छ भनेर अर्जी सुनाए र त्यहीकुराको ससक्त विरोध गर्नुपर्ने माओवादीले केहिदिनलाई हो भनेर कुरा चपाए तब नै प्रमाणित भयो कि गणतन्त्र अपुरो छ । यतिखेर लुकाएको श्रीपेच पनि अब केहिदिनलाई लुकाएको हो अब राजा नै नभए पछि उनले के गर्छन र दि'हाल्छन नि फिर्ता भन्न अर्को कुनै मंत्री तम्सिए भनेपनि अचम्म मान्नुपर्दैन ।
ReplyDeleteकाँक्रोको उखान चैं सोह्रै आना ठिक ढंगले परिमार्जित र परिभाषित गर्नुभयो ।
श्रीपेच र राजदण्ड नै हराएपछि अरु चिजहरु र दस्ताबेजहरुको के खोजबिन होला र भेटिएला, सजिलै अनुमान लगाउन सकिन्छ ।
ReplyDeleteयो सम्पूर्ण कुराको जिम्मेबारी यौटा राजा पन्छाएर 'नया राजा' बन्न लालायीत हाम्रा महानतम नेताहरुले नै लिनु पर्छ ।
बास्तबमा बोल्दा खेरी एकोहोरो बिरोध गरेको जस्तो देखीन्छ तर अहिले प्रष्ट देखीएको कुरा के हो भने सबैलाई गणतान्त्रीक नेपालको पहिलो 'राजा' हुने बाहेक अरु कुनै चिन्ता छैन । अरु कुरा जे सुकै होओस … …, ईतिहास धुमील होस, दस्ताबेज हराउन … , तर अब बन्ने नया ईतिहासमा “नेपालको प्रथम राष्ट्रपति … …” भनेर यौटा वाक्य परोस बस!
राष्ट्रपति भनेको शक्ति नभए / नदिए पनि यौटा गरिमामय पद हो, त्यसमा आसिन हुने व्यक्ति सत्ताको लुछाचँडिमा नलागेको भएमा दूरगामी रुपमा देशलाई भलै हुन्छ।
कांग्रेसका महामन्त्री पौडेलको बारेमा कुरा गर्दा, हामिकहाँ राजतन्त्र मात्रै गएको हो हाम्रा 'डेट एक्सपाएर' नेताहरुमा एक प्रकारको सामन्ती संस्कार नशा नशामा भरिएको छ त्यसैले यो कू संस्कायुक्त एक ‘लेएर’ पाखा नलागेसम्म यो हरियो काँक्रोको पनि ‘सिरिएल’ चलिरहेन निश्चित छ ।
aru k k harau ne ho? yestai neta ko chala mama ho bhane eka din Nepal nai naksa bata harauna bera chaena!!!!!!!
ReplyDelete"auctioneers sold a 19th century gem-studded crown made for Nepal's royal family.
Sold for a staggering 90,000 pounds, the crown, decorated with pearls, precious stone pendants and gems, also has a bird of paradise plume issuing from the apex.Could this be the missing crown?"
http://www.deccanherald.com/Content/Jun72008/foreign2008060772213.asp?section=updatenews
जुनसुकै दलबाट नेत्रत्व गरे पनि, सामान्य बहुमत बाट गरिनु पर्छ होइन भने एक तन्त्रिय पार्टी को मात्रै राज सधैं को लागि रहन सक्छ !!
ReplyDeleteनिस्छय नै राष्ट्रपती भनेको गरिममाया पद हो एस्को लागि उछ योगदान गरेको बिसिस्ट ब्यक्ती भर्स्टचार को धब्बा नलागेको हुँदा राम्रो हुन्छ !!
धन्यबाद सबैलाई!
ReplyDelete'हगिसकेपछि दैलो देख्यो' भन्याजस्तो; अब बल्ल 'चेक' गर्ने रे हाम्रो सरकारले। राती-राती ट्रकमा कत के के गईसक्यो!
समीरलाई त्यो लिंकको लागि धन्यबाद! त्यो मुकुट भारतकै कुनै रजौटाको हुनसक्छ। नेपाली मुकुट यति चाँडै बजारमा के पुगिहाल्ला र? तर संभावना हुँदै नभएको भने हैन।