June 06, 2008

'लोकतान्त्रिक गणतन्त्र नेपाल'को स्वागतमा

नेपाल लोकतान्त्रिक गणतन्त्र बनेको खुशीयालीमा एउटा सानो कार्यक्रमको आयोजना भयो नागोयामा, जून १, आइतवार साँझ। 'तोकिएकै' आयोजकहरु कोहि पनि थिएनन् यो कार्यक्रमका, स्वत:स्फूर्त रुपमा आयोजना भएको थियो। कुनै 'नाम'को बोझ विना यसरी स्वत:स्फूर्त रुपमा आयोजित कार्यक्रमको सौन्दर्यनै बेग्लै हुन्छ।

कार्यक्रम ओजोनेमा रहेको सपना रेष्टुरेण्टमा भएको थियो।

केहि फोटोहरु राख्न चाहन्छु।
कार्यक्रमको उद्घोषण गर्दैछु म।

स्वागत गर्दै सरोज कंडेल भाइ।

आफ्नो मन्तब्य दिँदै सुदिप अधिकारीजी।

मन्तब्य राख्दै दिलिपचन्द्र घिमिरेजी।

मन्तब्य राख्दै डिलाराम खरेलजी।

सधन्यबाद कार्यक्रमको औपचारिक भागको समापन गर्दै कार्यक्रमका सभापति पारसमणी पोखरेलजी।





(विविध कारणवश यो समाचार अलि चाँडै पोष्ट गर्न नसकेकोमा क्षमाप्रार्थी छु। विगत केहि समय यता नियमित हुन सकिरहेको छैन। माफ पाउँ!)

4 comments:

  1. पार्टीगत राजनीतिभन्दा पनि राजनैतिक चेतनाबाट प्रेरित भएर गरिएका कार्यक्रमहरू निश्चय पनि राम्रा हुन्छन्।

    प्रसंगबश:

    आज एकजना तामाङ्‌ दाइ भेटिनु भयो काठमाण्डौमा।
    उहाँकै भाषामा "हामीजस्ता सोझासिधा आफैँ कमाइ गरेर खानेलाई यो 'गाँडतान्तर्‌'ले पनि केही लछारपाटो लाउलाजस्तो छैन! नत्र यो राष्ट्रपति को हुने भनेर किन झगडा गरिराखेका होलान् यत्रो दिनसम्म?"

    ती आमनेपालीका प्रतिनिधि विशुद्ध गाम्रीण तामाङ्‌दाइ(हरू)को चित्त अब दलहरूले कसरी बुझाउलान्? :(

    ReplyDelete
  2. साँच्चै सुन्दर कार्यक्रम ।

    ReplyDelete
  3. In newar language, Chu yahu Chu Yahu, means Khai k Khai k.....

    Yo ganatantra pani tyastai ta hune haina..?????

    ReplyDelete
  4. धन्यबाद सबैलाई।

    केशवजी, ती तामाङ् दाइले सोह्रै आना सही कुरा गर्नुभयो। यस्तै छ नेपाली चलन, नेताहरुले ०४६ सालको'डेमोक्रसी'लाई 'ड्वाएँ क्वासी' बनाइदिए, अब यो 'गणतन्त्र'लाई पनि 'गाँडतन्तर्' नबनाउलान् भन्न सकिन्न।

    ReplyDelete