आज मेरी आमाको पुण्यतिथि! मेरो मुटुभरिको श्रद्धाञ्जली मेरी आमालाई! आजभन्दा अठ्ठाइस वर्ष पहिले उहाँ हामीलाई टुहुरा बनाएर यो संसारबाट बिदा हुनुभएको थियो। म आफ्नो जिन्दगीको आठौं वर्षमा थिएँ।
मैले सुनेअनुसार १४-१५ वर्षकै उमेरमा उहाँको विहे ३४ वर्षका मेरा पितासंग भएको थियो। म भन्दा माथी एउटी दिदी हुनुहुन्थ्यो रे। दिदी दुई वर्षकी नहुँदै कुनै रोगले बित्नुभएको रहेछ। म जन्मँदा आमा वीस वर्षकी हुनुहुन्थ्यो भनेपनि, उहाँले हामीलाई छाडेर जाँदा भर्खर २५-२६ मै हुनुहुन्थ्यो होला। त्यो उमेर मर्नुपर्ने उमेर होइन! त्यो एउटा अन्याय थियो-आमामाथि र हामीमाथि! हाम्री ममतामयी, यौवना, सुन्दरी आमाले धेरै वर्ष बाँच्न पाउनुपर्थ्यो, आफ्ना लालाबालाहरुको उन्नति र खुशी देखेर, नातीनातिनाहरुसंग खेलेर सन्तुष्ट हुँदै स्वाभाविक मृत्युवरण गर्न पाउनुपर्थ्यो! हामीले एउटा सुखद बाल्यकाल पाउनुपर्थ्यो!
बाल्यकालमै बिछोडिनु परेकाले आमासंगका सम्झनाहरु त्यति धेरै छैनन् मसंग। एउटा सम्झनामा म गाउँको स्कूलमा पढ्न पठाइएको हुन्छु। अत्यन्त लजालु भएकोले दिनभरि कक्षाको एउटा कुनामा एक्लै बसेर छुट्टीको घण्टी बज्नासाथ हावासरी सोझै हाम्रो बोरेखेतमा पुग्छु जहाँ आमा घाँस काटिरहनुभएको छ। म घाँस बोकेकी आमाको पछिपछि घर फर्कन्छु अनि आमाले दिएको सेल-चिउरा खाजा खान्छु। अर्को सम्झनामा म नारनथान(बूढानीलकण्ठ)को मेलामा आमासंग गएको र साँझ परिसकेपछि घर फर्केको सम्झिन्छु। अर्को सम्झनामा हजुरआमाद्वारा तथानाम गाली गरिएको भाइ रुँदै आएर आमाको काखमा बसेको र आमाले मायाले उसलाई फकाएको सम्झन्छु।
अनि एउटा सम्झनामा आमा अगेनामा रोटी पकाइरहनुभएको छ। हामी नजिकै बसेर उहाँलाई पिरोलीरहेका छौं।
“तीमीहरु मलाई धेरै नपीर है! म मर्दिन्छु नि फेरि?!” आमा हामीलाई धम्की दिनुहुन्छ।
“मर्नी भन्या के? कसरी मर्नी?” हामीलाई के थाहा?
“यी यसरी!” आमा आफ्नो जिब्रो अलिकति निकालेर टोकेझैं गर्नुहुन्छ र दलिनतिर हेरेर आँखा पल्टाएझैं गर्नुहुन्छ। हामी खित-खित-खित हाँस्छौं, आमा पनि हाँस्नुहुन्छ।
आमाले त हामीलाई जिस्काउनुभएको मात्रै थियो, तर नियतिले उहाँलाई साँच्चै मा-यो! हाम्रो जिन्दगीमा, बाको जिन्दगीमा कुनै विशाल पहाड खस्यो। डेढ वर्षको अन्तरका चार छोराछोरी थिए मेरी आमाका। डेढ वर्षको भाइलाई मामाघर लगियो। बाँकी हामी बाको संघर्षका साक्षी बन्न घरै बस्यौं। हामीलाई हुर्काउन र आमाको अभाव पूरा गर्न बाले गर्नुभएको संघर्ष कुनै तपस्याभन्दा कम छैन।
हामीलाई आमाको निधनको कारणका बारेमा कहिल्यै कसैले केहि पनि भनेन। हाम्रो अगाडि कुरा चलेपनि एकदम अप्रत्यक्ष कुरा हुन्थ्यो। पछि मैले बुझेअनुसार, कुनै कच्चा सुडेनीको भर पर्दा अति रक्तश्राव भएर उहाँको निधन भएको थियो। प्रत्यक्ष देखिने कारण यो भएपनि अप्रत्यक्ष तर खास जिम्मेवार कारणहरु अरुनै छन्। तिब्र घृणा पालेर बाँचिरहेको छु म ती कारणका कारकहरुसंग! तर आमा, मेरी आमा फेरि फर्केर आउनुहुन्न!!
मलाई याद छ, आमाले मध्यरातमा हामीलाई छोड्नुभएको थियो। अलिअलि झरी पनि थियो। मस्त निद्रामा रहेका हामीलाई हतार-हतार काकाको घरतिर ओसारिएको थियो। बा डाँको छोडेर रोइरहनुभएको थियो। ‘लाशलाई ढोकाबाट निकाल्न हुन्न!’ भन्दै मेरी आमालाई झ्यालबाट निकालिएको थियो। अलि-अलि बुझ्ने मैमात्र थिएँ, तर म रुन सकिरहेको थिइन। मेरा अबोध भाइबहिनीहरुलाई त झन केहि थाहा थिएन, उनीहरु निद्राको संसारमै थिए रातभरि।
भोलिपल्ट बिहान भेला भएका काकीहरु, ठूलोआमाहरु हामीलाई अँगालेर खुब रोएका थिए। पछिसम्म पनि हाम्रो जिन्दगी शिशिर-वसन्तको कथाजस्तो भयो भन्दै हामीलाई अँगालेर रुनुहुन्थ्यो उहाँहरु (माइलो भाइको नाम शिशिर)। उहाँहरुमध्ये कति अहिलेपनि मलाई देख्दा रुनुहुन्छ मेरी आमालाई सम्झेर। आमा असाध्यै मिलनसार हुनहुन्थ्यो रे। अनि म मेरी आमाकै नाक-मुख-अनुहार र हातखुट्टा लिएर जन्मेको छु रे। त्यसकारण मलाई देखेपछि उहाँहरुलाई आमाको याद आउँछ रे असाध्यै।
आमाको निधनको असर हामी सबैलाई प-यो तर सबैभन्दा बढी मेरी बहिनीलाई प-यो। आमा बितेको दुई-तीन वर्षसम्म पनि आफ्नो बालसुलभ बोलीमा ‘भोलि थुली आउँछे, पापा ल्याउँछे।‘ भनेर भनीरहन्थी ऊ। कतिचोटि भित्तामा झुण्डिरहेका आमाका लुगाहरु देखाएर ‘थुलीको नाना’ भन्थी र बा भक्कानिएर रुनुहुन्थ्यो धेरै बेरसम्म।
ऊमात्रै हैन हामी पनि आमालाई ठुलीनै भन्थ्यौं। आमा मामाघरकी जेठी छोरी भएकोले ठुली भनेर बोलाउँथे सबैले। हामीले त्यहि नाम टिपेका थियौं।
तस्बीरहरुको चलन त्यति थिएन गाऊँमा त्यो बेला। आमाको एउटा तस्बीर थियो अर्धकदको र श्यामश्वेत, बाको संचयकोषको पुस्तिकामा टाँसिएको। त्यो बाहेक अरु कतै पनि देखेको थिइन धेरै वर्षसम्म। केहि वर्ष पहिले मुमाले (काकीलाई मुमा भन्न सिकाइएको हो सानैदेखि हामीलाई) अर्को एउटा सानो तस्बीर देखाउनुभएको थियो, आमा आफ्नी सासू र दुईटी देउरानीहरुसंग उभिनुभएको छ त्यसमा। एकदम कोमल अनुहारले त्यो तस्बीर आमाको बिहे लगत्तैको हो भन्ने बताउँछ। तस्बीर मुमाले मलाई दिन मान्नुभएन। अब नेपाल जाँदा खोसेर ल्याउँ जस्तो पनि लाग्छ। तर मुमाका पनि आफ्नै सम्झनाहरु जोडिएका छन् होला आमासंग, चित्त दुखाउनु भएन।
त्यसपछिका दिनहरु कहिले सुखमय भए, कहिले दुखमय भए, सबै दिनहरुको आ-आफ्नै कथा छ। आमाको अभावको नपुरिने घाउ त भित्र मुटुमा सधैं छँदैछ। मलाई आमाको यादले कहिल्यै-कहिल्यै छोडेको छैन। यस्तो कुनै दिन छैन जुन दिन उहाँको सम्झना नआएको होस्। छोरी जन्मेपछि झन बढी याद आउन थाल्यो। अचेल टुकुटुकु हिँड्ने छोरीको पछाडि कुदिरहँदा असाध्यै भावुक हुन्छु म। आमा कतै बसेर हेरिरहनुभएको छ होला जस्तो लाग्छ। सम्झिन्छु, आमा बाँचिरहनुभएको भए अहिले ५२-५३ की हुनुहुन्थ्यो। उहाँको कपाल आधी फुलिसकेको हुन्थ्यो होला। दशैंमा हामी सबैलाई टिका लगाइदिनुहुन्थ्यो होला। आफना नातीनीहरु आँगनमा खेलेको, उफ्रेको र नाचेको कति रमाएर हेर्नुहुन्थ्यो होला! बेलुका सुत्ने बेलामा उनीहरुलाई कति धेरै रमाइला कथाहरु सुनाउनुहुन्थ्यो होला!-----------------
लाग्छ कुनै विशाल मेलामा म आमासंगै हिँडिरहेको थिएँ। अचानक आमा कतै हराउनुभयो र म एक्लै भएँ। आमा खोज्दै रुँदै हिँडिरहेको बालकजस्तै छु म भित्र मनमा।
यो मेरो जिन्दगी मलाई आमाको खोजमा मैले गरिरहेको यात्राजस्तो लाग्छ।

गौतमदाइ धन्यवाद है ! आफ्नो जिवनको अमु्ल्य क्षणहरुलाइ बाँडचुड गर्नु भएकोमा।
ReplyDeleteNiyati ko khel......
ReplyDeleteThanks for sharing this unbearable loss with everyone. Your words carry tears of those who lost their parents and loved ones at such young age. My father lost his mother when he was about your age and I just have comprehension of how lonely it is to be without your mother.
ReplyDeleteFor those of us who still have our mother with us, it makes us feel how fortunate and blessed we are. For myself, I am going home in Nepal this dashain just to touch my mother's feet with my forehead. Truly, your mother is the only one in the world who can love you without any prejudice, without any condition and string. To her it does not matter if her son is a king or a pauper, or a god or a killer, her love is just as clean and unconditional.
It is really sad god had to call your aama so early, but hope she is in good hands and is looking down with a smile at your successes with lots of pride.
Hope u read "Mother", Maxim Gorky.
ReplyDeleteThis comment has been removed by the author.
ReplyDeleteबर्षौ संगै बसीयो, धेरै चोटी यौटै थालमा खायौ र जिबनका प्राय: सबै पाटामा संगै पनि हिड्यौ होला ।
ReplyDeleteचीनमा अध्ययनरत् छँदा कुखुरो काटेर खाने देखी लिएर नेपालमा बस्दा ओशो आश्रममा ध्यान गर्न पनि संगै गयौं तर जिवनको यो पाटोको बारेमा कहिल्यै कुरा भएन र अहिले मात्रै ब्लगबाट थाहा पाएँ।
मेरो पनि आमा स्वर्गे हुनु भएको १५ बर्ष हुनलाग्यो तर मलाई पनि साच्चै भन्दा कहिले काही "फर्कीनुहुन्छ" कि जस्तो लाग्छ, कतै बाहिर गएको मान्छे घर फर्के जसरी ।
हामी दुईमा आर्को यौटा कुरा पनि मिल्दो रहेछ ००० मेरो अनुहार ठ्याक्कै आमापट्टी गएको छ।
मेरो पनि यौटा छोरी छ, छोरीको अनुहार म हेरेपछी हेर्नै पर्दैन ०००० कहिले काही लाग्छ यो मेरो आमाकै "पूनर्जन्म" त हैन?
आजकल छोरीमा आमा देख्छु म । अन्तमा Freud (फ्रायड) ले कतै भनेको छ लोग्ने मानिसले छोरीमा श्रीमतीको छवी देख्छ् ०००० totally wrong!..... म मेरो छोरीमा श्रीमतीको हैन आमाको छवी देख्छु ।
me, thank you for your kind words.
ReplyDeletekeshuvkojee, yeah, it was a cruel niyatiko khel. Thank you.
gone fishing bro, thank you for your kind words. You are right, no one is greater than mother.
And while you are in Nepal for Dashain, please don't forget to convey my hello to all the friends whom you meet.
Nepali Akash, yes I have read "Mother" and some of other works too by Maxim Gorky. Both Gorky and his "Mother" were manipulated by Bolhseviks. He was mistreated by Bolsheviks after the revolution. He fought for freedom, but what he got was iron fisted "stalinism". He died discontent with Stalin and who knows, it is possible that Stalin got him murdered.
But the book is really great!
दिलिप दाइ, यस्तै हो कति कुराले यस्तै अवसर पर्केर बसेका हुँदा रहेछन्। त्यतिका वर्ष संगै हुँदा पनि यो प्रसंग चलेनछ, यो चाहिँ अनौठै भयो!
मलाई मर्मिक लाग्यो तपाईंको आत्मकथा। जगत् यस्तै छ। सहानुभूति छ।
ReplyDeleteकुलचन्द्र कथामण्डप
बसन्त जी,
ReplyDeleteसार्है जीवन्त र मार्मिक प्रस्तुति | म पनि यहांको आमालाइ श्रद्धाञ्जली प्रकट गर्न चाहन्छु | यदि संसारमा भग्वान छन भने ति हाम्रा बाबु आमा नै हुन ........ निस्वार्थ प्रेम |
कुलचन्द्रजी, धन्यवाद!
ReplyDeleteतपाईँको ब्लगमा मिठा-मिठा कथाहरु पढ्न पाईने भइयो भनेर साह्रै खुशी पनि लागेको छ।
प्रज्वलजी, धन्यवाद! एकदम सही कुरा गर्नुभयो तपाईँले, बाबु-आमा भनेका भगवानकै रुप हुन्।
मैले केहिदिन अगाडी आरती लोहारुङको ब्लगमा तपाईंको यो पोष्टबारे चर्चा पढेको थिएं र पस्छु भन्ने लागेको थियो । आज बल्ल पसें । म साह्रै रुन्चे छु । मलाई यो पोष्ट पढिसक्न र यो कमेण्ट लेख्न धेरै गाह्रो भयो आँखामा आँशु आएर । मलाई यसै सम्बन्धमा यौटा पोष्ट आफ्नो ब्लगमा लेख्ने धोको पनि पलायो म लेख्नेछु समय पाउनासाथै । मैले मेरी १४ महिनाकी छोरी , अहिले आठ वर्षकि भै सकी , ले उसकी आमा खोजेर रुंदा फकाउन नसकेर एक हातले छातीमा रुंदैगरेकी छोरी च्यापेर अर्को हातले लेखेको यो सानो कविता जस्लाई मैले गीत भनेको छु यहाँ राख्न चाहन्छु -
ReplyDeleteआमाको माया नपाएपछि सुख केही पाईन्न
फर्काईदेउ इश्वर ! आमाको काख अरु केहि चाहिन्न ।
संसारको रीत नीति र नियम एक्लिनु हो भने
जन्म नै किन दियौ हे ! ईश्वर रुनु नै छ भने ।
मुटु नै बरु नभए हुन्थ्यो नभए हुन्थ्यो मन
केहिपनि पिंडा हुन्थेन सायद हुन्थ्यो कि पिंडा झन ।
संसारमा सबै पाईन्छ भन्छन पाईन्न आमा नै
उज्यालो कतै रहेन छैन जुन र घाम नै ।
एकफेर देख्न पाए नि हुन्थ्यो आमाको मुहार
बन्थ्यो कि सबै जीत हे ! ईश्वर जीवनका हार ।
कति म जुधुँ जिन्दगीसंग केहिपनि पाईन्न
फर्काईदेउ ईश्वर ! आमाको काख अरु केहि चाहिन्न ।
मेरो पनि ह्रदयभरीको श्रद्दाञ्जली आमालाई ।
दीपकजी धन्यबाद! तपाईँको यो प्रतिकृया हेर्न यति ढिलो भएच, माफ पाउँ। तपाईँको पिडा अनुभव गर्न सक्छु म। तपाईँको जिन्दगी निश्चयपनि एउटा तपस्याको जिन्दगी हो। मेरो सलाम छ तपाईँलाई।
ReplyDeleteर छोरीलाई मेरो प्यार सुनाइदिनुहोला।
This comment has been removed by the author.
ReplyDeleteDear Basantaji,
ReplyDeleteThanks a lot provoding me your sorrowful feelings.
You have passed really a painful condition.
i feel it Dear.
Thanks for your loving courage of sharing.
- Dhaiba.
Dhaibajee, welcome to this blog!
ReplyDeleteThank you for your kind comment.
मलाई त कमेन्ट गर्न नै साह्रै गाह्रो भयो । केही लेख्न खोजे तर मन भित्रै आड्कियो जे भने पनि अपुरै हुन्छ जस्तो लाग्छ आमाको बारेमा
ReplyDeleteबसन्त जि ! धेरै धेरै धन्यवाद हामीलाई पनि ह्जुरका असहिएे चोटहरु पढ्ने मौका दिनु भयो । अरु त हामी के नै गर्न सक्छु र संसारको रीत नै यस्तै छ । साहानुभुती छ हजुरलाई
tulaai paudelज्यू, भावपूर्ण प्रतिकृया र सहानुभूतिका लागि हार्दिक धन्यबाद!
ReplyDeleteकेही दिन पहिले घुम्दैफिर्दै 'बाल्यकाल' विधाबाट यो मार्मिक टाँसोसम्म आइपुगेको थिएँ। त्यसपछि अहिलेसम्म तपाईंले उल्लेख गर्नुभएका दृश्यहरु घुमिरहेका छन् मेरो मानसपटलमा। त्यसैले यो प्रतिक्रिया नलेखी मनले मानेन। तर शब्दहरु भने छैनन् मसँग... ममतामयी आमाप्रति हार्दिक श्रद्धाञ्जली। आमाको खोजमा तपाईंले गरिरहेको यात्रा सधैं सद्मार्ग र सफलतातर्फ लम्किरहोस् !
ReplyDeleteधन्यबाद पन्थीजी!
ReplyDeleteबसन्त दाइ, मैले तपाईंको पिडा महशुस गर्न सक्छु । मलाई तपाईंको भोगाइहरु पद्धा पद्धै धेरै ठाउँमा आँखा रसाएर रोकिनु पर्यो । मलाई कती पनि लाग्दैन, तपाईंले एकैचोटिमा यि सब लेख्न सक्नुभयो । पिडा बोलेका छन हरेक शब्दले, आशुले लेखिएका छन प्रत्येक अक्षरहरु ।
ReplyDeleteमैले आफ्नो छोटो अनुभव पनि सुनाउ है दाई ।
मेरो बुवाले पनि तपाईंकै उमेरमा आमा गुमाउनु भयो रे । पछी बाजेले कान्छी लिएर घरबाट निकाल्दिनुभएछ बुवाका दुई दिदी, दुई दाजुसङै बुवालाई । गरीब परिवार । अरुको गोठमा गाइबाख्रासँग रात बिताउदै, जाडोमा नाङै, भोकभोकै आमाको यादमा बुवा कती रुनुभयो, उहाहरुले कती दु:ख पाउनुभयो हामीलाई बारम्बार सुनाउनुहुन्थ्यो । बालक टुहुरोको जीवन कस्तो हुन्छ मैले थोरै भए पनि सुनेको छु दाइ ।
अनी आज तपाईंको यो पोस्ट पढिरहदा मैले झलझली बुवालाई सम्झिरहेको थिए । मैले उहाले बोलेका कुराहरु सोचिरहेको थिए । दु:खको कुरा, उहा आज हामीसँग हुनुहुन्न दाइ । मैले मृत्युलाई नजिकबाट देखेकोछु । आफ्नै टाउकोमा परेर होला मृत्युसँग निकै डर लागिरहन्छ । मृत्युसँग अनायस झस्किरहेको हुन्छु । मृत्यु निकै पिडादायी हुदोरहेछ । खै नियतिले यस्तो क्रुर खेल किन र के का लागि खेल्छ !?
मेरो जन्म दिन थियो हिजो । तर मैले दिनभर अधिकान्स समय रुदै रुदै बिताए । बुवा बिनाको पहिलो जन्मदिन । मैले उहाको लागि केही गर्नै नपाई जानुभयो । निकै पोल्दोरहेछ । हिजो नै आन्शुसँगै दुइता कबिता लेखे, मेरी आमा र मेरो बुवा । आखिर मन बुझाउने उपाय मात्र न हो । मृत्यु कठोर हुन्छ, नियती निकै क्रुर हुन्छ । दाइ हामी त जे पर्छ, त्यही भोग्ने पालक मात्र रहेछौ ।
मलाई पनि बुवाले हेरी नै राख्नु भाछ भन्ने लाग्छ । मेरो पनि भान्जी जन्मेकी छिन् रे, सबैले बुवाको पुनर्जन्म भन्छन । हेर्न हतारमा छु ।
दाइ, आमाले पक्कै पनि हेरिराख्नु भएकै होला । तपाईंको प्रगतीमा नै उहाको आत्माले शान्ती पाउछ । तपाईंको पाइलाहरु सधैं सफलतातिर बदिरहुन दाइ । अनी नानुलाई भरिपूर्ण मायामा हुर्काउनुहोला । आमालाई श्रदान्जली । धन्यवाद दाजु ।
चन्द्र भाइ, भावपूर्ण प्रतिकृयाका लागि धन्यबाद! आफ्नो परिवारको पिडालाई म संग पनि बाँडेकोमा पनि धन्यबाद! यो टाँसो मैले रुँदै-रुँदै लेखेको हुँ।
ReplyDeleteभाइको बुबाले गर्नुभएको संघर्ष पक्कै पनि कुनै कठोर तपस्याभन्दा कम छैन। उहाँलाई मेरो हार्दिक श्रद्धाञ्जली! उहाँ र उहाँका दाजु-दिदीहरुले गर्नुभएको संघर्षका बारेमा भाइले लेखेको पढ्दा म अहिले फेरि रोईरहेछु। मेरो सलाम छ उहाँहरुलाई! उहाँहरुले गर्नुभएको जस्तो दु:ख मैले भोग्नुपरेन, बाले भ्याएसम्म हेरबिचार गर्नुभयो हाम्रो र केहि वर्ष पछि भित्रिनुभएकी आमा पनि आफ्नै आमाजस्तै हुनुहुन्थ्यो, जसको बारेमा पनि म कुनै दिन लेख्नेछु।
भाइ,यो जिन्दगी यस्तै छ, पिडा र दु:खले भरिएको छ। पिडालाई शक्तिमा बदल्नु बाहेक हामीसंग अरु उपाय छैन। आफ्ना मान्यजनहरुप्रतिको सच्चा श्रद्धाञ्जली भनेको हामी उहाँहरुले देखाएको बाटोमा हिँड्नुनै हो।
भाइलाई जिन्दगीमा सधैं सफलताको शुभकामना! र भर्खरै जन्मेकी भाञ्जीलाई पनि स्वस्थ र सफल जिन्दगीको शुभकामना! आफ्नो बाल्यकाल पिडाले भरिएको भएर होला, म बच्चाहरुप्रति अति संवेदनशील र कोमल छु, अति माया लाग्छ मलाई बच्चाहरुको।
तपाईंको बेदनालाई केही हदसम्म बुझ्न सक्छु वसन्तजी। आठ वर्षको कलिलो उमेरमा आमा गुमाउनु भन्दा दुखदायी कुरा अरु के होला र? म पनि मेरो स्वर्गीय पितालाई सम्झिन्छु जो हामीलाई झुक्काएर अकस्मात विदा हुनुभयो, सधैंको लागि। आखिर माता-पिताभन्दा ठूला कोही पनि नहुनेरहेछन्। सबैले माता-पिताको महिमा बुझुन्, यही मेरो कामना।
ReplyDeleteWell expressed!!touching story!!
ReplyDeleteSir, Ekdam Marmahat vaye mero pani aama hunuhunchha tara naam matrako, Uha bolna saknu hunna, Yo Satya lekh padepachhi ekdam mann chhoyera ayo.
ReplyDeleteSir Tapai ta herda Herdai pakkako Lekhak hunuvayechha. WRC ka ti Dinharu Gaff ma nai din Bitdathe tara yo kura kahile vayena.
Sir, Really Missed these days of WRC